समाचार

कालीगण्डकीमा पक्की पुल तयार, जैमिनीका बासिन्दालाई अब पोखरा जान झन्डै ३० किमि छोटो पर्ने

पर्बत ,१२ कार्तिक। बागलुङ र पर्वतको दक्षिण क्षेत्रका सर्वसाधारणको लामो प्रतीक्षापछि कालिगण्डकी नदीमा पक्की पुल बनेको छ । गण्डकी प्रदेश सरकारको रणनीतिक सडक जोड्ने पुल निर्माण थालेको झण्डै सात वर्षपछि तयार भएको हो । पोखरादेखि पर्वतको फलेबासहुँदै बागलुङको जैमिनीघाट र गलकोट जोड्ने रणनीतिक सडकको कालीगण्डकी पुल तयार भएपछि सर्वसाधारण खुसी छन् । कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग […]