रकम हिनामिना भएको नागढुंगा सहकारी पर्वतका अध्यक्ष नारायण श्रेष्ठ काठमाडौंबाट पक्राउ
पर्बत ,१९ मंसिर। पर्बत जिल्लाको फलेवास नगरपालिका–१ कार्कीनेटामा रहेको नागढुङ्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेड सहकारी संस्थाका अध्यक्ष पक्राउ परेका छन् । सहकारीका सञ्चालक तथा व्यवस्थापकबाट रकम हिनामिना भई सहकारी ऐन अन्तर्गतको ठगी भएको भन्दै सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरामा उजुरी परेपछि यो सहकारीमाथि अनुसन्धान चलिरहेको छ । सहकारी रजिष्ट्रारको कार्यालयले गरेको अनुसन्धानमा […]