समाचार

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पौने ४ किलो सुनसहित ४ जना उज्बेकिस्तानि नागरिक पक्राउ

काठमाडौं ,१५ फागुन। पौने ४ किलो सुनसहित ४ जना उज्बेकिस्तानि नागरिक  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।पक्राउ पर्नेमा तीन महिला र एक पुरुष छन् । फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । अध्यागमनको जाँचपास गरेर बाहिर आइसकेपछि उनीहरु पक्राउ परेका हुन् । अध्यागमनको जाँचपास भइसकेपछि प्रहरीको टर्मिनल गेटमा आएका […]

मनोरञ्जन

शिव महिमा भजन चुट्का प्रतियोगितामा माछापुच्छ्रे सेवा समाज भजन समूह प्रथम

पोखरा ,१५ फागुन। हिन्दू धर्मावलम्बीहरूको महान पर्व महाशिवरात्रि पर्वको अवसरमा सु–शान्त क्लब पोखरा–१७ बिरौटाको आयोजनामा विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू  भएका छन्।कार्यक्रममा शिव महिमा भजन चुट्का प्रतियोगिता, रुद्री पूजा, धुनी जागरण, प्रसाद वितरण साथै भजन कन्सर्ट जस्ता आकर्षक गतिविधिहरू गरिएका थिए । कार्यक्रममा भएको भजन चुट्का प्रतियोगितामा माछापुच्छ्रे सेवा समाज भजन समूह, हेमजा प्रथम भयो […]

खेलकुद

इन्टरनेसनल वुमन्स च्याम्पियनसिपको फाइनलमा म्यानमारसँग २-० ले नेपाल पराजित

कास्की ,१४ फागुन। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपालले म्यानमारसँग २–० गोलको हार बेहोर्‍यो ।नेपाली महिला फुटबल टोली फेरि अर्को अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा उपविजेता बनेको हो । नेपाल फाइनलमा पराजित भएको यो १३औं पटक हो। नेपाली महिला टिमको नेतृत्व गरेका कोच राजेन्द्र तामाङले पनि लगातार तेस्रो फाइनलमा हारको सामना […]

समाचार

सराङकोट महाउत्सवको पहिलो दिन ४५ लाख बढी संकलन

सराङकोट, १४ फागुन । सराङकोटमा आजदेखि श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव सुरु भएको छ ।२१ फागुनसम्म जारी रहने उक्त उत्सव अन्र्तगत आज पूर्वाङ सहित महायज्ञ शुभारम्भ गरिएको हो। यज्ञ शुभारम्भ पूर्व बाजागाजा, भजन, युद्ध कलासँग सम्बन्धीत सरुन खेल सहित पोखरा गाईघाटबाट सेती नदी स्नान गरी पञ्चकन्या सहित कलश यात्रा सुरु भएको थियो ।उक्त यात्रा […]

स्वास्थ्य

स्याङजाकाे चापाकोटका छ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा

कास्की ,१३ फागुन। स्याङजाकाे चापाकोट नगरपालिकाले  १० वटा वडामध्ये प्रत्येक वडाका अति विपन्न  ६०  घर परिवारका दरले छनोट गरी  छ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । आर्थिक अभावकै कारण आधारभूत स्वास्थ्य सुविधा पाउनबाट बञ्चित नहोउन् भन्ने उद्देश्यले स्वास्थ्य बिमा गरिदिएको नगर प्रमुख देवबहादुर खाँडले बताए । उनले भने, “नेपाल सरकारले लागू गरेको […]

समाचार

इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरण; इन्स्पेक्टर विवेक जोशी पक्राउ

पोखरा ,१३ फागुन। सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा पक्राउ परेका इन्स्पेक्टर विवेक जोशीलाई थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ आत्महत्या दुरुत्साहन आरोपमा किटानी जाहेरीका आधारमा सोमबार पक्राउ परेका जोशीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले थप अनुसन्धानका लागि हिरासतमा राख्न अदालतसमक्ष अनुरोध गरेको थियो । केही दिनअघि पोखरास्थित हुल […]

स्वास्थ्य

रुपा १ मा महिलाको पाठेघरको मुखको क्यान्सर सम्बन्धि परिक्षण सम्पन्न

पोखरा ,१२ फागुन। कास्कीको रुपा गाउँपालिका–१ दरगाउँटारमा पाठेघरको भिआइए परीक्षण  सम्पन्न भएको छ । रोटरी क्लब अफ पोखरा न्युरोड, रोटरी क्लब अफ नक्साल शक्ति र रोटरी क्लब अफ पोखरा क्यापिटलको संयुक्त आयोजना तथा गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो । स्थानीय सरस्वती आधारभूत विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा १०० जनाको स्वास्थ्य परीक्षण गर्दा १२ […]

समाचार

नेपाल इन्जिनियर्स एशोसिएसन गण्डकी र बर्जर्स पेन्ट्सको साझेदारीमा इन्जिनियरहरूलाई लक्षित गरी व्यवसायिक कार्यशाला सम्पन्न

 कास्की ,१२ फागुन। नेपाल इन्जिनियर्स एशोसिएसन गण्डकी प्रदेश र बर्जर्स पेन्ट्सको साझेदारीमा इन्जिनियरहरूलाई लक्षित गरी दुई दिने व्यवसायिक कार्यशाला सम्पन्न भएको छ। फागुन ९ र १० गते युएभी (UAV) फोटो मापन विधि तथा जीएनएसएस (GNSS) प्रयोग गरी भूमि सर्वेक्षणका लागि व्यवसायिक प्रशिक्षण सञ्चालन गरिएको थियो भने फागुन ११ र १२ गते सिभिल इन्जिनियर तथा आर्किटेक्चर […]

समाचार

पोखरा कोटीहोम विवाद अझै सुल्झियन ,पोखरा महानगरपालिकाद्वारा उच्च अदालतमा रिट निवेदन दर्ता

पोखरा ,१२  फागुन। पोखराको लेकसाईडमा गर्न लागियको  कोटिहोम महायज्ञको विवादमा उच्च अदालत पोखराले दिएको अन्तरिम आदेशमा असन्तुष्टि जनाउदै पोखरा महानगर पालिकाले भ्याकेट निवेदन दर्ता गराएको छ । लेकसाईडमा गर्ने भनियको  कोटिहोम महायज्ञ पोखरा महानगर पालिकाले रोक्न खोजेको भन्दै महायज्ञ आयोजक नेपाल सेवा फाउण्डेशन नेपालले दिएको रिटमा उच्च अदालत पोखराले फागुन १ गते  अन्तरिम आदेश दिँदै […]

मनोरञ्जन

एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभल फागुन १५ देखि १८ सम्म पोखरामा

पोखरा, ९ फागुन नेपाल लिटरेचर फेस्टिभलको बाह्रौ संस्करण फागुन १५ देखि १८ गतेसम्म पोखरामा हुने भएको छ । आयोजक बुकवर्म फाउन्डेसनले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर अघिल्ला संस्करणजस्तै यस वर्ष पनि फेवाताल किनारको बाराही घाटमा महोत्सव हुने जानकारी दिएको हो । साहित्यको कुम्भमेला’ मानिने फेस्टिभलको यो संस्करणको मुख्य प्रस्तुतकर्ता एनसेल फाउन्डेसन हो ।सेसन कक्ष र […]