समाचार

सहकारी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दा जिल्ला अदालतमा पेश

पोखरा ,७ पुस। सहकारी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दा जिल्ला अदालतमा पेश भएको छ । जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले साढे चार सय पेज लामो आरोपत्र र त्यससँग सम्बन्धित प्रमाण अदालमा पेश गरिएको जानकारी दिइन् । अहिले जिल्ला अदालतमा त्यसलाई रुजु गर्ने काम भइरहेको छ । जिल्ला अदालत कास्कीका निमित्त श्रेष्तेदार ख्याम नारायण […]

समाचार

रवि लामिछाने माथिको अनुसन्धान प्रतिवेदन, प्रहरीले सरकारी वोकिललाई बुझायो

कास्की ,१ पुष। कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ । लामिछानेमाथि अनुसन्धान गरी तयार पारिएको प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइएको कास्की प्रहरीका अनुसन्धान अधिकृत डीएसपी वसन्त शर्माले जानकारी दिए । […]

समाचार

रबि लामिछाने लाई पर्सा लगियो

पोखरा, २४ मंसिर। पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज पर्सा लगिएको छ ।सानो पाइला सहकारीको रकम अपचलन गरेको कसुरमा बयानका लागि उनलाई आज पर्सा लगिएको हो । लामिछानेलाई १२ बजे नै पोखरा अन्तर्राष्ट्रय विमानस्थल पुर्याइएको छ । प्रहरीका अनुसार उनलाई पोखराबाट काठमाडौँ, काठमाडौँबाट सिमरा विमानस्थलमा उतारेर पर्सा पुर्‍याइने छ । […]

समाचार

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतको अनुमति

पोखरा,२३ मंगसिर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । न्यायाधीश हिमलाल बेलवासेको इजलासले थप ४ दिन हिरासतमा राख्न आइतबार आदेश गरेको हो ।लामिछानेलाई थप १३ दिन हिरातसमा राख्न प्रहरीले सरकारी वकिलमार्फत् अनुमति मागेको थियो । लामिछाने कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । […]

समाचार

रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार

पोखरा ,२० कार्तिक। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ विरोधमा प्रदर्शन गरीरहेका प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । रास्वपाका नेता कार्यकर्ताले रत्नचोकबाट अगाडि बढ्दै वाइ चोकमा निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार गरेको हो ।

राजनीति

रास्वपाको केन्द्रीय समितिले गरेका पाँच निर्णय

काठमाडौँ ,११ कार्तिक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिले पाँच वटा निर्णय गरेको छ।अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षड्यन्त्र देखिएकाले सरकारसँग अबिलम्ब राजनीतिक प्रतिशोध त्यागी रिहाइको माग गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

समाचार

रास्वपाले सहकारीको मुद्धालाई सडक र सदनबाट निरन्तर उठाउने

पोखरा , ८ कार्तिक। स्वतन्त्र पार्टीले सहकारीको मुद्धालाई सडक र सदनबाट निरन्तर उठाइरहने बताएको छ । बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी रास्वपाका नेताहरुले सहकारीको मुद्धालाई सडक र सदनबाट निरन्तर उठाउने बताएका हुन । नेताहरुले आफुहरुको प्रदर्शन रविलाई छुटाउनका लागी नभइ सहकारी ठगीमा संलग्न सम्पुर्णलाई कानुनको दायरामा ल्यानका लागि दवाव दिन भएको समेत बताएका छन […]

समाचार

रवि लामिछानेलाई आज अदालत उपस्थित गराइने

पोखरा,४ कार्तिक। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि पक्राउ गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई आज अदालतमा पेस गरिने […]

राजनीति

मुकुल ढकाल रास्वपाको साधारण सदस्यबाट पनि निष्काशित

११ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मंगलबार बिहान बसेको बैठकले संस्थापक महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।रास्वपाले साधारण सदस्यबाट किन नहटाउने ? भन्दै दुईपटक ढकाललाई स्पष्टीकरण सोधेको थियो । ढकाललाई २४ घण्टाभित्र स्पष्टीकरण दिने गरी यसअघि सचिवालय र केन्द्रीय समिति बैठकले पत्र पठाएको थियो । ढकालले सभापति […]