समाचार

पोखरामा ह्योल्मो भाषाको प्रशिक्षण सुरु

पोखरा ,९ पुष। नेपाल ह्योल्मो समाज सेवा समिति, पोखराको आयोजनामा एक महिने ह्योल्मो भाषा प्रशिक्षण कक्षा शुभारम्भ भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठान सँगको सहकार्यमा सञ्चालन हुने प्रशिक्षणमा कास्कीका विभिन्न भागमा बसोबास गर्ने ३० जना ह्योल्मो समुदायका व्यक्तिहरूको सहभागी रहेको छ । भाषा प्रशिक्षण कक्षाको उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव राजेन्द्रदेव […]

खेलकुद

स्याङजाको कोल्मामा सम्पन्न क्रस कन्ट्रीमा आर्मीको बर्चस्व

स्याङ्गजा ,९ पुष। स्याङजाको कोल्मामा आयोजित क्रस कन्ट्री दौड प्रतियोगितामा आर्मीले बर्चस्व जमाएको छ । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले आयोजना गरेको  पाँचौं संस्करणको क्रस कन्ट्री दौडको उपाधि नेपाली सेनाका धावक करण रावलले जितेका हुन । ‘स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड’ भन्ने मूल नाराका साथ आयोजना गरेको राष्ट्रिय स्तरको क्रसकन्ट्रीमा रावलले २५ किलो […]

अर्थतन्त्र

बागलुङका किसानले उत्पादन गरेका किबी बजारमा खपत   

बाग्लुंग ,९ पुष। बागलुङमा उत्पादित बहुगुणी फल किबी अन्य जिल्लामा खपत हुन थालेको छ । अन्य जिल्लामा किबीले बजार र मूल्य नपाएको किसानले गुनासो गरिरहेको बेला यहाँको भकुण्डे, बिहुँ, बडिगाड, ढोरपाटन, निसीखोला र दुदिलाभाटीलगायत स्थानमा उत्पादन भएको किबी अन्यत्र हुन थालेको छ । मूल्यमा गिरावट आए पनि किबी अन्यत्रबाट माग आइरहेको किसानको भनाइ छ । […]

समाचार

दुर्गा न्यौपानेलाई इन्द्रा स्मृति मानव मिलन नारी पुरस्कार–२०८१ बाट सम्मान गरिदै

पोखरा । मानव मिलन नारी जागरण नेपालद्वारा सञ्चालित ‘इन्द्रा स्मृति मानव मिलन नारी पुरस्कार–२०८१’ द्वारा सामाजिक अभियन्ता दुर्गा न्यौपानेलाई सम्मान गरिने भएको छ । पुरस्कार छनोट समितिको सिफारिसमा संस्थाको कार्यसमिति बैठकले न्यौपानेलाई पुरस्कार दिने निर्णय गरेको हो । संस्थाका पूर्व सल्लाहकार दुर्गादेवी बास्तोला संयोजक तथा पार्वती पौडेल रेग्मी र सुजाता क्षेत्री सदस्य एवं संस्थापक अध्यक्ष […]

समाचार

तनहुँको आँबुखैरेनीमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

पोखरा,९ पुष। तनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधीखोलामा मंगलबार बिहान इँटा बोकेको ट्रक दुर्घटना हुँदा चालक र सहचालक गरी दुई जनाको मृत्यु भएको छ । मृतकमा ट्रक चालक उदयपुरको चौदण्डीगढी नगरपालिकाका ३२ वर्षीय भेषराज पराजुली र सहचालक रौतहटको चन्द्रनिगाहापुर नगरपालिका–४ का २९ वर्षीय विजय विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिए । […]

समाचार

पोखराको संघर्षशील सहकारीका अध्यक्ष पाण्डे र सचिव सुवेदी पक्राउ

पोखरा,९ पुष । पोखरा महानगरपालिका वडा नं. २३ संघर्षशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष विक्रम पाण्डे र सचिव तथा व्यवस्थापक कमल सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । निक्षेपकर्ताका बचत रकम हिनामिना गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराको उजुरीका आधारमा उनीहरूलाई पक्राउ […]

समाचार

सुदूरपश्चिमबाट मौसम बदली सुरु, चिसो बढ्न थाल्यो

काठमाडौँ ,९ पुष। पश्चिम नेपालबाट मौसममा बदली सुरु भएको छ । सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै मुलुकभरि फैलिने  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले आज राति कणाली प्रदेशमा पनि फैलिने भन्दै विस्तारै गण्डकी र लुम्बिनीसम्म आउने जानकारी दिए । माथि सर्दै जाँदा प्रणाली केही कमजोर भए पनि […]

समाचार

रविको फोटो खिच्ने निकोलस पक्राउ

पोखरा ,८ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो खिचेर सार्वजनिक गरेको आरोपमा डा. निकोलस भुसाल पक्राउ परेका छन् । उनलाई काठमाडौंबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले लामिछानेको सुतिरहेको तस्विर कास्की प्रहरी कार्यालयको सीसीटीभी कन्ट्रोल डिस्प्लेबाट खिचेर सार्वजनिक गरेका थिए । उनी आफैले तस्विर खिचेको स्वीकारेका […]

मनोरञ्जन

तेह्रौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र

पोखरा,७ पुस ।तेह्रौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराकोअमरसिंह चौरमा आयोजना हुने तेह्रौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र रुपमा अगाडी वढाइएको छ । महोत्सवआयोजक युनाईटेड क्लब पोखराले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारी तीब्र पारिएको जनाएकोहो ।शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनको क्षेत्रमा […]

मनोरञ्जन

पोखरा ४ मा पाँचौ य:मरि महोत्सबको तयारि तिब्र

पोखरा ,७ पुस। पोखरा महानगरपालिका वडा न ४ ले बिगतका बर्षहरुमाझैँ यो बर्ष पनि य:मरि महोत्सव तथा सास्कृतिक कार्यक्रम आयोजना गर्ने भयको छ। पोखरा महानगरपालिका वडा नं ४ को आयोजना तथा नेवाः मिसा पुचः कास्कीको समन्वयमा यःमरी महोत्सव तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको पोखरामा आइतबार पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी दिइएको हो । महोत्सव यहि […]