समाचार

विश्व बैंकको अनुदान सहयोगमा बनिरहेका तीन सडकको काम तोकेको समय अघिनै सक्ने लक्ष्य

बागलुङ नगरपालिकाले सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत आगामी असार मसान्तभित्र सक्ने गरी वडा नंं ७ को मुलपानीदेखि तितौरे सम्मको साँढे ८ किमी, ओडारचौर देखि ढोडेनीसम्मको साँढे २ किमी र गणेशघुम्तीदेखि निरयघाटको डेढ किमी सडक निर्मण गरिरहेको हो । विश्व बैंकको अनुदान सहयोगमा बागलुङ नगरपालिकाले ४५ करोडमा उक्त सडक निर्माण गरेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी […]

समाचार

जाजरकोटको पैंक केन्द्रविन्दु भएर ५.२ म्याग्निच्युडको भुकम्प

काठमाडौं,२२ चैत । जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ । जाजरकोटको पैंक केन्द्रविन्दु भएर शुक्रबार साँझ भूकम्प गएको हो । शुक्रबार साँझ ८ बजेर ७ मिनेट जाँदा ५.२ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प माापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

समाचार

रवि लामिछानेलाई थुनामा पठाउने अदालतको आदेश ; रास्वपा नेताहरु जुटे छलफलमा

कास्की ,२२ कास्की। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने अदालतले आदेश गरेसँगै पार्टीका नेताहरू छलफलमा जुटेका छन् । अहिले काठमाडौंमा उपलब्ध नेताहरू छलफलमा जुटेका छन् । सचिवालयका एक नेताका अनुसार, अबको रणनीतिबारे योजना बनाउनेगरी नेताहरू छलफलमा जुटेका हुन् ।रास्वपाले भोलि चितवनमा जनयात्रा शुभारम्भ कार्यक्रम आयोजना गरेको थियो । उक्त सभालाई सम्बोधन […]

समाचार

रबि लामिछानेलाई थुनामा पठाउन आदेश

काठमाडौं ,२२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रूपन्देहीको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा थुनामा जाने भएका छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो । उक्त मुद्दामा रूपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा रिहा हुने आदेश गरेको […]

समाचार

भारतीय ग्याङ स्टारका नाइके विश्नोईको नाम लिंदै फिरौती माग गरेको आरोपमा एक नेपाली युवा पक्राउ

काठमाडौं,२० चैत  । भारतीय ग्याङ स्टारका नाइके लरेन्स विश्नोई र अनमोल विश्नोईको नाम लिंदै फिरौती माग गरेको आरोपमा एक नेपाली युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतको भेरीगंगा नगरपालिका–७ काठेघारीका ४१ वर्षीय रामबहादुर बिसी (बुढा क्षेत्री) रहेका छन् । पछिल्लो समय कोहलपुर नगरपालिका-५ मा डेरा गरी बस्दै आएका बिसी बाँकेमा पक्राउ परेका हुन् । […]

समाचार

कुलमानलाई हटाएर जलविद्युत योजनाको पिपिएबाट आठ अर्बको लेनदेन भयको झलनाथ खनालको आरोप

कास्की ,१८ चैत। पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले देशव्यापी रुपमा भ्रष्टाचार बढेको बताएका छन् । आइतबार पार्टी निकट खेलकुद महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले देशव्यापी रुपमा भ्रष्टाचार नै भ्रष्टाचार रहेको र हरेक क्षेत्रमा सरकारका वरपर भ्रष्टाचार व्याप्त भएको जिकिर गरे । भ्रष्टाचारको पछिल्लो उदाहरण कुलमान घिसिङलाई हटाउनु भएको दाबी गर्दै […]

समाचार

तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारले भेटे प्रधानमन्त्री

काठमाडौं ,१८ चैत । चैत १५ गतेको तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । बालुवाटारमा सोमबार भएको भेटमा प्रधानमन्त्री ओलीले अकालमा ज्यान गुमाउन पुगेका पत्रकार रजकप्रति श्रद्धाञ्जली व्यक्त गर्दैै परिवारमा समवेदना व्यक्त गरे । ओलीले उक्त दुःखद् घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गरिने प्रक्रिया सुरु भएको बताए […]

समाचार

दुर्गा प्रसाइको भिडियो : आफुलाइ मार्ने योजना भयको थाहा पायपछि आन्दोलन बाट निस्केको हो ,भागेको छैन

काठमाडौं,१७ चैत  । प्रहरीको खोजी सूचीमा रहेका राजावादी समूहका कमाण्डर दुर्गा प्रसाईंले आफूलाई मार्ने योजना बुनेको थाहा पाएपछि शुक्रबार प्रहरी घेरा तोडेर ज्यान जोगाएको स्पष्टीकरण दिएका छन् । शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रसाईंले प्रहरीको घेरालाई गाडीले पेल्दै अघि बढेका थिए । ‘म आफू सुरक्षित हुन सुरक्षाकर्मीको घेरा तोडेको हँ । तपाईंहरूप्रति लक्षित दुष्मनी होइन […]

समाचार

दुर्गा प्रसाईंको आरटीएफ समुहका कमाण्डर मुनिन्द्र राजभण्डारी पक्राउ

काठमाडौं,  १६ चैत । तीनकुने घटनामा संलग्न भएको भन्दै प्रहरीले दुर्गा प्रसाईं निकट युवा समूहका एक कमाण्डरलाई पक्राउ गरेको छ । ‘रोयल टास्क फोर्स (आरटीएफ)’ भनिने समूहका कमाण्डर मुनिन्द्र राजभण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई बालाजु क्षेत्रबाट आज पक्राउ गरिएको प्रहरी स्रोतले बतायो । शुक्रबार तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शनमा राजभण्डारी पनि सहभागी थिए । […]

समाचार

तिनकुने आगोलागिमा जलेर एभिन्युज टिभीका पत्रकारको मृत्यु

१५ चैत, काठमाडौं । तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो । राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी भएको थियो । सो घटनालगत्तै रजक सम्पर्कविहीन भएका थिए। एभिन्युज टेलिभिजनका सम्पादक शिव दाहालले भने, […]