२०८३ जेष्ठ ४ सोमबार
२०८३ जेष्ठ ४ सोमबार

एजेन्सी, ०७ फागुन ।

मध्य नाइजेरियाको पठार राज्यमा बुधबार भएको ग्यास विस्फोटमा परी करिब ३८ जना खानी मजदुरको मृत्यु भएको छ।

स्थानीय स्रोतले पठार राज्यको बसार जिल्लास्थित कम्पानिन जुराक खानी क्षेत्रमा भएको विस्फोटमा परी अन्य २७ जना घाइते भएको जनाएको हो । स्थानीय समुदायका एक नेता अल्हाजी अलियु अदामु इद्रिसले मानिसहरू खानिको खाल्डोमा भएको र अचानक ग्यास विस्फोट बताएका छन् ।

पश्चिम अफ्रिकी देशले विगतमा पनि यस्तै घातक खानी दुर्घटना देखेको छ। गत सेप्टेम्बरमा भारी वर्षाका कारण अवैध खानिमा ढुङ्गा खस्दा करिब १८ जनाको मृत्यु भएको थियो ।

काठमाडौं, ०७ फागुन।

रास्वपाले आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेको छ । आज ९बिहीबार० सुर्खेतमा आयोजित परिवर्तन उद्घोष सभामार्फत रास्वपाले आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेको हो ।

जहाँ ‘रूपान्तरणका लागि नीतिगत प्रस्थानका १०० आधारहरू’ मूल शीर्षकमा आफ्नो वाचा सार्वजनिक गरिएको छ ।

काठमाडौं, ०७ फागुन।

नेकपा एमालेले सबै तहमा अस्पताल पूर्वाधार निर्माण, आधुनिक उपकरणको व्यवस्था, सेवाको गुणस्तर निर्धारण तथा आवश्यक जनशक्ति व्यवस्थापन गरी विश्वस्तरीय स्वास्थ्य सेवा स्वदेशमै उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । बिहीबार आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको चुनावी घोषणापत्र सार्वजनिक गर्दै आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क, विश्वसनीय तथा सबै नागरिकको पहुँचमा पुग्ने बनाउने प्रतिबद्धता जनाएको हो ।

त्यस्तै स्वास्थ्य बीमामा देखिएका वित्तीय तथा व्यवस्थापकीय समस्याहरू समाधान गरी नागरिकलाई सहज स्वास्थ्य सेवा सुनिश्चित गर्ने ,आधारभूत स्वास्थ्य सेवालाई प्रमाणमा आधारित प्राथमिकीकरण गरी निःशुल्क, विश्वसनीय र सर्वव्यापी बनाउने घोषणा गरेको पनि गरेको छ ।

स्वास्थ्य प्रणालीमा रहेको दोहोरो वित्तीय बोझ, सेवा उत्पादन–खरिदको अन्योल तथा बीमा र निःशुल्क सेवाबीचको दोहोरोपन हटाउन स्वास्थ्य बीमा प्रणाली र सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमहरूलाई क्रमशः एकीकृत गर्ने योजना रहेको एमालेले जनाएको छ ।

परम्परागत तथा वैकल्पिक चिकित्सा प्रणालीलाई आधुनिक चिकित्सासँग एकीकृत गर्ने ,योग, ध्यान, आयुर्वेद, प्राकृतिक चिकित्सा, आम्ची र होमियोप्याथीलगायतलाई मुख्यधारामा ल्याइने ,आधुनिक प्रविधि तथा कृत्रिम बौद्धिकताको प्रयोग गरी स्वास्थ्य प्रणालीलाई अत्याधुनिक बनाउने, स्वास्थ्य पर्यटन प्रवद्र्धन गर्ने तथा सरकारी, निजी र सामुदायिक साझेदारी विस्तार गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा समेटिएको छ ।

काठमाडौं, ०७ फागुन।

नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रतिज्ञापत्रको पूर्णपाठ सार्वजनिक गरेको छ। बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा सभापति गगनकुमार थापाले प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन्।

कांग्रेसले घोषणापत्रलाई प्रतिज्ञापत्रको नाम दिएको छ। प्रतिज्ञापत्रमा कांग्रेसले भिजन १० समावेश गरेको छ। ती भिजन १० का विषय बुधबार जनकपुरको तिरहुतियामा आयोजित मधेस सभामा सार्वजनिक गरिसकिएको छ।

उक्त प्रतिज्ञा पत्रमा भिजन १०, अबको नेपाल, सुशासित नेपाल, हाम्रो अर्थतन्र उदार, उत्पादनमुखी र न्यायमूलक अर्थतन्त्र, युवा शक्ति, रोजगारी, सीप र श्रमलगायतका आधारभूत क्षेत्रहरू समेटिएका छन्।

यसैगरी वैदेशिक रोजगारी, स्वास्थ्य, शिक्षा, कृषि, गरिबी निवारण, सामाजिक सुरक्षा, दिगो भौतिक पूरु्वाधार, व्यवस्थित गाउँ सहर, प्राकृतिक स्रोत, भूउपयोग, खानी तथा खनिज पदार्थ, पर्याप्त ऊर्जा दिगो पूर्वाधार, दूरसञ्चार,सूचना प्रसारण, सूचना प्रविधि र डिजिटल रुपान्तरण, समावेशी, सुरक्षित र डिजिटल नेपाल समेटिएका छन्।

त्यसैगरी पर्यटन, सहकारी लघुवित्त, वातावरण संरक्षण र जलवायु परिवर्तन, विपद् व्यवस्थापन, सामाजिक न्याय, समावेशीता र समावेशी विकास, नेपाली डायस्पोरा अटुट सम्बन्ध , विस्तारित नेपाल, हाम्रो सभ्यता, संस्कृति, खेलकुद, संविधानको संस्थागत विकास र संघीयताको सबलीकरण तथा यी योजनाहरू कसरी कार्यान्वयन गर्छौ भनेर अन्तिममा निष्कर्ष राखिएको छ।

अन्नपूर्ण गाउँपालिकालाई समृद्ध बनाउने मुख्य आधार कृषि र पर्यटनः अध्यक्ष केसी
पोखरा, ०६ फागुन ।

कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुकमा घान्द्रुक पर्यटन महोत्सव सुरु भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड ९घान्द्रुक०को संयुक्त आयोजनामा बुधबारदेखि सुरु भएको महोत्सवको उद्घाटन अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले गरे । महोत्सवको उद्घाटनपछि बोल्दै गाउँपालिका अध्यक्ष केसीले गाउँपालिकालाई समृद्ध बनाउने मुख्य आधार पर्यटन क्षेत्र रहेको बताए ।

‘अन्नपूर्ण गाउँपालिकालाई समृद्ध बनाउने मुख्य आधार कृषि र पर्यटन हो, हामीले वडा नम्बर ७ देखि ११ वडालाई पर्यटकीय क्षेत्रका रुपमा घोषणा गरेका छौं, बाँकीलाई कृषि क्षेत्रको रुपमा’, अध्यक्ष केसीले भने, ‘घान्द्रुकसँगै अन्नपूर्ण गाउँपालिकाका भित्रका पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्दै गाउँपालिकालाई समृद्ध बनाउने अभियानमा हामी छौं ।’अध्यक्ष केसीले अन्नपूर्ण गाउँपालिकाको विभिन्न स्थानमा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज बनाउन विरेठाँटीमा एकीकृत पर्यटक सूचना केन्द्रको स्थापना गरेको उल्लेख गरे ।

‘जति पनि पर्यटकहरु अन्नपूर्ण गाउँपालिका भित्र रहेका र यहाँबाट म्याग्दी लगायत विभिन्न पर्यटकीय स्थलमा जाने पर्यटकहरुलाई सजहजता बनाउन विरेठाँटीमा एकीकृत पर्यटक सूचना केन्द्र निर्माण गरेका छौं’, उनले भने, ‘सही सूचना प्रदान गर्ने, नयाँ पर्यटकीय गन्तव्य र गतिविधिको प्रचार गर्ने, आन्तरिक उत्पादन प्रवद्र्धन गर्ने, पर्यटकलाई पदमार्ग, घुम्न सकिने ठाउँ, अवलोकन गर्न सकिने दृश्य एवं संस्कृतिसहित पर्यटनबारे जानकारी लिन सक्नेछन् ।’

उनले घान्द्रुक आउने पर्यटकहरुका बसाई लम्बाउन घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीँ क्लब कोँड ९घान्द्रुक०ले अगाडि सारेका पूर्वाधार निर्माणमा गाउँपालिकाले बजेट विनियोजन गरेर सम्पन्न गर्न सहयोग पु¥याउने बताए ।अन्नपूर्ण बेस क्याप जाने पर्यटकहरुको स्वास्थ्य जाँच गर्न गाउँपालिकाले बेस क्यापमा कर्मचारी नै खटाएर नियमित स्वास्थ्य चेकजाँच गर्दै पर्यटकहरुको सुरक्षालाई ध्यान दिएको उनले उल्लेख गरे ।

महोत्सवको अवसरमा घान्द्रुकमा निर्माणाधिन स्वास्थ्य चौकी निर्माण गर्न निशुल्क जग्गा प्रदान गर्ने होटल रोयल भ्यूका सञ्चालक राजु गुरुङ र घान्द्रुक समाज जापानका संस्थापक अध्यक्ष बुद्धि बहादुर गुरुङ ९ज्या०लाई सम्मान गरिएको थियो । यस्तै महोत्सवमा झाँकी ¥यालीमा सहभागी समूहलाई समेत सम्मान गरिएको थियो ।

रोधीं क्लब कोँड ९घान्द्रुक०का वरिष्ठ उपाध्यक्ष लामा अमृत गुरुङले महोत्सव अवधिभर घान्द्रुक आउने पर्यटकलाई १५ प्रतिशत छुट रहेको बताए । ‘महोत्सव अवधिभर घान्द्रुक आउने पर्यटकहरुलाई १५ प्रतिशत छुट रहेको छ’, गुरुङले भने, ‘महोत्सवमा दिनमा हामीले खेलकुद प्रतियोगिता र साँझमा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने छौं ।’फागुन ९ गतेसम्म सञ्चालन हुने महोत्सवको अवसरमा राष्ट्रव्यापी बास्केटबल प्रतियोगिता, घोडा दौड प्रतियोगिता,भेडाको साँढ जुडाई प्रतियोगिता,रस्साकस्सी प्रतियोगिता, छेलो प्रतियोगिता लगायतका प्रतियोगिता आयोजना गरिएको उपाध्यक्ष गुरुङले बताए ।

महोत्सवको पहिलो दिन भएको राष्ट्रव्यापी अन्तरपालिका खुल्ला पुरुष बास्केटबल प्रतियोगिताको उद्घाटन खेलमा अन्नपूर्ण गाउँपालिकाले विजयी सुरुवात गरेको छ । अन्नपूर्ण गाउँपालिकाले माछापुच्छ«े युथ क्लबलाई पराजित गरेको हो । बास्केटबल प्रतियोगिता लिग कम नकआउटको आधारमा सञ्चालन हुनेछ । उनका अनुसार बिहीबार घोडा दौड,शुक्रबार भेडाको साँढे जुधाइ प्रतियोगिता सञ्चालन हुनेछ ।

राष्ट्रव्यापी अन्तरपालिका खुल्ला पुरुष बास्केटबल प्रतियोगिताको विजेताले समान १ लाख ६६ हजार ६ सय ६६, उपविजेताले १ लाख ११ हजार १ सय ११ र तृतीय हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै घोडा दौड प्रतियोगिताको प्रथम हुनेले १ लाख १ हजार १ सय ११, द्धितिय हुनेले ४० हजार ४ सय ४४, तृतीय हुनेले २० हजार २ सय २२,चौथो हुनेले ११ हजार पाँचौ हुनेले ९ हजार, छैठौं हुनेले ७ हजार र सातौं हुनेले ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

घान्द्रुक चक्रिय पदमार्ग दौडको प्रतियोगिताको विजेताले १६ हजार ६ सय ६६, उपविजेताले ७ हजार ४ सय ४४ र तृतीय हुनेले ३ हजार ४ सय ४४ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै छेलो प्रतियोगिताको विजेताले १६ हजार ६ सय ६६ र उपविजेताले ६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै महिला तथा पुरुष रस्साकस्सी प्रतियोगिताका विजेताले समान ११ हजार १ सय ११ र उपविजेताले ५ हजार ५ सय ५५ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै भेडाको साँढ जुडाई प्रतियोगिताको प्रथम हुनेले ११ हजार, द्धितिय हुनेले ९ हजार,तृतीय हुनेले ७ हजार, चौथो हुनेले ५ हजार र पाँचौ हुनेले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

पोखराबाट साढे २ घण्टाको सवारी यात्रामा पोखरा बागलुङ सडक खण्डको नयाँपुल, विरेठाटीहुँदे घान्द्रुक पुग्न सकिन्छ । घान्द्रुकबाट भैसीखर्क–टाडापानी,वनठाटी, देउराली हुँदै म्याग्दीको घोडेपानी र घान्द्रुक हुँदै टाडापानी–इसरु, दोबाटो, मुल्डेहुँदै म्याग्दीको खोर्पा लेक र हिडन लेक जान सकिन्छ भने, घान्द्रुक,छोम्रोङ हुदै अन्नपूर्ण बेसक्यापसमेत जान सकिन्छ ।

पोखरा, ०६ फागुन ।

नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेलले आर्थिक सहयोग गरेका छन् ।

व्यवसायसँगै सामाजिक सेवामा सक्रिय पौडेलले अक्षयकोषका लागि नगद १० हजार रुपैयाँ सहयोग गरेका हुन् । सहारा क्लब पोखराले सञ्चालन गरेको आरा रारा पोखरा गोल्डकपमा सहभागी भएको समयमा पौडेलले नेपाल फोटो पत्रकार संघ, कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । हिमाअस एजुकेशनका प्रवन्ध निर्देशक समेत रहेका पौडेल आहारारा पोखरा गोल्डकपका लागि नेपाल आएका बेला फोटो पत्रकारलाई सहयोग गरेका हुन् ।

सहयोग ग्रहण पछि एनपिजेए कास्कीका अध्यक्ष गुरुङले अक्षयकोष दातालाई धन्यवाद दिदैं यस्तै सहयोगले कोषको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताए । उक्त रकम फोटो पत्रकारहरुको वृत्तिविकासमा खर्च गरिने उनको भनाइ थियो । कोषमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी, व्यवसायी र संघसंस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी छ ।

पोखरा, ०६ फागुन ।

गीता राणा केन्द्रीय अध्यक्ष रहेको नेसनल प्याव्सनको गण्डकी प्रदेश अध्यक्षमा सिकन्दर गुरुङ चयन भएका छन् । बुधवार पोखरामा सम्पन्न दोस्रो प्रदेश अधिवेशनले यस अघि गण्डकी प्रदेश सचिव रहेका तनहुँका गुरुङको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश समन्वय उपसमिति संयोजक तिलक चौहानको अध्यक्षतामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा कास्कीका चेतनारायण भण्डारी,सचिवमा तनहुँका बालचन्द्र घिमिरे,कोषाध्यक्षमा नवलपूरका शिव गुरुङलाई चयन गरेको छ ।

यसैगरी सदस्यहरुमा तनहुँका तारा भट्टराई, बागलुङ्गका गण्ोश मल्ल,कास्कीका प्रेम भण्डारी र भोजराज अधिकारी रहेका छन् भने नवलपूरबाट १ सदस्य पछि थप गरिने वताइएको छ । नेसनल प्याव्सनका केन्द्रीय उपाध्यक्ष सुर्यबहादुर अधिकारीले उद्घाटन गरेको कार्यक्रममा नेसनल प्याब्सन कास्कीका अध्यक्ष रोशन कोइरालाले कार्यक्रममा स्वागत गरेका थिए ।नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउदै संयोजक तिलक चौहानले नेतृत्वदायी भूमिका निभाउँदै सङ्गठनलाई चुस्त दुरुस्त बनाउनु पर्ने सुझाव दिएका थिए ।

बधाई ज्ञापन समारोहमा केन्द्रीय बरिष्ठ उपाध्यक्ष तथा केन्द्रीय परीक्षा उपसमिति संयोजक ज्ञानेन्द्र मोहन भट्टराई, केन्द्रीय सचिव सन्तबहादुर तामाङ्ग, केन्द्रीय व्यवस्थापन उपसमिति संयोजक कमल रानाभाट, केन्द्रीय सहकोषाध्यक्ष शिवदत्त तिवारी लगायतले बधाई तथा शुभकामना दिंदै सफल कार्यकालको कामना गरे । कार्यक्रम सञ्चालन केन्द्रीय सचिव सन्तबहादुर तामाङ्गले गरेका थिए । नवनिर्वाचित अध्यक्ष सिकन्दर गुरुङले आफ्ना भावी योजना प्रस्तुत गरेका थिए ।

पोखरा, ०६ फागुन ।

पोखरा रंगशालामा फागुन ८ गते हुने ‘धन बहादुर गुरुङ साँझ २०८२’ को तयारी अन्तिम चरणमा पुगेको छ । तमु (गुरुङ) कलाकार संघ नेपाल, गण्डकी प्रदेशको आयोजनामा हुने कार्यक्रमको ९५ प्रतिशत तयारी पुरा भएको आयोजकले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । गायक धन बहादुर गुरुङको सम्मान र ‘तमु (गुरुङ) कलाकार कल्याणकारी कोष’ स्थापनार्थ हुने कार्यक्रमको तयारी भव्य भइरहेको तमु (गुरुङ) कलाकार संघ नेपाल, गण्डकी प्रदेशका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । कार्यक्रममा स्रष्टा गुरुङका वि.सं. २०४५ देखि हालसम्मका चर्चित एवं कालजयी गीतहरू गुञ्जने उनले बताए ।

५ हजारभन्दा बढी गीतमा स्वर, शब्द र संगीत दिएर नेपाली कला क्षेत्रमा अतुलनीय योगदान पु¥याएका स्रष्टा धनबहादुरर गुरुङलाई आयोजकले सम्मान पनि गर्नेछ । स्रष्टा गुरुङलाई नगद १ लाख ५१ हजार रुपैयाँ र सम्मान पत्रसहित विशेष सम्मान गरिने कार्यक्रम संयोजक गोरे गुरुङले जानकारी दिए । गुरुङको ताङतिङैको मेलैमा, आयादो ठागु, माया पिरती, छ्याँबाह्रानी ङोल्स्यो, खो रिमै थुमै, ख्वालबै माया, क्यदे थुलेन दुख मुना, बर्खे खजे लगायत लगायत गीत चर्चामा छन् ।

सांगीतिक साँझलाई भव्य बनाउन भारत सिक्किमका पूर्व मन्त्री तथा पूर्व विधयेक संघ सिक्किमका अध्यक्ष गर्जमान गुरुङको विशिष्ट आतिथ्यता रहने संयोजक गुरुङले बताए । सांगितिक साँझमा स्रष्टा गुरुङलाई विष्णु गुरुङ, उमा गुरुङ, माया गुरुङ, रोशन गुरुङ, डबिन गुरुङ, राज बहादुर गुरुङ लगायतका स्थापित कलाकारहरुले साथ दिनेछन् । गायनका साथै हिमाली सांस्कृतिक परिवार, तरेली सांस्कृतिक परिवार, तमु प्हे प्हु संघ केन्द्रीय युवा समिति, अनुशीलन कला पाठशाला, तमु धिं केन्द्रीय युवा समिति, नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धिं र नाल्मा गाउँ, लमजुङलगायतका विभिन्न संघ–संस्थाहरुको प्रस्तुती पनि रहनेछ ।

कार्यक्रमलाई सफल बनाउन विभिन्न क्षेत्रबाट हालसम्म करिब ३३ लाख ७ सय ५५ रुपैयाँ संकलन भइसकेको संयोजक गुरुङले जानकारी दिए । कार्यक्रम सम्पन्नसम्म ४० लाख रुपैयाँ आम्दानी हुने आयोजकको आंकलन छ । त्यसबाट करिब १५ देखि २० लाख रुपैयाँ बचत हुने लक्ष्य राखिएको छ । कार्यक्रमबाट बचत भएको बचत रकम कलाकारहरूको हितका लागि कल्याणकारी कोषमा जम्मा गरिने कार्यक्रम संयोजक गुरुङले बताए ।

टिकट व्यवस्थापनका सम्बन्धमा संस्थाका उपाध्यक्ष टसबहादुर गुरुङका अनुसार हालसम्म ८ हजार २ सय ८३ थान टिकट बिक्रीका लागि बजारमा पठाइसकिएको छ । कार्यक्रममा कास्की, तनहुँ, स्याङ्जा, लमजुङ, गोर्खा र काठमाडौँ लगायतका क्षेत्रबाट समेत ठुलो संख्यामा दर्शकहरू आउने अपेक्षा गरिएको छ। टाढाबाट आउने दर्शकहरूको सुविधाका लागि आयोजकले कार्यक्रम स्थलबाट काहुँखोला, छोरेपाटन, सैनिकबस्ती लेखनाथ र लामाचौर हुँदै महेन्द्र गुफासम्म पुग्ने निःशुल्क बस सेवाको समेत व्यवस्था गरेको छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय,गण्डकी, पर्यटन तथा उद्योग मन्त्रालय, गण्डकी र गण्डकी प्रज्ञा–प्रतिष्ठानको प्रवद्र्धनमा हुन लागेको कार्यक्रमको मुख्य सहकार्यमा नाल्मा तमु समाज पोखरा रहेको छ ।

पोखरा, ०६ फागुन ।

यूकेमा रहेका सचित गुरुङको १९ औं जन्मोत्सवमा उनका बाबा चन्द्रबहादुर र आमा शान्तागुरुङले पोखराका दुई सामाजिक संस्थालाई आर्थिक तथा खाद्यान्न सहयोग गरेका छन् । छोराको जन्मदिनमा गुरुङ दम्पतीले पोखरा छोरेपाटनमा रहेको मानव सेवा आश्रममा २५ हजार ५ सय रुपैयाँ नगद र बेलुकाको खानासहित खाद्यान्न सहयोग गरे । उनीहरुले सहारा क्लबले सञ्चालन गरेको सहारा एकेडेमीमा रहेका बालकहरुलाई पनि बेलुकाको खाना र खाद्यान्न सहयोग उपलब्ध गराए ।

मानव सेवा आश्रममा आयोजित सहयोग कार्यक्रममा चन्द्रबहादुर गुरुङ भावुक बने । ‘आश्रममा रहेका आमा र दिदीबहिनीहरुलाई देख्दा म भावुक बनेको छु, मेरो पनि आमा हुनुहुन्न । यहाँ आएर सहयोग गर्न पाउँदा खुसी लागेको छ,’ उनले भने । छोराको जन्मदिनमा फजुल खर्च गर्नुभन्दा श्रीमती शान्ता गुरुङसँगको सल्लाहमा असहाय र विपन्नलाई सहयोग पुगोस् भन्ने उद्देश्यले यो कदम चालेको उनले बताए ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले सचितलाई जन्मदिनको शुभकामना दिदैं सहयोगप्रति आभार व्यक्त गरिन । ‘समाजमा धन भएकाहरु धेरै हुन्छन् । तर मन भएकाहरु कमै हुन्छन,’मनाव सेवामा भएको कार्यक्रममा उनले भनीन्, ‘चन्द्र दाइहरु जस्तै ठूला मन भएकाहरुका कारण नै आश्रम चलिरहेको छ । आगामी दिनमा पनि सहयोगको अपेक्षा छ ।’

चन्द्रबहादुरले सहारा क्लबलाई पहिलेदेखि नै सहयोग गर्दै आएका छन् । सहारा एकेडेमीमा चन्द्रबहादुर र उनकी श्रीमती शान्ता गुरुङसहित चन्द्रका ४ दाजुभाइले एउटा कोठा समेत निर्माण गरेका छन् । एकेडेमीमा रहेका बालकहरुको शिक्षा र पालनपोषणमा सहयोग पुगोस् भनेर उनले जन्मदिनको अवसर पारेर खाद्यान्न सहयोग गरेका हुन् ।

सचित गुरुङ अहिले १९ वर्षमा लागेका छन् । उनी हाल यूकेमा बसेर सिभिल इन्जिनियरिङ विषय अध्ययन गरिरहेका छन् । बुवा चन्द्रबहादुर नेपाल आएको बखत छोराको जन्मोत्सव पारेर पोखरामा रहेको २ संस्थाहरुलाई सहयोग गरिएको हो । उक्त सहयोग कार्यक्रममा सचितकी बज्यै धनमाया गुरुङ, मामा विकाश गुरुङ, माइजु सुमिना गुरुङ, दिदी सनिजा गुरुङ र सोल्टीनी सुदिया गुरुङ सहभागी थिइन् ।

पोखरा, ०६ फागुन ।

नेकपा एमाले कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार रश्मि आचार्यले भूमिहिन र सुकुम्बासीको समस्या समाधानलाई आफ्नो मुख्य प्राथमिकता भएको बनाएका छन् । उनले आफू निर्वाचित भएपछि भूमिहिन नागरिकको जमिन र आवासमाथिको नैसर्गिक अधिकार सुनिश्चित गर्न संसदमा सशक्त रूपमा आवाज उठाउने प्रतिबद्धता जनाएका हुन् ।

पोखरा १५ मा आयोजित कार्यक्रममा बोल्दै आचार्यले भने, ‘भूमिहिनको समस्या एमालेले पहिचान गरिसकेको छ, अब यसलाई पूर्ण रूपमा समाधान गर्ने जिम्मा पनि हामी लिन्छौैं।’ उनले कास्की जिल्लामा करिब ९ हजार भूमिहिन तथा सुकुम्बासी नागरिक भूमि र आवासको अधिकारबाट वञ्चित रहेको उल्लेख गर्दै यसको दिगो समाधानका लागि कानुनी र नीतिगत पहल गर्नेे बताए । ‘भूमि र आवास प्रत्येक नागरिकको नैसर्गिक अधिकार हो । कसैलाई पनि यसबाट वञ्चित गर्न पाइँदैन। यो विषयलाई संसदमा प्राथमिकताका साथ उठाउनेछु,’आचार्यले भने।

उनले सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रण पनि आफ्नो पहिलो प्राथमिकता हुने स्पष्ट परे । आवश्यक परे नियम–कानुन संशोधनका लागि पहल गर्ने उनको भनाई छ । जनताको पक्षमा दृढ रूपमा उभिने र पारदर्शी शासन प्रणाली स्थापना गर्ने उनको प्रतिबद्धता छ । आचार्यले विकासलाई समान र सन्तुलित रूपमा अगाडि बढाइने उल्लेख गर्दै जीवनसँग प्रत्यक्ष जोडिएको बजेट विनियोजन गरिने बताए । विशेषगरी पिछडिएका क्षेत्रका लागि तारजाली बाटो, आधारभूत पूर्वाधार र जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने योजनामा प्राथमिकता दिइने उनको भनाई छ ।

उनले स्थानीय तहसँग सहकार्य प्रदेश सरकारबीच समन्वय गरेर समग्र कास्कीको विकास अगाडि बढाइने उल्लेख गरे । साथै प्रत्येक ६–६ महिनामा वडास्तरमा पुगेर नागरिकका समस्या सुन्ने र समाधानका लागि पहल गर्ने उनले प्रतिबद्धता जनाए । उनले भने—‘जनताले दिएको मतको सम्मान गर्दै विश्वासमा धोका दिने छैनु, जनताको शिर निहुरिन दिने छैन।’

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।