२०८३ जेष्ठ ४ सोमबार
२०८३ जेष्ठ ४ सोमबार

पोखरा, १५ माघ ।

थारू आयोग, नेपालले गण्डकी प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगकी सदस्य शान्ति मोदीले बिहीबार एक कार्यक्रमबीच प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।

नेपालको संविधानको धारा २९४ को उपधारा (३) अनुसार आयोगले आर्थिक वर्ष २०८१÷०८२ मा सम्पादन गरेको काम कारबाहीसमेत समेटेर तयार गरिएको सातौं वार्षिक प्रतिवेदन सदस्य मोदीले प्रदेश प्रमुख समक्ष भट्टलाई हस्तान्तरण गर्नुभयो ।

उक्त अवसरमा प्रदेश प्रमुख भट्टले विभिन्न समुदायको हित तथा प्रर्वद्धनका सन्दर्भमा आयोग गठन गरी काम गर्नु राज्यको पहलकदमी सकारात्मक रहेको बताउनुभयो । आगामी दिनमा आयोगमार्फत् थारु समुदायको उत्थानका लागि काम गर्न आफ्नो पहलकदमी हुने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
 
भट्टले संविधानले दिएको अधिकार उपयोग गर्न आग्रह गर्दै आयोगले काममा सक्रियता बढाउन आग्रह पनि गर्नुभयो । थारु जनप्रतिनिधि तथा सांसदले आफ्नो हक अधिकारका सवालमा आवाज उठाउनुपर्ने उहाँको सुझाव थियो ।
 
आयोगकी सदस्य मोदीले प्रतिवेदनमा थारु समुदायका समस्या, उत्थानको क्षेत्रमा देखिएका चुनौती, सम्पादन गरेका काम कारबाहीलगायत विषय समावेश गरिएको उल्लेख गर्नुभयो ।
 
साथै, उहाँले मुलुकमा विभिन्न पहिचान बोकेका समुदाय रहेको र ती समुदायको प्रवर्द्धनका लागि राज्य अझै जिम्मेवार हुनुपर्ने बताउँदै पर्याप्त बजेट छुट्याउनुपर्ने माग गर्नुभयो ।

 

पोखरा, १५ माघ ।

नेपाली कांग्रेस कास्कीले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी तयारी अघि बढाएको छ । तयारी स्वरूप नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको संयोजकत्वमा पाँच हजार एक सदस्य रहेको निर्वाचन परिचालन मूल समिति गठन गरेको सहसचिव नवीन सिग्देलले जानकारी दिए ।

कास्की काँग्रेसको बैठकले बाबुराम गिरीको संयोजकत्वमा ७ सदस्य रहेको निर्वाचन व्यवस्थापन सचिवालय गठन गरेको छ। जसको सदस्यहरूमा युवक लामिछाने, रामजीप्रसाद कोइराला, सीता शर्मा, विष्णु अधिकारी, भरतप्रसाद तिवारी र गणेश थापा रहेका छन् । साथै इन्जिनियर सागर मोहन भट्टराईको संयोजकत्वमा अर्थ समिति गठन गरिएको छ। जसको सदस्यहरूमा चौबहादुर गुरुङ, बुद्धिमान गुरुङ, सुरेन्द्र अधिकारी र श्याम गुरुङ रहेका छन् ।

त्यसैगरी नेपाली कांग्रेस क्षेत्र नम्बर १ कास्कीले चुनावी अभियान अन्तर्गत बिहीबार पोखरा महानगरपालिका वडा नम्बर १३ मा सम्पर्क कार्यालय स्थापना गरेको छ। सम्पर्क कार्यालयको कास्कीको तत्कालीन थुमाकोडाँडा गाविसका पूर्व अध्यक्ष कर्णबहादुर गुरुङले उद्घाटन गरे । कार्यक्रममा बोल्दै कांग्रेसको तर्फबाट कास्की क्षेत्र नम्बर १ का उम्मेदवार तिलक बहादुर रानाभाटले मतदाताबाट प्रेम र सद्भाव पाइरहँदा खुसी मिलेको बताए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका उनले जनताको बीचमा रहेका समस्या समाधान र विकास योजना आफ्नो प्राथमिकता भएको बताए । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले समाजमा रहेका बेथितिहरूको अन्त्य काँग्रेसले मात्रै गर्न सक्ने बताए ।

नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा कार्यसमिति १३ का सभापति माधव प्रसाद सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष किरण बराल, विद्यार्थी नेता दीपक पौडेल र कार्यसमितिका सचिव बुद्धिराज बरालले बोलेका थिए ।

पोखरा, १५ माघ ।

त्रिभुवन आर्मी क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा रोमाञ्चक जित निकोलेका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा पुरुषतर्फ आर्मीले सशस्त्र प्रहरी बल ९एपीएफ० विरुद्ध ३–२ सेटको रोमाञ्चक जित निकालेको हो ।

पहिलो सेट २५–१९ ले जितेको आर्मीले दोस्रो सेट २२–२५ र तेस्रो सेट २१–२५ ले एपीएफलाई सम्पियो । चौथो सेटमा आर्मीले पुनः २५–१७ को जित निकाल्दा खेल पाँचौं सेटमा धकेलिएको थियो । पाँचौं सेटमा १८–१६ ले जित निकाल्दै आर्मीले खेल आफ्नो पक्षमा पारेको हो । आर्मी र एपीएफले समान ७ अंक जोडेका छन् । सेटका आधारमा अघि हुँदा आर्मीले तेस्रो स्थानका लागि प्रतिष्पर्धा गर्न पाउनेछ ।

यसअघि भएको पुरुषतर्फ खेलमा नेपाल पुलिस क्लबले माल्दिभ्स भलिबल एसोसियसनलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । यो जितसँगै पुलिसको फाइनल खेल्ने सम्भावना कायमै छ । यस्तै आजै भएको महिलातर्फको खेलमा सशस्त्र प्रहरी बल एपीएफलाई हराउँदै थाइल्याण्ड क्विन्स तेस्रो बनेको थियो । तेस्रो बनेसँगै थाइल्याण्डले २ लाख ६ हजार ६६६ रुपैयाँ हात पा¥यो ।

च्याम्पियनसिपअन्तर्गत भोलि शुक्रबार दुई खेल हुनेछन् । पहिलो खेल महिलातर्फ उपाधिका लागि न्यू डायमण्ड स्पोट्र्स क्लब र नेपाल पुलिस क्लब खेल्नेछन् । उक्त खेल बिहान ११ बजेबाट सुरु हुनेछ । त्यसपछि पुरुषतर्फको खेल हुनेछ । पुरुषतर्फ समूह चरणको अन्तिम खेल पर्वत जिल्ला भलिबल संघ र गण्डकी प्रदेशबिचको खेल दिउँसो एक बजेबाट सुरु हुने तालिका छ । उक्त खेलले फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ ।

५ खेलबाट पुलिसले १० अंक जोडेको छ । समान ४ खेल खेलका गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघको समान ९ अंक छन् । गण्डकी र पर्वतले शुक्रबार एकआपसमा भिड्नेछन् । कुनै एक टोलीले सिंगो ३ अंक प्राप्त गर्ने गरी जित निकालेको अवस्थामा जित्ने टोली र पुलिस फाइनलमा पुग्नेछन् । उक्त खेल पाँचौं सेटमा पुगेको अवस्थामा भने सेटमा आधारमा फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी भएका थिए ।

पोखरा, १५ माघ ।

छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले माल्दिभ्स भलिबल एसोसियसनविरुद्ध सहज जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा पुरुषतर्फ पुलिसले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले पहिलो सेट २५–११, दोस्रो सेट २५–९ र तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पा¥यो । जितसँगै पुलिसले फाइनल पुग्ने सम्भावना कायमै राखेको छ ।

५ खेलबाट पुलिसले १० अंक जोडेको छ । समान ४ खेल खेलका गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघको समान ९ अंक छन् । गण्डकी र पर्वतले शुक्रबार एकआपसमा भिड्नेछन् । कुनै एक टोलीले सिंगो ३ अंक प्राप्त गर्ने गरी जित निकालेको अवस्थामा जित्ने टोली र पुलिस फाइनलमा पुग्नेछन् । उक्त खेल पाँचौं सेटमा पुगेको अवस्थामा भने सेटमा आधारमा फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ ।

अब पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल एपीएफ खेल्नेछन् । दुवै टोली फाइनल दौडबाट बाहिरिसकेका छन् । यसअघि आजै भएको महिलातर्फको खेलमा सशस्त्र प्रहरी बल एपीएफलाई हराउँदै थाइल्याण्ड क्विन्स तेस्रो बनेको थियो । तेस्रो बनेसँगै थाइल्याण्डले २ लाख ६ हजार ६६६ रुपैयाँ हात पा¥यो । महिलातर्फको उपाधिका लागि भने न्यू डायमण्ड स्पोट्र्स क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । उक्त खेल शुक्रबार हुनेछ ।

पोखरा, १५ माघ ।

छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ थाइल्याण्ड क्विन्स तेस्रो बनेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसिपअन्तर्गत महिलातर्फको तेस्रो स्थानका लागि भएको खेलमा थाइल्याण्डले एपीएफलाई ३–१ को सेटमा पराजित गरेको हो ।

पहिलो सेट २३–२५ ले गुमाएको थाइल्याण्डले दोस्रो सेट २५–११ र तेस्रो सेट २५–९ ले आफ्नो पक्षमा पा¥यो । थाइल्याण्डले चौथो सेट २३–२५ ले गुमाउँदा खेल पाँचौं सेटमा धकेलियो । पाँचौं सेटमा १५–११ ले आफ्नो आफ्नो पक्षमा पार्दै थाइल्याण्ड तेस्रो बन्यो । तेस्रो बनेसँगै थाइल्याण्डले २ लाख ६ हजार ६६६ रुपैयाँ हात पा¥यो । महिलातर्फको उपाधिका लागि भने न्यू डायमण्ड स्पोट्र्स क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । उक्त खेल शुक्रबार हुनेछ ।

अब पुरुषतर्फका दुई खेल हुनेछन् । पुरुषतर्फको पहिलो खेल नेपाल पुलिस क्लब र माल्दिभ्स भलिबल एसोसियसन खेल्दैछन् । त्यसपछि त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल ९एपीएफ० बिच हुनेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् ।

पोखरा, १२ माघ ।

नेपाली सेनाले पश्चिम पृतनाको जिम्मेवारी क्षेत्रअन्तर्गतका जिल्लामा कार्यरत सञ्चारकर्मीहरूका लागि रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ।

अभिमुखीकरणमा पश्चिम पृतनाको जिम्मेवारी क्षेत्रअन्तर्गतका जिल्लाहरूमा रहेका विभिन्न सञ्चार माध्यमहरूमा आबद्ध २० जना सञ्चारकर्मीहरूको सहभागिता छ। कार्यक्रम पश्चिम पृतना हेडर्क्वाटरमा भइरहेको छ।

कार्यक्रमको शुभारम्भ गर्दै पश्चिम पृतनाका पृतनापति उपरथी भोलानाथ थापाले सहभागी सञ्चारकर्मीहरूलाई स्वागत गर्नुका साथै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे। सोही अवसरमा विगत लामो समयदेखि नेपाली सैनिक रेडियो कार्यक्रम प्रसारण गर्ने पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका ८ ९आठ० वटा एफएम रेडियो स्टेसनहरूलाई जनसम्पर्क तथा सूचना निर्देशकबाट प्रोत्साहन स्वरूप नगद तथा कदर पत्र प्रदान गरिएको थियो।

अभिमुखीकरण कार्यक्रममा नेपाली सेनाको संगठनात्मक स्वरूप, जिम्मेवारी तथा भूमिका एवं मुख्य गतिविधिहरूको बारेमा जानकारीमूलक प्रस्तुतीकरणका साथै विपद् प्रतिकार्य एवं समसामयिक विषयहरूमा अन्तरक्रिया समेत सञ्चालन गरिने नेपाली सेनाले जनाएको छ।

एजेन्सी ।

फिलीपिन्समा ३ सय ५९ यात्रु चढेको डुंगा डुब्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

दक्षिणी फिलिपिन्समा जाम्बोआंगाबाट पोर्ट शहर हुदै आइल्याण्ड जादै गरेको डुंगा मुटामान द्वीपमा अचानक पल्टिदा भएको दुर्घटनामा मृत्यु भएका १५ जनाको शव निकालिएको र अन्य २१५ जनालाई जिवितै उद्धार गरिएको कोर्ष्ट गार्डका अधिकारीहरुले जानकारी दिएका हुन् ।

हराइरहेकाका एक सय ७ यात्रुको खोजी जारी रहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । डुंगामा ३३२ यात्रु र २७ जना चालकदलका सदस्यसहित जम्मा ३ सय ५९ जना सवार रहेका थिए ।

डुगांमा प्वाल परेका कारण पानी भरिदा डुंगा अनियन्त्रित भई डुबेको हुनसक्ने प्रारम्कि अनुसन्धान गरेता पनि वास्तविक कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।

फिलीपीन्स कोस्ट गार्ड, स्थानीय सरकारी अधिकारीहरु स्थानियको सहयोगमा उद्धारकार्य गरिएको थियो ।

पोखरा, १२ माघ ।

पोखरामा जारी प्रधानमन्त्री (पिएम) कप कास्की जिल्ला स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा पोखरा क्रिकेट क्लब राइजिङ क्रिकेट क्लबले जित हासिल गरेका छन् । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा सोमबार पोखरा क्रिकेट क्लबले लेखनाथ क्रिकेट क्लबलाई १ विकेटले हराएको छ ।

१२५ रनको विजयी लक्ष्य पाएको पोखराले ३३ ओभरमा ९ विकेट गुमाउँदै १२६ रन बनायो । आतिफ मियाँले २१, मुस्कान थापाले २० र सुवाष भण्डारीले २० रन जोडे । लेखनाथका लागि साहिल पौडेल र सुवाष वास्तोलाले ३÷३ तथा सज्जन क्षेत्रीले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको लेखनाथ क्रिकेट क्लब ३३.४ ओभरमा १२४ रन बनाउँदै अलआउट हुन पुग्यो । लेखनाथका लागि राजकुमार छन्त्यालले ३०, सहिल पौडेलले २२ र देव यादवले १७ रन बनाए । पोखरा क्रिकेट क्लबका लागि सुर्जन गुरुङले ४, देव शाह र प्रज्वल पौडेलले २÷२ विकेट लिए ।

यस्तै अर्को खेलमा राइजिङ पोखरा क्रिकेट क्लबले लेकसाइड क्रिकेट क्लबलाई ६७ रनले हराएको छ । लेखनाथस्थित इडन हेवन क्रिकेट मैदानमा भएको खेलमा ११२ रनको विजयी लक्ष्य पाएको लेकसाइडलाई १६.१ ओभरमा अलआउट गराउँदै राइजिङले जित हासिल गरेको हो । लेकसाइड ४४ रनमै अलआउट भए ।

लेकसाइडका लागि मोहम्मद रिजाले १८ र सुमित रौनियारले ९ रन बनाए । राइजिङका लागि अन्जन केसीले सर्वाधिक ६ विकेट लिए । कृष्ण पौडेल र समिर भुजेलले समान १÷१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको राइजिङले २२ ओभरमा १११ रन बनाउँदै अलआउट हुन पुग्यो । राइजिङका लागि अनिल गुरुङले ३१, कृष्ण पौडेलले २९ र रोनक झाले २० रन जोडे । लेकसाइडका लागि विकास पाठक र सन्देश शाहीले समान ३÷३ तथा निरज ढकालले २ विकेट लिए ।

 

पोखरा, १२ माघ ।

पर्यटन व्यवसायी महिला संघ, नेपाल (टेवान) को आयोजनामा पर्यटन व्यवसायीका लागि क्षमता अभिवृद्धि तालिम सोमबारदेखि पोखरामा सुरु भएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा आयोजना भएको तालिम तीन दिनसम्म चल्नेछ ।

तालिमको पहिलो दिन डा.आरती रेग्मीले व्यक्तित्व विकास सम्बन्धमा सहजीकरण गरिन् । उनले शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धमा आफ्नो प्रस्तुति राखेकी थिइन् । तालिम संयोजक मीना बरालका अनुसार दोस्रो दिन मंगलबार व्यवसाय प्रवद्र्धन र ‘ब्रान्डिङ’ सम्बन्धमा समिर बराल र डिजिटल मार्केटिङ सम्बन्धमा विजय कुमालले तालिम दिनेछन् । अन्तिम दिन बुधबार साइबर अपराध र अनलाइन ठगी सचेतना सम्बन्धमा कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीले सहजीकरण गर्नेछन् ।

तालिको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका वरिष्ठ निर्देशक मणिराज लामिछानेले तालिममा गरिने लगानीले व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नुपर्ने बताए । उनले पर्यटन व्यवसायी महिलाको सवलीकरणका लागि आवश्यकताका आधारमा अन्य शीर्षकमा पनि बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

वडा प्रहरी कार्यालय बैदामका प्रमुख एवं डीएसपी नवराज भट्टराईले साइबर अपराध बढिरहेको अवस्थामा यसबाट बच्न अपनाउनुपर्ने उपायकाबारेमा तालिमले स्पष्ट पार्ने अपेक्षा व्यक्त गरे । पोखरा पर्यटन परिषद्का सचिव नारायणप्रसाद सुवेदीले तालिमबाट लाभ लिएर व्यावसायिक जीवनमा उतार्न सहभागीलाई आग्रह गरे । टेवान संस्थापक अध्यक्ष लक्की कार्की क्षेत्रीले शारीरिक र मानसिक रुपमा स्वस्थ हुँदा मात्रै व्यवसायमा पनि सफल हुन सकिने भएकोले यस्ता तालिम फलदायी हुने बताइन् ।

टेवान अध्यक्ष शोभा न्यौपाने पाण्डेले तालिमबाट अपेक्षित उपलब्धी हासिल गर्ने बताइन् । ‘क्षमता अभिवृद्धिमा पर्यटन बोर्डले सहयोग गरेको छ अब पर्यटन प्रवद्र्धनमा पनि व्यवसायी महिलाका लागि बजेट छुट्याउन आवश्यक छ,’ उनले भनिन् । संस्थाकी महासचिव शोभा अधिकारी पौडेलद्वारा सञ्चालित कार्यक्रममा संयोजक मीना बरालले तालिमको उद्देश्यबारे बताएकी थिइन् ।

 

 
पोखरा, १२ माघ । 
 
पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित चण्डी माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सव एक समारोहका बीच आज सम्पन्न भएको छ । वार्षिकोत्सवको पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले उद्घाटन गर्नुुभयो ।
 
कार्यक्रममा वडा अध्यक्ष अधिकारीले शैक्षिक गुणस्तरीयतालाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो । शिक्षा क्षेत्रमा देखिने गरेका विभिन्न समस्याको समाधानका लागि संघीय सरकारको राम्रो शिक्षा नीति आउनुु अपरिहार्य भएको उहाँको भनाइ छ ।
 
विद्यालयका पूर्व विद्यार्थी एवम् राष्ट्रिय समाचार समिति(रासस) गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेलले विद्यालयले यस क्षेत्रको शैक्षिक उन्नयनमा विशिष्ट भूमिका निर्वाह गरेको बताउनुभयो ।
 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर महतले शैक्षिक गुणस्तरीयतासँगै पूर्वाधार विकास लगायतका कुराहरूलाई सँगसँगै बढाइएको बताउनुुभयो ।
 
विद्यालय स्थापनाको यतिका वर्ष पुगिसक्दा पनि विद्यालयको आफ्नो जग्गा धनी पूर्जा प्राप्त हुन नसकेको अवस्थामा निरन्तरको मिहिनेत पछि तीन रोपनी भन्दा बढी क्षेत्रफलको जग्गा विद्यालयको नाममा प्राप्त भएको उहाँले जानकारी दिनुुभयो ।
 
विद्यालयका प्रधानाध्यापक सन्तोषराज लामिछानेले विद्यालययको समग्र आर्थिक एवम् शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुुभएको थियो ।
 
विद्यालयका निवर्तमान प्रधानाध्यापक खिमबहादुर महतले विद्यार्थीले शैक्षिक प्रगतिमा ल्याउने चार जिपिए उनीहरूको आनीबानी र व्यहारमा पनि आउनुुपर्ने बताउनुुभयो ।
 
कार्यक्रममा सरस्वती टीका माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष लालुुप्रसाद पराजुली, शिशुुकल्याण मा.वि.का प्रधानाध्यापक सुदनराज पौडेल, शिक्षासेवी रामचन्द्र पौडेल, नगर शिक्षा समितिका सदस्य ऋषिराज आचार्य, पूर्व शिक्षक देवराज कार्की लगायतले बोल्नुुभएको थियो ।
 
उक्त अवसरमा विद्यालयका निवर्तमान प्रधानाध्यापक खिमबहादुर महतले यस अघि राख्नुुभएको ११ हजार १११ रुपैयाँ अक्षयकोषमा ९० हजार रुपैयाँ थप गर्नुुभयो । उक्त अवसरमा वडा सदस्य लिलादेवी नेपाली, पाण्डेवारी निवासी रामचन्द्र पौडेल, चवादी निवासी तिलकुमारी लामिछाने, बाबुराम थापा लगायतले अक्षयाकोष स्वरुप सहयोग गर्नुुभएको थियो ।
 
कार्यक्रमका अवसरमा विद्यालयको जग्गाधनी पूर्जा ल्याउनका लागि सहयोग गर्ने मालपोत कार्यालय, लेखनाथका कार्यालय प्रमुख, अक्षयकोषदाता लगायत विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।
 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर महतको सभापत्विमा सम्पन्न कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक कमलप्रसाद पौडेलले गर्नुुभएको थियो । 
 
उक्त अवसरमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो भने विद्यार्थीका तर्फबाट विभिन्न सांस्कृतिक प्रस्तुति देखाइएको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।