२०८३ जेष्ठ ४ सोमबार
२०८३ जेष्ठ ४ सोमबार

पोखरा, ०८ चैत्त ।

त्रिवेणी इन्टरनेशनल कलेज पोखरा २७ ले आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ प्वाइन्ट रगत संकलन भएको छ ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नंं २७ का वडाध्यक्ष पूर्ण कुमार गुरुङ्गले पहिलो रक्तदाता पोखरा विश्वविद्यालयका सिनेटर एवं ३८ औं पटक रक्तदान गरेका सुरजजंग राणालाई ब्लड व्याग हस्तान्तरण गरेर शुभारंभ गरेका थिए ।

अध्यक्ष गुरुङ्गले पहिलो पटक रक्तदान गर्नेहरुलाई हौसला र सकरात्मक धारणा बनाउन सहयोग पुग्ने गरी सचेतता अभियान चलाउनु पर्नेमा जोड दिए । रक्तदाताको लगत राखी दुर्लभ रक्त समूहलाई रिजर्भमा राख्न वडाध्यक्ष गुरुङ्गले आग्रह गर्नु भयो ।

कलेजका अध्यक्ष सुमन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमा क्याम्पस प्रमुख डिल्लीराम पौडेल, विद्यार्थी कल्याणकारी समितिका अध्यष बिबेक के.सी, पूर्व विद्यार्थी मञ्चका अध्यक्ष असिम पाण्डे, कलेजका सल्लाहकार छत्रधर आत्रेय, संचालक शान्ति खनाल, रक्त संचार केन्द्रका प्रमुख अर्जुन ज्ञवाली र सहायक क्याम्पस प्रमुख सुनिदत्त बरालले रक्तदानको महत्वका बारेमा बोलेका थिए ।

कार्यक्रममा नयाँ रक्तदाताका रुपमा कलेजका व्यवस्थापन विषय अन्र्तगत स्नातक र स्नाकोत्तर तहका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

पोखरा, ०८ चैत ।

राष्ट्रिय आर्थिक गणना २०८२ को सन्दर्भमा राष्ट्रिय तथ्यांक कार्यालय कास्कीको आयोजना जिल्लास्तरिय सचेतना गोष्ठी एबम अन्तरक्रीया तथा छलफल कार्यक्रम आइतबार पोखरामा सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले आर्थिक गणना देशभरमा संचालनमा रहेका आर्थिक क्रियाकलाप संचालन गर्ने आधारभुत बिबरण संकलन ,प्रशोधन ,विश्लेषण र प्रकाशन गर्ने हुँदा समग्र देशको आर्थिक र बिकासको परिसूचकको मापनमा महत्त्वपूर्ण हुने बताउनुभयो। पौडेलले गणना नेपालको वास्तविक अर्थतन्त्रको आकार निर्धारणका लागि थप प्रभाबकारी नीति निर्माणमा समेत सहयोगी हुने बिश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ऋषिराम सिग्देलले २०८३ बैशाख २ गतेदेखि २०८३ असार ७ गते सम्म संचालन हुने आर्थिक गणनाको बारेमा जानकारी दिदै यसका विभिन्न पक्षको बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा राष्ट्रिय तथ्यांक कार्यालय कास्कीका प्रमुख नन्दलाल सापकोटाले गणनाको लागि गणक तथा सुपरिबेक्षकहरू प्रतिष्ठानहरूमा भौतिकरूपमा नै उपस्थित भएर गणना गरिने उल्लेख गर्दै सबै पक्षको सहयोगमा गणना सम्पन्न हुने बिश्वास व्यक्त गर्नुभयो ।

कास्कीका जिल्ला समन्वय अधिकारी नबराज बरालले भरपर्दो र बिश्वसनिय गणना राष्ट्र निर्माणको आधार तयार गर्ने हुँदा सम्पूर्ण ब्यबस्थापन सहित उत्कृष्ट कार्य सम्पादनमा उत्रिनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सरोकारवाला निकाय ,कार्यालयका प्रतिनिधि तथा उध्योग ब्यबसाय सम्बन्धि ,संघ, संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागीता रहेको थियो। सचेतना गोष्ठी एबम अन्तरक्रीया तथा छलफल कार्यक्रम जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

एजेन्सी, ०६ चैत्त ।

पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा वर्षासँग सम्बन्धित घटनाहरूमा परी १७ जनाको मृत्यु भएको छ । सोही घटनामा परी अन्य ३० जना घाइते भएका हुन् । स्थानीय अधिकारीहरू र रेस्क्यु ११२२ का कर्मचारीहरूले भारी वर्षापछि शहरका विभिन्न क्षेत्रहरूबाट हताहतको खबर आएको बताएका छन् ।

जसले शहरी पूर्वाधारका कमजोरीहरूलाई उजागर गरेको हो । रेस्क्यु ११२२ का कर्मचारीहरूले देशको दक्षिणी सिन्ध प्रान्तको प्रान्तीय राजधानी कराँचीको बलदिया टाउन क्षेत्रमा पर्खाल भत्किँदा ११ जनाको मृत्यु भएको बताएका हुन् । शहरका अन्य विभिन्न क्षेत्रमा थप ६ जनाको मृत्यु भएको छ ।

जसमा कायद आबाद क्षेत्रमा घरको छाना भत्किंदा ज्यान गुमाउने एक दम्पती पनि समावेश भएका हुन् । कराँचीका मेयर मुर्तजा वहाबले सहरमा तीब्र हावाहुरीसहित भारी वर्षा भइरहेको बताउँदै बासीन्दाहरूलाई अनावश्यक आवतजावत नगर्न आग्रह गर्नुभएको छ।

साथै सिन्धका स्थानीय सरकार मन्त्री नासिर हुसेन शाहले आँधीबेहरीसहितको वर्षापछि कराँचीलगायत प्रान्तभर उच्च शतर्कता ९हाई अलर्ट० घोषणा गर्नुभयो ।

काठमाण्डौं, ०६ चैत्त।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ। सभापति थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई दिएको राजीनामा केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकले अस्वीकृत गर्ने निर्णय गरेको हो ।

उपसभापति शर्माकै अध्यक्षतामा बसेको बैठकले गत फागुन २१ गतेको निर्वाचनको समीक्षा र पार्टीको नियमित पन्ध्रौँ महाधिवेशनको बारेमा पनि छलफल गरेको छ। बैठकले सभापति थापाको राजीनामा अस्वीकृत गरेको जानकारी सह(महामन्त्री बहादुरसिंह लामाले दिनुभएको हो।

थापा अनुपस्थित रहेपछि सभापतिको कुर्सी खाली राखेर बैठक सञ्चालन गरिएको थियो। बैठकको नेतृत्व उपसभापति विश्वप्रकाश शर्माले गर्नुभएको थियो । प्रतिनिधिसभा निर्वाचनको समीक्षा र भावी रणनीति तय गर्ने उद्देश्यले बोलाइएको बैठकमा दुई वटा प्रस्ताव पेश गरिएको थियो । बैठकमा थापाको राजीनामाको बारेमा छलफल गरेर प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षा पनि भएको छ।

बैठकमा पेश गरिएका प्रस्तावहरूमा पहिलो, सभापति गगनकुमार थापाले दिएको राजीनामा सम्बन्धी विषय र दोस्रो, प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक समीक्षा समेटिएको थियो ।

काठमाडौं, ०६ चैत्त ।

वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट बनेको संघीय संसदको पहिलो अधिवेशन आह्वान गर्ने भएको छ ।

संघीय संसदको पहिलो अधिवेशन आह्वानका लागि प्रधानमन्त्री कार्कीले शुक्रबार मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो । एक मन्त्रीले संघी संसद्को अधिवेशन आह्वानका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको जानकारी आफूलाई आएको बताएका छन्।

ती मन्त्रीले यहि चैत १६ गतेका लागि अधिवेशन आह्वान गरिने जानकारी दिएका हुन् । यसअघि अन्तरिम सरकारले अधिवेशन आह्वान गर्ने कि नयाँ सरकारले अधिवेशन आह्वान गर्ने भन्नेमा अन्योल थियो । सरकारका तर्फबाट अनौपचारिक रूपमा चैत १६ गतेका लागि अधिवेशन आह्वान हुने भएकाले तयारी गर्न भन्दै संघीइ संसद् सचिवालयलाई जानकारी गराइएको सचिवालयले जनाएको छ।

पोखरा, ०६ चैत ।

साहसिक गतिविधिका लागि प्रसिद्ध पोखरामा अब मनोरन्जनको लागि थप नयाँ आयाम थपिएको छ । फ्लाइ नेपाल इन्टरटेनमेन्टले पोखरामा शुक्रबारदेखि एटिन (डि सिनेमा सञ्चालनमा ल्याएको छ । नेपालमै पहिलोपटक सुरु गरेको यस फ्लाइ नेपालले पोखराको डिज्नील्याण्ड लेकसाइडमा सञ्चालनमा ल्याएको हो ।

महानायक राजेश हमालले सिनेमाको औपचारिक उद्घाटन गर्नुभएको छ । हमालले सिनेमाको सहर पोखराले फरक शैलीको अनुभव गर्न पाउने बताउनुभयो । ‘‘पोखरा आफैमा सुन्दर सहर हो । यहाँ धेरै सिनेमाहरु सुटिङ हुने गर्छन् । सिनेमाको विजनेशको हिसावले पनि पोखरामा मान्ने गरिन्छ । यो सिनेमा मात्र नभएर एउटा नयाँ संसारको यात्रा हो,’’ उहाँले भन्नुभयो ।

फ्लाइ नेपाल इन्टरटेनमेन्टका प्रमुख राम थापाले काठमाडौंमा सफलतापूर्वक सञ्चालन पछि दर्शकको अत्याधिक माया र सकरात्मक प्रतिक्रियाले पोखरामा विस्तार गरिएको बताउनुभयो । काठमाण्डौंको भन्दा प्रविधिमा राम्रो रहेको उहाँले सुनाउनुभयो । उच्च प्रविधि र सिर्जनात्मक कथालाई संयोजन गर्दै आम दर्शकलाई नयाँ किसिमको मनोरञ्जनको अनुभव प्रदान गर्नु फ्लाइ ओभरको लक्ष्य रहेको उहाँले सुनाउनुभयो । ‘‘यो सिनेमाको धेरै विशेषता छन् ।

१० देखि ३० मिनेटसम्म रोमाञ्चक फिल्मको अनुभव गर्न सकिन्छ । कुनै चश्मा वा हेडसेट बिना प्रत्यक्ष अनुभति लिनको लागि सबै उमेर समूहलाई उपयुक्त हुन्छ,’’ उहाँले भन्नुभयो । यस सिनेमा मार्फत १७ वटा फरक फरक कथात्मक संसारमा प्रवेश गर्न सकिने उहाँले भन्नुभयो ।

फ्लाइ नेपाल इन्टरटेनमेन्टका निर्देशक हिमाल थापाले साहसिक गतिविधिको सहर पोखरामा सिनेमाको अनुभव अझै फराकिलो बन्ने बताउनुभयो । ‘‘अब पोखरेली दर्शकले साहसिकता केवल बाहिरी संसारमा मात्र नभई भित्री अनुभूतिमा पनि पाइन्छ,’’ उहाँले भन्नुभयो ।

पोखरा, ०६ चैत ।

माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा माछापुच्छ्रे–४, लाहाचोकमा चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ हुने भएको छ । माछापुच्छ्रे गाउँपालिका वडा नं–४,लाहाकोको व्यवस्थापन र माछापुच्छ्रे गाउँपालिका भलिबल सङ्घको समन्वयमा चैत्र ११ देखि १४ गते सम्म उक्त प्रतियोगिता लाहाचोक –४,को महेन्द्र मा।बिको खेलमैदान सञ्चालन हुने गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङले जानकारी दिए ।

स्थानीय स्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागेको चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगितामा बडी भन्दा बडी सहभागिता जनाउने लक्ष्यका साथ टिम शुल्क निःशुल्क गरिएको माछापुच्छ्रे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले जानकारी दिए ।

प्रतियोगितामा पुरुष तर्फ प्रथम पुरस्कार २ लाख, द्धितिय पुरस्कार १ लाख र ट्रफि मेडल रहेको छ । सेमी फाइनलमा उपविजेता दुई टिमलाई नगद रु २५र२५ हजार रहेको छ । महिला तर्फ प्रथम पुरस्कार ६० हजार ,द्धितिय पुरस्कार ३० हजार ट्रफि मेडल रहेको छ । सेमी फाइनलमा उपविजेता दुई टिमलाई नगद रु १५र१५ हजार रहेको छ ।

त्यसैगरी ११ गते हुने पुरुष छेलो तर्फ प्रथम पुरस्कार नगद रु १० हजार ,द्धितिय पुरस्कार नगद रु ५ हजार, तृतीयलाई नगद रु २ हजार र सान्त्वनालाई नगद रु १ हजार रहेको छ । पुरुष छेलो तर्फ पनि निःशुल्क दर्ता गर्न सकिने छ । महिला तथा पुरुष भलिबल प्रतियोगिता सँगै यस वर्ष पुरुष छेलो पनि समावेश गर्ने भएकोले प्रतियोगितामा अझै बडी रौनकता थपिने गाउँ पालिकाकी उपाध्यक्ष सिता अधिकारीले जानकारी दिइन् । माछापुच्छ्रे–४, लाहाचोकका वडा अध्यक्ष मधुसूदन अधिकारीले यो प्रतियोगिताले गाउँपालिका साथै माछापुच्छ्रे«–४,लाहाचोकको पर्यटन सँगै खेल क्षेत्रको प्रवर्द्धन गर्न पनि मद्दत मिल्ने विश्वास लिएको बताए ।

पुरुष तथा महिला भलिबलमा विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाई कर, मिडिल ब्लकर, डिफेन्डर, सेटर सर्भर, उदयमान खेलाडी र प्रशिक्षकलाई पालिकाको लोगो अङ्कित खेलकुद पोसाक पुरस्कार प्रदान गरिने छ । पुरुष भलिबल खेलमा पालिका भित्रको जनसुकै तह र स्तरका खेलाडीहरू समावेश गर्न पाइनेछ । महिला भलिबल खेलमा राष्ट्रिय खेलाडी १ जना समावेश गर्न सकिने माछापुच्छ्रे« गाउँपालिका खेलकुद विकास समितिका सदस्य सचिव हुम् बहादुर गुरुङले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुन चैत्र १० गते सोमवार दिनको ठिक ३ बजे भित्र टिम दर्ता गरिसक्नुपर्ने पालिबाट सार्वजनिक गरिएको सूचनामा उल्लेख गरिएको छ ।

पोखरा, ०६ चैत ।

पोखरा ३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयलाई ज्योति विकास बैङ्क, पोखरा शाखाले कम्प्युटर प्रदान गरेको छ । बैङ्कको सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई १ थान कम्प्युटर हस्तान्तरण गरिएको हो । शुक्रवार विद्यालयमा आयोजित कार्यक्रममा शाखा प्रबन्धक रेशमलाल श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापा र शिक्षक अभिभावक सङ्घका अध्यक्ष डिबी विश्वकर्मालाई कम्प्युटर हस्तान्तरण गरे ।

सोही विद्यालयका पूर्वविद्यार्थीसमेत रहेका श्रेष्ठले बैङ्कले सामाजिक उत्तरदायित्व बहन गर्दै आएको र आफ्नै ठाउँको विद्यालयलाई सहयोग गर्न पाएकामा खुसी व्यक्त गरे । उनले आगामी दिनमा पनि यस्ता सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापाले कालिकाका पूर्वविद्यार्थीहरूको प्रगति देखेर विद्यालय परिवारले सधैँ गौरव गर्ने बताउँदै प्रतिभाशाली विद्यार्थी उत्पादनमा कालिका लागिरहेको जानकारी दिए । उनले प्राप्त सामग्रीको सदुपयोग गरेर विद्यार्थीको सिकाइको गुणस्तर वृद्धिका लागि पहल गर्ने बताए ।

शिक्षक अभिभावक सङ्घका अध्यक्ष डिबी विश्वकर्माले विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेका ज्योति विकास बैङ्कलाई धन्यवाद ज्ञापन गरे । विद्यालयकी सहायक प्रधानाध्यापक बालकुमारी थापा मगरको स्वागतमा भएको कार्यक्रमको सहजीकरण प्रधानाध्यापक रुपिन्द्र प्रभावीले गरेका थिए । सो अवसरमा बैङ्कका कर्जा अधिकृत दीपेन्द्र शर्मा र सेवाग्राही शाखाकी सविना क्षेत्रीले बैङ्कले दिने सेवासुविधाका बारेमा प्रकाश पारेका थिए ।

पोखरा, ०६ चैत ।

नेपाललाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित देश दौडाहामा जान “विश्वको उत्कृष्ट गन्तव्य नेपाल” अंकित विशेष सवारीको भव्य अनावरण गरिएको छ ।

उक्त सवारीको अनावरण मनोक्रान्तिका प्रणेता डा। योगी विकाशानन्दले गर्नुभएको हो । कास्कीको मनोक्रान्ति स्थलमा आयोजित एक औपचारिक समारोहबीच यस महत्वाकांक्षी अभियानको सुरुवात गरिएको हो ।

विगत १५ वर्षदेखि देशका विभिन्न भू(भागमा पुगेर स्थलगत रूपमा उपस्थित भएर त्यहाँका धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदा त्रिकोण क्यानभासमा उतारेका प्रज्ञा नगेन सिंह ठकुरीले यसपटकको यात्रालाई अझ व्यापक र उद्देश्यपूर्ण बनाउँदै ७७ जिल्लामा नै कला यात्रालाई नयाँ उचाइ दिने लक्ष्य राखेको जानकारी दिनुभयो ।

यस अभियानअन्तर्गत देशका सबै जिल्लाबाट सिर्जित कलाकृतिहरूलाई समेटेर तयार पारिएको ‘नेपाल कला यात्रा’ नामक पुस्तकलाई समेत ७७ वटै जिल्लामा लैजाने ठकुरीले बताउनुभयो ।

अभियानको अर्को महत्वपूर्ण पक्ष भनेको अभियानलाई गिनीज वल्र्ड रेकड्र्समा दर्ता गराउने तयारी समेत भइरहेको छ । त्यसका लागि ५ लाख नेपालीबाट जनही एक सय रुपैयाँ संकलन गरी ‘जनप्रकाशक’ बनाउने योजना अघि सारिएको समेत आयोजकले जनाएको छ । जसले नेपाली कला र पर्यटन प्रर्वद्धनमा जनसहभागिताको नयाँ आयाम थप्ने विश्वास लिइएको छ ।

यस कार्यक्रमकै अवसरमा ३५ जना नेपालीले तत्कालै सहयोग गर्दै ‘प्रकाशक’का रूपमा आफ्नो नाम दर्ता गराएका थिए । यससँगै सातवटा पुस्तक बिक्रीसमेत गरिएको छ ।

पुस्तक बिक्रीबाट संकलित रकमलाई विश्वका १९६ देशका भाषामा प्रकाशन विस्तार गर्ने लक्ष्य रहेको ७७ जिल्ला प्रत्यक्ष कला भ्रमण तथा नेपाल कला यात्रा पुस्तक वितरण समितक संयोजक तथा नगेन न्यूजका भिडियो जर्नालिस्ट नकुल सिंह ठकुरीले जानकारी दिनुभयो ।

त्यस्तै यस अभियानले कला, पर्यटन र राष्ट्रिय पहिचानलाई एउटै सूत्रमा बाँध्दै नेपाललाई विश्वमञ्चमा नयाँ ढंगले प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

पोखरा, ०६ चैत ।

होटल संघ पोखरा नेपालले २१ औं संस्करणको फेवा नव बर्ष महोत्सवको तयारी अगाडि बढाएको छ । संघको हालै सम्पन्न बैठकले २९ चैतदेखि बैशाख १ गतेसम्म लेकसाइडको सडकमा यो महोत्सव संचालन गर्ने निर्णय गरेको हो ।

पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिंदै हरेक बर्ष झैं यो पटक पनि महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । महोत्सवको तयारीका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको संयोजक सुवेदीले बताए । संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठ र द्वितीय उपाध्यक्ष गणेशराज पहारीलाई महोत्सवको सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।

जेन–जी आन्दोलन र त्यसपछि सम्पन्न आम चुनावसँगै अबका दिनमा आर्थिक गतिविधि चलायमान बनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्न महोत्सवले सघाउने विश्वास संघले लिएको छ । अंग्रेजी नयाँ बर्ष जस्तै नेपाली नयाँ बर्षलाई पनि भव्यताका साथ मनाउँदै फेवा तालको संरक्षणमा समेत सकारात्मक सन्देश प्रवाह गर्ने उद्धेश्य महोत्सवले बोकेको अध्यक्ष सुवेदीले बताए ।

महोत्सवका अवसरमा दोहोरी तथा गीत संंगीतका कार्यक्रम, पप कन्सर्ट, नाचगान र अन्य मनोरञ्जनात्मक प्रस्तुतीहरु समेटिने छन् । महोत्सवको उद्घाटन अघि झाँकीहरुको र्याली निकालिने छ । महोत्सवको प्रचारका लागि यही चैत ९ गतेदेखि १३ गतेसम्म संघले पूर्वी नेपालका विभिन्न शहरमा जाउँ है पोखरा कार्यक्रम आयोजना गरी महोत्सवमा सहभागिताका लागि निमन्त्रणा प्रदान गर्ने छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।