राजनीति

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गण्डकी प्रदेशको प्रथम सम्मेलन पोखरामा हुँदै

पोखरा ,२ असोज। अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गण्डकी प्रदेशको असोज ३ गते, बिहीबार पोखरामा प्रथम सम्मेलन हुँदैछ।माओवादी (केन्द्र) को भातृ महिला संगठनले संविधान दिवस (राष्ट्रिय दिवस) को अवसर पारेर प्रदेशस्तरिय सम्मेलन गर्न लागेको हो।प्रदेशको ११ जिल्लाभरका ८५ पालिकाबाट प्रतिनिधित्व हुनेगरी करिब चार सय महिला प्रतिनिधिहरुको सम्मेलनमा सहभागिता रहने संयोजक गीता शाहीले जानकारी दिइन्।शाहीकाअनुसार सम्मेलनले […]

समाचार

पोखरा महानगरद्वारा पलेसालाई नगदसहित सम्मान

पोखरा, ३० भदौ । पेरिस प्यारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई पोखरा महानगरपालिकाले नगद सहित सम्मान गरेको छ। पेरिस ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल खेलाडी गोवर्धनलाई नगर प्रमुख धनराज आचार्यले आइतबार नगद रु.२ लाख २२ हजार २२२ सहित सम्मान पत्रले सम्मान गरेका हुन् । पोखरा रङ्गशालामा आयोजित एक […]

समाचार

किशोरकिशोरी मैत्री स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन नगर प्रमुख आचार्यको निर्देशन

पोखरा, २६ भदौ ।  निजी स्वास्थ्य संस्था मार्फत किशोर किशोरी तथा युवा युवतीहरूलाई गुणस्तरीय परिवार योजनाको सेवा प्रदान गर्न निजी क्षेत्रको परिवार योजना पद्धतिलाई परिमार्जित गरी विस्तार गर्ने लक्ष्यले सञ्चालित मोमेन्टम परियोजनाको प्रभावकारी कार्यान्वयन सम्बन्धमा समन्वयात्मक छलफल गरिएको छ। किशोर किशोरी तथा युवा युवतीहरूलाई गुणस्तरीय परिवार योजना सेवाका अवरोधहरू हटाउने, परिवार योजना पद्धतिलाई परिष्कृत गरी […]

समाचार

श्रीमतीलाई खुकुरी प्रहार गरि हत्या गर्ने व्यक्ति पक्राउ

पोखरा ,२६ भदौ। पोखरामा आज एक ब्यक्तिले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरि हत्या गरेका छन्। अन्नपुर्ण गाउँपालिका वडा नं.१ नौडाँडा घर भई हाल पोखरा महानगरपालिका वडा नं.८ कुँवर टोलमा डेरा गरी बस्ने अंन्दाजी ४२ बर्षिय जहरसिंह कुँवरले आफ्नै ४० बर्षिय श्रीमती राधिका कुँवरलाई सामान्य विवादको कारण घाँटीमा र पेटमा धारिलो हतियार (खुकुरी) प्रहार गरि घाईते […]

समाचार

फेवाताल र जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि प्रभावकारी समन्वय गर्नुपर्नेमा मेयर आचार्यको जोड

पोखरा, २४ भाद्र । पोखरा महानगरपालिकाको समन्वयमा अनुसन्धानात्मक संस्था इनोभेटिभ भिजन प्रा.लिले आयोजना गरेको ‘फेवाताल र त्यसको जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि पारिस्थिततिकीय सेवा शुल्क भुक्तानी संयन्त्र स्थापनाको लागि सरोकारवाालाहरुको कार्यशाला’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै नगर प्रमुख धनराज आचार्यले  फेवाताल र जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा जोड दिएका छन्। ‘अनियन्त्रित मानवीय क्रियाकलापका कारण […]

समाचार

विद्यालयहरूलाई सबै हिसाबले सुविधायुक्त बनाउँदै गुणस्तर वृद्धि गर्नुको विकल्प छैन : नगर प्रमुख आचार्य

पोखरा, २३ भाद्र । पोखरा महानगरपालिका वडा नं.२३ कुद्वी डाँडा स्थित श्री हर्पनकोट माध्यमिक विद्यालयको शैक्षिक अवस्था बारे छलफल तथा अन्तरक्रिया गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको विशेष उपस्थितिमा विद्यालयको पछिल्लो शैक्षिक अवस्था र सुधारका पक्षहरू बारे छलफल तथा अन्तरक्रिया गरिएको हो । सो क्रममा नगर प्रमुख आचार्यले ग्रामीण क्षेत्रमा रहेको उक्त विद्यालयको शैक्षिक […]

समाचार

मुग्लिन–पोखरा सडक छिटो बनाउन मुख्यमन्त्री पाण्डेको निर्देशन

पोखरा ,२३ भदौ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुग्लिन–पोखरा सडकको काम छिटो गर्न सरोकारावालालाई ताकेता गरेका छन् ।गण्डकी प्रदेशको लाईफलाईन रहेको मुग्लिन–पोखरा सडक विस्तार र स्तरोन्नतीको काम सुस्त भएपछि मुख्यमन्त्री पाण्डेले सहज रुपमा सवारी आउजाउ गर्ने गरी छिटो काम गर्न निर्देशन दिएका हुन् । ‘पुर्वी खण्डमा अहिले केही सहज भएको छ, तर पश्चिम खण्डमा काम […]

समाचार

घुस सहित पक्राउ परेका पोखरा महानगरपालिकाका इन्जिनियरसहित ३ जना दोषी ठहर

पोखरा ,२३ भदौ। पोखरा महानगरपालिकाका इन्जिनियरसहित ३ जना दोषी ठहर भएका छन् । घर निर्माणको नक्सा प्रमाणपत्र दिने क्रममा घुससहित पक्राउ परेका इन्जिनियर शिवप्रसाद बराल, सबइन्जिनियर उषाकिरण रोकाया र बिचौलिया सुरज कुँवर विशेष अदालतबाट दोषी ठहर भएका हुन् । गत चैत २८ गते घर सम्पन्नताको प्रमाणपत्र दिने सर्तमा घुस लिँदालिँदै सब–इन्जिनियर उषाकिरण र गोदार इन्जिनियरिङ […]

समाचार

पोखरा महानगरपालिका र जापानको होकुतो सहर बिच पर्वतीय नगर भगिनी सम्बन्ध कायम

पोखरा, २२ भाद्र । पोखरा महानगरपालिका र जापानको होकुतो सहर बिच पर्वतीय नगर मित्रता (भगिनी सम्बन्ध) कायम भएको छ । सो सम्बन्धी सम्झौता पत्रमा पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्य र जापानको यामानासी प्रिफेक्चर स्थित होकुतो नगरका नगर प्रमुख एइजी उएमुराले शुक्रवार हस्ताक्षर गरेका हुन्। दुवै नगरहरूबिच मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक विश्वास र सम्मानको आधारमा पर्वतीय […]