प्रकृति लम्साल मृत्यु प्रकरण ; ओडीसा सरकारद्वार छानबिन समिति गठन
काठमाडौं ,६ फाल्गुन । गत आइतबार (फेव्रुअरी १६)मा भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको गर्ल्स होस्टलमा बी.टेक तेस्रो वर्षमा अध्ययनरत २० वर्षीया नेपाली छात्रा प्रकृति लम्साल मृत अवस्थामा भेटिएको घटना सम्बन्धमा अनुसन्धान गर्न भारतको ओडिसा राज्य सरकारले एक उच्चस्तरीय समिति गठन गरेको छ । समितिमा गृह विभागका अतिरिक्त मुख्य सचिव, महिला तथा […]