२०८३ मंसिर १ सोमबार
२०८३ मंसिर १ सोमबार

पोखरा, १७ फागुन ।

चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता २०८२ को उपाधि प्लस–२ तर्फ बागलुङको चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल तथा विश्वविद्यालय ९कलेज० तर्फ इन्फरमेटिक्स कलेजले च्याम्पियन भएका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल ९हिसान० गण्डकीको आयोजनामा तथा सबिन मेमोरियल एफसीको व्यवस्थापनमा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा प्रतियोगिता सम्पन्न भएको हो ।

प्लस–२ तर्फको फाइनल खेलमा चिल्ड्रेन लाइफले पोखरा मासबारस्थित स्टेप वाई स्टेप स्कुललाई ३–१ गोलले पराजित गर्दै च्याम्पियन बन्यो । चिल्ड्रेन लाइफको जितमा आयुष पौडेलले दुई गोल तथा बरदान थापा मगरले एक गोल गरे भने स्टेप वाई स्टेपका आश्रय कुँवरले सान्त्वना गोल फर्काए । स्टेप वाई स्टेप लगातार दोस्रो पटक उपविजेतामै सीमित बन्यो ।

उपाधिसँगै चिल्ड्रेन लाइफले नगद रु १ लाखसहित रनिङ शिल्ड प्राप्त गर्‍यो भने उपविजेता स्टेप वाई स्टेपले नगद रु ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्‍यो । प्लस–२ तर्फ स्टेप वाई स्टेपका कुन्जन पौडेल उत्कृष्ट खेलाडी घोषित भए । चिल्ड्रेन लाइफका रेशम बाबु रिजाल उत्कृष्ट गोलकिपर तथा आयुष पौडेल सर्वाधिक गोलकर्ता बने ।

यता विश्वविद्यालय ९कलेज० तर्फ इन्फरमेटिक्स कलेजले आफ्नो दबदबा कायम राख्दै उपाधि रक्षा गर्न सफल भयो । फाइनलमा इन्फरमेटिक्सले लेक सिटी कलेजलाई १–० गोल अन्तरले पराजित गर्‍यो । इन्फरमेटिक्सका लागि निर्णायक गोल सुशिल बरुवालले गरेका थिए ।

च्याम्पियन इन्फरमेटिक्सले नगद रु २५ हजार तथा उपविजेता लेक सिटी कलेजले नगद रु १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । विश्वविद्यालयतर्फ इन्फरमेटिक्सका नारायण प्रकाश पुन उत्कृष्ट खेलाडी घोषित भए भने पुकार गुरूङ उत्कृष्ट गोलकिपर र इन्फोम्याक्सका सवल दाहाल सर्वाधिक गोलकर्ता बने ।

प्रतियोगिताका विजेता टोली तथा उत्कृष्ट खेलाडीहरुलाई गण्डकी विश्वविद्यालयका उपकुलपति डा। कृष्ण राज अधिकारी, नेपाल ओलम्पिक कमिटी स्पोर्ट्स एकेडेमीका अध्यक्ष तेजबहादुर गुरूङ, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश व्यवस्थापन कार्यालयकी उपसचिव इश्वरी शाह, हिसान केन्द्रीय सल्लाहकार बाबुराम पन्त, केन्द्रीय उपाध्यक्ष डोलराज पाण्डेलगायतले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा हिसान गण्डकी प्रदेशका अध्यक्ष डा।रामजी शर्माले प्रतियोगिताले युवा खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबिन मेमोरियल एफसीलगायत सबैप्रति आभार व्यक्त गरे ।

प्रतियोगितामा प्लस–२ तर्फ विभिन्न जिल्लाबाट छनोट भएका १६ टोली तथा विश्वविद्यालय ९कलेज० तर्फ ८ टोली गरी कुल २४ टोलीको सहभागिता रहेको थियो । प्लस–२ समूहमा कास्कीबाट ८, बागलुङबाट ३, तनहुँबाट ३ तथा पर्वत र म्याग्दीबाट समान १–१ टोली सहभागी रहेको आयोजकले जनाएको छ ।

पोखरा, १७ फागुन ।

पोखराको फेवाताल किनारमा फागु पूर्णिमा होलीको दिन हरेक वर्ष हुँदै आएको बृहत् होली विशेष कार्यक्रम ‘होलिल्याण्ड’ यसपटक नहुने भएको छ । प्रचार नेपालको र स्पेक्स फोर्टिनले गर्दै आएको ‘होलिल्याण्ड’ यसपटक प्रतिनिधि सभा निर्वाचनका कारण नहुने प्रचार नेपालका संचालक आशिष पुरीले जानकारी दिए ।

हरेक वर्ष होलीको अवसरमा फेवा किनारको बाराहीघाट चौरमा हट एअर बेलुन, अल्ट्रालाइट, ड्रोन स्प्लयास, खानाको स्टल र सांगीतिक प्रस्तुतिसहित होली विशेष कार्यक्रम हुँदै आएको थियो । प्रचार नेपालले पोखरामा प्रायः सांगीतिक कार्यक्रम गर्दै आएको छ ।

 

पोखरा, १७ फागुन ।

नेपाल कम्युनिष्ट पार्टी ९एमाले० कास्की निर्वाचन क्षेत्र नं।३ ले फागुन २१ मा हुने निर्वाचनलाई लक्षित गर्दै ‘सुरक्षा कमाण्ड’ घोषणा गरेको छ । पोखरामा आयोजित विशाल भेलामा सयौं युवाको सहभागिता रहेको थियो । सहभागी युवाहरूले एमालेका उम्मेदवारलाई विजयी गराउने दृढ प्रतिबद्धतासहित कमाण्ड घोषणा गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि एमाले नेता तथा पूर्व मन्त्री जगत बहादुर विश्वकर्माले चौतर्फी घेराबन्दीका बीच पनि एमालेको जित सुनिश्चित हुने दाबी गरे । उनले युवाहरूलाई अझ सक्रिय र संगठित भएर निर्वाचनमा होमिन आग्रह गरे ।

एमाले कास्की–३ का उम्मेदवार दामोदर पौडेल ९वैरागी० ले एमाले जनतामाझ स्थापित शक्ति भएको उल्लेख गर्दै समृद्ध नेपालको नेतृत्व एमालेले गर्ने विश्वास व्यक्त गरे । समानुपातिकतर्फका उम्मेदवारहरूलाई समेत विजयी गराउने संकल्प सभाले गरेको छ ।

५ सय सदस्यीय सुरक्षा कमाण्ड गठन
भेलाले पानबहादुर जिसी, नमराज केसी र मञ्जु कुँवरको नेतृत्वमा ५ सय सदस्यीय सुरक्षा कमाण्ड घोषणा गरेको छ । एमाले नेता लक्ष्मी अधिकारीका अनुसार निर्वाचनलाई आफ्नो पक्षमा पार्ने र निर्वाचन विरोधी गतिविधि नियन्त्रण गर्ने उद्देश्यले कमाण्ड गठन गरिएको हो ।

क्षेत्र नं। ३ अन्तर्गत पर्ने पोखरा महानगरका वडा नं। १, २, ५, १८, १९, २४ र २५ को कमाण्ड जिम्मेवारी डिल्लीराम सुवेदीलाई दिइएको छ । अन्य वडाको जिम्मा सूर्य भण्डारीलाई तोकिएको छ । त्यस्तै माछापुच्छ्रे गाउँपालिका मा दलबहादुर लामिछाने र अन्नपूर्ण गाउँपालिका मा शिव सुवेदीलाई कमाण्डरको जिम्मेवारी प्रदान गरिएको छ ।

कार्यक्रममा नेता राजिव पहारी, माधव बास्तोला, कमाण्डर शिव सुवेदी र जेनजी शिवानी पौडेलले एमालेको पक्षमा जुनसुकै शक्तिविरुद्ध पनि सक्रिय रहने प्रतिबद्धता जनाए । उक्त भेला नेकपा एमालेका युवा नेता पानबहादुर जिसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फागुन २१ को निर्वाचनलाई केन्द्रित गर्दै एमाले कास्की–३ ले घोषणा गरेको सुरक्षा कमाण्डले क्षेत्रको राजनीतिक माहोल तताएको छ । युवा उत्साह र संगठनात्मक सक्रियतासँगै एमालेले चुनावी मैदानमा आफूलाई थप मजबुत बनाउने संकेत दिएको छ ।

काठमाडौं, १७ फागुन ।

हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् ।

सारजहा, दोहा, दुबई, कुवेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिजो दिउँसो र रातिका सबै उडान रद्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए ।

सिटौलाका अनुसार उडानहरु कहिले खुल्छन् भन्नेबारे अर्को निर्णय भएपछि जानकारी गराइने छ ।

यसैबीच यात्रुलाई आफ्नो उडानका लागि विमानस्थल जानुभन्दा अगाडि सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरेर मात्र जान विमानस्थल कार्यालयले आग्रह गरेको छ ।

काठमाडौं, १७ फागुन ।

इरानले संयुक्त अरब इमिरेट्स ९यूएई०लाई लक्षित गरी गरेको पछिल्लो हवाई आक्रमणमा परी एक नेपाली नागरिकसहित तीन जनाले ज्यान गुमाएका छन् ।संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयले आइतबार जारी गरेको प्रतिवेदन अनुसार, आक्रमणमा परी नेपाल, पाकिस्तान र बंगलादेशका एकरएक गरी कूल तीन जना विदेशी नागरिकले ज्यान गुमाएका छन् ।

यूएईका लागि नेपाली राजदूत तेज बहादुर क्षेत्रीका अनुसार एक नेपालीको मृत्यु भएको छ। यद्यपि मृत्यु हुनेहरूको परिचय भने मन्त्रालयले खुलाएको छैन ।

रक्षा मन्त्रालयका अनुसार इरानले हालसम्म १६५ वटा ब्यालेस्टिक मिसाइल, दुईवटा क्रुज मिसाइल र ५४१ वटा ड्रोन प्रहार गरिसकेको छ । यूएईको शक्तिशाली हवाई रक्षा प्रणालीले अधिकांश मिसाइल र ड्रोनहरूलाई आकाशमै नष्ट गरिदिए तापनि ३५ वटा ड्रोनहरू मुलुकका विभिन्न स्थानमा खसेका थिए ।

तीमध्ये २१ वटा ड्रोनहरूले नागरिक बस्ती र भौतिक संरचनालाई निशाना बनाउँदा मानवीय क्षति भएको हो । यस आक्रमणमा परी नेपालसहित भारत, फिलिपिन्स, इजिप्ट, इथियोपिया र पाकिस्तान लगायत १५ विभिन्न देशका ५८ जना नागरिक सामान्य घाइते भएका छन् । मन्त्रालयले घाइतेहरूको अवस्था खतरामुक्त रहेको र उनीहरूको उपचार भइरहेको जानकारी दिएको छ ।

काठमाडौं, १७ फागुन ।

परराष्ट्र मन्त्रालयले मध्यपूर्वका विभिन्न देशमा १७ लाखभन्दा बढी नेपाली रहेका जनाएको छ । मन्त्रालयका सहसचिव एवं मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले करिव १७ लाख २९ हजार २ सय ८८ नेपाली नागरिक मध्यपूर्वमा रहेको जानकारी दिनुभयो । मन्त्रालयले आईतवार मध्यपूर्व क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमको बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो ।

मन्त्रालयले ती देशका लागि ट्राभल एड्भाइजरी जारी गर्दै सुरक्षित रहन आग्रह गरेको छ । साथै, सम्बन्धित देशमा रहेका नेपाली नियोग प्रमुखहरूसँग समन्वयका लागि ह्वाट्सएप समूह गठन गरिएको उहाँले जानकारी दिनुभयो । जहाँ स्थानीय गतिविधि र नेपालीहरूले भोगेका समस्याबारे नियमित अपडेट भइरहेको छ । खड्काले उद्धार तथा नागरिकको अवस्थाबारे तथ्यांक संकलन गर्न कन्सुलर सेवा विभाग मार्फत अनलाइन दर्ता प्लेटफर्म विकासको काम शुरु गरेको जानकारी दिनुभयो । दर्ता प्लेटफम सबै नियोगहरूको वेबसाइटमा उपलब्ध गराइनेछ ।

उहाँले आईतवार मुख्यसचिव सुमनराज अर्यालको नेतृत्वमा बसेको सर्वपक्षीय बैठकले परराष्ट्र सचिव अमृतबहादुर राईको नेतृत्वमा सरोकारवाला निकायका प्रतिनिधि रहने गरी आकस्मिक उद्धार टोली गठन गर्ने निर्णय गरेको पनि जानकारी दिनुभयो । सम्भावित युद्धको अवस्था, त्यसको अवधि, छिमेकी मुलुकहरूको कदम र सम्बन्धित देशहरूको तत्परताका आधारमा उद्धार रणनीति तय गरिने उहाँले जानकारी दिनुभयो ।

उहाँकाअनुसार इरानमा रहेका १० नेपालीमध्ये ४ जना स्वदेश फर्किसकेका छन् भने ६ जना अझै त्यहीं छन् । इजरायलमा करिव ६ हजार ५ सय, इजिप्टमा ५ सय, ओमनमा २५ हजार, कतारमा ३ लाख ५७ हजार ९ सय १३, कुवेतमा १ लाख ७५ हजार, बहराइनमा २८ हजार, साउदी अरेबियामा ३ लाख ८४ हजार ८ सय ६५, संयुक्त अरब इमिरेट्समा करिब ७ लाख, लेबनानमा १ हजार ४ सय, इराकमा ३० हजार र साइप्रसमा १७ हजार नेपाली नागरिक मध्यपूर्वमा रहेका छन् ।

उहाँले भन्नुभयो, ‘खासगरि यतिखेरको अवस्थामा परराष्ट्र मन्त्रालय र नेपाल सरकारको उच्च प्राथमिकतामा मध्य पूर्वमा रहेका नागरिकहरुको सुरक्षा रहेको छ । यसको लागी हामीले विभिन्न प्रक्रियाको थालनी गरेका छौँ । मध्यपूर्वको ईरानमा १० जना नेपाली थिए, त्यसमा ४ जना फर्किसकेका छन्, ६ जना हुनुहुन्छ । ईजरायलमा करिव ६ हजार ५ सय हुनुहुन्छ । इजिप्टमा ५ सय हुनहुन्छ, ईजिप्टमा प्रभाव छैन तर जोर्डन प्रभावित देखिन्छ ।

ओमनमा २५ हजार, कतारमा ३ लाख ५७ हजार ९ सय १३, कुवेतमा १ लाख ७५ हजार, बहराईनमा २८ हजार, साउदी अरवमा ३ लाख ८४ हजार ८ सय ६५, संयुक्त अरव इमिरेटमा लगभग ७ लाख, लेभलानमा १ हजार ४ सय, इराकमा ३० हजार र साईप्रसमा १७ हजार गरि करिव १७ लाख २९ हजार २ सय ८८ नेपाली नागरिक मध्येपूर्वमा रहेका छन् । सरकारले उनीहरुलाई सुरक्षित रहनको लागी ट्राभल एड्भजारी जारी गरेको छ ।

मन्त्रालय र सम्बन्धित देशमा रहेका नेपाली नियोग प्रमुखहरुको ह्वाट्सएप ग्रुप बनाएका छौँ । त्यहाँका गतिविधिहरु ग्रुपमा अपडेट गर्ने गरिएको छ । नेपालीहरुले भोगेको समस्याको पनि त्यहाँ अपडेट हुने गरेको छ । त्यसैगरि कन्सुलर सेवा विभागलाई नेपाली नागरिकको उद्धार गर्नको लागि र नेपालीहरुको अवस्थाको जानकारीको लागि रजिष्ट्रेसन प्लेटर्फम विकास गर्ने कामको थालनी भएको छ । यो भोलिसम्ममा तयार हुन्छ र सबै नेपाली नियोगहरुको वेवसाईटमा हामी त्यसलाई राख्नेछौँ । त्यसले नेपाली नागरिकलाई आफ्नो डाटा राख्न सजिलो हुन्छ । कन्सुलर सेवा विभागले एपको पनि विकास गरेको छ । संगै आज मुख्यसचिवज्युको नेतृत्वमा सम्पुर्ण सरोकारवालाहरुको उपस्थितिमा बैठक बसेको थियो । बैठकले परराष्ट्र मन्त्रालयको सचिवको नेतृत्वमा सरोकारवाला निकायका प्रतिनिधि रहनेगरि आकस्मिक उद्धार टिम गठन गर्ने निर्णय गरिएको छ ।

उद्धारको सन्दर्भमा युद्धको कस्तो अवस्था रहन्छ, लामो समय जाने अवस्थामा छिमेकी मुलुकहरुले लिने कदम, सम्बन्धितछ मुलुकहरुले देखाउने तत्परताको समयको अवस्थालाई हेरेर उद्धारको रणनीति लिनुपर्ने हुनसक्छ भन्ने मन्त्रालयको बुझाई छ । यो इमरजेन्सी टाकफोर्सको चाँही स्थायी संरचना नै बनाउन आवश्यक छ । किनभने ठुलो संख्यामा नेपालीहरु बाहिर हुनुहुन्छ, । उहाँहरुलाई कुनैपनि समय यो पर्न सक्छ । यसलाई नेपाल सरकारले नै निर्णय गरेर स्थायी पूर्ण अधिकारहितको संरचना बनाउन आवश्यक छ ।’

मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले हालसम्म प्राप्त सूचनाअनुसार मध्यपूर्वमा रहेका नेपालीहरू सुरक्षित रहेको बताउनु भयो । उहाँकाअनुसार मध्यपुर्व क्षेत्रमा रहेका १० नेपाली नियोगहरूले स्थानीय सरकार र नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रही मन्त्रालयलाई प्रतिवेदन पठाइरहेका छन् । ढकालले मध्यपूर्वमा रहेका नेपालीलाई नआत्तिन, सुरक्षित रहन, आफन्तसँग सम्पर्कमा रहिरहन तथा स्थानीय सरकार र दुतावासबाट जारी आधिकारिक सूचनाको पालना गर्न आग्रह गर्नुभएको छ । उहाँले नेपालमा रहेका आफन्तलाई पनि अनाश्यक सूचनाको पछि नलागी नियमित परिवारको सदस्यसंग सम्पर्कमा रहन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेसम्म प्राप्त सूचना र जानकारीअनुसार मध्यपूर्वमा रहेका नेपालीहरु सुरक्षित हुनुहुन्छ । मध्यपूर्वमा रहेका विभिन्न मुलुकका १० वटा नेपाली नियोगहरु त्यहाँ रहेका नेपाली समुदायहरुसंग निरन्तर सम्पर्कमा हुनुहुन्छ, उहाँहरुको अवस्था बुझिरहनु भएको छ र मन्त्रालयमा रिर्पोट गरिराख्नुभएको छ । हाम्रा नियोगहरु मध्येपुर्वमा रहेका विभिन्न मुलुकका सरकार र आधिकारिक निकायसँग निरन्तर सम्पर्कमा हुनुहुन्छ । मध्यपुर्वमा रहनुभएका नेपालीहरुलाई म निवेदन गर्न चाहन्छु, तपाईहरु नआत्तिनुहोला, आफूलाई सुरक्षित राख्नुहोला । आफन्तहरुसँग निरन्तर सम्पर्कमा रहनुहोला । स्थानिय सरकारहरुद्वारा जारी गरिएका अधिकारिक सूचनाहरु थाहा पाइराख्नुहोला । दुतावास र पराष्ट्रमन्त्रालयसँग निरन्तर सम्पर्कमा रहनुहोला ।’
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले मध्यपूर्व क्षेत्रमा विकसित घटनालाई नेपाल सरकारले नजिकबाट नियालिरहेको बताउनु भयो । उहाँले सबै पक्षहरुलाई अधिकतम संयमता अपनाउन, तनावलाई थप बढ्न नदिन र सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्नको लागि नेपाल सरकारले आग्रह गरेको बताउनु भयो ।

नेपालले कुटनीतिक र वार्ताको माध्यमबाट विवाद समाधान गर्न, संयुक्त राष्ट्रसंघको वडापत्र र अन्तर्राष्ट्रिय कानूनका पालन गर्न र सबै राष्ट्रको सार्वभौम अधिकारको सम्मान गर्न पनि आह्वान गरेको छ ।

एजेन्सी, १७ फागुन ।

कराँचीको माई कोलाची रोडमा रहेको अमेरिकी वाणिज्य दूतावास नजिक प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको झडपमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।

पाकिस्तानको कराँचीस्थित माई कोलाची रोडस्थित अमेरिकी वाणिज्य दूतावास नजिकै प्रदर्शनकारी र सुरक्षाकर्मीबिच भएको झडप हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ।

सिभिल अस्पताल कराँची ९सिएचके० ट्रमा सेन्टरका कार्यकारी निर्देशक डा। मोहम्मद साबिर मेमनले घटनामा ३२ जना घाइते भएको बताएका छन् । उनले सार्वजनिक गरेको सूचीअनुसार सबै हताहतको कारण ‘गोली’ रहेको छ।

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्यापछि सुरु भएको यो विरोध प्रदर्शनले उग्र रूप लिएको थियो। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र लाठीचार्ज गरेको जनाइएको छ।

प्रहरी शल्य चिकित्सक डा। सुमैया सैयदले सिएचकेमा ६ वटा शव ल्याइएको र जिन्नाह पोस्टग्रेजुएट मेडिकल सेन्टर ९जेपिएमसी० मा दुई घाइते प्रहरीसहित अन्यको उपचार भइरहेको बताइन्। प्रहरीलाई ‘कडा र कुटिल उपकरणहरू’ प्रहार गरी घाइते बनाइएको उनले जानकारी दिइन्।

सिन्धका गृहमन्त्री जियाउल हसन लन्जरले घटनाको तत्काल प्रतिवेदन माग्दै ‘कसैलाई पनि कानुन हातमा लिन दिइने छैन’ भनेका छन्। उनले संवेदनशील क्षेत्रको सुरक्षा कडा पार्न र ‘कानुन र व्यवस्था खलल पार्ने तत्त्वहरू विरुद्ध कानुन बमोजिम कारबाही गरिने’ चेतावनी समेत दिएका छन्।

पोखरा, १३ फागुन ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष एवं कास्की क्षेत्रनम्बर २ का उम्मेदवार हेमजंग गुरुङले व्यवस्था फेर्ने गरी राप्रपा चुनावमा होमिएको बताएका छन् । चुनावी प्रचारको क्रममा पोखरा विरौटामा भएको कोण सभालाई सम्बोधन गदैँ गुरुङले भ्रष्टचारलाई अन्त्य गर्न र देशमा सुशासन कायम गर्न व्यवस्था फेर्नुको विकल्प नभएको बताए ।

भ्रष्टचारीलाई कडा कारवाही गर्ने र देशमा सुशासन काय गर्ने, संबैधानीक राजसंस्था र सनातन हिन्दुराष्ट कायम गर्न राप्रपा प्रतिबद्ध रहेको गुरुङले दावी गरे । पोखरामा विकास निमर्माणमा भएको गतिरोध अन्त्य गदैँ, यहाँ भएका विकृति विंगती हटाउन र अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिङय उडानका लागि पहल गर्ने गुरुङले प्रतिवद्धता व्यक्त गरे ।

मतदाताको शिर कहिले नझुक्ने गरी काम गर्ने बताउदैँ गुरुङले फागुन २१ गते मतदान गरी विजयी गराइदिन मतदातालाई आग्रह गरे । कास्कीका जनताको आवाज संसदमा उठाउन एक पटक यसैपटक बिजयी गराइदिन गुरुङले आहन गरे ।

पोखरा, १३ फागुन ।

कास्की क्षेत्र नं. ३ का नेकपा (एमाले) का उम्मेदवार दामोदर पौडेल ‘वैरागी’ले माछापुच्छ्रे गाउँपालिकाका विभिन्न वडामा बुधबार घरदैलो कार्यक्रम गरेका छन् । उनले घलेल, खोराको मुख, ल्वाङ, लाहाचोक र घाचोकका बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा छलफल गरेका हुन् ।

घरदैलोका क्रममा स्थानीय बासिन्दाले विशेष गरी होमस्टे सञ्चालनलाई प्रभावकारी बनाउन सडक पूर्वाधार सुधार गर्नुपर्ने माग राखेका छन् । पर्यटक सहज रूपमा आवतजावत गर्न सक्ने सडक निर्माण, पर्यटनमैत्री नीति र दीगो विकास योजनामा प्राथमिकता दिनुपर्ने उनीहरूले सुझाव दिएका थिए् ।

विहानैदेखि विभिन्न टोलबस्तीमा पुगेका वैरागीले स्थानीयका समस्या सुन्दै आर्थिक विकासलाई मुख्य प्राथमिकतामा राख्ने बताएका छन् । उनले भने, ‘गाउँ चिनेको छु, समाज बुझेको छु । आशा मर्न दिँदिनँ । आर्थिक विकास बिना गरिबी घटाउन, युवा पलायन रोक्न, शिक्षा–स्वास्थ्यमा लगानी बढाउन र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिँदैन । त्यसका लागि आवश्यक नीति र कार्यक्रम ल्याइनेछ ।’

उनले एमालेसँग काम गरेर देखाएको इतिहास रहेको उल्लेख गर्दै सडक, शिक्षा, पूर्वाधार र समग्र विकासका क्षेत्रमा निरन्तरता आवश्यक रहेको बताए । अधुरा योजना पूरा गर्ने र सुरु गरिएका कार्यक्रमलाई निष्कर्षमा पु¥याउने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

वैरागीले अन्नपूर्ण आधार शिविर, फेवाताल लगायत कास्की–३ का विभिन्न गाउँमा देखिएका जलवायु परिवर्तन, भू–संरक्षण तथा बाढीपहिरोका समस्या समाधानका लागि निरन्तर पहल गर्ने बताए। उनले स्थानीय आवश्यकता र दीगो विकासलाई केन्द्रमा राखेर अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

 

पोखरा एयरपोर्टबाट भारतका सहरमा उडान सुनिश्चित गर्न पोउवा संघको माग
पोखरा, १३ फागुन ।

नेपालस्थित भारतीय राजदूताबासका प्रथम सचिव सुमन शेखरले सूचना प्रविधि तथा नवप्रवर्तनका निम्ति नेपाल र भारतबीचको सुरु भएको साझेदारी फलदायी देखिएको बताएका छन् । दूताबासका वाणिज्यतर्फका प्रथम सचिव सुमनले हालै भारतमा भएको स्टार्ट अपको महाकुम्भ तथा आइटी सम्मेलनमा नेपालको तर्फबाट भएको सहभागिता अर्थपूर्ण रहेको पनि बताए ।

प्रथम सचिव सुमन उनको सम्मानमा बुधबार पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै थिए । उनले सूचना प्रविधि र स्टार्ट अपसम्बन्धी अब आयोजना हुने मेलामा पनि नेपाली सहभागिता सुनिश्चित हुने बताए । स्टार्ट अप र कृतिम बुद्धिमत्ता (एआई) को क्षेत्रमा नेपाल र भारतबीच साझेदारी गरिने उनको भनाइ थियो ।

 उनले भारतले नेपाली उत्पादनको प्रवद्र्धनका साथै भौतिक निर्माणमा गरेको सहयोगको स्मरण गर्दै हाल नेपालबाट १२ सय मेघावाट विद्युत आयात गरिरहेको भारतले आउँदो १० वर्षमा १० हजार मेघावाट विद्युत खरिदको सम्झौता गर्दै यहाँको जलविद्युत विकासमा पनि सघाएको धारणा राखे ।

 कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय सहरमा सोझै यात्राको वातावरण तथा भारतीय पर्यटकलाई नेपाल भित्र्याउनका निम्ति सहयोगको आग्रह गरेकोमा प्रथम सचिव सुमनले यी दुबै मागप्रति आफू सकारात्मक भएको बताए ।

अध्यक्ष कार्कीले स्वागत मन्तव्यको क्रममा एयरपोर्ट संचालनसँगै, सिद्धार्थ राजमार्गको स्तरोन्नतिको विषय पनि उठान गरेका थिए । समान संस्कृति भएका नेपाल र भारतलाई आस्थाले पनि जोडेको चर्चा गर्दै अध्यक्ष कार्कीले भनेका थिए,‘रोजगारीदेखि उपचार र अध्ययनका लागि नेपालबाट दैनिक हजारौँ नागरिक भारत पुग्ने गरेको तथ्यबारे प्रथम सचिवज्यू जानकार हुनुहन्छ ।

यसरी भारत जाने नेपालीहरुको सहजताको निम्ति पोखरा– दिल्ली,पोखरा–वाराणसीबीच सोझो हवाइ यात्रा होस् भन्ने हाम्रो चाहना रहेको छ  । पोखरामा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनेको छ । दुई ठूला राष्ट्रबीच रहेको नेपाल दुबै छिमेकीसँग असल मित्रता चाहन्छ । दुबैले दिएको सहयोग स्वीकार्छ । मित्रराष्ट्र चीन सरकारको ऋण सहयोगबाट निर्मित यो विमानस्थलबाट भारतीय सहरमा किन उडान भएन भन्नेबारे विभिन्न टिका टिप्पणी भएको हामीले सुन्दै आएका छौँ । म प्रथम सचिवज्यूसमक्ष पोखराबाट भारतीय सहरहरुमा उडान सुनिश्चिताको पहल कदमी लिइदिनुहुन हार्दिक अनुरोध गर्दछु ।’

अध्यक्ष कार्कीले धेरैभन्दा धेरै पर्यटक आकर्षित गर्नका निम्ति भारतका विभिन्न सहरहरुमा प्रवद्र्धनात्मक गतिविधि गर्न पोखराको निजी क्षेत्र तयार रहेको बताउँदै त्यसको सहजीकरणको अनुरोधसमेत गरेका थिए ।

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमले महिला उद्यमीबाट उत्पादित बस्तुहरुको बजार प्रवद्र्धनका निम्ति भारतीय सहयोगको अपेक्षा राखेकी थिइन् भने उपमहासचिव सुदीप प्रधानाङ्गले भारतबाट सामानहरु आयात गर्दा ढुवानी खर्च कम गर्नेतर्फ सहजीकरणको आग्रह गरेका थिए । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो । 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।