२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार

तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सवलाई बीवाईडीको साथ बीवाईडीले महोत्सवलाई सम्पन्न गर्न मुख्य प्रायोजन गर्ने
पोखरा ३१ साउन नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा आयोजना हुने तीज महोत्सवलाई विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीले साथ दिने दिने भएको छ ।

टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजनामा आउदो ६ देखि १५ भाद्रसम्म संचालन हुने तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ लाई बीवाईडीले मुख्य प्रायोजन गरि साथ दिने भएको हो । मुख्य प्रायोजनका गर्ने सम्झौता पत्रमा आयोजक केन्द्रकातर्फबाट अध्यक्ष भानुभक्त अधिकारी र बीवाईडीका तर्फबाट पोखरा शाखा प्रमुख निराजन खनालले हस्ताक्षर गरेका थिए ।

सम्झौता पछि प्रमुख खनालले बीवाईडीले पर्यटकीय नगरि पोखरा महानगरपालिका वडा नम्बर १० स्थित बुद्ध चोकमा थ्रीएस (सेल्स, सर्भिस र स्पेयर) सुविधा सहितको आफनो नयाँ सोरुम शुक्रबारदेखि संचालनमा ल्याएको जानकारी दिए । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा. लि. ले पोखरामा आफनो २० औ सोरुम संचालनमा ल्याएको उनले बताए । नयाँ सोरुम स्थापना सगै नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजकाको अवसमा आयोजना हुने महोत्सवमा जोडिन पाउदा खुसी लागेको उनले बताए ।

आयोजक केन्द्रका अध्यक्ष अधिकारीले महोत्सव सम्पन्न गर्न बीवाईडी जस्तै व्यवसायिक संस्थाको साथ आवश्यक रहेको बताएका थिए । महोत्सव सम्पन्न गर्न साथ दिएकोमा बीवाईडीलाई केन्द्रको तर्फबाट उनले धन्यवाद समेत दिए । ऐतिहासिक टँुडिखेलको संरक्षण, परम्परागत नेपाली कला संस्कृतीको संरक्षण, महिला दिदी–बहिनीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी, नृत्य र संगीत मार्फत महिला सशक्तिकरणमा टेवा पुर्याउने, तीजलाई भड्किला नभई मौलिक तीजको रुपमा विकास गर्ने, लोपउन्मुख संस्कृतिको जगेर्ना, अन्तरनिहित प्रतिभाको लागि स्थान र वातावरण उपलब्ध गराउने, सस्कृतिक, खेलकुद तथा ज्ञानवद्र्धक एवम् मनोरञ्जनात्मक कार्यक्रम संचालन, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धना टेवा पुर्याउने, इन्द्रेणी एकेडेमीमा रहेका बालबालिकाहरुको समग्र स्तर उन्नति गर्ने, निर्माण सम्पन्न इन्द्रेणी आवाशिय क्रियाकर्म भवनलाईलाई सुविधासम्पन्न बनाउने, शव यात्रा वाहन सञ्चालन गर्ने लगायतका उदेश्य सहित महोत्सव आयोजना गर्न लागिएको बताए ।

१० दिने महोत्सवमा मौलिक तीजगीत प्रतियोगिता (आमा समूहगत), खुल्ला एकm नृत्य प्रतियोगिता, परम्परागत सिप ढिँकी जातो प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता समेत संचालन हुनेछन् । यसै गरि मेलामा दैनिक उपभोग्य सामान, कृर्षि, हस्तकला, बैक तथा वित्तिय सस्था, लत्ता कपडा, रेष्टुरेन्ट लगायत विभिन्न स्टलहरु सगै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती सगै वाल उद्यान रहनेछन् । महोत्सव स्थलमा व्यापारिक स्टल, रेष्टुरेन्ट, वाल उद्यान निमार्णको काम धमाधम भै रहेको छ । महोत्सवमा एक सय ५० व्यापारिक र १२ रेष्टुरेन्टका स्टल रहने छन् । व्यापारिक र रेष्टुरेन्टका सम्पुर्ण स्टलहरु बुकिङ भै सकेको अध्यक्ष अधिकारीले जानकारी दिए ।

आयोजक केन्द्रका उपाध्यक्ष एंव अर्थ संकलन उपसमितिका संयोजक निरज विक्रम राणाका अनुसार महोत्सव संचालनका लागि ६९ लाख आम्दानी, ६४ लाख ५० हजार खर्च, चार लाख ५० हजार बचत हुने अनुमान रहेको र बचत रकम विभिन्न सामाजिक काममा खर्च गरिने जानकारी दिए ।

र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा कर्णालीको चर्चा चलाएको छ । माधव चौलागाईँको कृति ‘सपादलक्ष कर्णाली’ को सापेक्षमा कर्णालीका जीवनशैली, संस्कृति, भाषा, भूगोल र अर्थराजनीतिको चर्चामा सहभागीहरू जुटेका थिए ।

सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा कृतिको चर्चा गर्दै परिचर्चाकार भावना पोखरेलले कर्णाली विकासका दृष्टिले कमजोर देखिए पनि बहसका सवालमा दरिलो भएको धारणा राखिन् । “भौगोलिक दुर्गमता र राज्यको दीर्घकालीन उपेक्षाका कारण विकासको गति सुस्त देखिए पनि कर्णालीप्रतिको जनआकर्षण बढ्दो छ” पोखरेलले भनिन्, “विशेष गरी पहाडे खसभाषीहरूको भाषिक र सांस्कृतिक जरोकिलो जोडिएको खस सभ्यताको मुहान सिँजा उपत्यका रहेको कर्णाली क्षेत्र हरेक नेपालीका लागि पितृभूमि र सांस्कृतिक अवचेतनको आधारशिला हो ।”

बुद्धिजीवी र लेखकहरूको नयाँ पुस्ताले कर्णालीलाई अन्धकारबाट उज्यालोतर्फ ल्याउने कार्यमा आफ्नो सिर्जनशीलता अर्पण गरिरहेको उनको भनाइ थियो । जुम्लामा जन्मेका लेखक माधव चौलागाईँको ‘सपादलक्ष कर्णाली’ लाई इतिहास, स्मृति र सम्भावनाको सशक्त दस्तावेज रूपमा पोखरेलले चित्रण गरिन् । तीन खण्डमा विभाजित कृतिलाई उनले ‘अग्र्यानिक स्वाद’ को कृतिका रूपमा व्याख्या गरिन् । कर्णालीप्रति चासो राख्ने पाठकहरूका लागि यो उपयुक्त कृतिका रूपमा सिफारिस गर्दै उनले यो कृति आम जनता, नेता र राज्यलाई समाजप्रति उत्तरदायी बनाउने दस्तावेज भएको विचार राखिन् ।

लेखक माधव चौलागाईँले हरेक क्षेत्रको दुर्गम ठाउँलाई ‘कर्णाली’ भनिदिने चलनप्रति विमति राख्दै कर्णालीको विम्ब फेरिनुपर्ने जिकिर गरे । उनले कर्णाली सम्भावनाहरूको खानी भएको धारणा राखे । कर्णाली भनेको साविकको कर्णाली अञ्चल वा अहिलेको कर्णाली प्रदेश मात्र नभई समग्र कर्णाली सभ्यता भएको बताए । वर्तमान सङ्घीय संरचनामा पनि कर्णालीका नाममा विनियोजित बजेटको दुई तिहाइ हिस्सा कुनै निश्चित जिल्लामा मात्र सीमित हुनु सङ्घीयताको मर्मविपरीत हुने तर्क राख्दै त्यसप्रति सबै सचेत हुनुपर्नेमा जोड दिए । कर्णालीका संस्कृति, भूगोल र भाषासम्बन्धी आफ्ना विचारहरू राख्ने क्रममा कृति जन्मिएको उनको भनाइ थियो ।

कार्यक्रममा साहित्यकार सरुभक्तले आफू कर्णाली जाँदको अनुभव सुनाउँदै कर्णाली हिजो जस्तो आज नभएको र आजभन्दा भोलिका दिनमा थप विकसित हुँदै जाने अपेक्षा राखे । उनले कर्णालीका विषयमा लेखिएका कृतिहरूको लामो फेहरिस्त तयार पार्न सकिने भए पनि लेख्न सकिने विषय प्रशस्त भएको बताए । ‘सापदलक्ष कर्णाली’ ले कर्णालीबारे महŒवपूर्ण जानकारी दिने प्रतिक्रियासमेत दिए ।

मेघनाथ कुँवर, सुरेश रानाभाट, विद्याविमल बराल, डिल्लीप्रसाद ढुङ्गाना, रेशम गिरी, रोशन तलिगोठ्याल, खिम लामिछाने, डा. रामचन्द्र बराल, भानुभक्त पोखरेललगायतले टिप्पणी गरेका कार्यक्रमको सञ्चालन सचिव नेपालप्रकाश अधिकारीले गरेका थिए । सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै कृति वा विषयमाथि बौद्धिक बहस गर्दै आएको छ ।

काठमाण्डौ – कारागार व्यवस्थापन विभागले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला कारागारबाट नक्खु कारागारमा स्थानान्तरण गरेको छ । हिजोको निर्णय अनुसार लामछिानेलाई केहीबेरअघि काठमाण्डौ ल्याएको विभागले जनाएको छ ।

रुपन्देहीको कारागारमा लामिछानेलाई नाजुक अवस्थामा राखेको भन्दै विरोध भएपछि विभागले स्थानान्तरण गरेको हो । लामिछानेले तीन महिनाअघि नै आफूलाई नख्खुमा स्थानान्तरण गर्न अनुरोध गर्नुभएको थियो । पछिल्लो हप्ता सञ्चार माध्ययमहरुमा रवि लामछिानेलाई सामान्य सुविधा पनि नदिएको, समाचार पढ्न र भेटघाट गर्न रोकेको जस्ता विषय सार्वजनिक भए पनि राष्ट्रिय मानव अधिकार आयोगको टोलीले अनुगमन गरेको थियो ।

आयोगले लामिछानेले जेलमा आधारभूत मानव अधिकार उपभोग गर्न नपाएको बताएपछि सरकारलाई दबाब परेको हो । यस्तै रुपन्देहीमा उपचुनावको प्रचारप्रसार समेत शुरु भएकोले पनि सरकारले लामिछानेलाई स्थानान्तरण गरेको हुनसक्ने राश्वपाले जनाएको छ ।

कारागार प्रशासनले रुपन्देहीमा जेलको पूर्वाधार, सुरक्षा चुनौती र कैदीबन्दीको चापका कारण लामिछानेलाई उचित सुविधा दिन नसकिएको दाबी गरेको थियो । तर नक्खु कारागारमा पनि क्षमताभन्दा धेरै कैदीबन्दी छन् । नख्खुमा सुविधा केही फरक हुन सक्ने कारागार व्यवस्था विभागका महानिर्देशक लीलाप्रसाद शर्माले बताउनुभएको छ ।

रुपन्देहीको सूप्रीम बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलनमा लामिछानेविरुद्धको मुद्दा रुपन्देही जिल्ला अदालतमा विचाराधीन छ । त्यही मुद्धामा लामिछाने पूर्पक्षका लागि थुनामा रहनुभएको हो ।

तीनवटै तहका अदालतमा पुनरावेदनको ढोका बन्द भएपछि लामिछानेले मुलुकी अपराध कार्यविधि संहिताको अर्को व्यवस्थाअन्तर्गत आफूलाई थुनामुक्त गर्न एक हप्ताअघि निवेदन दिनुभएको थियो । रुपन्देही जिल्ला अदालतले गएको हप्ता उहाँको पछिल्लो निवेदन अनुसार थुनामुक्त गर्न अस्वीकार गरेको छ । लामिछानेको दल रास्वपाले राज्यले प्रतिशोध साँधेर मुद्दा चलाएको दाबी गर्दै आएको छ ।

काठमाडौँ। विषाक्त मदिरा सेवनका कारण कुवेतमा ७ नेपाली श्रमिकहरुको मृत्यु भएको छ। भने घटनामा केही श्रमिकहरु अस्पतालमा भर्ना भएका छन।

विषाक्त मदिरा सेवनका कारण यस्तो घटना घटेको कुवेत प्रहरीको प्रारम्भिक रिपोटले देखाएको छ। हाल सम्म ७ जनाको मृत्यु भएको र थप केही नेपाली श्रमिक बिरामी परे पश्चात अस्पताल भर्ना गरिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेलले जानकारी दिनुभयो ।

प्रवक्ता पौडेलका अनुसार हालसम्म करिब ३५ जना नेपाली श्रमिकको कुवेतका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनिहरुको उपचारमा कुनै कमी हुन नदिन मन्त्रालयले त्यहाँ स्थित कुवेत सरकार, स्वास्थ्य मन्त्रालय र स्थानीय प्रहरीसँग कुवेतस्थित नेपाली दुतावास मार्फत समन्वय गरिरहेको प्रवक्ता पौडेलले बताउनु भयो ।

पोखरा ।

पोखराको रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा जारी एक महिने श्रीमदवीतक चर्चा सम्पन्न भएको छ । गत असार ३१ गते देखि सुरु भएको श्रीमदवीतक चर्चा तथा श्रीकृष्ण कथा प्रवचन कार्यक्रम शुक्रबार एक समारोहका बीच सम्पन्न भएको हो ।

सो अवसरमा वोल्दै श्रीकृष्ण प्रणामी सेवा समितिका केन्द्रिय सदस्य तथा श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोकका निवर्तमान अध्यक्ष पुरुषोत्तम रेग्मीले एक महिने श्रीमदवीतक चर्चा सभ्य र भब्य रुपमा सम्पन्न भएको बताए । श्रीमदवीतक चर्चामा प्रमुख बाचिकाको रुपमा साध्वी उर्वशी माताले सरल रुपमा बुझ्ने तरिकाले प्रवचन प्रदान गरेर भक्तजनहरुलाई मोहित पारेको बताए । श्रीमदवीतक समापन संगै श्रीकृष्ण पारायणका लागि समेत सम्पूर्णको साथ र सहयोग आवश्यक पर्ने उनको भनाइ रहेको थियो ।

त्यस्तै श्रीकृष्ण प्रणामी सेवा समिति कास्कीका अध्यक्ष कृष्ण ढुंगानाले श्रीमदवीतक चर्चामा सुनेका कुरालाई ब्यवहारमा उतार्न सके जीवन सफल हुने बताए । त्यस्तै पूर्व अध्यक्ष लिलाम्बर सापकोटाले विगतका वर्षहरुमा जस्तै श्रीमदवीतक चर्चा यसपटक पनि सभ्य र भब्य ढंगले सफल भएको बताए । श्रीमदवीतक संगै श्रीकृष्ण प्रणामी मन्दिरमा १२ महिना विभिन्न कार्यक्रमहरु सञ्चालन हुँदै आएको समेत उनले बताए ।

त्यस्तै समितिका सल्लाहकार विष्णु पहारीले श्रीमदवीतक चर्चा सफल बनाउन सम्पूर्णको साथ र सहयोग रहेको र यसलाई निरन्तरता दिन सम्पूर्णलाई आग्रह गरिन । समितिका पुर्व अध्यक्ष बलराम सुवेदीले श्रीमदवीतक चर्चा कार्यक्रम भब्य र सभ्य तबरले सम्पन्न भएको र आगामी दिनमा आयोजना हुने जुनसुकै कार्यक्रममा पनि आफ्नो साथ र सहयोग रहने प्रतिवद्धता ब्यक्त गरे ।

कार्यक्रम संयोजक केशब बरालले एक महिना सम्म सम्पन्न श्रीमदवीतकमा सवैले बुझने गरी साध्वी उर्वशी माताले प्रवचन प्रदान गरेको र आफुहरुले सहज रुपमा बुझने मौका पाएको बताए । त्यस्तै बाइजुराज महिला समितिका अध्यक्ष विष्णु पराजुलीले सम्पूर्णको साथ र सहयोगमा कार्यक्रम सम्पन्न गराउन सफल भएको बताइन । आगामी दिनमा पनि सम्पूर्णको साथ र सहयोग पाउनेमा आफु विश्वस्त रहेको उनको भनाइ थियो ।

युवा परिषदका अध्यक्ष तोयानाथ सापकोटाले श्रीमदवीतकमा सिकेका कुरालाई ब्यवहारमा उतार्न आवश्यक रहेको बताए । श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल श्रीकृष्ण प्रणामी मन्दिर पोखराका अध्यक्ष मोहन प्रसाद ढकालले एकमहिने श्रीमदवीतक चर्चा कार्यक्रम सफल बनाउन गठन गरिएको विभिन्न उपसमितिहरुकै कारण कार्यक्रम सफल भएको बताए । आगामी दिनमा आयोजना गरिने कार्यक्रममा समेत सम्पूर्णको साथ र सहयोग आवश्यक रहने बताउदै ढकालले कार्यक्रममा प्रवचन प्रदान गर्ने उर्वशी माता, बाध्यवादनमा साथ दिने कलाकारलाई समेत धन्यवाद ब्यक्त गरे ।

यसैविच श्रीकृष्ण जन्माष्टमीको दिन शनिवार बिहान श्रीकृष्ण प्रणामी मन्दिर परिषरमा रक्तदान कार्यक्रम र सांझ श्रीकृष्ण प्रकाट्य उत्सवको आयाजना गरिने समितिका सचिव लक्ष्मण बरालले बताए ।

उच्च अदालतका ८८ जना न्यायाधीशको सरुवा गर्न सिफारिस भएको छ। शुक्रबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बसेको न्याय परिषद्को बैठकले जिल्ला र उच्च अदालतका न्यायाधीशहरूको सरुवा गर्न सिफारिस गरेको हो।

यस्तै, जिल्ला अदालतका १२२ जना न्यायाधीशको पनि सरुवा सिफारिस गरिएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बसेको बैठकले ठूलो संख्यामा जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस गरेको हो।

काठमाण्डौ – एन्फा महिला लिग छनोटअन्तर्गत आज दुईवटा खेल हुँदैछन । पहिलो खेल दिउँसो १ बजे राप्ती एफसी रे आरएस रिसोर्ट एन्ड बीच फुटबलबीच हुने छ ।

त्यसैगरी आजको दोस्रो खेलमा दिउँसो सवा ४ बजे बुटवल लुम्बिनी र लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर आमनेसामने हुनेछन । हिजो भएको खेलमा छहारी क्लब र सङ्कटा क्लब विजयी भएका छन् ।

एन्फाको आयोजनामा हिजोदेखि शुरू भएको प्रतियोगितामा १४ वटा टोलीलाई २ वटा समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा उत्कृष्ट पाँच वटा टोली एन्फा महिला लिगमा छनोट हुनेछन् ।

प्रतियोगिताको समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट फुटबल क्लब, आरबी रिसोर्ट एन्ड बिच फुटबल र एफसी रियल छन् ।

यस्तै समूह ‘बी’ मा एनआरटी, सङ्कटा एफसी, बुटवल लुम्बिनी एफसी, एनबीएम पोखरा गर्ल्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर र नेपाल खेलकुद क्लब छन् ।

गत आर्थिक वर्ष २०८१र०८२ मा पर्वत जिल्लाबाट राहदानी निकाल्नेहरूको संख्या नागरिकताको प्रमाण पत्र लिनेहरूको संख्याभन्दा ८८ प्रतिशतले बढी रहेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्वतद्वारा सार्वजनिक गरिएको गत आर्थिक वर्षको १२ महिनाको तथ्याङ्क अनुसार वंशजको आधारमा नयाँ नागरिकताको प्रमाणपत्र लिनेहरूको संख्या दुई हजार नौ सय ७२ रहेको छ । उक्त अवधिमा राहदानी निकाल्नको लागि जिल्लाबाट ‘इनरोलमेन्ट’ भएकाहरूको सङ्ख्या पाँच हजार पाँच सय ४६ तथा द्रूत राहदानी सिफारिस ५१ गरी कुल पाँच हजार पाँच सय ९७ जनाले राहदानीका लागि फाराम भरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका अनुसार आर्थिक वर्षको पहिलो महिना साउनमा दुई सय ९५ जनाले नयाँ नागरिकता प्राप्त गर्दा छ सय १८ जनाका लागि राहदानीको ‘इनरोलमेन्ट’ तथा सिफारिस गरिएको छ । यस्तै भदौमा दुई सय १५, असोजमा एक सय ७५, कात्तिकमा तीन सय ७२, मङ्सिरमा दुई सय ३१, पुसमा दुई सय ५९, माघमा दुई सय सात, फागुनमा एक सय ७५, चैतमा दुई सय दुई, वैशाखमा दुई सय छ, जेठमा भार सय ३५ र असारमा दुई सय ८६ जनाले नागरिकताको प्रमाणपत्र लिएका छन् ।

जिल्लाबाट हुने राहदानी सिफारिस र द्रुत राहदानी सिफारिस गरी भदौमा चार सय ४९ जना, असोजमा तीन सय ६२, कात्तिकमा पाँच सय ४२, मङ्सिरमा एक सय ६९, पुसमा छ सय ६३, माघमा चार सय ७४, फागुनमा एक, चैतमा चार सय ३२, वैशाखमा चार सय ३६, जेठमा पाँच सय ४५ र असारमा चार सय ७९ रहेका छन् ।

गत आर्थिक वर्ष २०८०र०८१ मा तीन हजार एक सय ८७ जनाले नागरिकताको प्रमाणपत्र लिँदा छ हजार आठ सय २७ जनाले राहदानी बनाएका थिए । जुन सङ्ख्या जिल्लाबाट राहदानी सिफारिस भइराहदानी जिल्लामा नै आइपुगेपछि वितरण भएकाहरूको हो । जिल्लाबाट राहदानी नबुझेर द्रुत रूपमा राहदानी लिनको लागि जिल्लाबाट सिफारिस लगेकाहरूको संख्या दुई सय ७४ रहेको थियो ।

देशभित्रको बेरोजगारी समस्या, राजनीतिक अस्थिरता लगायतका कारण युवापुस्ता वैदेशिक रोजगारी तथा सम्भव भएसम्म पारिवारिक वैदेशिक बसाइसराइको क्रम बढिरहेको छ । ग्रामीण क्षेत्रमा रहेका उत्पादनयोग्य भूमि बाँझो छाडेर गुणस्तरीय शिक्षा, स्वास्थ्य लगायतको खोजीमा बजारमा सर्ने तथा रोजगारीका लागि विदेश जाने क्रमले जिल्लाका धेरै गाउँहरू रित्ता हुँदै गएका छन् ।

Write to Adhikari Tirtha

काठमाडौँ ,साउन २९ गते।

नेपाल हक्की संघलाई धुलिखेल नगरपालिकाले हक्कीको पूर्वाधार बनाउन जग्गा दिने भएको छ । त्यसका लागि हक्की संघ र धुलिखेल नगरपालिकाबीच बिहीबार सम्झौता भएको छ । राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिकी सदस्य समेत रहेकी हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ र धुलिखेल नगरपालिका मेयर अशोक ब्यन्जुले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

नगरपालिकाले वडा १२ मा करिब २ सय रोपनी जग्गा ४० वर्षका लागि दिने सम्झौता भएको महासचिव श्रेष्ठले जनाएकी छन् । प्राप्त जग्गामा हक्कीको रंगशाला, होस्टेलसहितको एकेडेमी र प्रशिक्षण स्थल निर्माण गर्ने महासचिव श्रेष्ठले बताइन् । १ हजार क्षमताको प्यारापिट बनाइने जनाइएको छ ।

पोखरा , साउन २९ गते।

सरकारले गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानको पूर्वाधार निर्माणका लागि दक्षिण कोरिया सरकारबाट प्राप्त हुने करिब १ अर्ब २५ करोड रुपैयाँ ९० लाख अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

गत साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त अनुदान स्वीकार गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा सो निर्णयबारे जानकारी दिएका हुन् ।

यो निर्णयसँगै स्याङ्जाको फेदीखोला गाउँपालिका – १, गुर्धुममा प्रतिष्ठानको प्रशासनिक र आवासीय भवन निर्माणको काम अघि बढेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शनिबार उक्त भवनको शिलान्यास गरे । शुक्रबार बिहानै गण्डकी प्रदेशका सामाजिक विकास सचिव राजेन्द्रदेव पाण्डे र कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका नेपालका प्रतिनिधिबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनुदान सम्झौतामा हस्ताक्षर भएको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।