सूर्यदर्शन सहकारीको अध्यक्षमा किरण श्रेष्ठ चुनिए ,बजारको ऋण उठाउने, लगानी नगर्ने
पोखरा,१९ मंसिर । पोखराको सूर्यदर्शन सहकारीमा नयाँ सञ्चालक समिति गठन गरिएको छ । बचत रकम डुबेपछि उठाउनका लागि बनेको संघर्ष समितिको अगुवाइमा समिति बनाइएको हो ।मंगलबार विशेष साधारणसभाले किरण श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा गोकर्ण बरुवाल, सचिवमा दुर्गानाथ न्यौपाने र को षाध्यक्षमा प्रेम रेग्मी चयन भएका छन् । […]