
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष आह्वान गर्ने निर्णय गरेको थियो ।सोही निर्णयका आधारमा राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।
काठमाडौं
प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूसँग छलफल अघि बढाएका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर प्रधानमन्त्री शाहले छलफल थालेका हुन् ।
उनका सचिवालयका अनुसार, अहिले कर्णाली प्रदेशका सांसदहरूसँग छलफल चलिरहेको छ । छलफलमा सबै दलका सांसदहरू सहभागी रहेको सचिवालयले जानकारी दिएको छ ।
आजै अन्य प्रदेशका सांसदहरूसँग पनि छलफल गर्ने कार्यक्रम तय भएको छ ।
प्रदेश अनुसार समूहगत रुपमा छुट्टाछुट्टै छलफल गर्ने तयारी प्रधानमन्त्रीको छ ।
काठमाडौँ ।
पूर्वमन्त्री दीपक खड्कालाई अस्पताल भर्ना गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका खड्कालाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। विभागले अदालतबाट ७ दिनको म्याद लिएर उनलाई प्रहरी प्रभाग पुल्चोकको हिरासतमा राखेको थियो । गएराति साढे १२ बजेतिर बान्ता भएपछि अनुसन्धान अधिकृतसँगको समन्वयमा उनलाई नर्भिक अस्पताल लगिएको थियो । निरन्तर बान्ता भएपछि नर्भिक अस्पतालले उनलाई त्रिवि शिक्षण अस्पतालमा रिफर गरेको थियो ।
अहिले शिक्षण अस्पतालमा भर्ना गरेर उनको उपचार भइरहेको अनुसन्धानमा संलग्न विभागका एक जना अधिकृतले रातोपाटीलाई बताए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्का विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।
काठमाडौं ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठको एकल इजलासले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।जेन(जी आन्दोलनको क्रममा हेलचेक्राइँ गरेको भन्दै कार्की आयोगको सिफारिसको आधारमा दुई नेतालाई शनिबार बिहान ज्यानसम्बन्धी कसुरमा प्रहरीले पक्राउ गरेको थियो ।
लेखकलाई भने सरकारी वकिल कार्यालय र अदालतमा पेश गरिएको थियो । अस्वस्थताका कारण टिचिङको बेडमा रहेका ओलीलाई भने भिडिओ कन्फ्रेन्सबाट उपस्थित गराइएको थियो ।
काठमाडौं ।
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई हिरासतमुक्त गरियोस् भन्ने मागका साथ पत्नी राधिका शाक्यका तर्फबाट दायर रिटमाथि भोलि सोमबार बहस हुने भएको छ ।
वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईका अनुसार रितपूर्वक रिट दर्ता भइसकेको छ । ओलीलाई जाँचबुझ आयोगको प्रतिवेदनकै सिफारिसका आधारमा पक्राउ गर्नु र थुनामा राख्नु गैरकानूनी भएको दावीसहित रिट दायर भएको छ ।
पोखरा, १४ चैत ।
पर्यटक आदानप्रदान र कनेक्टिभिटीमा जोड दिंदै यसबर्षको जाउँ है पोखरा अभियान मकवानपुरको हेटौंडामा शुक्रबार समापन गरिएको छ । यही चैत ९ गतेबाट सुरु भएको पाँच दिने अभियान अन्तर्गत वीरगंज, विराटनगर र इलाममा पनि पत्रकार सम्मेलन र अन्तरक्रियाहरु आयोजना गरिएको थियो । होटल संघ पोखरा नेपालको अयोजना तथा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयको समन्वय तथा सहकार्यमा यो अभियान संचालन गरिएको थियो ।
अभियानको क्रममा पूर्वका भद्रपुर, सिमरा, विराटनगर र फाल्गुनन्द विमानस्थलबाट पोखरासम्म हवाई सेवा संचालनको निरन्तरता र संभाव्यताका विषयमा छलफल भएको आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । यसैगरी पूर्वका विभिन्न शहरबाट पोखरासम्म पर्यटकीयस्तरको बस सेवा संचालनबारे समेत बहस अगाडि बढाइएको उनले बताए ।
नयाँ बर्षका अवसरमा यही चैत २९ देखि बैशाख १ गतेसम्म पोखराको लेकसाइडमा आयोजना हुन लागेको २१ औं फेवा नव बर्ष महोत्सवमा सहभागिताका लागि समेत संघले पूर्वका वासिन्दालाई निमन्त्रणा प्रदान गरेको अध्यक्ष सुवेदीले जानकारी दिए । पूर्वी नेपालको भ्रमणका क्रममा संघले पर्यटन, संस्कृति र खानालाई जोड दिएर गर्न लागिएको महोत्सवमा पर्यटकलाई होटलको प्रकाशित दररेटमा २५ प्रतिशत सम्म छुट प्रदान गरिने जानकारी गराएको थियो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले पोखरालाई पहिलो रोजाईको पर्यटककीय गन्तव्य बनाउने गरी बोर्डले निजी क्षेत्रसँग सहकार्य गरिरहेको जानकारी दिंदै मध्यपूर्वमा जारी तनावका कारण नेपालको पर्यटन प्रभावित हुने चिन्ता बढेको बताए । जल, जमीन र आकास सबै क्षेत्रका गतिविधिमा पर्यटकीय पोखराले आफ्नो पहिचान बनाएको बताउँदै उनले पूर्व र पोखरा विच पर्यटक र व्यवसायको आदानप्रदानले पर्यटनको विकासमा थप टेवा पुग्ने सुझाव राखे ।
होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले नेपाली पर्यटनले भोग्दै आउनुपरेका समस्या र चुनौतिका बारे चर्चा गर्दै पर्यटनको विकासको लागि सरकारले पनि उत्तिकै गंभीर भएर शोच्न जरुरी भएको भनाई राखे ।
ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल ९टान० गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले गण्डकी प्रदेशले पदयात्रा पर्यटनको क्षेत्रमा बोकेका अपार संभावनाका बारेमा अवगत गराएका थिए । अन्नपूर्ण क्षेत्रको पदयात्रा, मनाङ, मुस्ताङ र उपल्लो मुस्ताङको भ्रमण लगायत थुप्रै धार्मिक क्षेत्रको दर्शन समेत ती क्षेत्रमा गर्न सकिने उनले बताए ।
इलाममा आयोजित कार्यक्रम सूर्योदय नगरपालिका वडा नम्बर ८ का अध्यक्ष जंगबहादुर गुरुङ र हेटौंडामा आयोजित कार्यक्रम होटल संघ मकवानपुरका संस्थापक एवं होटल व्यवसायी महासंघका सल्लाहकार भागिरथ शर्माले उद्घाटन गरेका थिए । अभियानमा सहभागीलाई स्वागत पछि सूर्योदय होटल व्यवसायी संघका अध्यक्ष प्रज्वल प्रधानले सुर्योदय खाना महोत्सवका बारेमा जानकारी गराए । मकवानपुरका संस्थापक एवं होटल व्यवसायी महासंघका सल्लाहकार भागिरथ शर्माले देशको चिनारी र अर्थतन्त्रका लागि पर्यटनको योगदान महत्वपूर्ण हुने भनाई राखे ।
आयोजक संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठ र द्वितीय उपाध्यक्ष गणेशराज पहारीले पनि अभियानका अवसरमा भनाई राखेका थिए । कार्यक्रमको संचालन संघका सचिव पार्वती पाण्डेले गरेकी थिइन् ।
पोखरा,चैत्र १४ ।
माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप,गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि बौदीकालिले हात पारेको छ । विजेता बनेको बौदीकालिले नगद रु २ लाख ट्रफी र मेडल प्राप्त ग¥यो ।
प्रतियोगितामा सुक्ला गण्डकी नगरपालिका तनहुँले उपविजेता मा नै चित्त बुझायो । सुक्लाले नगद रु २ लाख ट्रफी र मेडल प्राप्त ग¥यो । सेमिफाइनल उपविजेता अन्नपूर्ण र बिरुवा गाउँपालिकालाई नगद रु २५÷२५ हजार साथमा ट्रफी,मेडल प्राप्त गरे ।
पुरुष तर्फ बौदीकालिका हिमाल सुनारी उत्कृष्ट खेलाडी ,सुक्ला गण्डकीका इश्वर सुंवार उत्कृष्ट स्पाई कर, बौदीका विश्वास अधिकारी उत्कृष्ट ब्लकर, शुक्लाका अशोक मल्ल उत्कृष्ट सेटर,बौदीकालिका अशोक श्रेष्ठ उत्कृष्ट सर्भर ,शुक्लाका मदन ठकुरी वेस्ट डिफेन्डर र उत्कृष्ट प्रशिक्षक बौदीका जित बहादुर थापा घोषित भए । उनीहरूलाई पालिकाको लोगो अङ्कित खेलकुद पोसाक प्रदान गरिएको थियो ।
त्यसै गरी महिलातर्फको उपाधि एलिट भलिबल एकेडेमीले जित्यो । विजेता एलिटले नगद रु ६० हजार साथमा ट्रफी र मेडल प्राप्त ग¥यो । त्यसै गरी शान्ता भलिबल टे«निङ सेन्टर द्धितिय भई नगद रु ३० हजार साथमा ट्रफी, मेडल प्राप्त ग¥यो । सेमिफाइनलमा उपविजेता बनेको टिम बागलुङ र बागलुङ जौमुनिले नगद रु १५÷१५ हजार प्राप्त गरे ।
त्यसै गरी प्रतियोगीको महिलातर्फ एलिटकी जेनीसा वि.क उत्कृष्ट खेलाडी,शान्ताकी साजना नेपाली उत्कृष्ट स्पाइक, उत्कृष्ट ब्लकर सलिना गुरुङ र एलिटकी रोस्मिना गुरुङ उत्कृष्ट सेटर, रिक्जना भोटे उत्कृष्ट सर्भर र शान्ताकी पृथ्वी धा उत्कृष्ट डिफेन्डर साथै एलिटकी मलिन रोका उत्कृष्ट प्रशिक्षक घोषित भइन । उनीहरूलाई पालिकाको लोगो अङ्कित खेलकुद पोसाक प्रदान गरिएको थियो ।
छोलो तर्फ अशोक पुन प्रथम, सरोज मगर द्धितिय पारमान गुरुङ तृतीय र दीपक हर्मेल सान्त्वना भए । छोलो मा प्रथमले नगद रु १० हजार , द्धितियले नगद रु ५ हजार , तृतीयले नगद रु २ हजार र सान्त्वनाले नगद रु १ प्राप्त गरे ।
पूर्व राष्ट्रिय भलिबल खेलाडी एवं चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को खेल संयोजक लेखनाथ लम्सालका अनुसार माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा माछापुच्छ्रे«–४,लाहाचोकमा चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता भएको हो । प्रतियोगिताको स्थानीय व्यवस्थापन माछापुच्छ्रे–४, लाहाचोकले र संयोजन माछापुच्छ्रे भलिबल संघले गरेको हो । प्रतियोगिता चैत्र ११ गते देखि १४ गते सम्म चलेको थियो ।
प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडी पनि सहभागिता जनाएको कारण प्रतियोगिता थप रौनकता आएको गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङले जानकारी दिए ।
प्रतियोगितामा झाकी, विविध सांस्कृतिक कार्यक्रम पनि गरिएको वडा न.४ लाहाचोकका अध्यक्ष मधुसुदन अधिकारीले जानकारी दिए । माछापुच्छ्रे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन खेलकुद विकास समितिका सदस्य सचिव हुम् बहादुर गुरुङले गरेका थिए ।
पोखरा, १४ चैत्त ।
पोखरा महानगरपालिका वडा ३३ बर स्थित बरेली पौडेलको कुल मन्दिर शिलान्यास भएको छ । कुल मन्दिरको पौडेल वंश महासंघका केन्द्रीय अध्यक्ष हरिराम पौडेल र गण्डकी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी पौडेलले पोखरा महानगरपालिका वडा ३३ बरखोप्राबारीमा रामनवमीको पुण्य तिथि र शुभ साइतमा एक कार्यक्रमका बीच संयुक्त रुपमा शिलान्यास गरे ।
पौडेल बन्धुहरुको उपस्थितिमा बरेली पौडेल कुल मन्दिरको शिलान्यास गर्दै केन्द्रीय अध्यक्ष हरिराम पौडेलले बरेली पौडेलका उज्वल नक्षेत्र खड्कराज गनेश पौडेल नेपाल सरकारको नागरिक उड्डयन,पर्यटन तथा संस्कृति मन्त्रीमा नियुक्त भएकामा सम्पूर्ण बरेली पौडेल परिवारका तर्फबाट हार्दिकताका साथ खुसी प्रकट गर्दै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका महान्याया धिवक्ता चिरञ्जीवी शर्मा पौडेल र कास्की जिल्ला उपाध्यक्ष गोपाल पौडेलले एकतामा बल हुने कुरामा जोड दिए । बरेली पौडेलको कुल पूजा व्यवस्थापन समितिका अध्यक्ष शंकरप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रम पूजा व्यवस्थापन समितिका सचिव हरिराम पौडेलले सञ्चालन गरेका थिए ।
भौतिक संरचना निर्माण समितिले निर्माण सम्पन्न गर्न सहयोग संकलन सुरु गरिएको र कुल १६ लाखको लागतमा कुल मन्दिर तथा २४ लाखको लागतमा धर्मशाला निर्माण सम्पन्न गर्ने गरी अगाडि बढाइएको निर्माण समिति अध्यक्ष राजुप्रसाद पौडेलले वताए ।
सुरक्षा र व्यवस्थापन ध्यान दिन आग्रह
पोखरा, १३ चैत ।
पोखरामा पहिलोपटक आयोजना हुन लागेको रात्रिकालीन दौड ९नाइट रन० प्रतियोगितालाई सफल बनाउन विभिन्न खेल संघसंस्था तथा सरोकारवालाले सुरक्षा र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् । पोखरा रंगशालामा आज९शुक्रबार० आयोजित छलफल कार्यक्रममा सहभागीहरूले यो इभेन्ट पोखराको नयाँ ब्राण्डका रूपमा स्थापित हुन सक्ने भएकाले यसलाई सुरक्षित, व्यवस्थित र आकर्षक बनाउन सबै पक्षको साथ र सहयोग आवश्यक भएको सरोकारवालाहरुले बताएका हुन् ।
कार्यक्रममा वोल्दै नेपाल ह्यान्डबल संघका महासचिव केशव पाठकले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण हुने उल्लेख गर्दै यस अभियानलाई सफल पार्न पोखरेलीको साझा जिम्मेवारी रहने बताए । खेल पत्रकार समेत रहेका उनले पोखराको ऐतिहासिक इभेण्ट भएकोले यसको पोखरामा छुट्टै महत्व हुने जनाए ।
गण्डकी प्रदेश फेन्सिङ संघका अध्यक्ष विजय शाहीले प्रतियोगिताबारे आवश्यक सूचना प्रभावकारी रूपमा बनाउन सुझाव दिए । ठाँउ ठाँउमा टोल विकास संस्था, क्लवहरुको सक्रिय सहभागिता गराउनु पर्नेमा जोड दिए । गण्डकी प्रदेश एथ्लेटिक्स संघका अध्यक्ष हरि बरुवालले पोखरामा हुने उक्त प्रतियोगिताको लागि अन्य प्रतियोगितामा भन्दा यसपाली चेस नम्बर अलि ठुलो आकारमा बनाउन सुझाव दिए । नेपाल पत्रकार महासंघ गण्डकीका सल्लाहकार गोविन्द सुवेदीले उक्त प्रतियोगिताको सुरक्षा चुनौती सबै मिलेर सामना गर्न आग्रह गरे ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले प्रतियोगिता सफल पार्न पूर्ण सहयोग रहने विश्वास दिलाए । प्रतियोगिता संयोजक दीननाथ बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले प्रतियोगिता पोखरामा पहिलोपटक आयोजना हुन लागेकाले सुरक्षा व्यवस्थापनमा कुनै कमी हुन नदिन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । छोटो दूरीको पाँच किलोमिटर सडक दौड भएकाले निर्णायकहरू अझ सतर्क हुनुपर्ने उनले सुझाए ।
कास्की जिल्ला एथलेटिक्स संघका सचिव सिद्धान्त अधिकारीले प्रतियोगिता साँझको समयमा हुने भएकाले कम प्रकाश भएका स्थानहरूमा पर्याप्त लाइटिङ व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याए । धावकहरूको भिजिबिलिटी सुनिश्चित गर्न विशेष तयारी गर्नुपर्नेमा जोड दिए । कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले दौड मार्गमा रहेका खाल्डाखुल्डी तथा नालाहरूको पुनः अवलोकन गरी आवश्यक मर्मत तथा स्ल्याब राख्न सुझाव दिए ।
कार्यक्रममा विभिन्न खेल संघसंस्था, पत्रकार तथा सरोकारवालाको सहभागिता रहेको थियो । यसैबीच, आगामी चैत २८ गते आयोजना हुने उक्त रात्रिदौड प्रतियोगिताका लागि अनलाइन फारम खुला गरिएको आयोजकले जनाएको छ । “जाग्छ पोखरा, दौडाउँछ पोखरा” भन्ने नारासहित आयोजना हुने प्रतियोगितामा निश्चित संख्या पुगेपछि दर्ता बन्द गरिने र १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई सहभागी नगराइने जानकारी दिइएको छ ।
प्रतियोगिताका प्राविधिक ओम गुरुङले प्रतियोगितामा हुन सक्ने जोखिम न्यूनिकरण गर्न आफुहरु लागि परेको बताए । फोटो पत्रकार संघ कास्कीका पूर्व अध्यक्ष दुर्गा प्रसाद पौडेलले पोखरामा हुने कुनै पनि सडक दौडमा सुरक्षा चुनौती हुने बताए ।
धावकहरूलाई आफ्नै हेडल्याम्प प्रयोग गर्न अनुरोध गरिएको छ । प्रतियोगिता पोखराको बाराहीघाटबाट सुरु भई विभिन्न मुख्य चोक हुँदै झण्डा पार्कसम्म सञ्चालन हुने केन्द्रका सचिव सागर सुनारले बताए । नेपाली नयाँ बर्षको अवसरमा अयोजित उक्त रात्रि दौडले पोखराको खेल पर्यटन प्रबद्र्धनमा टेवा पुर्याउने आयोजक पोखरा क्लिक र पोखरा प्रबद्र्धन केन्द्रले जनाएका छन् ।
प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्य, पोखरा–९ को समन्वय तथा विभिन्न संघसंस्थाको सहयोगमा हुने प्रतियोगितालाई मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले हस्पिटल पार्टनरका रूपमा नेलम्बो नेपालले मेडिकल पार्टनरका रुपमा सहयोग गर्ने भएको हो । प्रतियोगिताका लागि अटोवेज प्रा।लि।, सिटिजन फर्निचर, परिचय एड्भटाइजिङ, जिल्ला खेलकुद विकास समिति कास्की लगायतका संघसंस्थाको सहयोग रहने भएको हो ।
काठमाडौं, १४ चैत ।
नेपाल प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेको छ । पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको केही बेरमै प्रहरी टोलीले पूर्वप्रधानमन्त्री ओलीलाई पनि नियन्त्रणमा लिएको हो ।
गत भदौ २३ र २४ मा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा भएको ज्यादती र किशोरहरूको मृत्युको घटनामा अनुसन्धान गर्न उनीहरूलाई पक्राउ गरिएको हो ।
भदौ २३ र २४ गते भएको प्रदर्शनबारे छानबिन गर्न सरकारले गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो । उक्त आयोगले पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकसहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीमाथि फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
शुक्रबार बसेको बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले आयोगको उक्त सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेलगत्तै प्रहरीले पक्राउ गर्न थालेको हो ।
ओली र लेखकमाथि ‘हेलचक्क्राई गरी ज्यान मारेको’ अभियोग
उनीहरुमाथि ‘हेलचक्क्राई गरी ज्यान मारेको’ अभियोग । हेलचेक्राईपूर्वक कसैको ज्यान मार्ने काम गरेमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ ।





