अर्थतन्त्र

चार निर्माण कम्पनी परे कालोसूचीमा

पोखरा ,११ चैत। सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । एस.डी. कन्स्ट्रक्सन जनकपुर, अरनिको निर्माण कम्पनी काठमाडौं, मनकामना सप्लायर्स भोजपुर र आर.एस.ए. कन्स्ट्रक्सन काठमाडौंलाई कालो सूचीमा राखिएको हो । ओम प्रकाश श्रेष्ठ मुख्य व्यक्ति रहेको अरनिको निर्माण सेवालाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । यसलाई कालोसूचीमा राख्न संघीय सडक सुपरीवेक्षण […]

समाचार

महायज्ञको नाममा दलितको घर भत्काउने गाउँपालिका अध्यक्ष सहित तीनजनाविरुद्ध जाहेरी दर्ता

सिराहा ,९ चैत। सिराहाको औरही गाउँपालिका– ५ मा विष्णु महायज्ञको नाममा दलितको घर भत्काइएका तीनविरुद्ध जातीय विभेद तथा छुवाछुत कसुरमा जाहेरी परेको छ । पीडित दीपक मरिक (डोम)ले गाउँपालिका अध्यक्ष शिवजी यादवसहित तीनजनाविरुद्ध जिल्ला प्रहरी कार्यालय सिराहामा जाहेरी दिएका हुन् । पालिका अध्यक्ष यादवसहित वडा नम्बर ५ का पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबाविरुद्ध जाहेरी […]

समाचार

दलित बसेको धर्तीसमेत अपवित्र हुने भन्दै घर भएको ठाउँको माटोसमेत ताछेर फालियो

सिरहा ,७ चैत। आफ्नै टोलछिमेकमा महायज्ञ लाग्ने भएपछि सिरहाको औरही–५ का दलित दीपक मलिक डोम पनि खुसी थिए । तर उनको यो खुसी धेरै दिन टिक्न पाएन । महायज्ञको मण्डप वरिपरि दलित बस्न र आउजाउ गर्न नमिल्ने भन्दै आयोजक बजरंगी बाबाले दीपकको घर भत्काउन आदेश दिए, तुरुन्तै गाउँपालिका अध्यक्ष शिवजी यादवले डोजर पठाए । दलित बसेको धर्तीसमेत अपवित्र […]

समाचार

बेसीशहरका नागरिकले बाह्रै महिना स्वच्छ खानेपानीको प्रयोग गर्न पाउने : खानेपानी मन्त्रि प्रदीप यादव

लमजुङ्ग ,६ चैत। खानेपानीमन्त्री प्रदीप यादवले लमजुङको बेसीशहरका नागरिकको खानेपानीको समस्या तत्कालका लागि अन्त भएको बताएका छन् । बुधबार लमजुङको बेसीशहरस्थित सह–लगानी खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन तथा हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले बेशीसहरमा देखिएको खानेपानीको समस्या समाधान गरिनुका साथै यहाँका नागरिकले बाह्रै महिना स्वच्छ खानेपानीको प्रयोग गर्न पाउने बताए । ‘कुनै पनि समाजको […]

अर्थतन्त्र

चीनको सिचुवान प्रान्तका व्यवसायी र पोउवा संघका प्रतिनिधिबीच व्यावसायिक सहकार्य गर्ने सहमति

पोखरा ,६ चैत। चीनको सिचुवान प्रान्तबाट आएका उद्योगी/व्यवसायी तथा पोखरा उद्योग वाणिज्य संघका पदाधिकारीबीच व्यावसायिक सहकार्यको सहमति जुटेको छ । पोखरा भ्रमणमा रहेको प्रतिनिधिमण्डलसँगको छलफलपछि सो सहमति जुटेको संघका अध्यक्ष गोकर्ण कार्कीले बताए । सिचुवान चीनको छैटौं ठूलो अर्थतन्त्र भएको प्रान्त हो । मदिरा, बाँसका उत्पादनका निम्ति यो प्रान्त प्रसिद्ध छ । यसका अलावा पछिल्लो […]

अर्थतन्त्र

सुनको मुल्यमा फेरि नयाँ रेकर्ड

काठमाडौं , ६ चैत  । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । मंगलबार कायम गरेको उच्च मूल्यको रेकर्डलाई ब्रेक गर्दै सुनको मूल्यले आज नयाँ रेकर्ड बनाएको हो । आज सुन प्रतितोला ८०० रुपैयाँ बढेर एक लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आजको सुनको मूल्य हालसम्मकै […]

मनोरञ्जन

२० औ फेवा नव बर्ष महोत्सवका पाहुनालाई २० प्रतिशत छुट

पोखरा, ४ चैत । होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि आगामी बैशाख १ गतेसम्म पोखरामा आयोजना गर्न लागेको २० औं फेवा नव बर्ष महोत्सव २०८२ को तयारी तीव्र रुपमा अगाडि बढाइएको छ । संघले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव सम्पन्न गर्न विभिन्न समिति र उपसमितिहरु गठन गरी काम अगाडि बढाइएको जानकारी दिएको […]

समाचार

गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकविच भेटवार्ता ,प्रदेशको प्राथमिकतामा सहकार्य गर्न मुख्यमन्त्री पाण्डेको प्रस्ताव

पोखरा ,४ चैत। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक क्रिस्टोफ बहुयेट वीच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमवार भएको भेटमा मुख्यमन्त्री पाण्डेले शसक्तिकरणको क्षेत्रमा प्रदेश र स्थानीय तहलाई युएनडिपीले गर्दै आएको सहयोग प्रभावकारी रहेको बताए । युएनडिपीले दिगो बिकास, फोहोरमैला व्यवस्थापन, नवप्रवर्तन, उद्यमशीलताको क्षेत्रमा गण्डकी […]

समाचार

पोखरामा हरित रोजगारी सिर्जना परियोजना अन्तरगत कोसेली घरको शिलान्यास 

पोखरा ४, चैत्र । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघिय  विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोगमा पोखरामा सञ्चालन हुने रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तरगत कोसेली घरको शिलान्यास गरिएको छ । कोसेली घरको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवि गुरुङ, कोइका नेपालका कन्ट्री डाइरेक्टर मोहेन कोङ, युएनडिपीका एसिया क्षेत्रीय […]

समाचार

प्रश्नपत्र र उत्तरपुस्तिका वितरण भई सकेपछि मध्यपश्चिम विश्वविद्यालयले गर्यो परिक्षा स्थगन

कास्की ,३ चैत। मध्यपश्चिम विश्वविद्यालय (एमयू)मा प्रश्नपत्र र उत्तरपुस्तिका वितरण भई विद्यार्थीले लेख्दालेख्दै परीक्षा स्थगित भएको छ । आइतबार बिहान साढे ६ बजेबाट सुरु भएको परीक्षा सम्पन्न नहुँदै स्थगन भएको हो । ‘ग्राजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्स’अन्तर्गत स्नातक तह प्रथम र सातौं समेष्टरको परीक्षा एक्कासी स्थगित गरिएको हो । चैत १८ गते स्वतन्त्र […]