काठमाडौँ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ११ वर्षपछि नेकपा एमालेको सदस्यको हैसियतमा पार्टी बैठकमा सहभागी भएकी छिन् । भण्डारीलाई असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेतामा मनोनीत गरेको थियो । उनी २०७२ मा राष्ट्रपति भएपछि त्यसयता उनी एमाले बैठकमा सहभागी हुन पाएकी थिइनन् । दुई पटक गरी २०७९ मा राष्ट्रपतिको कार्यकाल पुरा गरेकी भण्डारी यसअघि नै एमाले राजनीतिमा सक्रिय हुन चाहेकी थिइन् ।
गत जेठमा बसेको केन्द्रीय पदाधिकारी बैठकले भण्डारीको पेन्डिङमा रहेको सदस्यता फुकुवा गरेको थियो । फुकुवा गरेसँगै उनी एमालेको राजनीतिमा सक्रिय हुन थालेकी हुन् ।पार्टी कार्यालय च्यासलमा भण्डारीले बरिष्ठ नेताको पदमा शपथ ग्रहण गरेपछि स्थायी कमिटी बैठक औपचारिक रूपमा सुरु भएको छ ।











