समाचार

राष्ट्रिय माविमा अन्तर विद्यालय स्तरीय छात्रछात्रा भलिवल प्रतियोगिता सुरु

पोखरा , ८ मंसिर। पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविमा अन्तर विद्यालय स्तरीय छात्र/छात्रा भलिवल प्रतियोगिता शनिवार देखी सुरु भएको छ । राष्ट्रिय माविले हीरक महोत्सव २०८१ को अवसर पारी आयोजना गरेको उक्त प्रतियोगितामा कास्कीका ४० टीमको सहभागीता रहेको छ ।प्रतियोगिताको पोखरा महानगरपालिका वडा नं १ का अध्यक्ष साहारा प्रधानले उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन […]

समाचार

कोटीहोमको तयारी अन्तिम चरणमा,कथा वाचनका लागि १५ जना भन्दा बढी धर्मगुरु सहभागी हुने

पोखरा, ८ मंसिर । पोखरा महानगरपालिका वडा नं १५ ढुङ्गेसाँघु पट्नेरीस्थित अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाममा गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटीहोम हुँदैछ । यही मंसिर १७ देखि २७ गतेसम्म सञ्चालन हुने कोटीहोमको तयारी अन्तिम चरणमा पुगेको छ । शुक्लागण्डकी (सेती नदी) को तटमा हुने कोटीहोम स्थलमा आवश्यक भौतिक संरचना निर्माण गरिएको छ । साथै मन्दिरमा […]

समाचार

चिकित्सकमाथि हुने दुर्व्यवहार सैह्य हुँदैनः मुख्यमन्त्री पाण्डे

पोखरा, ८ मंसिर। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चिकित्सकहरूमाथि हुने कुनैपनि प्रकारको दुर्व्यवहार सैह्य नहुने बताएका छन् । ‘द सोसाईटी अफ सर्जनस् नेपाल र साउथ एसियन सर्जिकल केयर सोसाइटी’को सहकार्यमा पोखरामा आयोजित कार्यक्रममा मुख्यमन्त्री पाण्डेले सो कुरा बताएका हुन् । मुख्यमन्त्री पाण्डेले पोखराको मणिपाल अस्पतालमा गत वर्ष मात्रै चिकित्सकहरूमाथि दुर्व्यवहारका घटना भएको दृष्टान्त पेस गर्दै […]

समाचार

नक्कली फेसबुक बनाएर २८ लाख ठगी गर्ने रुद्रबहादुर गुरुङ पक्राउ

पोखरा , ४ मंसिर । नक्कली फेसबुक आइडीको प्रयोग गरी २७ लाख ८३ हजार बढी ठगी गरेको अभियोगमा तनहुँका रुद्रबहादुर गुरुङ पक्राउ परेका छन् । तनहुँ आँबुखैरेनी गाउँपालिका-५ घर भएका उनी हाल काठमाडौँ चन्द्रागिरी नगरपालिका-७ मा बस्दै आएका थिए । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । रुद्रलाई फेसबुकलगायत सामाजिक सञ्जालमा नक्कली एकाउन्ट […]

समाचार

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय उडानका लागि संघ सरकारको ध्यानाकर्षण 

पाेखरा, ४ मंसिर। नेपाली कांग्रेस र नेकपा एमाले कास्कीको दुई दलीय राजनीतिक संयन्त्रको आइतबार बसेको बैठकले चीन सरकारको ऋण सहयोगमा बनेको पोखरा अन्तराष्ट्रिय बिमानस्थलको ऋणलाई अनुदानमा रुपान्तरण गर्नका लागि २ देशको कुटनीतिक पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । साथै उक्त बिमानस्थलमा अन्तराष्ट्रिय उडान सुचारुको लागि पनि आवस्यक पहल गर्न संघीय सरकारको […]

समाचार

मालढुंगा–बेनी सडक आजदेखि ८ दिनसम्म दैनिक ६ घण्टा बन्द

पोखरा , ४ मंसिर। कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुंगा–बेनी सडकखण्ड आजबाट ८ दिनसम्म दैनिक ६ घण्टा बन्द गरिने भएको छ । सडक कालोपत्र र स्तरोन्नतिका लागि आज मंसिर ४ गतेदेखि मंसिर ११ गतेसम्म दैनिक ६ घण्टा बन्द गर्न लागिएको हो । पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगामा सडकको क्षेत्राधिकारमा पर्ने ढुंगा फुटाएर पन्छाउन र मालढुंगाबाट लस्तीसम्म कालोपत्र गर्न […]

समाचार

पूर्वसभामुख ढुंगानाको निधनमा आज सार्वजनिक बिदा

पाेखरा, ३ मंसिर । सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक  बैठकले ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउँदै आज सार्वजनिक बिदा दिने निर्णय गरेको हाे । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुंगका अनुसार आज सरकारी कार्यालयमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय पनि […]

समाचार

स्थानीय तहका ४२ पदका लागि ४०७ जनाको मनोनयन दर्ता 

काठमाडौं , ३ मंसिर । आसन्न स्थानीय तह उपनिर्वाचनअन्तर्गत विभिन्न ४२ पदका लागि चार सय सात जनाको मनोयन पत्र दर्ता भएको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी ८४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ […]

समाचार

चेक बाउन्स मुद्दामा २ वर्ष कैद सुनाइएका गुन्डा नाइके सत्यमान लामा पक्राउ

काठमाडौं , ३ मंगसिर। गुन्डा नाइके सत्यमान लामा पक्राउ परेका छन् । चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका लामालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो । काभ्रेको तेमाल घर भई काठमाडौं महानगरपालिका-४ बस्दै आएका लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले पुष्टि गरे । लामालाई जिल्ला अदालत काठमाडौंले २०८० […]

राजनीति

खराब माैसमका कारण रविलाई भैरहवा लैजाने जहाज उडेन कम्तीमा १८ सय मिटर भिजिबिलिटी नभइ जहाज ल्याउन नमिल्ने

पाेखरा,२७ कार्तिक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई रुपन्देही लगिँदैछ । लामिछानेलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बुटवल लगिनेछ । उनलाई भैरहवा ल्याउने भनेसँगै बिहानैदेखि गौतमबुद्ध विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ। तर भिजिबिलिटी कम हुँदा उनलाई जहाजबाट भैरहवा लैजान सकिएको छैन । उनलाई बिहान ७:४५ को उडानमार्फत […]