राजनीति

अमेरिकामा राष्ट्रपति चयन आज, कस्ले मार्ला बाजी

काठमाडौं ,२० कार्तिक। अमेरिकामा राष्ट्रपति चयन गर्न आज मतदान हुँदैछ । कमला ह्यारिस र डोनाल्ड ट्रमपबीच राष्ट्रपति चयनका लागि आज मतदान हुन लागेको हो । पूर्वराष्ट्रपति ट्रम्प रिपब्लिकन हुन् भने उपराष्ट्रपति बनिसकेकी कमला डेमोक्रेट हुन् । उनीहरूबीच उम्मेदवार चयन भएसँगै कडा प्रतिस्पर्धा हुँदै आएको छ । आज मतदान भएसँगै यो प्रतिस्पर्धा निष्कर्षमा पुग्नेछ ।ट्रम्पले ह्वाइट […]

समाचार

आजदेखि छठ पर्व  सुरु, सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता

जलेश्वर ,२० कार्तिक । मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ सुरु भएको हो । छठ पर्व महोत्तरीको १५ वटै पालिका सदरमुकाम जलेश्वर, मटिहानी,  गौशाला, पिपरा, […]

राजनीति

रवि लामिछाने र छविलाल जाेशीलाई आज अदालत लगिँदै

पोखरा ,२० कार्तिक । सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई मंगलबार अदालतमा लगिँदै छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई कास्की जिल्ला अदालतमा मंगलबार लगिने भएको हो । उनको हिरासतमा बस्ने म्याद गत १४ गते बुधबार नै सकिएको छ […]

समाचार

बसको ब्रेक फेल हुदा भैलो खेलिरहेका समूहलाई ठक्कर , २ को मृत्यु , १८ घाइते

बुटवल ,१९ कार्तिक । अर्घाखाँचीमा बसको ठक्करबाट तिहारको भैलो खेलिरहेका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये २२ वर्षीया तारा श्रेष्ठको सनाखत भएको छ भने एक जनाको सनाखत हुन बाँकी छ ।  भुमिकास्थान नगरपालिका–५ र ६ को सिमाना जयठाटीमा सोमबार करिब ५ बजे ना३ख २४७१ नम्बरको बसको ब्रेक फेल हुँदा दुर्घटना भएको जिल्ला प्रहरी […]

समाचार

यसरी गर्नुहोस् लक्ष्मीको पूजा (सामाग्री र विधिसहित)

पोखरा ,१५ कार्तिक। तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । कुकुरको पूजा गरिसकेपछि साँझमा धनधान्यकी देवी लक्ष्मीको विधि पूर्वक पूजा अर्चना गरिन्छ । शिवरात्रि, मोहरात्रि कालरात्रि भनिए झै आजको दिनलाई सुख रात्रि भनिन्छ । आजको दिन साँझमा दीपमालिका गर्ने अर्थात घरको वरिपरि दियो […]

समाचार

राहुघाटले एक वर्षभित्रमा विधुत उत्पादन सुरु गर्ने

म्याग्दी , १३ कार्तिक। तीन वटा आयोजनाको भौतिक प्रगति ८० प्रतिशतभन्दा बढी रहेको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार ५० प्रतिशत निर्माण सकिएको २२.५ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले पनि आगामी एक वर्षभित्र विद्युत् उत्पादनको तयारी गरेको छ ।म्याग्दी /जिल्लाको रघुगङ्गा गाउँपालिमा एक सय ६७ दशमलव तीन मेगावाट क्षमताको पाँच वटा […]

समाचार

बागलुङ नगरपालिका युसिएलजी एसिया प्यासिफिकको सदस्य

बागलुङ,१२ कार्तिक । बागलुङ नगरपालिका युनाइटेड सिटि अफ लोकल गभरमेन्ट एशिया प्रसान्त क्षेत्र (युसिएलजी) एसिया प्यासिफिकको सदस्य भएको छ । चिनको जोजजोईमा भएको काउन्सिल एजिकेटिभ बैठकबाट बागलुङ नगरपालिकाले सदस्यता प्राप्त गरेको हो । बैठकमा सहभागी हुनका लागि चिन पुगेका बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ र प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कंडेलले युसिएलजी सदस्यताको प्रमाणपत्र लिएका […]

राजनीति

माओवादीसँग एकताको परिस्थिति नबनेको र एमालेसँग एकताको कल्पनै नगरे हुन्छ – माधवकुमार नेपाल

पोखरा, १२ कार्तिक। नेकपा (एकीकृत समाजवादी) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सोमबार पोखरामा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘यो सहकारी ठगी प्रकरणमा जोसुकै दोषी छन् भने उनीहरुले छुट पाउनु हुँदैन ।’ उनले पीडितले न्याय पाउनुपर्ने र दोषी उम्किन नहुनेमा जोड दिँदै अगाडि भने, ‘तर, राजनीतिक पूर्वाग्रहको आधारमा कुनै पनि […]

समाचार

कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजना : सर्वोच्चद्वारा आयोजनाविरुद्धको रिट खारेज

कास्की ,१२ कार्तिक । सर्वोच्च अदालतले कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाविरुद्धको रिट खारेज गरी दिएको छ । आइतबार न्यायाधीश डा. कुमार चुँडाल र विनोद शर्माको इजलासले आयोजनाविरुद्ध परेको रिट खारेज गरेसँगै अब आयोजना अघि बढाउने बाटो खुलेको छ ।आयोजनाविरुद्ध गत २०७८ असारमा सर्वोच्चमा मुद्दा दायर भएको थियो । कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत कालीगण्डकी नदीको पानी डाइभर्सन […]

समाचार

स्थानीय तहलाई अझ बलियो बनाऊँ : मेयर आचार्य

पोखरा , १२ कार्तिक। स्थानीय तहका मूल्याङ्कन प्रणालीहरूलाई एकीकरण गर्ने उद्देश्य अनुरूप प्रदेश स्तरमा छलफलसहित सुझाव सङ्कलन गरिरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गण्डकी, कर्णाली, सुदूरपश्चिम, बागमती र लुम्बिनीको संयुक्त रुपमा पोखरामा छलफल कार्यक्रम गरेको छ । स्थानीय तहका मूल्याङ्कन प्रणालीहरू स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा), स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) […]