समाचार

गैंडाको आक्रमणबाट एकजनाको मृत्यु ,दुई जना घाइते

२१ भदौ, बर्दिया। बर्दियाको मधुवन नगरपालिका–६ मा गैंडाको आक्रमणबाट एकजना गाइडको मृत्यु भएको छ भने एक अमेरिकी नागरिकसहित दुई जना घाइते भएका छन् ।नेपाली सेनाका अनुसार, बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती इलाकामा पर्ने डल्ला सामुदायिक वनमा गैंडाको आक्रमणबाट शुक्रबार वरिष्ठ पथ प्रदर्शक ३६ वर्षीय मनमोहन चौधरीको मृत्यु भएको हो । बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम […]

समाचार

बाग्लुङमा बाढीले बगाउदा दुईको मृत्यु ,एक बेपत्ता

२१ भदौ, बागलुङ । बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अभिषेक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बाढीमा बगेर २० वर्षीय कमल सापकोटा बेपत्ता छन् ।कुँडुलेदेखि मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल […]

राजनीति समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत

२० भदौ, काठमाडौं । मन्त्रिपरिषदले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रसंघको महासभाका लागि प्रधानमन्त्रीको न्यूयोर्क भ्रमण स्वीकृत गरेको हो ।भ्रमण टोलीमा परराष्ट्रमन्त्री आरजु देउवा राणा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री पत्नी राधिका शाक्य, निजी चिकित्सक लगायत छन् । राष्ट्रसंघको महासभा सेप्टेम्बर १० […]

समाचार

पोखरा १६ द्वारा विद्यावारिधी गरेका व्यक्ति र विद्यालयलाई सम्मान

पोखरा, २० भदौ ।पोखरा महानगरपालिका वडा नं. १६ ले विभिन्न विषयमा विद्यावारिधी गरेका वडाभित्रका विभिन्न शिक्षासेवीलाई सम्मान गरेको छ ।ऐतिहासिक वाटुलेचौर तीज मेलाको अवसरमा वडा शिक्षा समितिको निर्णय अनुसार २५ जना विषय विज्ञ र २ वटा सामुदायिक विद्यालयलाई सम्मान गरेको हो । वडाले प्रा डा टंकनाथ शर्मा, डा गेहेन्द्रमान उदास,डा दिर्घमान गुरुङ,डा गोपाल घिमिरे,डा महेन्द्र […]

समाचार

दरखाने दिनमा मानवसेवा आश्रममा भोजनार्थ सहयोग

पोखरा, २० भदौ । कर्मचारी मिलन केन्द्र कास्कीले निजामति सेवा दिवस २०८१ एवम् हरितालिका तीजको दरखाने दिनका अवसर पारी आज मानवसेवा आश्रम छोरेपाटनमा आश्रित व्यक्तिहरूलाई भोजनार्थ सहयोग गरेको छ । विशेषतः महिला दिदीबहिनीलाई आश्रय दिइराखिएको छोरेपाटनस्थित आश्रममा केन्द्रका तर्फबाट संरक्षक एवम् कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले २६ हजार रुपैयाँ नगद आश्रमका सञ्चालकलाई हस्तान्तरण गरेका […]

समाचार

मिस मगर नेपालको ग्राण्ड फिनाले शनिबार, धिरजमगर र उपसना आउने

पोखरा, २० भदौ । निट डेन्टल केयर प्रिजेन्ट्स सातौं मिस मगर नेपाल,२०२४ को ग्राण्ड फिनालेमा चलचित्र खुस्माका नायक तथा नायिका आउने भएकाछन् ।पोखरा १७ स्थित होटल ग्राण्डमा यही शनिबार (२२ गते) हुने फिनालेमा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरी सहभागि हुने टिम संयोजक प्रियंका गर्बुजा मगरले जानकारी दिइन् । उनका अनुसार उनीहरुले रुकुमको […]

समाचार

गण्डकी प्रदेश सरकारको बैठक भदौ २६ मा बस्ने

२० भदौ, पोखरा । असार १७ गते स्थगित भएको बैठक २६ गतेका लागि बोलाइएको संसद सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।गण्डकी प्रदेश सरकारका कारण संसदको काम पनि प्रभावित भएको थियो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मन्त्रिपरिषद बिस्तार गरेसँगै संसद बोलाउने निर्णय गरेका हुन् । संसदमा अहिले ३ वटा विधेयक छलफलका लागि छन् । […]

समाचार

नेपाल सरकारको सबै शर्त मान्न टिकटक तयार ,अब छिट्टै प्रतिबन्ध हट्ने

२० भदौ, पोखरा । शर्तसहित प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि टिकटकका प्रतिनिधिहरु काठमाडौं आएका छन् ।उनीहरुले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तहरुबारे छलफल गरेका छन् ।टिकटकको सिंगापुरस्थित कार्यालयबाट आएका तीन जना प्रतिनिधिले सरकारले राखेका शर्तहरु पूरा गर्ने प्रतिवद्धता पत्र तुरुन्तै दिन सकिने बताएका मन्त्रालय स्रोतले बताएको छ । स्रोतका अनुसार टिकटकले सरकारले राखेका […]

समाचार

उदयपुरको कटारीमा आमा छोराको हत्या

२० भदौ, उदयपुर । उदयपुरको कटारी नगरपालिका–१०, सोरुङ छबीसेमा आमा छोराको हत्या भएको छ । वडा कार्यालय नजिकै किराना पसल गर्दै आएकी अन्दाजी ४० वर्षीया निर्मला थापा र उनका छोरा अन्दाजी ६ वर्षीय छोरा आरुष थापाको आज बिहान पसलमै शव भेटिएको हो ।बिहान पसलमा आउने ग्राहकहरुले आमाछोराको शव देखेका थिए । आमाको शव भूइँमा घोप्टो […]

समाचार

काठमाडौं महानगरले बञ्चरेडाँडा ल्यान्डफिल साइटमा सिसिटिभीबाट निगरानी गर्ने

२० भदौ, काठमाडौं । काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापन हुँदै सेनेटरी ल्यान्डफिल साइट बञ्चरेडाँडाको निगरानी काठमाडौं प्लाजाबाट सुरु भएको छ । संस्थागत सुधारको कार्यक्रममध्ये कार्य सञ्चालन हुने ठाउँका विषयमा जानकारी तथा सूचना लिन सीसीटीभी क्यामरा जडान गरिएको हो । साइटमा प्रवेश गर्ने सवारी साधन तथा व्यक्ति प्रवेशसहितका क्रियाकलापमा निगरानी गरेर सम्भावित अनधिकृत क्रियाकलाप रोक्न प्रणाली जडान […]