समाचार

उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको अनुमान

काठमाडौँ , १६ मंसिर। निर्वाचन आयोगका साहायक प्रवक्ता दुर्गा प्रसाद चालिसेका अनुसार ६२ प्रतिशत मत खसेको अनुमान गरेका छन् । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भयको थियो। ताप्लेजुङको सिरिजंगा गाउँपालिका वडा नं ३, झापाको कन्काई नगरपालिका वडा नं ६, तेह्रथुमको लालिगुराँस नगरपालिका […]

समाचार

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु,बाहिरी घेरामा नेपाली सेना रहने

काठमाडौँ ,१६ मंसिर। स्थानीय तह उपनिर्वाचन बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न हुने छ ।मतदान केन्द्र वरपर नेपाली सेनाले गस्ती गरेको छ । सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरीलाई खटाइएको छ । त्यसपछि सशस्त्र प्रहरी र अन्तिम तथा सबैभन्दा बाहिरी घेरामा नेपाली सेना रहने गरी प्रबन्ध मिलाइएको छ । स्थानीय तह निर्वाचन […]

समाचार

प्रदेश युवा सम्मेलनद्वारा ११ बुँदे पोखरा घोषणापत्र जारी

पोखरा, १६ मंसिर । नेपाल युवा परिषद्द्वारा आयोजित प्रदेश युवा सम्मेलन ११ बुँदे पोखरा घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न भएको छ ।गण्डकी प्रदेश युवा परिषद गठन गर्ने, गण्डकीका ११ वटै जिल्लाका युवालाई विभिन्न कार्यक्रम संचालन गरी स्वरोजगारमैत्री तालिम प्रदान गर्ने, विभिन्न क्षेत्रका युवालाई हरेक वर्ष सम्मान र प्रोत्साहन गर्नेखालको कार्यक्रम सञ्चालन गर्ने विषयलाई घोषणापत्रमा समेटेको […]

समाचार

जेब्राक्रसमा ट्रकको ठक्करले गिभिनाकी आमाको मृत्यु, बिछिप्त भाइले गरे आत्महत्या

पोखरा ,१५ मंसिर। पोखरामा आमाको मृत्युपछि छोराले आत्महत्या गरेका छन् । मृत्यु हुने चर्चित सामाजिक अभियन्ता गिभिना मगरकी आमा हुन् । आमा धनकुमारी बुढाको शुक्रबार ट्रकको ठक्करबाट मृत्यु भएको थियो । आमाको मृत्युबाट बिछिप्त भएका छोरा २६ वर्षीय रामकुमार बुढाले आत्महत्या गरेको कास्की प्रहरीले जनाएको छ । कास्की प्रहरीका प्रवक्ता वसन्तकुमार शर्माले बुढाको मृत्यु भएको […]

समाचार

स्याङ्जाको राक्सेघाट र पवैखोलामा पुल बन्ने

पोखरा, १५ मंसिर। बर्खाको समयमा आवात जावतमा समस्या हुने स्याङ्जा दुई वटा खोलामामोटरेबल सडक पुल बन्ने भएको छ । पुतलीबजार नगरपालिका–५ स्थित पवैखोला र विरुवा गाउँपालिका १ र ८ जोड्ने राक्सेघाट खोलामा मोटरेबल पुल बन्ने भएको हो । दुवै पुलको गण्डकी सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले शनिबार शिलान्यास गरेका छन् […]

समाचार

आचारसंहिता विपरीत माइकिङ गर्दै हिँड्ने ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ , १४ मंसिर। निर्वाचन आयोगले आचारसंहिता विपरीत माइकिङ गर्दै हिँड्ने ६ जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ।आयोगबाट आचारसंहिता अनुगमनमा खटिएको टोलीले दिएको प्रतिवेदनका आधारमा आयोगले ६ जनालाई स्पष्टीकरण सोधेको हो। निर्वाचन आयोगले काठमाडौं महानरगपालिका वडा नम्बर १६ र कीर्तिपुर नगरपालिकामा बुधबार छुट्टाछुट्टै दुईवटा टोलीलाई आचारसंहिता अनुगमनका लागि खटाएको थियो।अनुगमनका क्रममा टोलीले आचारसंहिता उल्लङ्घन भएको भेटेपछि […]

समाचार

महानगर नै भएपनि कास्कीकोटमा बसाइँसराइको क्रम बढ्दै ,धारा बनाउने काम भयो पानी चुहिने काम भएन

पोखरा, १४ मंसिर । पोखरा बजारदेखि कास्कीकोट करिब १२ किलोमिटरको दुरीमा छ । बजारबाट नजिकै पोखरा महानगरपालिकाकै २४ नम्बर वडामा पर्ने यो गाउँमा खानेपानीको समस्या सदियौँदेखि नै उस्तै छ । स्थानीय गंगा गिरीले अझै डोकोमा पानी बोकेर गुजारा चलाउनुपरेको दुखेसो गर्छिन् । ‘म जन्मेदेखि मेरो आमाले बोकेको डोको आजसम्म मैले पनि बोकिरहेको छु । महानगरमा […]

समाचार

किएभका ‘निर्णय लिइने ठाउँहरू’ लक्षित गरेर नयाँ क्षेप्यास्त्र प्रहार गर्ने पुटिनको धम्की

काठमाडौं, १४ मंसिर। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको ऊर्जा केन्द्रमा रातभरि भएका क्षेप्यास्त्र र ड्रोन हमला युक्रेनले अमेरिका र युकेका लामो दूरीका अस्त्रहरू रुसमा प्रयोग गरेकोप्रति रुसले जनाएको प्रतिक्रिया भएको बताएका छन् ।उनले किएभका ‘निर्णय लिइने केन्द्रहरूमा’ लक्षित गरी रुसले नयाँ बलिस्टिक क्षेप्यास्त्रहरू प्रहार गर्ने धम्की पनि दिएका छन् । बीबीसीकी सारा रेन्स्फोर्डले उनले लामो […]

समाचार

तनहुँको यातायात र पूर्वाधार कार्यालयमा भौतिकमन्त्रीको निरीक्षण

पोखरा, १३ मंसिर। गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले तनहुँस्थित यातायात व्यवस्था कार्यालय, डुम्रे र पूर्वाधार विकास कार्यालयको निरीक्षण गरेका छन् । मन्त्री केसी, मन्त्रालयका सचिव कमलकुमार अधिकारी, योजना अनुगमन मूल्यांकन तथा पूर्वाधार महाशाखा प्रमुख डा. महेन्द्र बानियासहितको टोली निरीक्षणमा पुगेको हो । मन्त्री केसीले यातायात कार्यालयका निमित्त प्रमुख गोपाल […]

समाचार

१३ औं पोखरा महोत्सव पुष २५ देखी, विभिन्न ३० उपसमिति गठन संगै सल्लाहकार चयन

पोखरा ,१३ मंसिर। १३ औं संस्करणको पोखरा महोत्सव आगामी पुष २५ देखि माघ ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने भएको छ । महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि विभिन्न ३० वटा उपसमिति गठन गरिएको छ । महोत्सव आयोजक युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापा मुल आयोजक संयोजक रहने गरी विभिन्न उपसमितिहरु गठन गरिएको […]