
पोखरा, ०२ माघ ।
पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित शान्ति उदय माध्यमिक विद्यालयले आफ्नो ६६ औं वार्षिकोत्सव एवम् ६७ औं अभिभावक दिवस एक समारोहका बीच आज सम्पन्न गरेको छ ।
कार्यक्रमको विद्यालयका पूर्व विद्यार्थी समेत रहनुुभएका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुुभयो ।
कार्यक्रममा महानगर प्रमुख आचार्यले विद्यालयले यस क्षेत्रको शैक्षिक उन्नयनमा खेलेको भूमिका अतुुलनीय भएको बताउँदै यसको समग्र विकासका लागि सबैको सामुहिक प्रयास आवश्यक हुुने बताउनुुभयो ।
विद्यालयको अक्षयकोष स्थापनाको अभियानका लागि उहाँले आफ्ना तर्फबाट एक लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिलप्रसाद आचार्यले विगतमा तीन जिल्लाको आकर्षक शैक्षिक गन्तव्यका रुपमा रहेको शान्ति उदयको आफ्नै विशिष्ट गरिमा र महत्व रहेको बताउनुुभयो ।
पछिल्ला समयमा घट्दो विद्यार्थी संख्या चुनौतीका रुपमा बढ्दै गएको बताउँदै उहाँले शैक्षिक गुणस्तरीयता अभिबृद्धि गर्ने कुरामा विद्यालय निरन्तर लागिरहेको बताउनुुभयो । नेपाल विश्वविद्यालयले क्याम्पस सञ्चालनका लागि जग्गा उपलब्ध गराउनका लागि आग्रह गरेको उहाँले जानकारी दिनुुभयो ।
पूर्व विद्यार्थी एवम् नेकपा एमालेका केन्द्रीय सदस्य रश्मी आचार्यले विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धिसँगै यहाँको समग्र विकासका लागि सबैको एकतावद्ध प्रयास आवश्यक हुने बताउनुुभयो ।
विद्यालयका प्रधानाध्यापक राजेन्द्रप्रसाद बस्ताकोटीले विद्यालयको समग्र शैक्षिक एवम् भौतिक प्रगति लगायतका विषयमा जानकारी गराउनुुभयो ।
कार्यक्रममा वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारी, पूर्व विद्यार्थी एवम् शहरी योजना आयोग पोखराका पूूर्व उपाध्यक्ष प्रेमलाल लामिछाने, एनआइएमवि बैंकका सञ्चालक मदन आचार्य, विद्यालयका शिक्षक देवराज शर्मा लगायतले बोल्नुुभएको थियो ।
उक्त अवसरमा विद्यालयद्वारा आयोजित वडा स्तरीय वक्तृत्वकला प्रतियोगिताका विजयी विद्यार्थीका साथै विद्यालयका विभिन्न कक्षामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो भने सहयोग दातालाई सम्मान गरिएको थियो ।
कार्यक्रमका अवसरमा ग्रिन डेभलपमेन्ट बैंकका तर्फबाट विद्यालयलाई एक थान कलर प्रिन्टर सहयोग हस्तान्त्रण गरिएको थियो ।
पोखरा, ०२ माघ ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ । जुन घटाएको नयाँ मूल्य आजदेखि लागू हुने निगले जनाएको छ ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको छ । यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटेको छ ।
पोखरा, ०२ माघ ।
पोखराको अमरसिंहमा जारी १४ औं पोखरा महोत्सवमा माघ ४ गतेदेखि विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजनामा हुने उक्त प्रतियोगिता अन्तर्गत प्रतियोगिताको पहिलो दिन पोखरा स्पाइरल, सिद्ध मावि र ज्ञान गंगाबीच प्रतिस्पर्धा हुने छ । त्यसैगरी माघ ५ गते सेन्ट मेरिज, अञ्जुली बोर्डिङ स्कुल र विभूती शिक्षा सदन बीच प्रतिस्पर्धा हुने छ । त्यसैगरी माघ ६ गते डायमण्ड सेकेण्डरी स्कुल, सूर्योदय स्कुल र ज्ञानुबाबा स्कुल बीच प्रतिस्पर्धा रहने प्रतियोगिता संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए ।
त्यसैगरी माघ ७ गते कास्की मोडनाइज्ड, सोसल पब्लिक स्कुल, अमरसिंह मावि (ई) र डियरवक स्कुल बीच प्रतिस्पर्धा हुने छ । माघ ८ गते अमरसिंह मावि (नेपाली) कालिका मावि, शाइनिङ स्टार स्कुल र अक्सफोर्ड एकेडेमी बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सहभागी १७ समुहबाट उत्कृष्ट ५ विद्यालय फाइनलमा प्रवेश गर्ने र फाइनलको नतिजा माघ ९ गते प्रकाशित गरिने प्रतियोगिताका सह संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए ।
फाइनलमा प्रवेश गर्ने प्रतिस्पर्धीहरु बीच माघ १० गते फाइनल प्रतिस्पर्धा संगै सोही दिन पुरस्कार वितरण गरिने छ । प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र शान्तवना स्थान हाँसिल गर्ने दुई समुहले क्रमश नगद ५०, ३५, २५, १५ हजार, शिल्ड र प्रमाण पत्र प्राप्त गर्नेछन ।
चौथो दिन सम्म आइपुग्दा महोत्सवमा दर्शकहरुको उपस्थिती दिन प्रतिदिन बडिरहेको महोत्सवका सचिवालय संयोजक शान्त बहादुर थापाले जानकारी दिए । महोत्सवमा दर्शकको उपस्थिती संगै महोत्सव स्थलमा राखिएको स्टलहरुमा समेत ब्यापार वढिरहेको महोत्सवका अर्थ तथा सटल ब्यवस्थापन संयोजक जयराम आचार्यले जानकारी दिए । आचार्यका अनुसार महोत्सवमा लत्ताकपडा तथा घरायसी सामाग्रीको ब्यापार वढ्दो रहेको छ ।
महोत्सवमा शुक्रबार चर्चित लोकदोहोरी गायक बद्री पंगेनीको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । पंगेनीसंगै कलाकारहरु चोलेन्द्र पौडेल, कृष्ण सुवेदी, परशुराम अधिकारी, कमला सुनार, नबिना सुवेदी अर्चना चापागाईको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिएभने हाँस्य ब्यंग्य तर्फ पोखरेली माग्नेबुढा र धुर्मुसको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए ।
साँझको लाइभ कन्सर्टमा पोखरेली ब्याण्ड डी मर्चाको प्रस्तुती रहेको थियो । महोत्सवको पाँचौ दिन माघ ३ गते शनिवार प्रकाश सपुतको प्रस्तुती रहनेछभने साँझको लाइभ कन्सर्ट तर्फ अनुप्रस्थाको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
पोखरा, ०२ माघ ।
माघी मेला २०८२ को अवसरमा कास्की जिल्लाको सिक्लेसमा आयोजित छेलो प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। माघी संस्कृतिको पावन अवसरमा प्राचीनकालदेखि सञ्चालन हुँदै आएको छेलो खेल प्रतियोगिता श्री सभा युला सभाथर परिवार को आयोजनामा सम्पन्न भएको हो।
गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा विभिन्न स्थानका खेलाडीहरूको सहभागिता रहेको थियो। परम्परागत खेलको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न स्थानका खेलाडीहरूको सहभागिता रहेको थियो।
प्रतियोगितामा पर्वत जिल्लाका मिलन सुनार ले ६४ फिट ११ इन्च दूरीमा छेलो फ्याँक्दै प्रथम स्थान हासिल गर्न सफल भए। प्रथम हुने सुनारले रु। ४५ हजार नगद पुरस्कार प्राप्त गरेका छन्। त्यस्तै, रोहित सुनार ले ६४ फिट ५ इन्च दूरी कायम गर्दै दोस्रो स्थान हासिल गरेका छन्। दोस्रालाई रु। ४० हजार नगद पुरस्कार प्रदान गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथि सु। रत्न खोज गुरुङ, अध्यक्ष क्या।जै बहादुर गुरुङ तथा सचिव श्री दिनेश गुरुङको उपस्थितिमा प्रमाण–पत्र प्रदान गरिएको थियो। आयोजकका अनुसार यस्ता प्रतियोगिताले मौलिक खेलकुदको संरक्षणसँगै युवापुस्तालाई परम्परागत खेलप्रति आकर्षित गर्न सहयोग पुर्याउने विश्वास लिइएको छ।
पोखरा, ०२ माघ ।
पोखरामा जारी मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । पोखरा–१४ मनकामना टोलको खेल मैदानमा जारी प्रतियोगितामा शुक्रबार नवज्योति क्लब र पोखरा युनाइटेड क्लबले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।
नवज्योति क्लबले एपिएफ पोखरामाथि रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा पुग्न सफल भयो । पहिलो सेट २५–२३ ले जितेको एपिएफ पोखराले दोस्रो सेट २२–२५ ले नवज्योतिलाई सुम्पियो । तेस्रो सेटमा पुनः २५–१८ ले जित निकाल्दा एपिएफ पोखराले चौथो सेट १७–२५ ले नवज्योतिलाई सुम्पिँदा खेल पाँचौं सेटमा धकेलिएको थियो । पाँचौं सेटमा १६–१४ को रोमाञ्चक जित निकाल्दै नवज्योतिले सेमिफाइनलको यात्रा तय ग¥यो ।
शुक्रबार भएको अर्को खेलमा पोखरा भलिबल टे«निङ सेन्टरलाई ३–० को सोझो सेटमा पराजित गर्दै पोखरा युनाइटेडले सेमिफाइनलमा स्थान बनायो । युनाइटेडले पहिलो सेट २५–१५, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–२३ ले जित दर्ता ग¥यो । मनोहर युवा क्लब ‘ए’ र पकुवा भलिबलले यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरेका थिए ।
प्रतियोगिताको पहिलो सेमिफाइनल आयोजक मनोहर क्लब र नवज्योति क्लबबिच भोलि बिहान ८ बजेबाट सुरु हुनेछ । त्यसपछि दोस्रो सेमिफाइनल पोखरा युनाइटेढ र पकुवा भलिबलबिच हुनेछ । फाइनल खेल पनि भोलि नै हुने तालिका छ । माघ ३ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले एक लाख ७५ हजार ५५५ रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । दोस्रो हुने टोलीलाई एक लाख एक हजार १११ रुपैयाँ प्रदान गरिनेछ ।
सेमिफाइनलमा पुग्ने दुई टोलीले समान २० हजार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ८ हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
पोखरा, ०२ माघ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेश प्रमुखसमक्ष आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका कार्यवाहक अध्यक्ष जुद्ध बहादुर गुरूङले शुक्रबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रतिवेदन पेश गर्नुभएको हो । नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख भट्ट समक्ष गुरूङले प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।
प्रदेश प्रमुख भट्टले यस आयोग मुलुकमा वित्तीय संघीयता लागू गर्ने आर्थिक पाटोतर्फको मेरुदण्ड भएको उल्लेख गर्नुृहुँदै पर्याप्त प्राकृतिक श्रोतले पूर्ण भएप्नि देशले पर्याप्त लाभ लिन नसकिएको चिन्ता व्यक्त गर्नुभयो ।
‘नेपाल सानो क्षेत्रफलमा पर्याप्त प्राकृतिक श्रोत भएको देश भएपनि यसको उपयोगिताका सन्दर्भमा उचित नीति र योजना नहुँदा उपभोग गरी लाभ लिन नसकिरहेको अवस्था छ ।’ उहाँले भन्नुभयो – ‘मुलुकका प्रबुद्ध वर्गहरु, पूर्वप्रशासक, अर्थशास्त्री, वित्तसँग राम्रो अनुभव भएका व्यक्ति सम्मिलित आयोगले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्दछ ।’
आयोगका कार्यवाहक अध्यक्ष गुरुङले आर्थिक वर्ष २०८२/०८३ का लागि गण्डकी प्रदेश सरकारलाई ७ अर्ब ७३ करोड ८९ लाख र प्रदेश भित्रका स्थानीय सरकारलाई ९ अर्ब २२ करोड ९३ लाख वित्तीय समानीकरण अनुदान उपलब्ध गराउन सिफारिस गरिएकोमा नेपाल सरकारले सोहि बमोजिम बजेट विनियोजन गरेको बताउनुभयो ।
यद्यपी, नेपाल सरकारले सिफारिस बमोजिम बजेट विनियोजन गरेपनि प्रदेश तथा स्थानीय तहलाई पूरै रकम हस्तान्तरण नहुँदा प्रदेश र स्थानीय सरकारको बजेट कार्यान्वयन प्रभावित भएका देखिएको उहाँले बताउनुभयो ।
कार्यवाहक अध्यक्ष गुरुङले आर्थिक वर्ष २०८१/८२ को अवधिमा आयोगले गण्डकी प्रदेश तथा प्रदेशभित्रका स्थानीय सरकारसँग सम्बन्धित विषयमा सम्पादन गरेका काम–कारबाहीहरू उक्त वार्षिक प्रतिवेदनमा समेटिएकोे जानकारी दिनुभयो । उहाँले संक्षिप्त विवरणसहित प्रतिवेदन पेस गर्दै आयोगका गतिविधि र सिफारिसबारे प्रदेश प्रमुखलाई अवगत गराउनुभएको थियो ।
संघीय सञ्चित कोषबाट संघ, प्रदेश र स्थानीय तहबीच राजस्व बाँडफाँड गर्ने, मानक र पूर्वाधारको आधारमा प्रदेश र स्थानीय तह सशर्त अनुदानको आधार तय गर्ने, प्रदेश सञ्चित कोषबाट प्रदेश सरकार र स्थानीय तहबीच राजस्व बाँडफाँड गर्ने, संघ, प्रदेश र स्थानीय तहले लिन सक्ने आन्तरिक ऋणको सीमा सिफारिस गर्ने, प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी बाँडफाँडको हिस्सा निर्धारणको आधार तय गरी सिफारिस गर्ने जस्ता अधिकार आयोगलाई छ ।
शुक्रबार बद्री पंगेनी र डी मर्चाको प्रस्तुती रहने
पोखरा, ०१ माघ ।
पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सवमा दर्शकको भीड लागेको छ । महोत्सवको तेस्रो दिन हजारौ दर्शकले महोत्सवको अवलोकन गरे । महोत्सवमा बिहीबार चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियारको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । शान्तिश्री संगै लोकदोहारी कलाकारहरु चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, सरस्वती लामिछाने, सन्तोष सुवेदी, पार्वती गुरुङ, रमेश थापा मगर लगायतले प्रस्तुती राखेका थिए ।
साँझको लाइभ कन्सर्टमा युवाहरुमाझ चर्चित लाहुरे आशिष रानाको प्रस्तुतीमा युवाहरुले भरपुर मनोरन्जन लिए । महोत्सवको चौथो दिन लोकदोहोरी गायक बद्री पंगेनी, पार्वती जी.सी. चोलेन्द्र पौडेल, कृष्ण सुवेदी, परशुराम अधिकारी, कमला सुनार, अर्चना चापागाई लगायतको प्रस्तुती रहनेछभने साँझको लाइभ कन्सर्टमा डी मर्चाको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा साँझको लाइभकन्सर्टतर्फ माघ ३ गते अनुप्रस्था, माघ ४ गते दुर्गेश थापा, माघ ५ गते लेकाली ब्याण्ड, माघ ६ गते ए वाई जी, माघ ७ गते रकहेड्स, माघ ८ गते जेम्सी, माघ ९ गते सबिन राई एण्ड फारोह र माघ १० गते भी टेनको प्रस्तुती रहने छ ।
त्यसैगरी लोकदोहोरी तर्फ माघ ३ गते प्रकाश सपुत र प्रजापति पराजुली, माघ ४ गते समिक्षा अधिकारी, माघ ५ गते अर्जुन सापकोटा, माघ ६ गते प्रीति आले, माघ ७ गते शान्तारानी परियार, माघ ८ गते अस्मिता अधिकारी, माघ ९ गते सम्झना लामिछाने मगर र माघ १० गते प्रकाश दुतराजको प्रस्तुती रहने छ ।
महोत्सवमा मुुख्य प्रायोजक बेटर होम एपलायन्सको स्टलबाट १ हजार बराबरको सामान खरिद गरेमा १ वटा कुपन प्राप्त गर्नुका साथै सामान खरिद गर्ने उपभोक्ताहरु मध्ये तीन जना भाग्यशाली उपभोक्तालाई बेटर एपलायन्सको तर्फबाट प्रथम भाग्यशाली उपभोक्ताले १ टनको बेटर एसी, दोश्रो भाग्यशाली उपभोक्तालाई १५ लि.भिक्ट्री वाटर डिस्पेन्सर÷मोनाको गिजर, तेश्रो भाग्यशाली उपभोक्तालाई बेटर ब्रेथ ९० ग्लासहुड चिम्नी, चौथौ भाग्यशाली उपभोक्तालाई रेडियान्ट भ्याकुम क्लिनर र कन्सोलेशन प्राइजमा एमिनेट एयर फ्रायर प्राप्त गर्नेछन ।
भाग्यशाली उपभोक्ताको घोषणा महोत्सवको अन्तिम दिन गोला प्रथाद्धारा महोत्सवको स्टेजबाट घोषणा गरि पुरस्कृत गरिने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
महोत्सवको प्रायोजक बन्दीपुर केबलकार एण्ड टुरिजम प्रा.लि.ले पोखरा महोत्सवमा प्रत्येक दिन ५ जना भाग्यशालीलाई केबलकारको फ्रि टिकट प्रदान गरिनेछ । महोत्सवको प्रायोजक भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रा.लि.ले महोत्सवमा राखिने स्टलमा भर्ना हुने विद्यार्थीहरुलाई भाषा कक्षामा ५० प्रतिशत छुट र गिफ्ट ह्याम्पर साथै गोलाप्रथाको माध्यमबाट दैनिक एकजनालाई निशुल्क भाषा कक्षाको अवसर प्रदान गर्नेछन ।
ग्रुमिङ पार्टनरमा रहेको बबि ब्यूटी सलुन एण्ड ट्रेनिङ सेन्टरले महोत्सव अवधिभर महोत्सवको टिकट लिएर ब्यूटिसियन कोर्स तथा सर्भिस लिन आउने विद्यार्थी तथा ग्राहकहरुलाई ३० प्रतिशत छुट प्राप्त गर्नेछन । फुड पार्टनरमा रहेको पोखरा सेकुवा घरले महोत्सवको टिकटको अर्धकट्टी साथमा लिएर गएमा पोखरा सेकुवा घरको फुड आइटममा १० प्रतिशत छुट पाउनेछन ।
महोत्सवमा कान्तिपुर डेण्टल हस्पिटलले दैनिक निःशुल्क दातको स्क्रीनिङ गर्नेछ । महोत्सवमा आयोजना हुने टिकटक प्रतियोगितामा लाइकको आधारले प्रथम हुनेलाई आशिष इन्स्टीच्युट प्रालिको तर्फबाट नगद २५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन । महोत्सवको टिकट अनलाईन बाट रेभल एप मार्फत समेत बुकिङ गर्न सक्ने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
पोखरा, ०१ माघ ।
पोखरा–१४ मनकामना टोलको खेल मैदानमा जारी मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगितामा नवज्योति क्लब र पकुवा भलिबल क्लबले जित निकालेका छन् । बुधबार भएको पहिलो खेलमा नवज्योतिले मादी–७ माथि रोमाञ्चक जित निकालेको हो । पहिलो सेट २५–२० र दोस्रो सेट ३३–३१ ले जित निकालेको नवज्योतिले तेस्रो र चौथो सेट मादीलाई सुम्पियो । मादीले तेस्रो सेट २५–२१ र चौथो सेट २५–२२ ले पुनरागमन ग¥यो । पाँचौ सेटमा १५–१२ ले जित निकाल्दै नवज्योति अर्काे चरणमा प्रवेश गर्न सफल भयो ।
आजको दोस्रो खेलमा पकुवाले आयोजक महोनर क्लबको ‘बी’ टिममाथि सोझो सेटको जित निकाल्यो । पकुवाले पहिलो सेट २५–७, दोस्रो सेट २५–६ र तेस्रो सेट २५–१० ले आफ्नो पक्षमा पा¥यो । प्रतियोगिताअन्तर्गत भोलि ३ खेल हुनेछन् । भोलिको पहिलो खेल बिहान ८ बजे नवज्योति क्लब र एपीएफ पोखराबिच हुनेछ । त्यसपछि पोखरा युनाइटेड र पोखरा भलिबल टे«निङ सेन्टरबिच खेल हुने तालिका छ ।
माघ ३ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले एक लाख ७५ हजार ५५५ रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । दोस्रो हुने टोलीलाई एक लाख एक हजार १११ रुपैयाँ प्रदान गरिनेछ ।
सेमिफाइनलमा पुग्ने दुई टोलीले समान २० हजार पाउनेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई ८ हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । एक टिममा धेरैमा तीन राष्ट्रिय खेलाडी राख्न पाउने व्यवस्था छ । भलिबल संघको समन्वयमा हुन लागेको प्रतियोगिताका सबै खेल हेर्नका लागि दर्शकलाई निशुल्क गरिएको छ ।
पोखरा, ०१ माघ ।
पोखराको सेन्ट मेरीज स्कुलमा आयोजित १९ औं राष्ट्रिय विद्यार्थी गुणीय चक्रको सम्मेलन जारी रहेको छ । कार्यक्रमको दोश्रो दिन मनशा स्मृति सर्व गुणीय व्यक्ति पुरस्कार छनौटका लागि पहिलो चरणबाट छनौट भएका विद्यार्थीहरु बीच स्टेज राउण्डमा प्रश्नउत्तर सम्पन्न भएको छ । प्रश्नउत्तर कार्यक्रममा देशभरबाट छनौट भएका ९ जना प्रतिभावान विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
कपिलवस्तुको बालज्योति इङ्ग्लिश बोर्डिङ स्कुलका आलोक तिवारी, काठमाडौंको ब्राइट फ्युचर सेकेन्डरी स्कुलकी गृष्मा भट्ट, मोरङको कुडोस विद्यासदनकी खुशी भट्टराई, पोखराको ज्ञान बगैंचा ईङ्गलिस बोर्डिङ स्कुलका प्रसून पन्त, झापा मोडल ईङ्गलिस सेकेन्डरी स्कुलका प्रणव मण्डल र प्रिदिशा बराल, काभ्रेको काठमाडौं युनिभर्सिटी हाई स्कुलका सम्यक पोखरेल, काठमाडौंको बेबिलोन नेशनल स्कुलकी सारा काफ्ले र जगत मन्दिर सेकेन्डरी स्कुलका सुमिन कोइराला पनि छनौटमा परेका छन् ।
क्वेष्ट नेपालका प्रमुख संरक्षक प्रोफेसर दिनेश प्रसाद चापागाईंकी कान्छी छोरी स्वर्गीय मनशा शर्माको सम्झनामा स्थापित यो पुरस्कार यस वर्ष नवौं पटक प्रदान भइरहेको छ । जुलाई १३, २०१५ मा मात्र ३० वर्षको उमेरमा निधन भएकी मनशाको स्मृतिमा २०१५ मा स्थापना भएको यस पुरस्कारले अहिलेसम्म २१ जना छात्रा र १९ जना छात्रहरूलाई सम्मानित गरिसकिएको छ ।
विद्यार्थी गुणीय चक्र कार्यक्रममा विभिन्न विद्यालयहरूबाट छनौट भएका विद्यार्थीहरूको वेब–आधारित साइकोमेट्रिक परीक्षणमार्फत टोटल क्वालिटी पर्सन इन्डेक्स मापन गरिएको थियो । काठमाडौं, पोखरा, कपिलवस्तु, झापा, मोरङ र काभ्रेका विभिन्न विद्यालयका विद्यार्थीहरू अन्तिम चरणमा पुगेका छन् ।
पाँच सदस्यीय निर्णायक समितिमा क्वेष्ट नेपालका सल्लाहकार ÷थिङ्क ट्याङ्क निराजन अधिकारी र प्रमुख सल्लाहकार सुरिना सुनयनी गुरुङ, बेटर चितवन संस्थाका संस्थापक सागर क्षेत्री, सफ्टवेरिका कलेजका कोर्स डाइरेक्टर सिद्धार्थ न्यौपाने र सेन्ट मेरीज सेकेन्डरी स्कूल पोखराकी इत्तुलोजिजु रहेका थिए ।
पुरस्कार विजेताहरूले मान्यताको प्रमाणपत्र, ट्रफी र पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। यस पुरस्कारको मूल उद्देश्य विद्यार्थीहरूमा राम्रो चरित्र र स्मार्ट चरित्र दुवैको विकास गर्दै सम्पूर्ण गुणस्तरीय व्यक्तित्व निर्माणमा प्रोत्साहन गर्नु रहेको थियोे ।
सम्मेलनमा जलवायु परिवर्तन, फोहोर व्यवस्थापन, एआइ र कोडिङ जस्ता समसामयिक विषयमा पनि विशेष कार्यशालाहरू सञ्चालन भइरहेका छन् । जस अन्तर्गत कार्याशालामा सहभागी विद्यार्थीहरुलाई कार्बन फुट प्रिन्ट ,फोहोर व्यवस्थापन र विद्यार्थीको रूपमा हाम्रो दायित्व ,जलवायु परिवर्तन÷ग्लोबल वार्मिङको बारेमा ई। सागर कार्कीले सहजीकरण गरेका थिए ।
त्यस्तै ए आई र कोडिङ, जिम्मेवार एआई निर्माण, एआईका कारण र नैतिकता, राम्रो भविष्यको लागि कोडिङ, भविष्यका नेताहरूको लागि एआईको बारेमा ई। सिद्धार्थ न्यौपानेले सहजीकरण गरेका थिए । हिंजो देखि तीन दिन सम्म हुने सम्मेलनमा विविध शैक्षिक तथा सिर्जनात्मक गतिविधिसहित सञ्चालन भइरहेको छ ।
सम्मेलनको पहिलो दिन झैं समानान्तर सत्र, प्यानल छलफल, विद्यार्थी गुणीय चक्र केस स्टडी प्रस्तुति, प्रतिस्पर्धात्मक कार्यक्रम, कार्यशाला तथा अवलोकन भ्रमण ९साइट सिइङ० कार्यक्रमहरू सञ्चालन भैरहेका छन् ।
पोखरा, ०१ माघ ।
तामाङ समुदायको भाषा, संस्कृति र पहिचान प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको मिस तामाङ पोखरा–२०२६ को सम्पूर्ण तयारी पूरा भएको छ। बैदाम तामाङ सेवा समाजको आयोजनामा सम्पन्न हुन लागेको प्रतियोगिताको ग्राण्ड फिनाले माघ ३ गते शनिबार पोखरा इभेन्ट सेन्टर, बुलौदी लेकसाइडमा आयोजना हुँदैछ। प्रतियोगितामा ८ जना युवती सहभागी छन्, जसले सौन्दर्यसँगै क्षमता, आत्मविश्वास, संस्कृति र नेतृत्व प्रस्तुत गर्नेछन्।
व्यवसाय व्यवस्थापन अध्ययनरत सोममाया मोक्तान तामाङ उद्यमशीलता र महिला आत्मनिर्भरतामा केन्द्रित सोच बोकेकी छिन्। सलिना स्याङ्तान तामाङ कला र चित्रकलामार्फत तामाङ संस्कृतिको प्रवद्र्धन गर्न चाहन्छिन्। गीत–संगीतप्रेमी सुप्रिया गोले तामाङ मौलिक तामाङ गीतलाई नयाँ पुस्तासम्म पु¥याउने लक्ष्यमा छन्। सबैभन्दा कम उमेरकी प्रतियोगी खुसी मोक्तान तामाङ लोकनृत्यप्रति समर्पित रहँदै सांस्कृतिक प्रशिक्षक बन्ने सपना देख्छिन्।
त्यसैगरी, गायनमा रुचि राख्ने माया दुम्जन तामाङ, तामाङ सेलो नृत्यमा दक्ष सोनी पाख्रिन तामाङ, मेकअप आर्टमा रुचि राख्ने कविना घिसिङ तामाङ तथा सेल्फ ब्राइडल मेकअपमार्फत आत्मविश्वासको सन्देश दिन चाहने रोज स्याङ्देन लामा प्रतियोगितामा सहभागी छन्।
आयोजकका अनुसार प्रतियोगीहरूलाई बोल्ने कला, महिला सशक्तीकरण, तामाङ भाषा, संस्कार तथा संस्कृति, साइबर सुरक्षा, महिला अधिकार, सेल्फ डिफेन्स, स्टेज प्रस्तुति र कोरियोग्राफीलगायत विषयमा विभिन्न क्षेत्रका विज्ञ तथा ख्यातिप्राप्त व्यक्तित्वहरूबाट तालिम प्रदान गरिसकिएको छ।
कार्यक्रम संयोजक रोशिला ब्लोन तामाङले प्रतियोगितामार्फत युवतीहरूको आत्मविश्वास र नेतृत्व क्षमता विकास भएको बताउँदै ग्राण्ड फिनालेका लागि सबै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइन्। समाजका अध्यक्ष ज्याक तामाङले मिस तामाङ पोखरा प्रतियोगिता सौन्दर्य प्रतियोगिताभन्दा फरक, पहिचान र सशक्तीकरणको अभियान भएको उल्लेख गर्दै सफल आयोजनाका लागि सबै पक्ष तयार रहेको बताए।
ग्राण्ड फिनाले कार्यक्रममा कलाकारहरू बुद्धी तामाङ, दिनेश डिसी, फुलकुमार बोम्जन, विवेक दोङ र सन्तोष बस्याललगायतको विशेष प्रस्तुति रहनेछ । कार्यक्रम नेपाल सरकारका निवर्तमान ऊर्जा मन्त्री तथा ‘उज्यालो नायक’ कुलमान घिसिङको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ।
प्रतियोगिताको विजेताले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछिन् भने फस्ट रनरअप, सेकेन्ड रनरअप तथा भ्युअर्स च्वाइसतर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।





