समाचार

पोखराको अमरसिंह चोकका व्यापारिक सटर तथा टहरा हटाइने

पोखरा ,१४ माघ। पोखरा अमरसिंह चोक पूर्वपट्टी पृथ्वी राजमार्ग छेउमा सञ्चालित व्यापारिक प्रयाेजनका सटर तथा टहरा हटाइने भएको छ । ती सटर तथा टहरा खाली गर्न अमरसिंह माध्यमिक विद्यालय व्यवस्थापन समितिले शुक्रबार ३५ दिने सूचना जारी गरेकाे छ ।समितिको गत ३ माघमा बसेको बैठकले राजमार्ग छेउ अमरसिंह खेल मैदानको दक्षिणतिर रहेका सटर हटाउने निर्णय गरेको थियो […]

समाचार

पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न

पोखरा ,१२ माघ। पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न भएको छ । पौष २८ गतेदेखि शुभारम्भ भएको नगर सभा सभामा पेस भएका सम्पूर्ण प्रस्तावहरूमाथि छलफल गरी सर्वसम्मतिले पास गर्दै शुक्रवार सम्पन्न भएको हो ।  सभाले भवन नियमित तथा अभिलेखीकरण कार्यविधि (पहिलो संशोधन) २०८१, आर्थिक ऐन संशोधन २०८१, भवन निर्माण तथा पूर्वाधार (पहिलो संशोधन) २०८१, […]

समाचार

कालीगण्डकी नदी किनारमा एक पुरुषको शव फेला

पोखरा ,११ माघ। कालीगण्डकी नदी किनारमा एक जना पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ ।जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्टका अनुसार बुधवार साँझ जलजला गाउँपालिका–८ नाग्लीवाङको खनियाघाटमा कालीगण्डकी नदीको बिच भागमा शव फेला परेको हो । करिब ५०÷५२ वर्ष उमेरका ती पुरुषको कुनै पनि पहिचान खुल्न नसक्दा शव जिम्मा लगाउन […]

खेलकुद

१९ औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फाल्गुन ३ गते पोखरामा हुने

पोखरा ,१० माघ। ‘स्वास्थ्यको लागि,पोखराको लागि’ मूल नाराका साथ १९ औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०२५, यही फाल्गुन ३ गते पोखरामा हुने भएको छ । यस म्याराथनलाई सव्य र भव्य बनाउनको लागि आयोजक भूतपूर्व खेलाडी मञ्चले २३ वटा उपसमिति नेपालमा र ६ वटा अन्तर्राष्ट्रिय समिति बनाएर काम अगाडि बढाइएको आयोजक संस्थाले जनाएको छ ।स्वदेशी तथा […]

समाचार

महाभारतमा आगलागी नियन्त्रण बाहिर, ३ बजे सुरक्षा प्रमुखको बैठक बस्दै

महाभारतमा आगलागी नियन्त्रण बाहिर पुगेपछि बस्ती जोगाउन सेना-प्रहरी परिचालन गरिने भयको छ। काभ्रेपलान्चोकको खानीखोला र बेथाचोक गाउँपालिकाको सिमाना थामलेखमा रहेको महाभारत सामुदायिक वनमा मंगलबार दिउँसो २ बजेबाट लागेको आगो नियन्त्रण बाहिर पुगेको छ । नेपाली सेना र नेपाल प्रहरी पुगेपनि जंगलको भिर क्षेत्रमा आगो लागेकोले तत्काल निभाउन नसकिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । […]

विश्व

पुष्पक एक्सप्रेस रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १२ ,तीन जना नेपालीको सनाखत

कास्की ,१० माघ। महाराष्ट्रको जलगाउँ जिल्लामा भएको पुष्पक एक्सप्रेस रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । जसमध्ये सात जनाको पहिचान खुलेको छ । ज्यान गुमाउनेमध्ये तीन जना नेपालीसमेत रहेका छन् ।बुधबार पुष्पक एक्सप्रेस रेलमा आगो लागेको अफवाहका कारण भागदौड हुँदा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले ठक्कर दिँदा यात्रुहरुको मृत्यु भएको थियो । […]

समाचार

तीनबुँदे सहमतिपछि पोखरा महानगरको ताला खुल्यो ,नगरसभा यही माघ ११ गते गर्ने

पोखरा ,९ माघ। तीनबुँदे सहमतिपछि पोखरा महानगरको ताला खुलेको छ। नगरप्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं तथा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूबीच पोखरा उपत्यका नगर विकास समितिको सभाहलमा भएको छलफलपछि ताला खोल्ने सहमति जुटेको हो। महानगरमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधीले सोमबार लगाएको ताला ३ बुँदे सहमति पछि बुधबार ताला […]

समाचार

पुम्दिकोटमा श्री शिव महापुराण ज्ञान महायज्ञ एवम् पुम्दिकोट धार्मिक महोत्सव हुँदै

पोखरा ,९ माघ। पुम्दिकोट कोट विकास समितिको आयोजनामा पोखरा २२ पुम्दिकोटमा श्री शिव महापुराण ज्ञान महायज्ञ एवम् पुम्दिकोट धार्मिक महोत्सव २०८१ हुने भएको छ । समृद्धि र विकास, बेरोजगार र विदेश पलायन हुनेहरुका लागि निकास भन्ने मुल नाराका साथ कैलाशधाम निर्माण परिकल्पना गर्दै धार्मिक महोत्सवको आयोजना गरिएको आयोजक पुम्दिकोट कोट विकास समितिले जनाएको छ । […]

अर्थतन्त्र

३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव माघ १० देखि हुने

पोखरा ,८ माघ। ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव यही माघ १० गते देखि पोखरा प्रदर्शनी केन्द्रमा हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइयको छ । महोत्सवमा १२ औं क्यान इन्फोटेक २०२५ तथा चौथो मोवाइल एक्सपो २०२५ पनि समावेश गरिएको छ । यसपटकको महोत्सवलाई पृथक र चलायमान अर्थतन्त्रको आधारशिला बनाउने लक्ष्य […]

समाचार

कालिका माविको ४२ औँ वार्षिकोत्सवमा ३ जनालाई वर्ष सम्मान

पोखरा, ८ माघ । पोखरा महानगरपालिका, वडा नम्बर ३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयको ४२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सोमवार सम्पन्न भएको छ ।सो अवसरमा विद्यालयको हितका लागि भूमिका खेलेको भन्दै निवर्तमान प्रधानाध्यापक प्रेमप्रसाद पोखरेल, समाजसेवी धनबहादुर विश्वकर्मा र शिक्षिका सृजना महतलाई कालिका वर्ष सम्मान २०८१ प्रदान गरिएको थियो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर पुनको […]