समाचार

राजावादीको तीनकुनेमा आन्दोलन ; गोलि लागेर एक युवकको मृत्यु

काठमाडौँ ,१५ चैत। तीनकुनेमा भएको राजावादीको प्रर्दशनका क्रममा प्रहरीको गोली लागी घाइते भएका एकको मृत्यु भएको छ।  त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुवास आचार्यका अनुसार  घाइते सुवास महर्जन घाँटीमा गोली लागेर आएका थिए । ‘४:३० बजे अस्पताल आउँदा नै मृत्यु भएको थियो । उनका अनुसार प्रहरीको समन्वयमा मृतकको पोस्टमार्टमका लागि फरेन्सिक विभागमा पठाइसकिएको छ । […]

समाचार

राजावादीहरुले तीनकुनेमा अराजकताको पराकाष्ठ देखायको प्रचण्डको आरोप

काठमाडौं,१५ चैत। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनकुनेमा राजवादीहरूले अराजकताको पराकाष्ठा देखाएको टिप्पणी गरेका छन् । समाजवादी मोर्चाले भृकुटीमण्डपमा गरेको कार्यक्रममा उनले भने, “बाह्र वर्ष ढुंग्रामा हाले पनि कुकुरको पुच्छर बांगाको बांगै भनेजस्तो त्यहाँको सभा मण्डले अराजकताको पराकाष्ठा भएको छ । सबै प्रतिगामी निरंकुशतावादीको प्रतिकजस्तो बनेको छ ।” उनीहरूले घरमा आगो लगाएको प्रचण्डले […]

समाचार

तीनकुनेमा प्रदर्शनकारीले खोसे सुरक्षाकर्मीको बोकेको बन्दुक

१५ चैत, काठमाडौं । काठमाडौंको तीनकुनेमा प्रदर्शनकारीले सुरक्षाकर्मीको बोकेको बन्दुक खोसेका छन् । राजावादी प्रदर्शन उग्र बनेपछि भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा तीनकुनेस्थित एक घरमा आगजनी भएको छ । आगो निभाउन पुगेको एम्बुलेन्समाथि समेत प्रदर्शनकारीले ढुंगामुढा गरेका छन् ।  अहिले पनि तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ

विश्व

म्यानमार भुकम्प ; बैंककमा निर्माणाधीन ३० तले भवन ढल्दा ४३ श्रमिक फसे

काठमाडौं,१५ चैत। म्यानमार केन्द्रविन्दु बनाएर शुक्रबार गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट बैंककमा निर्माणाधीन ३० तले भवन ढल्दा ४३ श्रमिक फसेका छन् । थाइल्यान्डको राजधानीको उत्तरी भेगमा रहेको यो भवन केही सेकेन्डमा भग्नावशेषमा परिणत भएको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो सागिङ सहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ । केही मिनेटपछि […]

समाचार

राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार

काठमाडौं, १५ चैत। राजावादीहरू बानेश्वर क्षेत्रको निषेधित क्षेत्रतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।सो क्रममा केही राउन्ड अश्रुग्यास प्रहार भएपनि अहिलेसम्म झडपको स्थिति नै भने बनेको छैन ।सभाका लागि विभिन्न ठाउँबाट मानिसहरु प्रदर्शनमा आइरहेका थिए । प्रहरीले बानेश्वरतर्फ जाने सडक बन्द गराएको थियो । त्यहाँको प्रहरी घेरा तोड्न खोजेपछि प्रहरीले बल प्रयोग […]

समाचार

भ्रष्टाचार अभियोगमा अर्जुनचौपारी गाउँपालिकाका पुर्वअध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जना दोषी ठहर

पोखरा,१४ चैत। विशेष अदालतले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा सडक निर्माणमा अनियमितता भएको ठहर गर्दै गाउँपालिका पूर्वअध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जनालाई दोषी ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले बुधवार यस्तो फैसला सुनाएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुस १६ गते वडा नम्बर १ अन्तर्गतको सडक ढलान […]

समाचार

गण्डकी प्रदेशमा अपाङ्गता सम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

पोखरा,१३ चैत  । गण्डकी प्रदेश सभामा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल भएको छ । प्रदेश सभाको बुधबारको बैठकमा ७ जना सांसदले आफ्नो धारणा राखे ।सैदान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकूद मन्त्री विन्दु कुमार थापाले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न […]

समाचार

कृषि विकास बैंक कर्मचारी संघ नेपालको अध्यक्षमा छगेन्द्र आचार्य सर्वसम्मत चयन

पोखरा ,१२ चैत। कृषि विकास बैंक कर्मचारी संघ नेपालको अध्यक्षमा छगेन्द्र आचार्य सर्वसम्मत चयन भएका छन् । संघको पोखरामा सोमबार राती सम्पन्न १० औं केन्द्रीय परिषदले आचार्यको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति गठन गरेको हो । आचार्य निवर्तमान बरिष्ठ उपाध्यक्ष हुन् । संघको बरिष्ठ उपाध्यक्ष हाललाई खाली राखिएको छ । उपाध्यक्षमा पुष्कर कोइराला, नरहरीप्रसाद ढकाल […]

समाचार

सिराहामा खोला किनारमा बोराभित्र राखेर गाडिएको अवस्था शव फेला

सिराहा , १२ चैत। सिरहामा खोला किनारमा बोरामा एकजनाको शव भेटिएको । गोलबजार नगरपालिका-९ गोविन्दपुरस्थित घुर्मी खोला किनारमा बोराभित्र राखेर गाडिएको अवस्था शव फेला परेको हो।मंगलबार बिहान १० बजेतिर गोठालोहरूले दुर्गन्ध फैलिएको र त्यहाँ हाड हेरेपछि प्रहरीलाई खबर गरेका थिए । सब अत्यन्त कुहिसकेको अवस्थामा रहेको जानकरी आयको छ  ।प्रहरीका अनुसार केही दिनअघिदेखि गाउँकी १३ […]

समाचार

व्यावसायिक तथा सिप विकास तालिम केन्द्रद्वारा विभिन्न सीपमूलक तालिम संचालन

पोखरा, १२ चैत  । गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत सञ्चालित व्यावसायिक तथा सिप विकास तालिम केन्द्र पोखराले कपाल काट्ने शैलुन, प्लम्बिङ, मोबाइल मर्मत, एडभान्स ब्युटी पार्लर, फेशन डिजाइन, एडभान्स कटाई सिलाई, मन्टेश्वरी, कुक (पाक शिक्षा) तथा आधारभूत कटाई सिलाई तालिम सुरु गरेको छ। तालिमको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा […]