पुष्पक एक्सप्रेस रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १२ ,तीन जना नेपालीको सनाखत
कास्की ,१० माघ। महाराष्ट्रको जलगाउँ जिल्लामा भएको पुष्पक एक्सप्रेस रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । जसमध्ये सात जनाको पहिचान खुलेको छ । ज्यान गुमाउनेमध्ये तीन जना नेपालीसमेत रहेका छन् ।बुधबार पुष्पक एक्सप्रेस रेलमा आगो लागेको अफवाहका कारण भागदौड हुँदा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले ठक्कर दिँदा यात्रुहरुको मृत्यु भएको थियो । […]