समाचार

गण्डकीको भौतिक मन्त्रालयको खर्च सन्तोषजनक

पोखरा, १७ मंसिर। गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको पहिलो चौमासिकको वित्तीय प्रगति सन्तोषजनक देखिएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा कुल विनियोजित बजेटमध्ये एक अर्ब २७ करोड रुपैयाँ अर्थात् १०.०४ प्रतिशत खर्च भएको मन्त्रालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा यो खर्च ७ प्रतिशत हाराहारीमात्र थियो […]

समाचार

जाजरकोटमा नेकपा माओवादी केन्द्रकी देवका लामिछाने विजयी

काठमाडौं, १७ मंसिर जाजरकोटमा नेकपा माओवादी केन्द्रले उपमेयरमा बाजी मारेको छ । निर्वाचन आयोगका अनुसार नलगाडको उपमेयरमा माओवादीकी देवका लामिछाने विजयी भएकी छन् । उनले ४२७२ मत पाएर विजयी हुँदा कांग्रेसकी इन्द्रा चन्द सिंहले ३१४७ मत मात्रै पाइन् । एमालेकी सुनिता बोहराले २५४२ मत ल्याइन् । आइतबार भएको उपनिर्वाचनअन्तर्गत माओवादीले ०७९ मा जितेको कुसे गाउँपालिका-७ […]

समाचार

गोरखा नगरपालिका ५ को उपचुनावमा माओवादी केन्द्रका रानामगर विजयी  

गोरखा,१७ मंसिर । गोरखा नगरपालिका–५ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का विष्णुबहादुर रानामगर विजयी हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा रानामगरले चार सय ८६ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो ।         उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भाइकाजी आलेले ४ सय २ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचित अधिकृत शिवबहादुर रानभाटले जानकारी दिनुभयो । त्यस्तै […]

समाचार

गुल्मीको मुसिकोट १ मा कांग्रेसका श्रेष्ठ विजयी

गुल्मी,१७ मंसिर। मुसिकोट नगरपालिका–१ मा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार आनन्द श्रेष्ठ १ हजार १ सय ८४ मतसहित विजयी भएका हुन । उनका प्रतिस्पर्धी नेकपा एमालेका दलबहादुर थापाले ९ सय ३० मत प्राप्त गरे । वडाध्यक्षमा कांग्रेसका श्रेष्ठ २ सय ५४ मतान्तरसहित विजयी भएका हुन ।माओवादी केन्द्रबाट दुर्गाबहादुर विकले १ सय […]

समाचार

काठमाडौं-१६ को अध्यक्षमा रास्वपाकी श्रेष्ठ निर्वाचित

काठमाडौं,१७ मंसिर। काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ को अध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ निर्वाचित भएकी छन् ।  उनी १ हजार ५८४ मत ल्याएर निर्वाचित भएकी हुन् । उनले नेपाली कांग्रेसका देवेन्द्र पाठकलाई २८० मतान्तरले पराजित गरेकी हुन् । कांग्रेसका पाठकले १ हजार ३०४ मत पाए । एमालेका लक्ष्मीरत्न तुलाधरले १ हजार २१८ मत ल्याएको निर्वाचन आयोगले जनाएको […]

समाचार

प्रेस चौतारी बागलुङले मनायो स्थापना दिवस

बागलुङ,१६ मंसिर। प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले ‘विद्यार्थीसँग प्रेस चौतारी’ कार्यक्रमको सुरुवात र बिभिन्न कोषहरुको घोषणा गरेर २० औं स्थापना दिवस मनाएको छ । आइतबार जिल्ला शाखाको २० औं स्थापना दिवसको अबसर पारेर कार्यक्रमको सुरुवात तथा कोष स्थापनाको घोषणा गरिएको हो ।प्रेस चौतारी नेपालको स्थापना दिवसका अबसरमा गतवर्ष आयोजना गरिएको प्रेस चौतारी कपको विजेता […]

समाचार

उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको अनुमान

काठमाडौँ , १६ मंसिर। निर्वाचन आयोगका साहायक प्रवक्ता दुर्गा प्रसाद चालिसेका अनुसार ६२ प्रतिशत मत खसेको अनुमान गरेका छन् । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भयको थियो। ताप्लेजुङको सिरिजंगा गाउँपालिका वडा नं ३, झापाको कन्काई नगरपालिका वडा नं ६, तेह्रथुमको लालिगुराँस नगरपालिका […]

समाचार

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु,बाहिरी घेरामा नेपाली सेना रहने

काठमाडौँ ,१६ मंसिर। स्थानीय तह उपनिर्वाचन बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न हुने छ ।मतदान केन्द्र वरपर नेपाली सेनाले गस्ती गरेको छ । सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरीलाई खटाइएको छ । त्यसपछि सशस्त्र प्रहरी र अन्तिम तथा सबैभन्दा बाहिरी घेरामा नेपाली सेना रहने गरी प्रबन्ध मिलाइएको छ । स्थानीय तह निर्वाचन […]

समाचार

प्रदेश युवा सम्मेलनद्वारा ११ बुँदे पोखरा घोषणापत्र जारी

पोखरा, १६ मंसिर । नेपाल युवा परिषद्द्वारा आयोजित प्रदेश युवा सम्मेलन ११ बुँदे पोखरा घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न भएको छ ।गण्डकी प्रदेश युवा परिषद गठन गर्ने, गण्डकीका ११ वटै जिल्लाका युवालाई विभिन्न कार्यक्रम संचालन गरी स्वरोजगारमैत्री तालिम प्रदान गर्ने, विभिन्न क्षेत्रका युवालाई हरेक वर्ष सम्मान र प्रोत्साहन गर्नेखालको कार्यक्रम सञ्चालन गर्ने विषयलाई घोषणापत्रमा समेटेको […]

समाचार

जेब्राक्रसमा ट्रकको ठक्करले गिभिनाकी आमाको मृत्यु, बिछिप्त भाइले गरे आत्महत्या

पोखरा ,१५ मंसिर। पोखरामा आमाको मृत्युपछि छोराले आत्महत्या गरेका छन् । मृत्यु हुने चर्चित सामाजिक अभियन्ता गिभिना मगरकी आमा हुन् । आमा धनकुमारी बुढाको शुक्रबार ट्रकको ठक्करबाट मृत्यु भएको थियो । आमाको मृत्युबाट बिछिप्त भएका छोरा २६ वर्षीय रामकुमार बुढाले आत्महत्या गरेको कास्की प्रहरीले जनाएको छ । कास्की प्रहरीका प्रवक्ता वसन्तकुमार शर्माले बुढाको मृत्यु भएको […]