खेलकुद

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल हुने, बिजेतालाई २ लाख पुरस्कार

पोखरा।,२४ पुस । कास्कीको माछापुच्छे गाउँपालिकाले, गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा तेस्रो संस्करणको अध्यक्ष कप ,गण्डकी प्रदेश अन्तरपालिका स्तरीय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८१ गर्ने भएको छ ।  खेलकुदमा युवाहरुलाई आकर्षित गर्ने र खेलकुदकै माध्यमबाट पालिकालाई चिनाउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङ बताए । माछापुच्छ्रे–७, धम्पुसमा फागुन १४ देखि १७ […]

विश्व

लसएन्जलस क्षेत्रमा डढेलोले दशौं हजार व्यक्ति प्रभावित,आगो अझै फैलिने खतरा

कास्की ,२४ पुस। अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जलस क्षेत्रमा डढेलोले दशौं हजार व्यक्ति प्रभावित भएका छन् । जोखिम क्षेत्रबाट मानिसहरुलाई उद्धार गर्ने काम जारी छ ।अधिकारीहरुका अनुसार आगो पाँच वर्गकिलोमिटर क्षेत्रमा फैलिइसकेको छ । हेलिकोप्टर र दमकलबाट आगो निभाउन अग्निनियन्त्रकहरु सक्रिय छन् । तर १६० किलोमिटर प्रतिघण्टाको वेगले हावा चलेकाले आगो नियन्त्रणमा कठिनाइ भइरहेको छ । […]

विश्व

चीनमा भुकम्पमा परि मृत्यु हुनेको संख्या १२६ पुग्यो

काठमाडौं ,२४ पुष । चीनको तिब्बत क्षेत्रमा भुकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुगेको छ । ७ म्याग्निच्युडको भूकम्पले भौतिक संरचनाहरु भत्किएका छन् । भग्नावशेषमा कोही पुरिएको हुनुसक्ने अनुमानमा भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धार जारी छ । नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा गएको भूकम्पले नेपाल, भारत र बंगलादेशमा पनि धक्का महसुस भएको […]

समाचार

गण्डकी प्रदेशका ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस

पोखरा ,२४ पुस । गण्डकी प्रदेशका ६५ वटा पालिकामा न्यायिक सहजकर्ता सिफारिस भएका छन् । स्थानीय तहको मागको आधारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ६५ वटा पालिकाका निम्ति न्यायिक सहजकर्ता सिफारिस गरेको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहलाई न्यायिक समिति गठन गरेर विभिन्न १३ प्रकारका विषयमा विवाद निरुपण गर्ने अधिकार दिएको छ […]

अर्थतन्त्र मनोरञ्जन

प्रथम मध्यनेपाल महोत्सव भोलि बाट सुरु ,नगरप्रमुख पाण्डेद्वारा उद्घाटन गरिने

पोखरा ,२३ पुस। मध्यनेपाल नगरपालिका–४ स्थित दुईपिप्लेमा ‘प्रथम मध्यनेपाल महोत्सव’ को हुने भयको छ । ‘स्थानीय उत्पादन, पर्यटन तथा पूर्वाधार, मौलिक कला संस्कृति समृद्ध मध्यनेपालको आधार’ भन्ने मूल नाराका साथ हुने महोत्सव यही पुस २४ गतेदेखि माघ ४ गतेसम्म लमजुङ, तनहुँ र कास्कीको संगमस्थलका रुपमा समेत परिचित रहेको रम्घा दुईपिप्ले बजारमा हुनेछ । महोत्सवको तयारी […]

समाचार

पोखरा विश्वविद्यालयको नयाँ शैक्षिक भवन शिलन्यास

कास्की ,२३ पुस। पोखरा विश्वविद्यालयको प्राज्ञिक भवन कम्प्लेक्सभित्र निर्माण गरिने नयाँ अत्याधुनिक शैक्षिक भवनको पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. बेदराज के.सी. ले शिलन्यास गरेका छन् । शिलन्यास कार्यक्रममा रजिष्ट्रार प्रा.डा. दीपकबहादुर भण्डारीसहित विश्वविद्यालयका पदाधिकारी, शिक्षक, र कर्मचारीहरूको सहभागिता रहेको थियो।  नयाँ शैक्षिक भवन प्राज्ञिक भवन कम्प्लेक्सको पश्चिमपट्टि, स्कूल अफ इन्जिनियरिङ र स्कूल अफ डेभलपमेन्ट एण्ड […]

विश्व

चीनमा आज बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुग्यो

 कास्की ,२३ पुस। चीनमा आज बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ । तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले भूकम्पबाट ज्यान जानेको संख्या ५३ पुगेको जानकारी दिएको हो ।समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पको केन्द्रविन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्व देशान्तरमा मापन गरिएको थियो । आज […]

विश्व

भूकम्पबाट चीनमा कम्तिमा ९ जनाको मृत्यु

काठमाडौं ,२३ पुष । नेपाल–चीन सीमा क्षेत्रमा गएको भूकम्पबाट चीनमा कम्तिमा ९ जनाको मृत्यु भएको छ । केही घरहरु भत्किएका छन् ।चीनको सरकारी टेलिभिजन च्यानल सीजीटीएनले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै ९ जनाको मृत्यु भएको जनाएको छ ।आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको […]

समाचार

फिर्के मिचेर बनाइएका १ सय ६० खोलाघर संरचना हटाउने कानुनी बाटो खुल्यो

पोखरा ,२३ पुष। पोखरा महानगरपालिकाको मेयर आचार्यलाई फिर्के खोलामा बनेका १६० संरचना हटाउने बाटो खुलेको छ । यही पुस १६ गते रिट निवेदन उच्च अदालत पोखराले खारेज गरिदिएपछि महानगरलाई काम गर्ने बाटो खुलेको हो । न्यायाधीशद्वय मिलनकुमार राई र उमेश कोइरालाको संयुक्त इजलासले रिट खारेज गरिदिएको हो । फैसलाको पूर्णपाठ भने आउन बाँकी छ । […]

समाचार

नेपाल-चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प

पोखरा,२३ पुष। आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । त्यसले नेपालका प्राय: ठाउँमा धक्का दिएको छ ।तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा […]