
पोखरा, २४ माघ ।
पोखरामा सम्पन्न साफ यू १९ महिला च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । पोखरा रंगशालामा आज शनिबार भएको फाइनलमा भारतले साबिक विजेता बंगलादेशलाई ४–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
बंगलादेशमाथि भारतले सहज जित निकाल्दै ट्रफी उचाल्यो ।
पहिलो हाफमा एक गोलले अग्रता बनाएको भारतले दोस्रो हाफमा ३ गोल थप्दै गोल अन्तर फराकिलो बनायो । भारतको जितमा ४२ औं मिनेटमा जुलान नोङमाइथेमले सुरुआती गोल गरेकी थिइन् । ६३ औं मिनेटमा एलिजावेथ लर्काले पेनाल्टी मार्फत गोल गर्दै अग्रता दोब्बर बनाइन् । त्यसको ५ मिनेटमै पर्ल फर्नान्डेजले तेस्रो गोल गरिन् । खेलको ८३ औं मिनेटमा अन्विता रघुरामानले चौथो गोल गर्दै गोल अन्तर फराकिलो बनाईन ।
बंगलादेशले लिग चरणमा भुटानलाई १२–०, भारतलाई २–० र नेपाललाई ४–० ले हराएर ९ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा रहँदै फाइनल प्रवेश गरेको थियो । यता भारतले नेपाललाई १–० र भुटानलाई ८–० ले हराएर ६ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको थियो ।
यसअघि बंगलादेश तीनपल्ट च्याम्पियन बनेको छ । भारतले पनि यो सँगै ३ पटक उपाधि माथि कब्जा जमाएको छ । यसअघि दुईपल्ट फाइनल प्रवेश गरेको नेपाल यसपल्ट भने लिग चरणबाटै बाहिरिएको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को व्यवस्थापन तथा कास्की जिल्ला फुटबल संघ, जिल्ला खेलकुद विकास समिति र पोखरा महानगरपालिकाको समन्वयमा आयोजित च्याम्पियनसिपमा भारतले ‘अनुशासित टोली’ को पुरस्कार जित्यो । प्रतियोगिताको उत्कृष्ट गोलकिपरको पुरस्कार भारतकी मुन्नीले हात पारिन् । सर्वाधिक गोलकर्ता तथा मोस्ट भ्यालुएबल खेलाडीको उपाधि भने बंगलादेशकी अल्पी अख्तरले उचालिन ।
पोखरा, २४ माघ ।
आइसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताकाे १० औं सस्करण आजदेखि सुरु भएको छ । भारत र श्रीलंकाका विभिन्न सहरमा सुरु भएको हो ।
भारत र श्रीलंकाका विभिन्न सहरमा सुरु भएको पुरुष क्रिकेट विश्वकप मार्च ८ सम्म चल्ने छ । ३० दिनसम्म चल्ने प्रतियोगितामा भारतका ५ र श्रीलंकाका ३ स्थानमा गरी ५५ वटा खेलहरु सम्पन्न हुने छन् ।
यसैबीच, नेपालका खेलहरु पोखरा लेकसाइडमा ठूलो स्क्रिनमा लाइभ देखाइने भएको छ । प्रचार नेपालको व्यवस्थापनमा एक्ट्रिम इनर्जी ड्रिक्सले पोखरा लेकसाइड हल्लनचोकस्थित क्याम्पिङ ग्राउण्डमा नेपालका खेल लाइभ देखाउन लागेको हो । जसलाई पोखरा इन्टरनेटले सहयोग गरेको छ ।
ठूलो साउण्डसहित ठूलो स्क्रिनमा लाइभ देखाउन लागिएको आयोजकले जनाएको छ । समूह ‘सी’ मा रहेको नेपालले पहिलो खेल आगामी आइतबार इंग्ल्याण्डसँग खेल्नेछ ।
दोस्रो खेल फेब्रुअरी १२ मा इटाली, तेस्रो खेल फेब्रुअरी १५ मा वेष्ट इन्डिज र चौथो खेल फेब्रुअरी १७ मा स्कटल्याण्डसँग खेल्नेछ ।
काठमाडौं, २४ माघ ।
नेपाल सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ। आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय केन्द्रीय सुरक्षा समितिले गरिसकेको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले जानकारी दिए।
निर्वाचन आचारसंहिताको उल्लंघन हुने गरी मिथ्या/भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानीमा पनि टोलीले काम गरिरहेको उनको भनाइ छ। निर्वाचनविरोधी गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउन सुरक्षा संयन्त्रले चुस्त निगरानी गरिरहेको उनले बताए ।
हाल सामाजिक सञ्जालको दुरुपयोग बढ्दो क्रममा रहेकाले त्यसलाई रोक्न नेपाल प्रहरीले सञ्चालनमा ल्याएको अत्याधुनिक युनिटलाई थप प्रभावकारी बनाइने गृह मन्त्रालयले जनाएकाे छ।
साथै निर्वाचन प्रहरीको बिमाका साथै सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान गरी उचित प्रबन्ध मिलाउने तयारी भइरहेको प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले बताए।
काठमाण्डौँ, २४ माघ ।
पाकिस्तानको संघीय राजधानी इस्लामावादमा शुक्रवारको प्रार्थनाको समयमा एक मस्जिदमा भएको शक्तिशाली विष्फोटमा परी ३१ जनाको मृत्यु भएको छ ।
करिव १७० जना घाइते भएका छन् । इस्लामावादका डेपुटी कमिश्नर इरफान नवाज मेमनकाअनुसार यो विष्फोट शहजाद टाउन क्षेत्रमा अवस्थित शिया मस्जिदमा भएको हो । जसका कारण नजिकैका प्रमुख अस्पतालहरूमा आपतकालीन अवस्था घोषणा गरिएको छ ।
घाइतेहरूको इस्लामावाद र छिमेकी सहर रावलपिण्डीका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको र गम्भीर घाइतेहरूको संख्या उच्च रहेकाले मृतकको संख्या बढ्नसक्ने चेतावनी अधिकारीहरूले दिएका छन् । विष्फोटपश्चात सुरक्षा बल र उद्धार टोलीले घटनास्थललाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेका छन् भने प्रत्यक्षदर्शीहरूले मस्जिदको प्रवेशद्वारमा रोकिएपछि एक आत्मघाती आक्रमणकारीले आफूलाई विष्फोट गराएको बताएका छन् ।
हालसम्म कुनै पनि समूहले यस आक्रमणको जिम्मेवारी नलिएको भए तापनि पाकिस्तानी तालिवान र इस्लामिक स्टेट जस्ता लडाकु समूहहरू यसअघि यस्ता गतिविधिमा संलग्न रहँदै आएका छन् । प्रधानमन्त्री शहबाज सरिफले यस कायरतापूर्ण आक्रमणको कडा शब्दमा निन्दा गर्दै निर्दोष नागरिकहरूको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।
पोखरा, २३ माघ ।
नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा नागरिक अभियान्ता रामबहादुर पौडेलले आर्थिक सहयोग गरेका छन् । नागरिक अधिकार, सुशासन र पारदर्शिताका विषयमा आवाज उठाउने पौडेलले कोषमा नगद १० हजार रुपैयाँ सहयोग गरेका हुन् । पोखरा महेन्द्रपुलस्थित फल्चामा शुक्रबार भएको फोटो प्रदर्शनीमा अभियान्ता पौडेलले नेपाल फोटो पत्रकार संघ, कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त रकम हस्तान्तरण गरे ।
सहयोग हस्तान्तरण पछि अभियान्ता पौडेलले जोखिम मोलेर कार्यक्षेत्रमा खटिने फोटो पत्रकारहरूका लागि स्थापित यो कोषले भोलिका दिनमा अप्ठ्यारो पर्दा सारथि बन्ने बताए । सहयोग ग्रहण पछि एनपिजेए कास्की अध्यक्ष राम गुरुङले अभियान्ता गुरुङलाई धन्यवाद ज्ञापन गरे । उनले विभिन्न दाताहरूबाट प्राप्त सहयोगले अक्षयकोषको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताउँदै कोषको रकम फोटो पत्रकारहरुको वृत्तिविकासमा खर्च गरिने जानकारी दिए ।
कोषमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी र संघसंस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी छ । यस कोषमा यसभन्दा अघि सामाजिक अभियान्ता सरिता गुरुङले १५ हजार, सल्लाहकार रमेश पौडेलले ५ हजार, अध्यक्ष राम गुरुङले १० हजार, सदस्य सञ्जय शाक्यले १० हजार रुपैयाँ सहयोग गरिसकेका छन् । यसैबिच, एनपिजेए कास्कीको आयोजना र सहरा क्लब पोखराको आयोजनामा शुक्रबार भएको फोटो प्रदर्शनी भव्यताका साथ सकिएको छ ।
प्रदर्शनीमा सहारा क्लबको आयोजनामा आहारारा पोखरा गोल्ड कपको सुरुदेखिका अविस्मरणीय क्षणहरू समेटेरे १ सय वटा फोटो प्रदर्शन गरिएको थियो । २०५८ सालमा क्याराभान गोल्ड कपबाट सुरु भएको प्रतियोगिता २५ वर्षमा आइपुगेको छ । यो वर्षको प्रतियोगिता माघ २७ गतेबाट पोखरा रंगशालामा सुरु हुँदैछ ।
प्रदर्शनीमा राखिएको फोटोहरु आहारारा पोखरा गोल्डकपको दौरान माघ २७ देखि फागुन ९ गतेसम्म पोखरा रंगशालामा पनि प्रदर्शन गरिने एनपिजेए कास्कीका अध्यक्ष गुरुङले जानकारी दिए । शुक्रबार प्रदर्शनीमा छुटेकाहरु प्रतियोगिता अवधिभर रंगशाला परिसरमा पुगेर उक्त फोटोहरु अवलोकन गर्न सक्ने उनले बताए ।
पोखरा, २३ माघ ।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिषठानको आयोजनामा गण्डकी प्रदेश लोकसेवा आयोग, गण्डकी प्रदेशबाट २०८२ बैशाख ०१ गते पछी सिफारीस भई प्रदेश तथा स्थानीय तहमा स्वास्थ्य तथा इन्जिनियरिङ्ग सेवा तर्फ सहायकस्तर चौथोरपाँचौ तहमा कार्यरत कर्मचारीहरुको माघ १९ गते बाट संचालित ५ कार्य दिने सेवा प्रवेश तालिम, प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेंद्रबाबू तिवारीको अध्यक्षता एव प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेशका माननीय अध्यक्ष बिष्णुप्रसाद नेपाल प्रमुख आथित्यतामा राष्ट्रीय परीक्षा बोर्डको सभाहलमा सम्पन्न भयो ।
समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख आतिथि नेपालले प्रदेश लोक सेवा आयोगले सौद्धान्तिक र केही व्यवहारिक ज्ञानको परिक्षण गरेर हजारौ प्रतिस्पर्धीहरुबाट छनोट गरी सिफारिस गर्दछ, भने गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानलद्वारा दिइने तालिमले तपाईहरुसंग भएको सौद्धान्तिक ज्ञानलाई सिपमा परिवर्तन गर्नुका साथै कार्य क्षेत्रमा आवश्यक पर्ने ज्ञान र क्षमता विकास गरि जनता संग प्रत्यक्ष जोडिने सेवा प्रवालाई सहज, सेवामुखी, कार्यमा कुशलता एव पारदर्शिता कायम गर्न यो तालीम सहयोगी बन्ने कुरा बताउनुभयो ्र
प्रतिष्ठानका निर्देशक लक्ष्मण तिमिल्सिनाले यो तालिमले सार्वजनिक प्रशासन र खरिद व्यवस्थापन बिषयमा आधारित भएर तालिम प्रदान गरिएको हुँदा नेपालको निजामती प्रशासनको काम, कर्तव्य र अधिकारका समेत जानकारी प्रदान गरिएको वताउदै समग्र तालिमको संक्षेपीकरण र अतिथीहरुलाई स्वागत गर्नुभयो ।
प्रशिक्षण व्यावहारिक, सिपयुक्त र अभ्यासमुलक रुपमा भएको हुदाँ कार्यालयको दैनिक प्रशासनिक कार्य र खरिद व्यवस्थापनमा आईपर्ने समस्याहरुलाई सहज रुपमा समाधान गर्न सक्ने क्षमता विकास भएको कुरा सहभागीको तर्फबाट अंकित बोहोरा र अकिता कार्कीले आफ्ना अनुभव राख्नुभएको थियो ।
स्थानीय तहका कर्मचारीको लागी दैनिक काममा सहजता ल्याउने गरी व्यवहारीक कक्षा संचालन गर्नुका साथै प्रदेश तथा स्थानीय तहको काम कर्तव्य अधिकार, सार्वजनिक प्रशासन, निजामती ऐन, कानुन र व्यवस्थास खरीद प्रक्रीया, बजेट निर्माण एव व्यवस्थापन, योजना कार्यान्वयन अनुगमन मुल्यांकन, जिन्सी व्यवस्थापन, स्थानीय तहको राज्यस्व अधिकार र परिचालन, लेखा परिक्षण तथा बेरुजु फर्छौट, उपभोक्ता समितिको काम कर्तव्य र अधिकार, समाजिक सुरक्षा र पञ्जीकरण, अभिलेख व्यवस्थापन, टिप्पणी लेखन, दर्तारचलानी, शासन, सुशासन र सदाचार, समस्या केन्द्रित अभ्यास र प्रस्तुतीकरण जस्ता विषयवस्तुमा सहजीकरण गर्नुका साथै प्राविधिक तर्फका नब प्रवेशी सहायकस्तर कर्मचारीहरु दैनिक कार्यालय सञ्चालनको लागी प्राविधिक ज्ञान संगै प्रशासनिक ज्ञान पनि हुनु जरुरी भएकोले प्रविधिक र प्रशासनिक विषयवस्तुलाई समेत ध्यानमा राखि अभ्यासको मार्फत प्रशिक्षण गरिएको तालिमका संयोजक तथा व्यवस्थापन एवम प्रतिष्ठानका प्रशिक्षण तथा अनुसन्धान अधिकृत इन्जिनियर मनोज पौडेलले बताउनुभयो ।
मिति २०८२र१०र१९ गतेवाट सञ्चालित तालिममा कुल ६८ जना स्वास्थ्य तथा इन्जिनियरिङ्ग सेवा तर्फ सहायकस्तर चौथोरपाँचौ तहमा कार्यरत कर्मचारीहरुको सहभागी रहेको थियो । पाँच दिन सम्म संचालित सो तालिम सामाजिक विकास, युवा तथा खेल्कुद मन्त्रालय, शिक्षा विकास महाशाखाको हल र रास्ट्रिय परीक्षा बोर्ड, प्रदेश परिक्षा व्यवस्थापन कार्यालयको हलमा संचालन भयो । सोही तालिममा प्रतिष्ठानको लेखा अधिकृतको रुपमा कार्यरत रही योग्दान पुर्याउनुहुने सिर्जना गौतम सम्मानमा साथ बिदाई समेत गरिएको थियो । हाल उहाँ सरुवा भई प्रदेश लेखा नियन्त्रकको कार्यालयमा जानुभएको छ ।
समापन समारोमा बोल्नुहुदै प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीले यो तालिमले प्रतिष्ठानको नारा “व्यवहारमा परिवर्तन, कार्यसम्पादनमा सुधार” ल्याउने कुरामा विस्वास रहेको र यो प्रतिष्ठान हजुरहरुको क्षमता विकासमा सधै लागिरहने भन्दै सम्पूर्णलाई बदाई दिई समापन गर्नुभएको थियो । उक्त समापन सत्रको सञ्चालन तालिमका संयोजक तथा व्यवस्थापन एवम प्रतिष्ठानका प्रशिक्षण तथा अनुसन्धान अधिकृत इन्जिनियर मनोज पौडेलले गर्नुभएको थियो ।
प्रतिष्ठानको आयोजनामा यही २०८२ मंसीर १४ देखि हालसम्म सेवा प्रवेश तालिम तर्फ प्रशासन, इन्जिनियरिङ्ग, स्वास्थ्य, कृषी सेवा तर्फ विभिन्न समय समयमा गरि ७ वटा समुहमा तालिम सञ्चालन गरिएको र सोही तालिमबाट २२० जना भन्दा बढी दिक्षित भइसकेको लेखा अधिकृत प्रशान्त सुवेदीले जानकारी दिनुभयो ।
पोखरा, २३ माघ ।
बगैँचा मन्टेश्वरी प्री स्कुलद्वारा आयोजित बगैँचा स्पोर्टस् मिट २०८२ सम्पन्न भएको छ । यही माघ १८ गतेदेखि २३ गतेसम्म सप्ताहव्यापी रूपमा सञ्चालन गरिएको स्पोर्टस् मिट २०८२ मा मनोरञ्जनात्मक १० खेलका २६ वटा समूहमा ७९ जना बाबुनानीहरुले सक्रिय सहभागिता जनाएका छन् । विजेता बाबुनानीहरुलाई पोखरा महानगरपालिका वडा नं.१५ का कार्यवाहक वडाध्यक्ष बलराम पौडेल, पोखरा १० का वडा सदस्य पूर्ण न्यौपाने र बालबिकास विज्ञ प्रभा भुजेल लगायतले मेडल र प्रमाण पत्र प्रदान गर्नुभएको छ ।
सो अवसरमा कार्यवाहक वडाध्यक्ष पौडेलले खेलकुदले बाबुनानीहरुको शारीरिक, मानसिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण र सकारात्मक प्रभाव पार्ने बताउनुभयो । यसले बालबालिकाको शारीरिक तन्दुरुस्तीमा वृद्धि, मांसपेशीको मजबुत विकास, रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुनुका साथै सक्रिय जीवनशैलीको विकासमा मद्दत पुग्ने उहाँले बताउनुभयो ।
यस्तै वडा सदस्य न्यौपानेले बालबालिकाहरूमा एकाग्रता, आत्मविश्वास, अनुशासन र निर्णय क्षमता सुधार गर्न खेलकुदले सहयोग पु¥याउने बताउनुभयो । उनीहरूमा सहकार्य, सहिष्णुता, नेतृत्व र मित्रता जस्ता सामाजिक सीपको विकास सहित खेलकुद मार्फत बालबालिकाले हार–जितलाई सहज रूपमा स्वीकार गर्न सिक्ने भएकाले भावनात्मक सन्तुलन कायम राख्न पनि मद्दत पुग्ने उहाँले बताउनुभयो ।
बालबिकास विज्ञ प्रभा भुजेलले साना बालबालिकाहरूको पठनपाठन र खेलकुद विकासमा अभिभावकको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने उल्लेख गर्दै बालबालिकालाई घरमै अध्ययनका लागि अनुकूल वातावरण सिर्जना गर्ने, बाबुनानीहरुको पढाइमा सहयोग र निगरानी गर्ने, शिक्षकसँग समन्वय राख्ने तथा बालबालिकालाई जिज्ञासु र आत्मविश्वासी बनाउने वातावरण बनाउन सहयोग गर्नुपर्ने बताउनुभयो ।
मन्टेश्वरीकी संस्थापक प्रिन्सिपल रञ्जता रेग्मीले पढाइ र खेलकुद दुवैमा सन्तुलन कायम गराउँदै बालबालिकाको सर्वाङ्गीण विकासमा विद्यालय मार्गदर्शक रूपमा रहने बताउनुभयो । स्र्पोट्स मिटका क्रममा बाबुनानीहरुले प्रस्तुत गर्नु भएको अनुशासन, धैर्यता र आत्मविश्वास निकै अनुकरिणय रहेको उहाँले बताउनुभयो । विद्यालयले बाबुनानीहरुको पठनपाठन सहित उनीहरूलाई सामाजिकीकरण र दैनिक जीवनयापनलाई सरल बनाउने आवश्यक सीपहरूसँग अभ्यस्त बनाइरहेको उहाँले बताउनुभयो ।
स्पोर्टस् मिटमा बल कलेक्टिङ गेम, फ्रग जम्प गेम, कलर म्याचिङ् गेम, स्विट गेम, चियर एरेन्जीङ् गेम, रेडी फर स्कुल गेम, बलुन व्यालेन्सिङ गेम, सेप गेम, हिट दि टावर, सेक रेस लगायतका मनोरञ्जनात्मक खेलहरू समावेश गरिएको थियो । समापन समारोहमा बाबुनानीहरुले नृत्य र योगा समेत प्रस्तुत गर्नुभएको थियो ।
सुशासन र विकास निर्माणमा जोेड दिन्छु–उम्मेदवार माधव बास्तोला
पोखरा, २३ माघ ।
नेपाली काँग्रेसको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं २ का उम्मेदवार माधवप्रसाद बास्तोलाले आफूले जनताको समस्या र सुशासनको पक्षमा जोडदार रुपमा आबाज उठाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
पोखरा–११ फूलबारीस्थित नेपाली काँग्रेस कास्की निर्वाचन क्षेत्र नं २ को चुनाव प्रचारप्रसार सम्पर्क कार्यालयको शुक्रबार उद्घाटन कार्यक्रममा उनले आफ्नै वडावासीसामु यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
राजनीति क्षेत्रमा लागेकै समयदेखि आफू सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा उभिदै आएकाले कास्की २ का मतदाताले आफूलाई न्याय गर्नेमा विश्वास व्यक्त गर्नुभयो । आफ्नो सम्पूर्ण जीवन इमान्दारपूर्वक राजनीति र समाजसेवामा लागेकै कारण काँग्रेसले आफूलाई टिकट दिएका र चुनावमा होमिएको उनले बताए ।
पार्टीमा युवा सभापति भएकै कारण पार्टीका नेता तथा कार्यकर्तामा यतिबेला उत्साह थपिएको छ, उनले भने जेन्जी समुहले उठाएका माग पनि देशको अभिभावकीय पार्टी काँग्रेसले सम्बोधन गर्ने कुरामा विश्वस्त गराउँछु ।
कास्की क्षेत्र नं २ का मतदाताको सुझाव संकलन गर्ने क्रममा अनगिन्ती समस्या आएका छन् ति समस्या समाधानका लागि आफू सक्रिय भएर लाग्ने भनाइ उनको छ । युवा बेरोजगारी र मंहगी नियन्त्रण, पर्यटन, कृषि, सुकुम्वासी समस्या, सुशासन, खानेपानी, ढलनिकास, फोहोर व्यवस्थापन, सडक, पुल, तटबन्द जस्ता समस्या यहाँका मूल समस्याका रुपमा देखिएको पनि उहाँले जानकारी दिनुभयो । सो अवसरमा नेपाली काँग्रेसका नेता वीरेन्द्रनारायण विजुक्छे, केशर निर्दोषी लगायतले आफ्ना भनइ राखेका थिए ।
पोखरा, २३ माघ ।
सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ ।
नेपाल फोटो पत्रकार संघ (एनपिजेए), कास्कीको आयोजना र सहारा क्लब पोखराको सहयोगमा भएको प्रदर्शनी पोखराको महेन्द्रपुलस्थित फल्चामा गरिएको छ । प्रदर्शनीको दक्षिण एसियाली फुटबल महासंघ (साफ) का महासचिव पुरुषोत्तम कट्टेलले उद्घाटन गरे । उनले तस्बिर प्रदर्शनीले आहारारा गोल्ड कपको इतिहासलाई स्मरण गराएको बताए । ‘हाम्रो देशले एक खालको स्ट्रगल गरिरहेको अवस्थामा सबै स्ट्रगलबाट मुक्त भएर हामीले गरिरहेको खेलकुदको फोटो प्रदर्शनी समृद्धिको संकेत हो,’ उनले भने, ‘यो काम अन्त्यन्तै सह्रानीय कार्य हो । यस्तो काम मैले अरु ठाउँमा देखेको छैन् ।’
प्रदर्शनीमा आहारारा पोखरा गोल्ड कपको सुरुदेखिका अविस्मरणीय क्षणहरू समेटेरे १ सय वटा फोटो प्रदर्शनी गरिएको नेपाल फोटो पत्रकार संघ कास्कीका अध्यक्ष राम गुरुङले बताए । आहाराराको २५ वर्षे इतिहास, सङ्घर्ष, उत्साह र गौरवलाई तस्बिरमार्फत् जनसमक्ष प्रस्तुत गरिएको हो । ५० भन्दा बढि फोटोमा फटबल मैदान भित्रका गोल, जित–हारका क्षण, खेलाडीको संघर्ष, समर्थकको भावना तथा मैदान बाहिरको फुटबल संस्कृतिलाई प्रस्तुत गरिएको छ ।
पोखरा महानगरपालिका वडाध्यक्ष दीपेन्द्र मर्सानीले फोटोमा देखिने हरेक विषयवस्तु सत्य हुने भएकाले पत्रकातिरामा फोटोको महत्वपूर्ण भूमिका हुने बताए । उनले नेपाल फोटो पत्रकार संघ, कास्की हरेक क्रियाकलापमा आफूले साथ र सहयोग गर्ने प्रतिवद्धता जनाए ।
नयाँ पुस्तालाई नेपाली फुटबलको इतिहाससँग जोड्नुका साथै पोखरालाई खेलकुद पर्यटनको केन्द्रका रूपमा प्रवर्धन गर्न प्रदर्शनीले सहयोग गर्ने सहारा क्बल पोखराका अध्यक्ष केशवबहादुर थापाले बताए । यसले पोखरालाई खेलकुद पर्यटनको केन्द्रका रूपमा प्रवद्र्धन गर्न समेत योगदान पु¥याउने अपेक्षा गरिएको उनले सुनाए ।
नेपाल पत्रकार महासंघ, कास्कीका अध्यक्ष माधव बरालले २५ वर्षको इतिहासमा कुनै पनि वर्ष नछुटाइ आयोजना हुनेले निरन्तरताको गतिलो सन्देश गएको बताए । ‘देशमा ठूला घटना र परिवेश आयो । ६२÷६३ को आन्दोलन, ७२ को भूकम्प र कोरोना महामारीको समयमा पनि आहारारा गोल्डकप रोकिएन,’ उनले भने, ‘प्रतियोगिताले अहिले २५ वर्षमा लागेको छ । अझै सयौं सयौं वर्ष सञ्चालन भइरहोस शुभकामना ।’ उनले प्रतियोगितालाई पत्रकारले प्रचारप्रसारमा कुनै कमी आउन नदिने प्रतिवद्धता जनाए ।
२०५८ सालमा क्याराभान कोल्ड कपबाट सुरु भएको प्रतियोगिता २५ वर्षमा आइपुगेको हो भने आहा रारा गोल्ड कपको २५ औँ संस्करण माघ २७ गतेबाट पोखरा रंगशालामा सुरु हुँदैछ । यो पटक ३ विदेशी, एडिभिजन क्लब, विभागीय, आयोजकसहित १२ टिमको सहभागिता रहनेछ ।
प्रदर्शनीमा राखिएको फोटोहरु आहारारा पोखरा गोल्डकपको दौरान माघ २७ देखि फागुन ९ गतेसम्म पोखरा रंगशालामा पनि प्रदर्शन गरिने एनपिजेए कास्कीका अध्यक्ष गुरुङले जानकारी दिए । शुक्रबार प्रदर्शनीमा छुटेकाहरुले प्रतियोगिता अवधिभर अवलोकन गर्न सक्ने उनले बताए ।
पोखरा, २३ माघ ।
पोखरा–२७, तालचोक स्थिति डानेण्ड सेकन्डरी स्कूलमा “च्भबम त्यमबथ, ीभबम त्यmयचचयध” भन्ने मूल नाराकासिता पढन मोहत्सव २०डद्द, माघ २२ गतेबाट सुरु भएको तीन दिने शैक्षिक, साहित्यकि तथा सांस्कको छ । दिन दिनसम्म चल्ने यस कार्यक्रम अन्तर्गत पढन मोहत्सव, डानेण्ड मेला ९ँययम, भ्मगअबतष्यल ७ ँगल० तथा ३ड औं वार्षिक उत्सव समेटिएको छ । पहेला दिन पढन मोहत्सव औपचारिक उद्धाटन समारोहसहि २२ गतेबाट सुरु गरिएको थियो,
जहाँ राष्ट्रगान, विद्यालय प्रार्थना, ध्यान, विद्यालय निर्देशकद्धारा स्वागत मन्तदव्य तथा प्रमूख अतिथिद्धारा कार्यक्रम उद्धाटन गरिएको थियो । त्यसपछि १० मिनेटको सामूहिक “च्भबम ब्यिगम क्भककष्यल” आयोजना गरिएको थियो । पहेला दिनको प्रमूख आकर्षणको रुपमा प्रख्यात साहित्यकार डा. नवराज लमसालको द्यययप त्बपि क्जयध तथा एबलभ िम्ष्कअगककष्यल सम्पन्न भएको थियो भने शिव त्रिपाठीद्धारा कविता वाचनले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको थियो ।
नसरीद्धेटि कक्षा ३ सम्म का विद्यार्थीहरुका लागि छुट्टै कार्यक्रम र कक्षा ४द्धेटि कक्षा १२ सम्म का विद्यार्थीहरुका लागि अर्को कार्यक्रम संचालन गरिएको थियो । कक्षा स्तरअनुसार पुस्तक समीक्षा, कविता वाचन, प्रोजेकट प्रस्तुती, समाचथ वाचन, भाषा खेल, समूह वाचन तथा अभिभावक अनुभव आदन–प्रादन जस्ता गतिविधिहरु विद्यालय का विभिन्न स्थानहरुमा एबचबििभ िक्भककष्यल मार्फत संचालन गरिएको थियो ।
कार्यक्रमको दोस्रो दिन डानेण्ड मेला २०डद्द भनव्य रुपमा सम्पन्न भएको छ । ँययम, भ्मगअबतष्यल ७ ँगल लाई एकै ठाउँमा समेटेको मेलामा शैक्षिक, खेलकुद तथा मनोरन्जनात्मक स्टल हरु राखिएका थिए । मेला को सभापतित्व हरिप्रसाद लामीछानेले गर्नु भएको थियो भने वाटर फ्रन्ट रिसोर्टका रेसडिन्ट म्यानेजर अमरित बी. के। प्रमूख अतिथिको रुपमा सहभागी रहनु भएको थियो । स्वागत मन्तदव्य विद्याथी रतिक गुरुङले राख्नु भएको थियो भने कार्यक्रममाथि सन्जीव थापाले प्रकाश पान्नु भएको थियो । कार्यक्रम संचालन नारायण वाग्लेले गर्नु भएको थियो । मेलामा सांगीतिक प्रस्तुती अन्तर्गत न्ष्तिअज न्चययखभ बेण्डका तर्फबाट ड्रम मा सिसन क्षेत्री, गिटारमा आसिम आल्े र अेक्कार गुरुङ, बासमा रितेन गुरुङ, तथा विशाल पाण्डे लगायतको लाप प्रस्तुती रहेको थियो । त्यसका साथै म्ष्बmयलम द्यबलम र म्ष्बmयलम न्ष्चकि द्यबलम को प्रस्तुती पनि दर्शक को विशेष आकर्षण बनेको शिक्षक राजन परियारले जानकारी दिनु भएको छ ।
मेलामा कक्षा ११ र १२ का होटल म्यानेजम्ेन्ट सङका कला विद्यार्थीहरुले ममास्, चाउनमिन, जुजु धो, नेवारी खाजा, पेसट्री लगायतका परिकारहरुसहि तरा खादइल स्टल संचालन गरेका थिए भने विद्यार्थीहरुद्धारा संचालित खेल तथा हस्तकला तथा मनोरन्जनात्मक स्टर्लहरुले मेला लाई थप जीवन्त बनाएको थियो । कार्यक्रम समन्वय कार्ता अरजुन अधिकारीअनुसार मेलाबाट करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
विद्यालयले तेस्रो दिन ३ड औं वार्षिक उत्सव तथा पुरस्कार वितरण समारोह आयोजना गर्ने जानकारी दिनेको छ । विद्यालय प्रशासनले सबै अभिभावक, शुभवेछुक तथा समुदाय का सदस्यहरुलाई कार्यक्रममा उपस्थित भई विद्यार्थीहरुको उत्साहवद्र्धन गर्न हार्दिक निमन्त्रणा गरेको छ ।





