२०८३ मंसिर १ सोमबार
२०८३ मंसिर १ सोमबार

पोखरा, १४ भदौ ।

पोखरा साङ्गीतिक कलाकार सङ्घ नेपालको आयोजनामा भएको तेस्रो संस्करणको इन्टर स्कुल व्याण्ड कम्पिटिसनको उपाधि गण्डकी बोर्डिङ स्कुलले जितेको छ । पोखरा सभागृह हलमा भदौ १३ र १४ गते दुई दिनसम्म भएको प्रतियोगितामा अब्बल बन्दै उपाधि चुमेको गण्डकीले नगद एक लाख सहित ट्रफी र प्रमाणपत्र हात पार्न सफल भयो । उत्कृष्ट भएको गण्डकीले वेस्ट भोकल, वेस्ट ड्रमर र बेस गिटारवादकको विधागत पुरस्कार समेत हात पार्न सफल भयो ।

 प्रतियोगितामा प्रतिभा मावि ‘ए’ द्वितीय र डाइमन्ड बोर्डिङ स्कुल तृतीय बने । द्वितीय स्थान प्राप्त गरेको प्रतिभाले नगद ५० हजार र तृतीय हुने  डायमन्डले नगद २५ हजारसहित ट्रफी र प्रमाणपत्र हात पारे । लिड गिटारवादक तर्फ कास्की मोडर्नाइज्ड विजेता बन्यो । उत्कृष्ट गायन गर्ने विद्यार्थीलाई पाँच हजार रुपैयाँ, ट्रफी, प्रमाणपत्र र एक वर्षको निःशुल्क इन्टरनेट सेवा प्रदान गरियो भने अन्य विधाका उत्कृष्टलाई जनही पाँच हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको सङ्घका सचिव अमित गुरुङले बताए।

 ‘शिक्षासँगै सङ्गीत’ भन्ने मूल नाराका साथ आयोजित प्रतियोगितामा कुल १७ टिमको सहभागिता रहेको थियो । सहभागी बन्ने टिममा डायमन्ड बोर्डिङ स्कुल, कास्की मोर्डनाइज्ड स्कुलका दुई टिम, मदरल्याण्ड सेकेन्डरी स्कुल, ग्लोबल कलिजियट स्कुल, पोखरा एकेडेमी, गण्डकी बोर्डिङ स्कुल, प्रतिभा माविका दुई टिम, हिमालयन बोर्डिङ स्कुल, लाभिन्स रेसिडेन्सियल स्कुल, सगरमाथा मावि, न्यु ग्यालेक्सी मावि, कालिका मावि, गुरुकुल विद्यासदन, पश्चिमाञ्चल मावि र फिस्टेल आइबी वल्ड स्कुल रहेका थिए ।

यि १७ टिमबाट १३ गते राखेको प्रस्तुतीको आधारमा फाइनल चरणको लागि १० टिम छानिएका थिए । तिनै १० टिमबीच शनिबार भएको प्रतिष्पर्धामा आफ्नो प्रस्तुती मार्फत गण्डकीले उपाधि जितेको हो ।

प्रतियोगिताको निर्णायकमा असिम शेरचन, विनोद बानियाँ र अमित गुरुङ रहेका थिए । बिजेताहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, सङ्घका अध्यक्ष हर्कराज गुरुङ (भाइ), कार्यक्रम संयोजक तेज केसी, पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पदमराज ढकाल, गण्डकीका पर्यटनमन्त्रीका स्वकिय सचिव जीवन उच्चै ठकुरी, गण्डकी प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव मनकुमार श्रेष्ठ लगायतले पुरस्कार वितरण गरे ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यो कार्यक्रमको आयोजनाले नयाँ पुस्तालाई साङ्गीतिक क्षेत्रमा अगाडि बढ्न उत्पेरित गरेको बताए ।  प्रतियोगिताले पोखराको कला र सङ्गीतको विकासमा सघाउ पुग्ने विश्वास समेत उनको थियो ।

यसअगाडि शुक्रबार गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले यस प्रतियोगिताको उद्घाटन गरेका थिए । यस्ता कार्यक्रमको आयोजनाले लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउने उनले बताए । पर्यटनको राजधानी पोखरामा आयोजना गरिएको यस कार्यक्रमले पर्यटन प्रवद्र्धनमा समेत सघाउने बताए ।

पोखरा, १४ भदौँ ।

सीप हस्तान्तरणद्वारा सशक्तीकरण (नेस्ट) पोखरा को २३ औं वार्षिक साधारण सभा तथा १० औँ अधिवेशन शनिबार सम्पन्न भएको छ । नेष्टको अधिवेशनले सूर्यप्रसाद न्यौपानेलाई अध्यक्षमा चुनेको छ । नेष्टको उपाध्यक्षमा कमला देवी श्रेष्ठ, सचिवमा कुमबहादुर गुरुङ, कोषाध्यक्षमा सन्देश सुवेदी, सहसचिवमा प्रभा आचार्य चयन भएको निर्वाचन समितिका संयोजक अधिवक्ता भुवन पराजुलीले जानकारी दिइन् ।

नेष्टको सदस्यहरुमा डा. पदम श्रेष्ठ, महेन्द्रप्रसाद लामिछाने, कृष्णबहादुर भण्डारी र हिराकुमारी गुरुङ निर्वाचित भएका छन् । स्वयंसेवा तथा संस्थाको पहिचानलाई अब्बल बनाउने अभियानमा रहेको नेष्टको १० औं अधिवेशनबाट लेखा समिति संयोजकमा मोना भण्डारी, सदस्यमा केदार धमला र गिरिधारी पोख्रेल सर्वसम्मत निर्वाचित भएको निर्वाचिन समितिका सदस्य हरिप्रसाद लुईटेलले जानकारी दिए । निर्वाचन समिति संयोजकमा अधिवक्ता भुवन पराजुली र सदस्यमा सुरेन्द्रबाबु तिवारी र हरिप्रसाद लुईटेल रहेका थिए ।

संस्थाका अध्यक्ष आनन्दकुमार पराजुलीको अध्यक्षतामा भएको सभा सहसचिव रविन श्रेष्ठले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य कार्यसमिति सदस्य प्रभा आचार्यले गरेकी थिइन् । संस्थाको वर्षिक प्रतिवेदन सचिव सूर्यप्रसाद न्यौपानेले प्रस्तुत गरेका थिए भने कोषाध्यक्षको प्रतिवेदन सन्देश सुवेदीले प्रस्तुत गरेका थिए । नयाँ नेतृत्वलाई सपथ खुवाउँदै अधिवक्ता पराजुलीले सौहार्दपूर्ण तवरले काम गर्न सुझाव दिएकी थिइन् । परामर्श सेवामा अग्रणी भूमिका खेल्दै आएको नेष्टले संघीय, प्रदेश र स्थानीय सरकारसँग हातेमालो गर्दैै अघि बढ्ने जनाएको कर्मचारी लेखा तथा प्रशासन सहायक मुना मजाकोटीले जानकारी दिइन् । नयाँ प्रविधि र सोचलाई सस्थागत गर्ने योजना रहेको नवनिर्वाचित अध्यक्ष सूर्यप्रसाद न्यौपानेले प्रतिवद्धता जनाएका थिए ।

पोखरा, १४ भदौ ।

पोखराको चिप्लेढुंगास्थित सर्वेश्वर व्यवसायी समिति र पराजुली मार्गका व्यवसायीहरुलाई शनिबार कर तथा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण गरिएको छ । पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरुको साझा संस्था सर्वेश्वर व्यवसायी समितिले कर कार्यालय पोखरा र ग्लोवल आईएमई बैंकसँगको सहकार्यमा कर तथा वित्तीय कारोबार सम्बन्धी डिजिटल साक्षरता सम्बन्धी अभिमुखीकरण गरेको हो ।

अभिमुखीकरणमा सहभागी व्यवसायीहरुलाई कर कार्यालय पोखराका कर अधिकृत सोनु काफ्लेले करको विषयमा सहजीकरण गरेका थिए । उनले समयमै करको विवरण राखेर कर तिर्नुपर्ने बताए । अन्यथा व्यवसायी कारवाहीमा पर्नसक्ने अवस्थाबारे प्रष्ट्याए । कर सम्बन्धी समस्याबाट बच्न व्यवसायी चनाखो बस्नुपर्ने बताउँदै उनले भने,‘व्यवसायीले व्यवसाय दर्ता गर्ने, बिल छाप्ने, आम्दानी, खर्च र बचत छुट्याएर राख्ने, जसका लागि खरिद खाता र बिक्री खाता चुस्त बनाउनुपर्छ ।’ उनले कर विवरण सहि रुपमा भए नभएको बुझ्न बेला बेला आफ्नो पान नम्बर खोलेर हेर्नुपर्नेसमेत बताए । साथै बिल दूरुपयोग हुन नदिन र दाखिला गरेको कर ठीक भएनभएको पनि ख्याल गर्नुपर्ने उनको सुझाव छ ।

सो अवसरमा ग्लोवल आईएमई बैंकका गण्डकी प्रदेश प्रमुख सुसोमन देवकोटा र बैंकको न्यूरोड शाखा प्रमुख मन्दीप बरालले बैंकिङ कारोबारबारे सहजीकरण गरेका थिए । उनीहरुले व्यक्ति र व्यवसायको छुट्टाछुट्टै बैंक अकाउण्ट खोल्नुपर्ने र व्यक्तिको हो भने व्यक्तिगत प्रयोगका लागि मात्र प्रयोग गर्नुपर्ने तथा व्यवसायीक संस्थाको हो भने सोहि संस्थाको खरिद तथा बिक्रीसँगै अन्य कारोबारका लागि सो बैंक खाता प्रयोग गर्न आग्रह गरे । अन्यथा व्यक्तिको खाता संस्थाको लागि वा संस्थाको खाता व्यक्तिका लागि प्रयोग गर्दा झञ्झट व्यहोर्नुपर्ने स्थिति आउनेतर्फ सचेत गराए । साथै उनीहरुले डिजिटल बैंकिङ कारोबार बारे पनि अभिमुखीकरण गरेका थिए ।

सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)ले व्यवसायीलाई कर तथा बैंकिङ कारोबार सम्बन्धी डिजिटल साक्षरता प्रदान गरिएको बताए । यसले व्यवसायीलाई कर सम्बन्धी समस्या र डिजिटल साक्षरता नहुँदा बैंकिङ कारोबारमा परिरहेको अपठ्यारो फुकाउन सजिलो बनाउने विश्वास व्यक्त गरे । उनले भने,‘तालिमपश्चात व्यवसायीहरु कर सम्बन्धी समस्यामा फस्ने छैनन्, र डिजिटल बैंकिङ कारोबारमा पोख्त हुनेछन् भन्नेमा हामी विश्वस्त छौं ।’

आफ्नै र स्वेदशी गार्मेन्टबाट उत्पादित सामानहरु, फेन्सी तथा रेडिमेड सामानहरु, श्रृंगारका सम्पूर्ण कस्मेटिक सामानहरु, काचो कपडा, जुत्ता, चप्पल, व्याग, गिफ्ट तथा खेलौनाका सामानहरु थोक तथा खुद्रा मूल्यमा बिक्री हुने थलोका रुपमा सर्वेश्वर मार्ग र पराजुली मार्ग स्थापित छ ।

होलसेल तथा खुद्रा दुबै व्यापार हुने सर्वेश्वर मार्गमा स्याङ्जा, वालिङ, तनहुँ, लमजुङ, पर्वत, बागलुङ, म्याग्दीदेखि मनाङ र मुस्ताङ तथा पूर्वी रुकुम र पश्चिम रुकुम सम्मका खुद्रा व्यापारी ग्राहकका रुपमा आउने गरेको समितिका महासचिव विशाल अधिकारीले जानकारी दिए ।

पोखरा, १४ भदौ । 

र्‍यान्डम रिडर्स सोसाइटीको ७ औँ अधिवेशन तथा १५ औँ साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । अधिवेशनले दीपक पराजुलीको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्याक्षमा नेपालप्रकाश अधिकारी र गौरी तमू, सचिवमा ध्रुव केसी, कोषाध्यक्षमा भरत कोइराला र सहसचिवमा बाबुराम सुवेदी चयन भएका छन् । त्यसै गरी सदस्यहरूमा हसिना बस्नेत, खिम लामिछाने ‘काजी’, विष्णु सुवेदी, रामजीप्रसाद आचार्य, निकिता भट्टराई र शङ्करमणि त्रिपाठी (छन्दमणि) सर्वसम्मत चयन भएका छन् । केशवशरण लामिछानेको संयोजकत्वमा गनेस पौडेल र रामजी पौडेल सदस्य रहेको निर्वाचन मण्डलले उक्त प्रक्रिया सम्पन्न गरेको थियो । नवनिर्वाचित कार्यसमितिलाई पूर्व अध्यक्ष उपेन्द्र पौडेलले शुभकामना दिएका थिए ।

यसअघि सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा पूर्व अध्यक्ष गनेस पौडेलले पठन संस्कृतिको विकासका लागि सोसाइटीले पु¥याएको योगदानको चर्चा गरे । कार्यक्रममा पुस्तक छनोट समितिका पूर्व संयोजक कृष्ण केसी, पुतली बजार प्रज्ञा प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह ‘बाबा’ लगायतले शुभकामना दिएका थिए ।

साधारण सभाले सचिव नेपालप्रकाश अधिकारीद्वारा प्रस्तुत प्रगति प्रतिवेदन र कोषाध्यक्ष ध्रुुव केसीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरेको थियो । पठन संस्कृतिको विकासमा लागिपरेको सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै कृति वा विषयमाथि परिचर्चा गर्दै आएको छ ।

पोखरा, १४ भदौ ।
 
पोखरा महानगर पालिका वडा नं ८ न्युरोडमा स्थित हाम्रो बहुउद्देयीय सहकारी लि. को छविसौ बार्षिक साधारण सभा एवमं अठ्ठाइसौ साधारण सभा शनिबार समपन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवंम शेयर सदस्य विष्णु प्रसाद कडेलले उद्घाटन गदै सहकारीले वित्तिय अनुसासनमा रहेर काम गर्दै आएकाले कुनै शंका नगरी आर्थिक कारोबार गर्न शेयर सदस्यहरुलाई आग्रह गरे । उनले संस्थाले बचतकर्ताको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा सुझाब दिए दिएका छन् ।
सल्लाहकार तथा पूर्व अध्यक्ष युवराज त्रिपाठीले संस्थाले विगत गरेको काम बाट शिक्षा लि अगाडि बढेमा संस्थाको भविश्य उज्वल रहने विश्वास ब्यक्त गरे । निर्वमान अध्यक्ष तथा सल्लाहकार उमनाथ बरालले संस्थाले सहकारीले आफ्ना सदस्यहरुलाई आर्थिक रुपमा सक्षम बनाउनुपर्ने बताउँदै सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानीपर्नेमा जोड दिए । सल्लाहकार तथा पूर्व अध्यक्ष बोधराज पौडेलले संस्थाका गतिविधिमा शेयर सदस्यहरुले चनाखो भई आर्थिक पारदर्शितामा ध्यान दिनुपर्ने कुरामा जोड दिए ।
 
सल्लाहकार तथा पूर्व अध्यक्ष चन्द्र बहादुर थापाले नेपालकै उत्कृष्ट सहकारी रुपमा अगाडी बढाउने गृहकार्यमा लाग्न सम्पूर्ण शेयर सदस्य र संचालक समितिलाई आग्रह गरे । सल्लाहकार नारायण बहादुर कार्कीले सहकारीले उदपादनशिल क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल दिन सक्ने बताउदै, सहकारीले ऐन÷कानुनको पालना गरी अगाडी बढनु पर्ने बताए । संस्थाका अध्यक्ष एवमं कार्यक्रमका सभापति बसन्त राज अधिकारीले शेयर सदस्यहरुको हकहितलाई ध्यान मध्यनजर गर्दै आगामी कार्ययोजना अगाडी बढाउने प्रतिबद्धता ब्यक्त गरे ।
आर्दश समाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक कृष्ण प्रसाद बास्तोलले बहुउद्ददेश्यीय हिसावले स्थापना भएको यस सहकारीले आफ्ना सदस्यहरुलाई उत्पादन मुलक कार्यमा लगाउन पर्नेमा जोड दिए । साधारण सभाको अबसरमा उत्कृष्ट शेयर सदस्य, उत्कृष्ट बचत कर्ता, माध्यमिक र स्नातक र स्नातकोत्तर तहमा सर्वाेकृष्ट हुने शेयर सदस्य तथा शेयर सदस्यका छोरा छोरीलाई पुरस्कृत गरिएको यियो । संस्थापक सचिब मिलन ज्ञवाली, मिना शर्मा ज्ञवाली र शेयर सदस्य सृजन ज्ञवाली र मिना ज्ञवालीले ले आफ्ना मातापिताको स्मृतिमा स्थापना गर्नु भएको “प्रेमकुशल अवाड” शेयर सदस्य कमल कोइरालालाई प्रदान गरिएको थियो ।
संस्थाका सचिब नरेश तिमिल्सीनाले प्रस्तुत गरेका सचिबको प्रतिवेदन, कोषाध्यक्ष पिताम्बर पराजुलीले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिबेदन, रकम परिचालन उपसमितीका संयोजक गणेश पहारीले प्रस्तुत गरेको बार्षिक प्रतिबेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक राजु पौडेलले प्रस्तुत गरेको लेखा समितिको प्रतिबेदन उपर छलफल गरि आवश्यक सुझाब सहिति पारित गरिएको थियो ।  
संस्थाका उपाध्यक्ष प्रकाश क्षेत्रिले स्वागत गरेको कार्यक्रमा संचालक सदस्य रिता देवी कडेल, शिक्षा उप समितिका संयोजक कमला सुवेदी, संचालक सदस्य निर्देशन कुमार चुल्याजु, शेयर सदस्यहरु कमल कोइराला,गजेन्द्र पोखरेल,इश्वरी सिग्देल अर्याल लगाएतले शुभकामना ब्यक्त गरेका थिए । २०५६ सालमा स्थापना भएको सहकारीमा हालसम्म १ हजार १ सय ९ जना शेयर सदस्य रहेको संस्थामा कुल ५ करोड ३६ लाख ५० हजार शेयर पुजि रहेको छ । संस्थाले १७ करोड ३८ लाख ९९ हजार ५ सय ५ रुपैया निक्षेप संकलन गरेकोमा २४ करोड ४१ लाख ७६ हजार ५ सय ८१ रुपैया लगनीमा रहेको कार्यक्रममा बताइयो ।
 
 
 

पोखरा, १४ भदौ ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ । पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदेश प्रमुख भट्टले जन्मदिन मनाउनुभएको हो ।

प्रदेश प्रमुख भट्टले नेपाली सामाजिक मनोविज्ञान वृद्धाश्रमप्रति सकारात्मक नदेखिएपनि विभिन्न कारणले परिवारबाट परित्यक्त वृद्धवृद्धाहरूको सुरक्षाका लागि वृद्धाश्रमको आवश्यकता अपरिहार्य रहेको बताउनुभयो । सन्तानको समयअभाव वा तिरस्कृत भएर घरमै बसेर बेसहारा तथा असुरक्षित जीवनयापन गर्नुभन्दा वृद्धाश्रममा बसेर सुरक्षित र सहज जीवनयापन गर्नुलाई बुद्धिमानी ठान्नुपर्ने उहाँको भनाई छ ।

उहाँले वर्षौंदेखि वृद्धाश्रम सञ्चालन गरेर समाजसेवामा सक्रिय पराजुली परिवार र सहयोगी शुभेच्छुकप्रति आभार व्यक्त गर्नुभयो । ‘सामाजिक र आर्थिक दृष्टिकोणले पनि ज्येष्ठ नागरिकहरूको जीवनयापन असुरक्षित र असहज बन्दै जाँदा यस्ता वृद्धाश्रम सञ्चालन गरेर ठूलो सामाजिक कर्म गर्नुभएको छ ।’ भट्टले भन्नुभयो ।

वृद्धवृद्धाहरूको दैनिकी र उनीहरूको चाहना र आवश्यकताअनुरूपको सेवा तथा सुविधाको प्रबन्ध हुनसक्यो भने उनीहरूका लागि वृद्धाश्रम घरभन्दा पनि सुरक्षित र आरामदायी आश्रयस्थल बन्नसक्ने प्रदेश प्रमुख भट्टले बताउनुभयो ।

ज्येष्ठ नागरिकको अनुभव, ज्ञान र सीपलाई उपयोग गर्ने नीति बनाएर काम गर्ने हो भने वृद्धाश्रमलाई केही हदसम्म सिर्जनात्मक र आयमूलक क्रियाकलापको थलो पनि बनाउन सकिने र यसबाट वृद्धाश्रमलाई आर्थिक टेवा पनि पुग्ने उहाँको भनाई छ ।

वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष कुशुमकेशव पराजुलीले जन्मदिनको पावन अवसरमा ज्येष्ठ नागरिकलाई स्मरण गरी सम्मान व्यक्त गर्नुभएकोमा खुशी व्यक्त गर्नुभयो । 

काठमाडौँ , अमेरिकी पुनरावेदन अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको भन्सार दर अवैध ठहर गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शुक्रबार संघीय पुनरावेदन अदालतले ट्रम्पले लगाएको भन्सार दर अवैध ठहर गरेको हो।

ट्रम्पले गत फेब्रुअरीमा क्यानडा, मेक्सिको र चीनविरुद्ध लगाएको छुट्टै कर र अप्रिलमा लगाएको ‘रेसिप्रोकल’ भन्सारको वैधानिकतामाथि प्रश्न उठाउँदै भन्सार दर अवैध ठहर गरिएको हो।ट्रम्पले अन्तर्राष्ट्रिय आपत्कालीन आर्थिक शक्ति ऐन९आइइपीए०लाई आधार बनाएर भन्सार दर घोषणा गरेका थिए। सोही कानुनअन्तर्गत उनले मनमौजी रूपमा भन्सार शुल्क तोकेका थिए। तर भन्सार शुल्क तोक्नु राष्ट्रपतिको अधिकार क्षेत्रभित्र नपर्ने भन्दै अदालतले आदेश दिएको हो। यद्यपि ट्रम्प प्रशासनलाई अमेरिकी सर्वोच्च अदालतमा पुनरावेदन जान पाउने मौका दिइएको छ। अक्टोबर १४ सम्मका लागि यी करहरूलाई यथावत् राख्न अनुमति पनि दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।

फैसलामाथि प्रतिक्रिया जनाउँदै ट्रम्पले अमेरिकाले यसको परिणाम भोग्नुपर्ने तर्क राखेका छन्। उनले सामाजिक सञ्जाल ‘ट्रुथ’ मा लेखेका छन्, ‘यदि यसलाई कायमै राखियो भने, यो निर्णयले शाब्दिक रूपमा लिट्रल्ली संयुक्त राज्य अमेरिकालाई ध्वस्त पार्नेछ। यदि यी शुल्कहरू हटाइएमा, यो देशका लागि पूर्ण विपत्ति हुनेछ। यसले हामीलाई आर्थिक रूपमा कमजोर बनाउनेछ।’ ट्रम्पले अन्तर्राष्ट्रिय आर्थिक नीतिमा भन्सार दरलाई प्रमुख हतियारका रूपमा प्रयोग गरेका थिए। विश्लेषकका अनुसार अदालतको यो फैसलाले उनको नीति कमजोर बनाएको छ।

पोखरा, पोखराको चिप्लेढुंगास्थित सर्वेश्वर व्यवसायी समिति र पराजुली मार्गका व्यवसायीहरुलाई शनिबार कर तथा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण गरिएको छ । चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरुको साझा संस्था सर्वेश्वर व्यवसायी समितिले कर कार्यालय पोखरा र ग्लोवल आईएमई बैंकसँगको सहकार्यमा कर तथा वित्तीय कारोबार सम्बन्धी डिजिटल साक्षरता सम्बन्धी अभिमुखीकरण गरेको हो ।

अभिमुखीकरणमा सहभागी व्यवसायीहरुलाई कर कार्यालय पोखराका कर अधिकृत सोनु काफ्लेले करको विषयमा सहजीकरण गरेका थिए । उनले समयमै करको विवरण राखेर कर तिर्नुपर्ने बताए । अन्यथा व्यवसायी कारवाहीमा पर्नसक्ने अवस्थाबारे प्रष्ट्याए । कर सम्बन्धी समस्याबाट बच्न व्यवसायी चनाखो बस्नुपर्ने बताउँदै उनले भने, ‘व्यवसायीले व्यवसाय दर्ता गर्ने, बिल छाप्ने, आम्दानी, खर्च र बचत छुट्याएर राख्ने, जसका लागि खरिद खाता र बिक्री खाता चुस्त बनाउनुपर्छ ।’ उनले कर विवरण सहि रुपमा भए नभएको बुझ्न बेलाबेला आफ्नो पान नम्बर खोलेर हेर्नुपर्नेसमेत बताए । साथै बिल दूरुपयोग हुन नदिन र दाखिला गरेको कर ठीक भएनभएको पनि ख्याल गर्नुपर्ने उनको सुझाव छ ।

सो अवसरमा ग्लोवल आईएमई बैंकका गण्डकी प्रदेश प्रमुख सुसोमन देवकोटा र बैंकको न्यूरोड शाखा प्रमुख मन्दीप बरालले बैंकिङ कारोबारबारे सहजीकरण गरेका थिए । उनीहरुले व्यक्ति र व्यवसायको छुट्टाछुट्टै बैंक अकाउण्ट खोल्नुपर्ने र व्यक्तिको हो भने व्यक्तिगत प्रयोगका लागि मात्र प्रयोग गर्नुपर्ने तथा व्यवसायीक संस्थाको हो भने सोहि संस्थाको खरिद तथा बिक्रीसँगै अन्य कारोबारका लागि सो बैंक खाता प्रयोग गर्न आग्रह गरे । अन्यथा व्यक्तिको खाता संस्थाको लागि वा संस्थाको खाता व्यक्तिका लागि प्रयोग गर्दा झञ्झट व्यहोर्नुपर्ने स्थिति आउनेतर्फ सचेत गराए । साथै उनीहरुले डिजिटल बैंकिङ कारोबार बारे पनि अभिमुखीकरण गरेका थिए ।

सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)ले व्यवसायीलाई कर तथा बैंकिङ कारोबार सम्बन्धी डिजिटल साक्षरता प्रदान गरिएको बताए । यसले व्यवसायीलाई कर सम्बन्धी समस्या र डिजिटल साक्षरता नहुँदा बैंकिङ कारोबारमा परिरहेको अपठ्यारो फुकाउन सजिलो बनाउने विश्वास व्यक्त गरे । उनले भने,‘तालिमपश्चात व्यवसायीहरु कर सम्बन्धी समस्यामा फस्ने छैनन्, र डिजिटल बैंकिङ कारोबारमा पोख्त हुनेछन् भन्नेमा हामी विश्वस्त छौं ।’  आफ्नै र स्वेदशी गार्मेन्टबाट उत्पादित सामानहरु, फेन्सी तथा रेडिमेड सामानहरु, श्रृंगारका सम्पूर्ण कस्मेटिक सामानहरु, काचो कपडा, जुत्ता, चप्पल, व्याग, गिफ्ट तथा खेलौनाका सामानहरु थोक तथा खुद्रा मूल्यमा बिक्री हुने थलोका रुपमा सर्वेश्वर मार्ग र पराजुली मार्ग स्थापित छ ।  होलसेल तथा खुद्रा दुबै व्यापार हुने सर्वेश्वर मार्गमा स्याङ्जा, वालिङ, तनहुँ, लमजुङ, पर्वत, बागलुङ, म्याग्दीदेखि मनाङ र मुस्ताङ तथा पूर्वी रुकुम र पश्चिम रुकुम सम्मका खुद्रा व्यापारी ग्राहकका रुपमा आउने गरेको समितिका महासचिव विशाल अधिकारीले जानकारी दिए ।

म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा दरबाङमा विद्यालय स्तरीय तेस्रो म्याग्दी भलिबल कप हुने भएको छ । आगामी असोज २ देखि ५ गतेसम्म मालिका गाउँपालिका–६, दरबाङ बजारमा अन्डर २० छात्रछात्रा भलिबल, पुरुष तथा महिला शिक्षक भलिबल प्रतियोगिताको प्रतियोगिताको तयारी तीब्र पारिएको हो । गौमति खत्री विकास कोषको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा म्याग्दी जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयका खेलाडीको उपस्थिती हुने संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताए ।

मालिका गाउँपालिका भलिबल संघको सहआयोजना तथा जिल्ला खेलकुद विकास समितिको समन्वयमा हुने प्रतियोगितामा छात्रछात्रातर्फ प्रथम, द्धितिय हुनेले क्रमश ५० हजार, २५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् भने शिक्षकतर्फ प्रथम र द्धितियले क्रमश २५ हजार, १३ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । नाम दर्ता भदौ २५ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, प्रशिक्षकल, उत्कृष्ट स्पाइकर, सर्भर, सेटर, ब्लकर र डिफेन्डरलाई लगायत विभिन्न विधामा सम्मान गरिने छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी छनौट गरी प्रशिक्षण दिदैं जुनियर म्याग्दी टिम बनाउने आयोजकले जनाएको छ ।

बागलुङ,उच्च अदालत बार एसोसिएसन बागलुङको ३३ औं अधिवेसनबाट अधिवक्ता गिता श्रीष अध्यक्षमा चयन भएकी छन् । शुक्रबारदेखि शुरु भएको अधिवेसनको क्रममा अन्तिम नामाबली प्रकाशन गर्दै निर्वाचन समितिले शनिबार श्रीषको एकल उमेदवारीमात्र बाँकी रहेको जनाएको हो । अध्यक्षमा उमेदवारी दिएका अधिवक्ता हरिकृष्ण सुवेदीले उमेदवारी फिर्ता लिएपछि श्रीष निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ ।
वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठ, अधिवक्ता डा.  डिल्लीराज गौतम र अधिवक्ता ज्ञानेन्द्रराज पन्त रहेको निर्वाचन समितिले शनिबार उमेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो । बारको उपाध्यक्षमा लक्ष्मी बास्कोटा, सचिवमा उमाशंकर सापकोटा र कोषाध्यक्षमा रामराजा कँडेल चयन भएका छन् । सदस्यहरुमा नरेन्द्रप्रताप सिंह बुढाथोकी, तेजेन्द्र थापा, प्रकाश बराल र लक्ष्मीदेवी जिसी चयन हुँदा मानवअधिकार समितिको सदस्यमा गोविन्दप्रसाद ओझा चयन भएका छन् ।

केन्द्रीय पार्सदतर्फ बद्रीप्रसाद शर्मा, हरि गौतम, गोविन्द गौतम, अखिलनाथ शर्मा चयन भएका छन् । बारमा तीन सदस्य र महिला समिति संयोजक रिक्त छ । सहसचिव पदमा पुग्ने नै महिला समितिको संयोजक रहने बैधानिक व्यवस्था छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।