
कास्की।
जल तथा मौसम विज्ञान विभागले आगामी दुई दिन देशका विभिन्न ठाउँमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। लुम्बिनी र कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा तीव्र हावाहुरी चल्ने विभागले जनाएको छ ।
हावाहुरीको गति झण्डै ३३ मिटर प्रति सेकेण्ड (करिब ११९ किलोमिटर प्रतिघण्टा) पुग्न सक्ने विभागको अनुमान छ।
अछामको ढकारी गाउँपालिकामा चलचित्र निर्माणका नाममा बजेट दुरुपयोग गरेको गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।गाउँपालिकाले राजेश हमालको निर्देशनमा ‘अन्धपथ’ नामक चलचित्र बनाउने भनी एक नियमविपरीत १५ लाख सम्झौता गरिएको अख्तियारले जनाएको छ । पछि पौने १३ लाख भुक्तानी दिइयो । अख्तियारले पालिका अध्यक्ष प्रकाशबहादुर साउद, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण शाह र लेखापाल विमल साउदविरुद्ध मुद्दा दायर गरेको हो ।
चलचित्र निर्माणको जिम्मा पाएको आरजे ट्वान्टी फोर न्यूज एवं नव इन्द्रेणी फाउण्डेशन काठमाडौंका अध्यक्ष रामजी लम्साल (रामबहादुर लम्साल) लाई पनि प्रतिवादी बनाइएको छ ।चारैजना प्रतिवादीबाट जनही १२ लाख ७७ हजार २५० रूपैयाँ बिगो मागदाबी गरिएको छ ।
हिउँदे अधिवेशनबाट कार्यक्रम संशोधन र रकमान्तर गरी सेटिङमा हिनामिना गरेको बताइएको छ ।
कैलाली।
कैलालीको खक्रौला नाकामा भारतबाट नेपालतर्फ ल्याइरहेको सामान बरामद गरेको विषय विवाद हुँदा सशस्त्र प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ ।
मंगलबार साँझ टीकापुरको एसजीए ट्रेड एण्ड सप्लायर्सले भारतबाट जीएसटी बिलसहित ल्याइएको सामान सशस्त्र प्रहरीको बीओपी खक्रौलाले बरामद गरेको थियो ।
उक्त सामानलाई अवैध भनेपछि सशस्त्रका बीओपी प्रमुख डीएसपी प्रदीप पौडेलले विवाद सुरु गरेको व्यवसायीको आरोप छ ।टीकापुर उद्योग वाणिज्य संघसहितका व्यवसायीले उक्त कदमको विरोध गरेपछि सशस्त्र प्रहरीको बीओपी खक्रौलाले सम्बन्धित व्यवसायीलाई बरामद गरिएका सामान फिर्ता गरिसकेको छ ।
उद्योग वाणिज्य संघका महासचिव प्रकाश तिमिल्सिनाले सीमा क्षेत्रमा व्यवसायीलाई सशस्त्र प्रहरीले अनावश्यक दुःख र हैरान दिन थालेको आरोप लगाए ।यो विषयलाई लिएर बुधबार बीओपी पुगेको एक समूहले डीएसपी प्रदीप पौडेलमाथि हातपात गरेको भिडियोसमेत सार्वजनिक भएको छ ।
घटनाको छानबिन गर्न सशस्त्र प्रहरी बल नेपाल नं।७ वैद्यनाथ बाहिनीले समिति गठन गरेको छ ।बाहिनीमा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक९एसपी०अनिल कार्कीको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको
सुवेदीले समितिलाई खक्रौला बीओपी घटनाबारे छानबिन गरेर प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको बताए । उनका अनुसार बीओपीमा कार्यरत सशस्त्र प्रहरीमाथि कारबाही प्रक्रियासमेत अगाडि बढिसकेको छ ।
त्यस्तै एसएसपी सुवेदीले बीओपी खक्रौलामा कार्यरत डीएसपी बाहेकका सबैलाई गणमा तान्न निर्देशन दिएका छन् ।
काठमाडौं ।
नवनिर्वाचित सांसदहरूको शपथका लागि अस्थायी हल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार चैत्र १२ गते शपथग्रहण कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको छ।
सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवन अझै पूर्ण रूपमा तयार नभएकाले अस्थायी हल बनाएर कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको हो। शपथ कार्यक्रमका लागि हलमा माइक र बत्ती जडान लगायतका काम धमाधम भइरहेको छ।
काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले नवनिर्वाचित सांसदहरूलाई जनताले सुम्पिएको जिम्मेवारीलाई हल्कारूपमा नलिन र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न निर्देशन दिएका छन् । सांसदहरूका लागि आयोजना गरिएको संसदीय अभ्याससम्बन्धी २ दिने प्रशिक्षणलाई समापन गर्दै उनले अबको ५ वर्ष रास्वपाका लागि परीक्षाको घडी भएको बताएका हुन् ।
सभापति लामिछाने पुराना राजनीतिक दलहरूलाई जनताले ३०\३५ वर्ष पर्खिएको भए पनि रास्वपालाई त्यति समय कुर्न तयार नरहेको भन्दै सचेत सुनिए । ‘पुरानालाई ३५ वर्ष कुर्नुभयो, तर हामीलाई ३६ महिना, ३६ दिन पनि कुर्नुहुने छैन ।रास्वपाले पार्टीभित्र अनुशासनका लागि विधानमा ‘राइट टु रिकल’ ९सांसद फिर्ता बोलाउन सक्ने व्यवस्था लाई कडाइका साथ लागू गर्ने उनको चेतावनी दिए ।सांसदहरूलाई अराजक नबन्न र पार्टीको नीति तथा नियमावलीभित्र रहेर काम लामिछानेले सचेत गराएका छन् ।
सरकारी सेवाको गुणस्तर सुधार्न आफैँले सरकारी अस्पताल प्रयोग गर्नुपर्ने भन्दै उनले जनताको सेवा गर्ने कसम खाएर आएका जनप्रतिनिधिले आकस्मिक अवस्थाबाहेकका समयमा सरकारी अस्पतालमै उपचार गराउन सांसदहरूलाई आग्रह गरेका छन् । यसले राज्यको सेवा प्रणालीमा विश्वास बढाउने उनको भनाइ छ ।
नेपाली राजनीतिमा लामो समयदेखि बिचौलियाको बिगबिगी रहेको भन्दै रविले कुनै पनि स्वार्थ समूह वा बिचौलियाको प्रभावमा नपर्न सांसदहरूलाई निर्देशन दिएका छन् । संसद छिर्नुअगाडि सहिदका आमाहरूको त्यागलाई सम्झिन उनको आग्रह छ । सँगै मन्त्री बन्नका लागि कुनै पनि ‘मिडिया ट्रायल’ वा बिचौलियाको सहारा नलिन पनि निर्देशन दिए ।
सामाजिक सञ्जाल र सार्वजनिक मञ्चमा हल्का टिप्पणी नगर्न र वैदेशिक सम्बन्धमा असर पर्ने अभिव्यक्ति नदिन उनले सांसदहरूलाई सचेत गराए । उनको भनाइ छ ‘तपाईं अब जिम्मेवार सांसद हो, तपाईंको बोलीले देशलाई दीर्घकालीन असर पार्न सक्छ । पार्टीमा राई(लिम्बू लगायत कतिपय समुदायको प्रतिनिधित्व छुट्न गएको उनले स्वीकारेका छन् । आगामी दिनमा पार्टीलाई अझ बढी समावेशी बनाउने प्रतिबद्धता जनाए पुराना राजनीतिक दल र नेताहरूले त्याग र तपस्याका कारण आजको दिन आएको भन्दै रविले इतिहास रच्नमा एउटा मान्छे वा एउटा पार्टीको मात्र हात नहुने बताएका छन् । उनीहरूले निम्त्याएका बेथितिप्रति प्रश्न गरेको तर योगदानलाई नजरअन्दाज गर्ने हक कसैलाई नभएको उनको भनाइ छ ।
कुनै पनि राजनीतिक दल र विपक्षीप्रति कटाक्ष नगर्न उनले सांसदहरूलाई निर्देशन दिएका छन् ।सभापति लामिछानेले यो जित रास्वपाको मात्र नभई सिंगो देशको भएको र अबको ५ वर्षमा सुशासनको नयाँ मानक स्थापना गर्ने बाचा गरे ।
पोखरा, ०३ चैत ।
कास्की निर्वाचन क्षेत्र नं। २ का नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का प्रतिनिधि सभा सदस्य उम्मेदवार रश्मि आचार्यले निर्वाचन खर्च विवरण पेश गरेका छन् । उनले निर्वाचनमा कुल २३ लाख ५०० रुपैयाँ खर्च भएको विवरण पेश गरेका हुन् ।
जिल्ला निर्वाचन कार्यालय कास्कीमा पेश गरिएको विवरणमा निर्वाचन प्रचारप्रसार, कार्यालय सञ्चालन, कार्यकर्ता परिचालन, सवारी साधन, प्रचार सामग्री, मतदाता शिक्षा तथा विविध गरी ११ वटा शीर्षकमा खर्च गरिएको देखिन्छ ।
मुख्य खर्चहरूमा छपाई तथा विद्युतीय प्रचारमा ५ लाख ५० हजार, प्रचारप्रसार ९झण्डा,व्यानर० मा ३ लाख ७० हजार, सवारी साधनमा ३ लाख, कार्यालय सञ्चालनमा ३ लाख ३० हजार, एसएमएस र सामाजिक सञ्जाल प्रचारमा २ लाख ६१ हजार रुपैयाँ खर्च भएको उल्लेख छ । त्यसैगरी, मनोनयन दर्ता शुल्क, मतदाता शिक्षा कार्यक्रम र अन्य प्रचार गतिविधिमा पनि रकम खर्च भएको छ ।
निर्वाचन ऐनअनुसार उम्मेदवारले निर्वाचन सम्पन्न भएको निश्चित समयभित्र आफ्नो खर्च विवरण अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ । सोहीअनुसार आचार्यले आफ्नो खर्च पारदर्शी रूपमा सार्वजनिक गरेको बताएका छन् ।
पोखरा, ०३ चैत्त ।
महिलाहरुद्धारा सञ्चालित गणेश योग साधना केन्द्र, पोखरा–४ गणेश टोलको नवौँ वार्षिकोत्सव सम्पन्न भएको छ । मङ्गलवार योग केन्द्रमा आयोजित एक कार्यक्रमका बिच पतञ्जलि योग समिति कास्की अन्तरगत उक्त केन्द्रको नवौँ वार्षिकोत्सव सम्पन्न भएको हो ।
वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले स्वास्थ्यका लागि योग साधना आवश्यक रहेको उल्लेख गर्दै सबै वडावासीहरूलाई जोड्दै जानुपर्ने बताउनुभयो । योग केन्द्रको व्यवस्थित सञ्चालनका लागि आवश्यक सामाग्रीहरू सहयोगका लागि वडा कार्यालय प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । महिलाहरूको आर्थिक सशक्तीकरण तथा सीप विकासका लागि वडाले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको उल्लेख गर्दै उहाँले वडाका कार्यक्रमहरूमा सहभागी बन्न आग्रह गर्नुभयो । आफ्नो जिम्मेवारीको सफलतापूर्वक निर्वाह गर्ने बानीको विकास गर्दै सभ्य नागरिकको हैसियत निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
यस्तै कार्यक्रममा पतञ्जलि योग समिति गण्डकी प्रदेश संयुक्त प्रभारी दीपक सिग्देल, महामन्त्री विश्वमणि तिवारी, महानगर प्रभारी शेषकान्त ढकाल, कास्की जिल्ला उपाध्यक्ष प्रकाश बास्तोला, भीमसेन योग केन्द्रकी अध्यक्ष मैया बाटाजु र गणेश गुठीका सचिव जय मुल्मी लगायतले योग साधना मानव स्वास्थ्यका लागि अति आवश्यक रहेको बताउनुभयो । मानव जीवनलाई अनुशासन पूर्वक व्यतीत गर्नका लागि योगको योगदान महत्त्वपूर्ण हुने उनीहरूको तर्क थियो ।
पतञ्जलि महिला महानगर समितिकी महिला प्रभारी एवं गणेश योग केन्द्रकी अध्यक्ष कमला नापितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा योग गुरु वन्दना पालिखेले स्वागत एवं सचिव कमला श्रेष्ठले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक नृत्य एवं भजन समेत प्रस्तुत गरिएको थियो । योग केन्द्रले विगतमा धेरै सामाजिक संघसंस्थाहरुलाई आर्थिक सहायता समेत गरेको जनाएको छ ।
पोखरा, ०३ चैत्र ।
लेखनाथ उद्योग वाणिज्य संघमा ३ महिने प्लम्बिङ तालिम सोमबारबाट शुरु भएको छ । व्यवसायिक तथा सिप विकास तालिम केन्द्र पोखराको आयोजना तथा लेखनाथ उद्योग वाणिज्य संघको समन्वयमा तालिमको आयोजना गरिएको हो ।
तालिमको एक समारोहका विच उद्घाटन गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारीले युवाहरुलाई स्वरोजगार र उद्यमशील र आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको वताउँदै स्वदेशमै केही गर्न चाहने वा विदेश जानेहरुका लागि पनि यस प्रकारका तालिम निकै उपयोगी हुने बताइन् । उनले पहिलो चरणको तालिम लिइसकेकालाई आवश्यक परेको खण्डमा ’एड्भान्स्ड’ तालिम दिने योजना रहेको समेत वताएकी थिईन ।
उनले तालिममा राज्य र निजि क्षेत्रको समेत लगानी रहेको वताउँदै यसको सहि सदुपयोग गर्न लगनशिल भएर सीप सिक्न सहभागि प्रशिक्षार्थीहरुलाई आग्रह गरेकी थिईन ।
कार्यक्रममा व्यवसायिक तथा सिप विकास तालिम केन्द्र पोखराका कार्यालय प्रमुख अनिल सुवेदीले सिप सिकेर दक्ष बन्न सकेको खण्डमा स्वदेशमै रहेर स्वरोजगार भई उद्यमी व्यवसायी समेत बन्न सकिने भएको हुँदा सहभागीहरूलाई व्यवसायिक रुपमा अघि बढ्ने सोचका साथ तालिम लिन आग्रह गरे ।
उक्त अवसरमा संघका निवर्तमान अध्यक्ष विनोद श्रेष्ठले संघले विगतदेखी नै विभिन्न सिपमुलक तालिमहरु सञ्चालन गर्दै आएको वताउँदै सिप सिकेपछि त्यसलाई व्यवहारमा सदुपयोग भए नभएको समेत संघले अनुगमन गर्ने वताएका थिए । हातमा सिप भएर पनि कोही दक्ष व्यक्ति बेरोजगार रहेको अवस्थामा रोजगारी दिलाउने विषयमा समेत संघले सहयोग गर्ने वताएका थिए ।
यस्तै संघका पुर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले तालिमले व्यक्तिलाई सिर्जनशिल, रोजगारयुक्त र क्रियाशिल बनाउने वताउँदै सक्रियताका साथ तालिम लिन सहभागीहरुलाई आग्रह गरेका थिए ।
संघका अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले गरेका थिए ।
पोखरा, ०२ चैत्त।
गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले माध्यमिक शिक्षा परीक्षा ९एसईई० जस्तो महत्वपूर्ण राष्ट्रिय परीक्षालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी ढंगले सञ्चालन गर्न कार्यशालाहरू अत्यन्त महत्वपूर्ण हुने बताएका छन्।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विकास महाशाखाद्वारा आयोजित दुई दिने “माध्यमिक शिक्षा परीक्षा ९एसईई० सञ्चालन तथा व्यवस्थापन सुधार कार्यशाला” कार्यक्रममा उनले यस्तो बताएका हुन् । मन्त्री थापाले परीक्षा व्यवस्थापनमा संलग्न सरोकारवालाबीच अनुभव आदान–प्रदान, समस्या पहिचान तथा समाधानका उपायबारे गहन छलफल हुने विश्वास व्यक्त गरे।
उनले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थीमैत्री र व्यवस्थित परीक्षा प्रणाली विकास गर्नु प्रदेश सरकारको प्राथमिकतामा रहेको उल्लेख गरे । शिक्षाको गुणस्तर सुधार र परीक्षालाई अझ व्यवस्थित बनाउँदै लैजान प्रदेश सरकार प्रतिबद्ध छ” मन्त्री थापाले भने ।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका निवर्तमान अध्यक्ष डा। महाश्रम शर्माले शिक्षाको क्षेत्रमा गण्डकी प्रदेशले आफ्नो अधिकार अनुसार राम्रो काम गरिरहेको बताए। सूचना, सञ्चार तथा प्रविधिमा आएको परिवर्तनलाई आत्मसात गर्दै परीक्षा प्रणालीलाई अझ व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको बनाउन निरन्तर मेहनत गर्नुपर्ने उनले उल्लेख गरे। पारदर्शी, व्यवहारिक र व्यवस्थित व्यवस्थापनबाट परीक्षा प्रणालीमा सुधार ल्याउन सकिने उनको भनाइ थियो।
त्यसैगरी, राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख सुभाष पन्तले एसईई परीक्षालाई प्रविधिमैत्री ढंगले व्यवस्थित गर्नतर्फ विशेष ध्यान दिनुपर्ने बताए।
शिक्षा विकास महाशाखाका प्रमुख दामोदर सुवेदीले दुई दिने कार्यशालाबाट तयार हुने प्रतिवेदनका आधारमा गण्डकी प्रदेश सरकारले शिक्षामा आफ्नो अधिकार अनुरूपका काम अगाडि बढाउने र आवश्यक विषयमा केन्द्र सरकारलाई समेत सिफारिस गर्ने जानकारी दिए। उनले विद्यार्थीको रजिस्ट्रेसनदेखि प्रमाणपत्र प्राप्त गर्ने समयसम्म देखिने समस्याहरूलाई सम्बोधन गर्ने गरी नीति तथा व्यवस्थापन सुधार गर्नुपर्ने आवश्यकता औंल्याए ।
उक्त कार्यशालामा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवाला, शिक्षक, परीक्षा व्यवस्थापनमा संलग्न प्रतिनिधि तथा सम्बन्धित निकायका अधिकारीहरूको सहभागिता रहेको थियो।
पोखरा, ०२ चैत ।
पोखराको रानीपौवामा रहेको मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले यही चैत २८ गते पोखरामा आयोजना हुने पोखरा रात्रिदौड प्रतियोगिता–२०८३ मा हस्पिटल पार्टनरका रूपमा सहयोग गर्ने भएको छ । मेडिप्लस हस्पिटलका प्रमुख सञ्चालन अधिकृत प्रकाश वि.क. र प्रतियोगिता संयोजक दीननाथ बरालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौताअनुसार प्रतियोगिता सफल बनाउन हस्पिटलले निःशुल्क एम्बुलेन्स सेवासहित आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने र आयोजकले प्रतियोगिता अवधिभर हस्पिटललाई आधिकारिक ‘हस्पिटल पार्टनर’का रूपमा समावेश गर्ने सहमति भएको हो । यसका साथै हस्पिटलले प्रतियोगिताको खुलातर्फको तेस्रो पुरस्कार नगद पाँचहजार रुपैयाँ पनि सहयोग गर्ने पोखरा क्लिकका व्यवस्थापक सागर सुनारले जानकारी दिए ।
विगत सात वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको उक्त हस्पिटलमा जनरल मेडिसिन, हाडजोर्नी, महिला रोग, नाक–कान–घाँटी, मानसिक रोग, बाल रोग, मुटु रोग तथा क्यान्सरलगायतका रोगको विशेषज्ञ चिकित्सकबाट उपचार सेवा उपलब्ध रहेको प्रमुख सञ्चालन अधिकृत वि.क. बताउँछन् ।
हस्पिटलमा सामाजिक सुरक्षा कोष तथा भारतीय भूतपूर्व सैनिकहरूको योगदानमा आधारित (ईसिएचएस) उपचार सेवा पनि सञ्चालनमा रहेकोसमेत वि.कले जानकारी दिए । पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रको आयोजनामा पोखरा महानगरपालिका वडा नम्बर ९ को समन्वयमा पोखरामा पहिलो पटक रात्रिदौड प्रतियोगिता सञ्चालन हुने भएको हो ।
प्रतियोगितामा खुलातर्फ प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई पाँचहजार रुपैयाँ नगद, मेडल तथा प्रमाणपत्र र महिला, विद्यार्थी (यू–१६) र विदेशी धावकतर्फका विजेतालाई प्रोत्साहन पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्राविधिक ओम गुरुङ बताउँछन् ।
खेल पर्यटनका माध्यमबाट पोखराको पर्वद्धनका लागि क्रियाशील रहेका दुई संस्था पोखरा क्लिक र पोखरा पर्वद्धन केन्द्रले यसअघि पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताका दुई संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेका छन् । अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित पर्यटन पवद्र्धनात्मक कार्यक्रमका तुलनामा नेपाली नयाँ वर्षमा पर्वद्धनात्मक कार्यक्रम कम भएकाले “जाग्छ पोखरा, दौडाउँछ पोखरा” भन्ने अवधारणामा रात्रि दौड आयोजना गर्न लागिएको पोखरा पर्वद्धन केन्द्रका उपाध्यक्ष असफल गौतम बताउँछन् ।
पाँच किलोमिटर दूरीको उक्त दौड बाराही घाटबाट सुरु भई लेकसाइड, पोखराका प्रमुख नगरी क्षेत्र, न्यूरोड, महेन्द्रपुल हुँदै झण्डा पार्क (फल्चा) मा पुगेर समापन हुने भएको छ । रात्रिकालीन दौडमार्फत् पोखराको पर्यटन, सांस्कृतिक सौन्दर्य र खेलकुद गतिविधिलाई एकैसाथ प्रवद्र्धन गरी पर्यटकीय राजधानी पोखरालाई खेल पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य रहेको छ ।





