समाचार

दसैँको अग्रिम टिकट बुकिङ घटस्थापनाभन्दा एक साताअघि खुल्ने

काठमाडौँ ,५ असोज। दसैँका लागि अग्रिम टिकट बुकिङ घटस्थापनाभन्दा एक साताअघि खुला गरिने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले घटस्थापनाभन्दा एक साता अघि अग्रिम टिकट बुकिङ खुला गरिने बताए । ‘घटस्थापनाभन्दा एक साता अघि टिकट खुलाउने तयारी छ । अहिले बाटो मर्मत सडक सुरक्षाका विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा […]

समाचार

प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेन्डा अघि बढाउँछौँ : प्रचण्ड

काठमाडौँ ,५ असोज। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन गर्ने हो भने अब आफूहरूले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेन्डा अघि बढाउने बताएका छन्। अखिल नेपाल ट्रेड युनियन महासङ्घले आज काठमाडौँमा गरेको राजनैतिक वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान संशोधन नै गर्ने हो भने अब यी एजेन्डामा गर्नुपर्ने बताए […]

स्वास्थ्य

पोखरामा डेंगु सङ्क्रमण तिब्र ,चार हजार भन्दा बढी नाग्यो

पोखरा ,५ असोज। कास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेंगु सङ्क्रमण छ गुणाले बढेको छ ।महानगरको स्वास्थ्य महाशाखाका अनुसार भदौ पहिलो साता डेंगु सङ्क्रमितको सङ्ख्या सात सयको आसपास रहेकामा महिना दिनमा बढेर चार हजार चार सय ३३ पुगेको हो । महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले सङ्क्रमितको सङ्ख्या ३१ सयबढी पुग्न नदिइ डेंगु रोकथाम गर्ने […]

समाचार

रुपा रिङरोड दोश्रो खण्डको शिलान्यास ,गाउँको उत्पादन बजारसम्म पुराउन रिङरोड फलदायी साबित हुनेमा पालिका अध्यक्ष ओझा बिस्वस्त

पोखरा ,४ असोज बिहीबार सबिधान दिवसको अवसरमा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले रुपा रिङ रोडको दोस्रो खण्डको संयुक्त शिलान्यास गरेका छन् । रूपा गाउँपालिका १ र ७ पर्ने रामकोट -हासपोखरी- पिप्ले-स्यास्त्री-दरगाउ- देउपूरवेसी–पोल्याङ (रुपा रिङरोड)को दोस्रो खण्डको काम अघि बढेको छ ।संघ र प्रदेश सरकारले […]

समाचार

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

काठमाडौं ,४ असोज । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । उप्रधानमन्त्री ओलीका साथमा उनकी पत्नी राधिका, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू छन् । प्रधानमन्त्री ओलीले असोज १० गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको […]

समाचार

धरहरा संघीय सरकारकै मातहतमा,बालेनको लबिङ सरकारले सुनेन

काठमाडौँ ,३ असोज । सर्वसाधारणका लागि धरहरा खुला गरेको छ । संविधान दिवसको अवसर पारेर बिहीबार सहरी विकास मन्त्रालयले सर्वसाधारणका लागि धरहरा खुला गरेको हो । धरहरा खुला भएसँगै सर्वसाधारणले धरहरा चढेर काठमाडौँ सहरको अवलोकन गर्न पाउने भएका छन् । २०७२ सालको भूकम्पले भत्किनुअघि धरहरा सञ्चालन तथा व्यवस्थापनको जिम्मा काठमाडौँ महानगरपालिकाले गरिरहेको थियो । अहिले पनि महानगरपालिकाले […]

समाचार

बझाङ केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गयो

काठमाडौँ ,२ असोज । बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १० बजेर ८ मिनेट जाँदा बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो। यसअघि गत भदौ ३० गते ताप्लेजुङको ल्होनाक आसपास केन्द्रविन्दू भएर भूकम्प गएको थियो। नेपालमा पछिल्लो समय भूकम्प […]

राजनीति

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गण्डकी प्रदेशको प्रथम सम्मेलन पोखरामा हुँदै

पोखरा ,२ असोज। अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गण्डकी प्रदेशको असोज ३ गते, बिहीबार पोखरामा प्रथम सम्मेलन हुँदैछ।माओवादी (केन्द्र) को भातृ महिला संगठनले संविधान दिवस (राष्ट्रिय दिवस) को अवसर पारेर प्रदेशस्तरिय सम्मेलन गर्न लागेको हो।प्रदेशको ११ जिल्लाभरका ८५ पालिकाबाट प्रतिनिधित्व हुनेगरी करिब चार सय महिला प्रतिनिधिहरुको सम्मेलनमा सहभागिता रहने संयोजक गीता शाहीले जानकारी दिइन्।शाहीकाअनुसार सम्मेलनले […]

मनोरञ्जन

आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदै,काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ ,१ असोज। वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र […]

राजनीति

रास्वपाको राष्ट्रिय भेला सुरु , प्रथम अधिवेशनको मिति तय गर्ने

काठमाडौं ,१ असोज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला आजदेखि सुरु भयको छ ।प्रज्ञा प्रतिष्ठान कमलादीमा आज बिहान सभापति रवि लामिछाने र पदाधिकारीले घण्टी बजाएर भेलाको उद्घाटन गरेका छन् । आजदेखि सुरु भयको भेला भोलि बुधबारसम्म चल्नेछ । भेलामा विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य-मान्यता, उम्मेदवार क्लब/लिडरसिप एकेडेमी, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुने […]