२०८३ असार १८ बिहीबार
२०८३ असार १८ बिहीबार

निर्मला पन्त हत्या प्रकरणमा कंचनपुरका पत्रकार खेम भण्डारी पक्राउ

कंचनपुर।

कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्।कञ्चनपुर जिल्ला अदालतको फैसला कार्यान्वयनका क्रममा जिल्ला प्रहरी कार्यालयको टोलीले उनलाई बिहीबार बिहान भीमदत्त नगरपालिका–१८ कटानबाट नियन्त्रणमा लिएको हो।

कञ्चनपुर जिल्ला अदालतले १ जेठ २०८२ मा निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणसँग जोडिएको एक गाली बेइज्जती मुद्दामा भण्डारीलाई दोषी ठहर गरेको थियो।

जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले उनलाई उक्त कसुरमा एक महिना कैद सजाय सुनाएको थियो।कैदका साथै उनलाई १० हजार रुपैयाँ जरिवाना र एक लाख रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला समेत अदालतले गरेको थियो।

यो मुद्दा निर्मला पन्त प्रकरणसँग जोडिएको छ। उक्त घटनामा तथ्यहीन रूपमा आफ्नो नाम जोडेर समाचार लेखेको भन्दै कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज बिष्टका छोरा किरण बिष्टले भण्डारी विरुद्ध मुद्दा दायर गरेका थिए।मुद्दा दायर गर्ने किरण बिष्ट स्वयं पनि पत्रकार हुन् र उनी राष्ट्रिय समाचार समितिमा कार्यरत छन्।

२०७५ साउन १० गते साथीको घरमा पढ्न जान्छु भनी निस्केकी भीमदत्त नगरपालिकाकी निर्मला पन्त भोलिपल्ट निम्बुखेडा खोला किनारको उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन्।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।