समाचार

पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक शुभारम्भ कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते

पोखरा ,३ फाल्गुन। पोखरा महानगरपालिकाले घोषणा गरेको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक शुभारम्भ कार्यक्रममा बेलुनमा लागेको आगोको लप्काले घाइते हुन पुगेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यलाई थप उपचारका लागि काठमाडौ लगिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेका अनुसार दुवै जनालाई छुट्टाछुट्टै हेलिकोप्टरमार्फत किर्तीपुरस्थित वर्न अस्पताल लगिएको छ […]