समाचार

प्रदेश सचिव र प्रमुख प्रशासकिय अधिकृतको भर्ना र पदस्थापन प्रदेशबाटै हुनुपर्ने

पाेखरा,१९ मंसिर। प्रदेश सचिव र प्रमुख प्रशासकीय अधिकृतको भर्ना तथा पदस्थापन र कर्मचारीहरूको पदसोपान सहितको वृत्ति विकासलाई यथोचित सम्बोधन हुनेगरी सङ्घीय निजामती सेवा ऐन शीघ्र जारी गर्न अनुरोधसहित ९ बुँदे घोषणापत्र जारी गर्दै सातै प्रदेशका लोकसेवा आयोगहरुको चौथो राष्ट्रिय सम्मेलन बुधवार सम्पन्न भएको छ । सम्मेलनले विभिन्न ५ वटा निर्णय पनि गरेको छ । संबिधान, […]

समाचार

२६ औं पोखरा सडक महोत्सवको तयारी शुरु,महोत्सब पौष १३ गते बाट १७ गते सम्म चल्ने

पोखरा, १९ मंसिर। ‘सडकमै खाउँ,सडकमै रमाउँ, सडकमै नाचौँ¨ भन्ने मूल नाराका साथ पोखरा सडक महोत्सव यही पौष १३ गते बाट पौष १७ गते सम्म चल्ने भयको छ। हरेक वर्ष आयोजना गर्दै आएको रेवान पोखरा यतिबेला २६ औँ संस्करणको पोखरा सडक महोत्सव गर्ने तयारीमा जुटेको छ । यसपटकको सडक महोत्सव सफल पार्न आयोजकले आफ्नै संस्थामा आबद्ध […]

समाचार

सूर्यदर्शन सहकारीको अध्यक्षमा किरण श्रेष्ठ चुनिए ,बजारको ऋण उठाउने, लगानी नगर्ने

पोखरा,१९ मंसिर । पोखराको सूर्यदर्शन सहकारीमा नयाँ सञ्चालक समिति गठन गरिएको छ । बचत रकम डुबेपछि उठाउनका लागि बनेको संघर्ष समितिको अगुवाइमा समिति बनाइएको हो ।मंगलबार विशेष साधारणसभाले किरण श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा गोकर्ण बरुवाल, सचिवमा दुर्गानाथ न्यौपाने र को षाध्यक्षमा प्रेम रेग्मी चयन भएका छन् । […]

स्वास्थ्य

सामाजिक सञ्जालमा नकारात्मक सामग्री हेर्दा मानसिक स्वास्थ्यमा पार्ने असर

कास्की ,१९ मंसिर। सामाजिक सञ्जाल नकारात्मक सामग्रीले भरिएको छ, जसले हाम्रो मस्तिष्कको कार्य क्षमतालाई प्रत्यक्ष असर गर्छ । अझ निराश र रिसाहा प्रवृत्ति भएका व्यक्तिलाई यस्तो सामाग्रीले झन् धेरै असर गर्छ । कोही व्यक्तिले कुनै नकारात्मक सामग्री आफ्नो व्यक्तिगत जीवनसँग मेल खाएको जस्तो अनुभव गर्छ भने उनीहरूलाई त्यसले भावनात्मक रुपमा झन् धेरै असर गर्न सक्छ […]

समाचार

रकम हिनामिना भएको नागढुंगा सहकारी पर्वतका अध्यक्ष नारायण श्रेष्ठ काठमाडौंबाट पक्राउ

पर्बत ,१९ मंसिर। पर्बत जिल्लाको फलेवास नगरपालिका–१ कार्कीनेटामा रहेको नागढुङ्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेड सहकारी संस्थाका अध्यक्ष पक्राउ परेका छन् । सहकारीका सञ्चालक तथा व्यवस्थापकबाट रकम हिनामिना भई सहकारी ऐन अन्तर्गतको ठगी भएको भन्दै सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरामा उजुरी परेपछि यो सहकारीमाथि अनुसन्धान चलिरहेको छ । सहकारी रजिष्ट्रारको कार्यालयले गरेको अनुसन्धानमा […]

खेलकुद

दमकमा खेलकुद रंगशाला र अमरगढीमा सिटी हल बनाइदिन चीन सरकार सग नेपालको आग्रह

काठमाडौँ ,१९ मंसिर। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा नेपालले झापाको दमकमा खेलकुद रंगशाला र डडेलधुराको अमरगढीमा सिटी हल बनाइदिन चीनलाई आग्रह गरेको छ । प्रधानमन्त्री ओलीले मंगलबार चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली छ्याङसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिय। १२ बुँदामा दुवै पक्षबाट वक्तव्य जारी गरिएको थियो।पाँचौं नम्बर को बुदामा झापाको दमकमा खेलकुद […]

खेलकुद

एनपीएलको पहिलो खेलमै पोखरा एभेञ्जर्सको लज्जास्पद हार

पोखरा,१८ मंसिर। पोखरा एभेञ्जर्सले नेपाल प्रिमियर लिगको पहिलो खेलमै लज्जास्पद हार बेहोरेको छ । आज भएको प्रतिस्पर्धामा पोखरा चितवन राइनोजसँग ८७ रनले पराजित भएको हो । योसँगै चितवनले लगातार दोस्रो जित हासिल गरेको छ । यसअघि चितवनले काठमाडौं गुर्खाजलाई हराएको थियो । चितवनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको पोखरा जम्मा १३दशमलव२ ओभर खेलेर […]

समाचार

पोखरामा मनाइयो अन्तर्राष्ट्रिय अपांगता दिवस

पोखरा, १८ मंसिर ‘समावेशी र दिगो भविष्यको पूर्वाधार, अपांगता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार’ भन्ने नारासहित यस वर्षको अपांगता दिवस मनाइएको छ । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आयोजनामा अपांगता भएका व्यक्तिहरुको ३३ औँ अन्तर्राष्ट्रिय दिवस पोखरामा र्याली सहित कार्यक्रम गरी मनाइएको हो । पोखराको चिप्लेढुुंङ्गाको मानव अधिकारचोकाबाट सुुरु भएको र्याली न्यूरोड हुदैँ सभागृहमा […]

राजनीति

उपनिर्वाचन भएका स्थानको अन्तिम परिणाम सार्वजनिक:काँग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो

काठमाडौं,१८ मंसिर। स्थानीय तहको उपनिर्वाचनको सवै स्थानको निर्वाचन परिणाम सार्वजानिक भएको छ। ४४ स्थानमध्ये नेपाली कांग्रेसले १९ ठाउँमा विजय हासिल गरेको छ। दोस्रो बढी माओवादीले जितेको छ। उसले ११ वटा सिट जितेको छ। एमालेले ८ स्थानमा जित निकालेको छ। यस निर्वाचनमा जसपा नेपालले २ स्थान जितेको छ । नेकपा एकीकृत समाजवादी, नेमकिपा, रास्वपा र स्वतन्त्र […]

राजनीति

जति काम गर्न सक्यो त्यो नै प्रदेशमाथि उठेको प्रश्नको जवाफ हो : मुख्यमन्त्री पाण्डे

पोखरा ,१७ मंसिर। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले जति काम गर्न सक्यो त्यो नै प्रदेश संरचनामाथि उठेका प्रश्नको जवाफ हुने बताएका छन् ।‘सरकार, मन्त्रालय र मातहतका सबै कार्यालयले कामबाट प्रदेशमाथि उठेका, उठाइएका प्रश्नको जवाफ दिनुपर्छ’ भौतिक पूर्वाधार बिकास तथा यातायात व्यवस्था मन्त्रालयले सोमवार आयोजना गरेको समीक्षा कार्यक्रममा उनले भने ‘प्रदेशको धेरै बजेट पूर्वाधारको […]