नदीपुर अस्थायी प्रहरी पोस्टमा सबै प्रहरी महिला
पोखरा ,५ फाल्गुन। पोखरा महानगरपालिका ३ नदीपुरस्थित अस्थायी प्रहरी पोस्टको जिम्मेवारी महिलालाई प्रदान गरिएको छ । आइतबार एक कार्यक्रममार्फत प्रहरी सहायक निरीक्षक दीपा आलेको नेतृत्वमा ९ महिला प्रहरीले सम्हाल्ने गरी सुरक्षा सेवाको जिम्मेवारी प्रदान गरिएको हो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले महिला प्रहरी मात्रको युनिट स्थापनालाई लैंगिक समानताका दृष्टिले सकारात्मक पहल भएको बताए । […]