२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले दुई अर्ब भन्दा बढी मानिसका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जीवनयापनमा योगदान पुर्‍याएको नेपालको जैविक विविधता सङ्कटमा रहेको बताउनुभएको छ ।

आज काठमाण्डौमा हिन्दुकुश हिमालय संसदीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले नेपाली क्षेत्रका हिमालबाट बग्ने नदीको पानी, वनबाट प्राप्त हुने अक्सिजन, कृषियोग्य भूमिको उर्वरताले दुई अर्ब भन्दा बढी मानिसका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जीवनयापनमा योगदान पुर्‍याएको बताउनुभयो ।

उहाँले अहिले नेपालसहित हिन्दुकुश हिमालय देशहरु सङ्गटासन्न अवस्थामा रहेको भन्दै सबै मिलेर यसलाई पार लगाउनुपर्ने बताउनुभयो । उहाँले जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वायु प्रदुषण अब केबल वैज्ञानिक प्रतिवेदनमा सिमित नभइ दैनिक जीवनको कठोर यथार्थ बनेको जिकिर गर्नुभयो ।

हिन्दुकश हिमालय क्षेत्रको भुगोल, हिमालय क्षेत्र, वन, नदी र वायुमण्डलको भविष्यबारे दृढ सङ्कल्प जनाउने अवसरका रूपमा आफूले सम्मेलनलाई लिएको विश्वास व्यक्त गर्नुभयो । विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्रि सेल्सियससम्म सिमित गर्न पेरिस सम्झौतामा गरिएको प्रतिवद्धता पूरा गर्न सम्बन्धित पक्षहरुले आफ्नो आफ्नो ठाउँबाट योगदान पुर्‍याउनु आजको आवश्यकता भएको बताउनुभयो ।

राष्ट्रपति पौडेलले हिमालय क्षेत्रमा तापक्रम औषत भन्दा धेरै वृद्धि भएको बताउनुभयो । उहाँले नेपाल जैविक विविधताका दृष्टिले धनी रहेको उल्लेख गर्दै विश्वका दुर्लव वनस्पति र जनावरको बासस्थान नेपालमा रहेको बताउनुभयो ।

काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नेपालमै पहिलोपटक ‘डिजिटल पीसीआर’ मेसिन जडान गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आज (भदौ २ गते) एक कार्यक्रमबीच उक्त अत्याधुनिक मेसिन र सेवाग्राहीको सुविधाका लागि थप गरिएका दुईवटा ‘रिपोर्ट भेन्डिङ मेसिन’को उद्घाटन गरेका छन्।

मन्त्री पौडेलले स्वास्थ्य मन्त्रालयको कार्यकाल सम्हाल्दै गर्दा स्वास्थ्य क्षेत्रको विकास र विस्तरका लागि आफ्नो प्राथमिकता तथा कार्ययोजना सार्वजनिक गरेका थिए।

उक्त कार्ययोजनामा मन्त्री पौडेलले सरकारी स्वास्थ्य संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने तथा सुविधासम्पन्न बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

के हो डिजिटल पीसीआर प्रविधि ?
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज जडान गरेको डिजिटल पीसीआर मेसिन हाल प्रयोगमा रहेको सामान्य पीसीआरभन्दा निकै परिष्कृत र संवेदनशील मानिन्छ।

यसले रगत वा नमुनामा अत्यन्तै न्यून मात्रामा रहेको डीएनएलाई समेत ठिक रूपमा पहिचान गर्ने हुँदा रोगको निदान थप विश्वसनीय र प्रभावकारी हुने प्रयोगशालाका निर्देशक डा. रञ्जन राज भट्टले जानकारी दिए।

उनले भने, ‘यस प्रविधिको सुरुवातसँगै क्यान्सरको उपचारमा महत्त्वपूर्ण मानिने ईजीएफआर, बीसीआर-एबीएल, बीआरएएफजस्ता म्युटेसनको परीक्षण र रगतमा घुमिरहेको ट्युमरको डीएनए जाँच अब नेपालमै सस्तो र सुलभ रूपमा गर्न सम्भव हुनेछ।’

उनका अनुसार यसका साथै प्रयोगशालामा जडान गरिएको ‘रिपोर्ट भेन्डिङ मेसिन’ले सेवाग्राहीलाई ठूलो राहत दिनेछ। अब सेवाग्राहीले आफ्नो रिपोर्ट लिन घण्टौँ लाइन बस्नुपर्ने बाध्यता हटेको छ।

काठमाण्डौ – अस्ट्रेलियामा चलिरहेको टप इण्ड टी–२० शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपालले आज मेलबर्न स्टार्ससँग खेल्दैछ । खेल डार्बिनमा नेपाली समयअनुसार अहिले बिहान सवा ७ बजे शुरु हुनेछ ।

प्रतियोगीताअन्तर्गत नेपाल आफ्नो दोस्रो खेलमा अस्ति बङ्गलादेश ‘ए’सँग २९ रनले पराजित भएको थियो । पहिलो खेलमा आयोजक टोली नर्थन टेरिटोरी स्ट्राइकसँग नेपाल ४२ रनले पराजित भयो । यो शङ्खलामा नेपालको पहिलो सहभागिता हो ।

प्रतियोगितामा ११ वटा टोली छन् । सहभागी हरेक टोलीले लिग चरणमा छ खेल खेल्नेछन् । प्रतियोगिताअन्तर्गत नेपालले भोली होबर्ट हुरिकेन्ससँग, पर्सि ४ गते मेलबर्न रेनेगेड्ससँग र भदौ ६ गते पाकिस्तान साहिन्ससँग खेल्ने छ ।

अस्ट्रेलियामा टप एन्ड टी–२० शृङ्खलापछि पनि नेपालले अभ्यास खेल पनि खेल्नेछ । आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपालले टप एन्ड टी–२० प्रतियोगिता र अभ्यास खेल खेल्न लागेको हो ।

संयुक्त अरब इमिरेट्स युएई सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई सजाय माफ गरेको छ।
नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ । दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले उक्त निर्णय गरिएको हो।

पोखरामा भदौ २९ गते हुने पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भएको छ ।आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार काठमाडौंमा एक कार्यक्रम गर्दै पिपुल्स च्वाईस अवार्डका लागि मनोनयनमा परेका ५ खेलाडीको नाम सार्वजनिक गरेको हो ।

मनोनयनमा क्रिकेटर पूजा महत्तो, फुटबलर रेखा पौडेल, भलिबलका हिमाल सुनारी, उसुका विजय सिञ्जाली र टेबल टेनिसकी एभाना थापा परेका छन् । यीमध्येबाट आयोजक मञ्चसँग आबद्ध खेल पत्रकार, विभिन्न खेलका राष्ट्रिय प्रशिक्षक, सामाजिक सञ्जालका समर्थक र डिजिटल वालेट आईएमई खल्तीमा प्राप्त मतका आधारमा विजेता चुनिने छन् ।पहिलोपटक आईसीसी यु-१९ विश्वकप खेल्दा क्रिकेटकी पूजाले नेपालको कप्तानी गरेकी थिइन् । फुटबलकी रेखा एएफसी महिला च्याम्पियन्स लिग खेल्ने पहिलो नेपाली खेलाडी हुन् । भलिबलका हिमाल नेपालको घरेलु भलिबलका उत्कृष्ट र लोकप्रिय खेलाडी हुन् । उसुका विजयले जापानको योकोहामामा भएको तेस्रो थाउनु विश्वकपमा कास्य पदक जितेका थिए । टेबलटेनिसकी इभानाले दक्षिण एसियाली टेबलटेनिसमा ४ पदक जितेकी थिइन् ।

पिपुल्स च्वाइस अवार्डको भोटिङका लागि एनएसजेएफ र आईएमई अन्तर्गतको खल्तीबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । आईएमई खल्तीको मतभार ५० प्रतिशत, सामाजिक सञ्जाल फेसबुक मतभार २५ प्रतिशत, नेपाल ओलम्पिक कमिटीमा आबद्ध राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार १२.५ प्रतिशत र नेपाल खेलकुद पत्रकार मञ्च का सदस्यको मतभार १२.५ प्रतिशत रहनेछ । यो विधाका विजेताले पल्सर मोटरबाइकल जित्नेछ । गत वर्ष सर्वाधिक मत ल्याएर पिपल्स च्वाइसको अवार्ड भलिबलकी कविता भट्टले जितेकी थिइन् ।

गण्डकी प्रदेशमा गत पुसयता डेंगी सङ्क्रमित हुनेको सङ्ख्या आठ सय ११ पुगेको छ । पछिल्लो तीन सातामा मात्र दुई सय दुई जनामा उक्त रोगको सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेशको स्वास्थ्य मन्त्रालयको आँकडाअनुसार सबैभन्दा बढी कास्कीमा चार सय ४१, तनहुँमा एक सय २०, लमजुङमा ९३, गोरखामा ५८, बागलुङमा ३२, स्याङ्जामा ३२, पर्वतमा २०, म्याग्दीमा १०, नवलपुर चार र मुस्ताङमा जम्मा एक जनामा डेंगी रोग देखिएको हो । मनाङ जिल्लामा यस वर्ष अहिलेसम्म डेंगी देखिएको छैन । प्रदेशभरमा पुष्टि भएका सङ्क्रमितमध्ये आधाभन्दा बढी बिरामी कास्कीको पोखरा महानगरपालिकाका हुन् । पोखरामा हालसम्म चार सय ३२ जनामा डेंगी सङ्क्रमण देखिएको छ । पछिल्लो तीन सातामा पोखरामा एक सय २९ जना डेंगी सङ्क्रमणका बिरामी थपिएका थिए ।

प्रदेशको राजधानी पोखरा गत वर्ष डेंगीको ‘हटस्पट’ बनेको थियो । उक्त वर्ष पोखरा महानगरपालिकामा मात्र आठ हजार छ सय जनाभन्दा बढीमा डेंगी सङ्क्रमण भएको थियो । डेंगी सङ्क्रमणबाट पोखराका तीन जनाको मृत्यु भएको थियो । साउनदेखि कात्तिकसम्म डेङ्गु सङ्क्रमण बढ्ने जोखिम उच्च रहने भएकाले आगामी दिनमा सङ्क्रणको दर बढ्दै जाने अनुमान छ ।डेंगी न्यूनीकरण, रोकथाम तथा व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयलगायत सम्बन्धित निकायले सक्रियता बढाएका छन् ।

स्थानीय तहले डेङ्गु रोग फैलन नदिन डेंगी सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिरहेका छन् । डेंगी फैलाउने लामखुट्टेको टोकाइबाट जोगिन घर, कार्यालय र सार्वजनिकस्थलमा रहेका खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा पानी जम्मा हुन नदिने र त्यस्ता स्थल भेटिएमा नष्ट गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगी सर्ने गरेको छ ।

अन्नपूर्ण गाउँपालिका कार्यपालिका सदस्य तथा लामो समयदेखि वामपन्थी राजनीतिमा सक्रिय रहेका चतुर्मान विकको निधन भएको छ ।

उत्पीडित समुदाय र मजदुर क्षेत्रबाट वामपन्थी आन्दोलनमा सक्रिय रहेका विकले आफ्नो जीवन पार्टी, समाज र वर्गीय हितको लागि समर्पित थिए । फेसबुकमा कास्की क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य दामोदर बैरागीले भावुक हुँदै स्टाटस लेखेका छन्, ‘कमरेड चतुर्मान विकसँग धेरै काम गर्ने बाँकी थियो तर स्वास्थ्य र समयले अनुमति दिएन ।’ विकको निधनले पार्टीमा मात्र होइन, गण्डकी प्रदेशको राजनीतिक क्षेत्रमा पनि ठूलो क्षति भएको भन्दै पार्टी नेताहरूले दुःख व्यक्त गरेका छन् ।

पार्टी भित्र भूमिगत जीवनदेखि सक्रिय भएर काम गरेका विकको निधनले गण्डकी प्रदेशको वाम आन्दोलनले एक प्रतिबद्ध, इमानदार र श्रमिक–उत्पीडित समुदायका आवाज उठाउने योद्धा गुमाएको भन्दै श्रद्धाञ्जली व्यक्त गरिएको छ । विकले पार्टीमा २०४१ सालतिरै अध्ययन कक्षामार्फत भूमिगत गतिविधिमा संलग्न हुँदै प्रवेश गरेका थिए । त्यसपछि उनले पार्टी सदस्यता ग्रहण गरी शपथ लिएका थिए । विकले पार्टीका पूर्व इलाका कमिटी, जिल्ला कमिटी, प्रदेश कमिटी हुँदै प्रदेश सल्लाहकार परिषद्मा समेत नेतृत्व सम्हालेका थिए ।

काठमाडौं । अध्यागमन विभागले सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक यात्राका लागि विभिन्न सात पक्षलाई अनुरोध गरेको छ।

विभागले आइतवार पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यागमन प्रक्रियामा अनियमितता तथा भ्रष्टाचारप्रति शून्य सहनशीलता नीति रहेको भन्दै अध्यागमन प्रणालीलाई व्यवस्थित गर्न सात पक्षलाई आग्रह गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक रामचन्द्र तिवारीले अध्यागमन प्रक्रियाको सुधारका लागि यात्रु, वायुसेवा कम्पनी, स्थानीय तह र सञ्चार माध्यम, विदेशस्थित कुटनैतिक नियोग, ट्राभल्स तथा मुद्रा सटही कारोबार गर्ने संस्थाहरुलाई आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरे ।

अबदेखि कुनै पनि नेपाली नागरिकलाई केवल अनुमान, शंका वा हैसियतको आधारमा विदेश जान रोकिने नरोकिने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।

यद्यपि, फर्जी वा नक्कली कागजात प्रयोग गरी प्रस्थान गर्न खोज्ने यात्रुलाई प्रस्थान अनुमति नदिइने मात्र नभई नेपाल प्रहरीमार्फत कानूनी कारबाही गरिने चेतावनी समेत दिए । उनले यात्रामा जानुअघि वैध राहदानी, भिसा, दुईतर्फी हवाई टिकट, होटल बुकिङ वा आफन्तसँग बस्ने प्रमाण, डलर सटही र आवश्यक कागजात अनिवार्य रुपमा लिन यात्रुहरुलाई अनुरोध समेत गरे । उनले दलाल वा विचौलियाको प्रलोभनमा परी अवैधानिक बाटोबाट विदेश नजान र अध्यागमन प्रक्रियामा रकम मागिएमा तुरुन्तै विभाग, प्रहरी वा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जानकारी दिन समेत आग्रह गरे । उनले वायुसेवा कम्पनीलाई समेत यात्रुहरुलाई प्रस्थान समयभन्दा कम्तिमा एक घण्टा अगाडि अध्यागमनको ‘स्टेरेलाइज्ड एरियामा पठाउन, अत्यधिक ओभरबुकिङ नगर्न र बोर्डिङ पास दिन नसक्ने अवस्थामा यात्रुलाई लिखित जवाफ दिन अनुरोध गरे । उनले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई दलाल–बिचौलियाबाट नागरिकलाई सचेत गराउन र ठगी गर्ने समूहविरुद्ध निगरानी तथा कारबाही अभियान सञ्चालन गर्न आग्रह गरे । उनले सञ्चार माध्यमलाई वैदेशिक यात्रा सम्बन्धी झुट्टा विवरण, फर्जी कागजात र दलालका गतिविधिबारे जिम्मेवारपूर्वक जानकारी प्रसार गरी जनतालाई सचेत बनाउन विभागले अपील अपिल गरे ।

सुक्खा पहिरोले नारायणगढ – मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान माथिबाट चट्टानसहित पहिरो खसेको हो ।जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार अहिले दुईव ‘जेसिभी’ प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । तर, खस्ने क्रम नरोकिएकोले अझै केही समय लाग्नेछ ।

पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् । पहिरोमा परेर एक जना घाइते भएको प्रहरीले जनाएको छ । नारायणगढबाट मुग्लिङतर्फ जाँदै गर्दा बागमती प्रदेश ०६- ००३ प ३८१६ नं को स्कुटरमा माथिबाट खसेको ढुङ्गाले लागेको थियो । त्यसक्रममा स्कुटरमा रहेका चितवन रत्ननगर नपा ३ बस्ने सन्दीप रिजाल घाइते भएका हुन् । उनको अवस्था मध्यम रहेको र उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

स्याङ्जा को अर्जुनचौपारी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न पोखरामा घुम्ती शिविर गरेको छ । पालिकाभित्रका नागरिकहरु जहाँ बसोबास गरेपनि सेवा पाउनुपर्छ भन्ने उद्देश्यले गत मंगलबारदेखि चार दिन पोखरा पृथ्वीचोकमा सामाजिक सुरक्षा भत्ता नवीकरण घुम्ती शिविर गरिएको हो ।

ज्येष्ठ नागरिकको सहजताका लागि पोखरामा गरिएको घुम्ती शिविरबाट २०४ जनाले लाभ पाएको गाउँपालिकाले जनाएको छ । शिविरबाट पोखरा बस्दै आएका अर्जुनचौपारी गाउँपालिका वडा नं.१ का १०, वडा नं.२ का २९, वडा नं.३ का २६, वडा नं ४ का ३३, वडानं.५ का २९ र वडा नं. का ७७ जना लाभान्वित भएका हुन् ।

पालिका अध्यक्ष प्रकाश तिवारीले वडा कार्यालयसम्म पुग्न कठिनाइ हुने अशक्त, अपाङ्ग र वृद्धवृद्धालाई लक्षित गरी पोखरा सेरोफेरोमा बस्दै आएका सामाजिक सुरक्षा भत्ताका लाभग्राहीलाई गाउँपालिकाले पोखरामै पुगेर सेवा दिने व्यवस्था मिलाएको बताए । गाउँपालिकाबाट वडा अध्यक्षसहित पञ्जिकरण शाखाका कर्मचारी खटाएर पोखरामै पुगेर नवीकरणको काम गरेको तिवारीले बताए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।