पोखरा, २७ पुस ।
पोखरा महानगरपालिका वडा नं ३३ स्थित शान्ति उदय माध्यमिक विद्यालयमा वडास्तरीय अन्तर विद्यालय नेपाली वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सरस्वती टीका माविकी छात्रा जेनिशाा नेपाली प्रथम भएकी छन् । प्रतियोगितामा कालिका मावि आपुभञ्ज्याङ्गकी छात्रा कृतिका केसी द्धितीय र शान्ति उदय माध्यमिक विद्यालयका छात्र रिदम लम्सालले तृतीय स्थान हाँसिल गरेका थिए ।
विद्यालयको ६६औं वार्षिकोत्सव तथा ६७ औं अभिभावक दिवसका अवसरमा विद्यालयका विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि प्रभावकारी भूमिका खेल्न सकोस् भन्ने उद्धेश्यले वडास्तरीय वक्तृत्वकला कक्षा १० सम्मको नेपाली वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।
राष्ट्रिय एकताको धारः समृद्ध नेपालको आधार शीर्षकमा राष्ट्रिय एकता दिवस तथा ३०४ औं पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई समेत मध्येनजर गरी सम्पन्न भएको वक्तृत्वकला प्रतियोगितामा स्वागत गर्दै विद्यालयका प्रधानाध्यापक राजेन्द्र बस्ताकोटीले बालबालिकामा अन्तरनिहित सिर्जनशीलता जागृत गराउँन प्रतियोगिता सहयोगी हुने धारणा राखे ।
शान्ति उदय भूपू विद्यार्थी मञ्चका उपाध्यक्ष विष्णुहरि पौडेल र पोखरा विश्वविद्यालयका उपप्राध्यापक सञ्जीव पौडेल निर्णायक रहेको उक्त वक्तृत्वकला प्रतियोगितामा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिलप्रसाद आचार्यले विद्यालयले निकट भविष्यमा नेपाल विश्वविद्यालयसँग सहकार्य गरेर अगाडि बढ्न छलफल चलाइरहेको जानकारी दिएका थिए । कार्यक्रमका वक्ताहरुले विद्यार्थीको क्षमता अभिवृद्धिमा यस्ता प्रतियोगिता उपयोगी हुने वताए ।
पोखरा, २७ पुस ।
पर्यटन क्षेत्रको विकासमा पत्रकारिता मार्फत उल्लेखनीय योगदान पुर्याए बापत ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० गण्डकीले पत्रकार सुमन ढुंगानालाई सम्मान गरेको छ । टान गण्डकीको ३२ औं साधारण सभाको अवसर पारेर टान गण्डकीले ढुंगानालाई सम्मान गरेको हो ।
न्यूज २४ टेलिभिजनका गण्डकी ब्युरो प्रमुख समेत रहेका ढुंगाना सहित पत्रकार बिमल तिवारी र सागर ढकाललाई पनि कार्यक्रममा सम्मान गरेको हो । पत्रकार ढुंगाना सहितलाई सम्मान गर्दै टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले ट्रेकिङ र समग्र पर्यटन क्षेत्रको विकासमा नेपाली पत्रकारिताको भूमिका निकै उल्लेखनीय रहेको बताए । सम्मान पछि आफ्नो धारणा राख्दै पत्रकार ढुङ्गानाले पत्रकारिता राष्ट्र, राष्ट्रियता, विकास, जनताको पक्षमा पक्षपाती रहेको र सधै रहनुपर्ने धारणा व्यक्त गरे ।
पोखराको वरपिपल रिसोर्टमा आयोजित ३२ औं साधारण सभा तथा सम्मान कार्यक्रमका वक्ताहरुले सडक निर्माण तथा विस्तारका क्रममा ट्रेकिङ रुटहरु मासिँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
पोखरा, २७ पुस ।
सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ सेवा समाजको आयोजनामा हुन लागेको मिस तामाङ पोखरा–२०२६ का प्रतियोगी युवतीहरूको प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागी प्रतियोगीहरूले आफूभित्र निहित कला, सीप तथा सिर्जनात्मक प्रतिभा प्रस्तुत गरेका थिए। प्रतियोगी रोज स्याङदेन लामाले सेल्फ ब्राइडल मेकअप, कविना घिसिङ तामाङले मेकअप कला, सोनी पाख्रिन तामाङले तामाङ सेलोमा आकर्षक नृत्य प्रस्तुत गरिन्। त्यसैगरी माया दुम्जन तामाङ र सुप्रिया गोले तामाङले गीत गायन, खुसी मोक्तान तामाङले लोक नृत्य प्रस्तुत गरिन्। सलिना स्याङदेन तामाङले चित्रकला तथा सोममाया मोक्तान तामाङले हस्तकलाका सामग्री निर्माण गरी प्रदर्शन गरेकी थिइन्।
प्रतिभा प्रस्फुटन कार्यक्रमका निर्णायकहरूमा गीतकार तीर्थ तामाङ, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष तथा सञ्चारकर्मी कञ्चन थापा, र एसके डान्स एण्ड ट्रेनिङ सेन्टरका प्रबन्ध निर्देशक माया लामा रहेका थिए। निर्णायकहरूले प्रतियोगीहरूको प्रस्तुति उच्चस्तरीय रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले तामाङ समुदायको मौलिक कला, संस्कृति र आत्मविश्वास उजागर गर्ने बताएका थिए।
गीतकार तीर्थ तामाङले प्रतियोगीहरू केवल सौन्दर्यको प्रतिनिधि मात्र नभई तामाङ संस्कृतिको पहिचान र भविष्यका सशक्त वाहक भएको धारणा व्यक्त गरे। नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कञ्चन थापाले प्रतियोगिताले युवतीहरूको नेतृत्व क्षमता र सिर्जनशीलता उजागर गर्ने उल्लेख गर्दै यस्ता कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्नेमा जोड दिए।
बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजक रोशिला ब्लोन तामाङले स्वागत मन्तव्य दिँदै प्रतियोगीहरूलाई शुभकामना व्यक्त गरेकी थिइन्। अध्यक्ष तामाङले मिस तामाङ पोखरा प्रतियोगिता संस्कृतिसँगै पहिचान, क्षमता र आत्मसम्मानको उत्सव भएको उल्लेख गर्दै आगामी दिनमा कार्यक्रमलाई अझ परिस्कृत र प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे।
मिस तामाङ पोखरा–२०२६ को ग्राण्ड फिनाले यही माघ ३ गते शनिबार पोखरा इभेन्ट सेन्टर, बुलौदी लेकसाइडमा हुने आयोजकले जनाएको छ। ग्राण्ड फिनालेमा ८ जना युवती सहभागी हुनेछन्। ग्राण्ड फिनाले कार्यक्रममा कलाकारहरू बुद्धी तामाङ, दिनेश डिसी, फुलकुमार बोम्जन, विवेक दोङ, सन्तोष बस्याललगायतको विशेष प्रस्तुति रहनेछ। कार्यक्रम नेपाल सरकारका निवर्तमान ऊर्जा मन्त्री तथा ‘उज्यालो नायक’ कुलमान घिसिङको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ।
प्रतियोगिताको विजेताले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद १ लाख रुपैयाँ तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछिन्। फस्ट रनरअपले नगद ५० हजार, सेकेन्ड रनरअपले नगद ३० हजार, तथा भ्युअर्स च्वाइसतर्फ एक जनाले नगद २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
हालसम्म विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्वहरूले प्रतियोगीहरूलाई तालिम प्रदान गरिसकेका छन्। तालिम प्रदान गर्नेहरूमा नेपाल जेसिसका पूर्व अध्यक्ष राजु केसी, पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष उपेन्द्र पौडेल, रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सञ्जय मल्ल, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कञ्चन थापा, अधिवक्ता जुना गुरुङ, साइबर ब्युरोबाट प्रहरी वरिष्ठ नायब निरीक्षक दुर्गा योञ्जन, प्रहरी सहायक हवल्दार सुरज रिमाल, फिटनेसका इन्टरनेशनल सर्टिफाइड लेभल–फोर प्रशिक्षक ज्यास्मिन गुरुङ, तेक्वान्दो प्रशिक्षक रेग्मी माया गुरुङ, जोन्टा क्लब पोखराका अध्यक्ष रोजिना रञ्जित बिजुक्छे, नेपाल तामाङ घेदुङका केन्द्रीय उपाध्यक्ष दीपक वाइवा तामाङ, तामाङ भाषाविद् अजितमान तामाङ, नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल तामाङ घेदुङका पूर्व अध्यक्ष धनप्रसाद तामाङ लगायत रहेका छन्।
तालिममा सहभागी युवतीहरूलाई बोल्ने कला, महिला सशक्तीकरण, तामाङ भाषा, संस्कार तथा संस्कृति, साइबर सुरक्षा, महिला अधिकार, सेल्फ डिफेन्सजस्ता जीवनोपयोगी विषयमा प्रशिक्षण दिइएको छ। साथै स्टेज प्रस्तुति र आत्मविश्वास अभिवृद्धिका लागि कोरियोग्राफी तालिम जिता लामा, रोशिला ब्लोन तामाङ र राम लामाले प्रदान गरिरहेका छन्। कार्यक्रमका अफिसियल फोटो, भिडियो तथा कन्टेन्ट डाइरेक्टर गणेश बज्र लामा रहेका छन्।
पोखरा, २७ पुस ।
१४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । आगामी पुषको २९ देखि माघको ११ सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ औं संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको महोत्सव आयोजक युनाईटेड क्लबले आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो ।
स्थापना कालदेखिनै पोखरा महोत्सवको आयोजना गरि युनाईटेड क्लबले शिक्षा, स्वास्थ्य खेलकुद र पर्यटन प्रवद्र्धनको क्षेत्रमा काम गर्दै आइरहेको छ । १४ औं संस्करणको पोखरा महोत्सवबाट युनाईटेड क्लवको आफ्नै जग्गा रहेको पोखरा २७ अर्चलेमा गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी निशुल्क शिक्षा प्रदान गर्ने गरी आवाशिय छात्रावास नर्माणको लक्ष्य राखी उक्त योजनाको डिपिआर अनुरुप निर्माण कार्य अगाडी बढेको पत्रकार सम्मेलन मार्फत क्लबका महासचिव तथा महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
उनका अनुसार उक्त जग्गामा २० कोठाको भवन निर्माण सम्पन्न गर्नुपर्नेमा यस वर्ष ३ कोठाको भवन निर्माण भई सकेको र १४औँ पोखरा महोत्सवको आम्दानीबाट थप कोठा निर्माण गरी आगामी शैक्षिक शत्रदेखि कार्यविधि निर्माण गरी छात्राबास सञ्चालनमा ल्याइने छ । यो संगै पोखरा महोत्सवको प्रवेश टिकटबाट प्रति टिकट एक रुपैँया सेती नदी संरक्षणका लागि छुट्याउने कार्यलाई निरन्तरता समेत दिइने भएको छ ।
रवि एण्ड सन्नी इण्डष्ट्रिज प्रा.लि.को बेटर मुख्य प्रायोजक रहेको १४औं संस्करणको पोखरा महोत्सवको सह प्रायोजकमा सिटीजन फर्निचर, प्रायोजकहरुमा बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेड, डियर वक पोखरा स्कुल, ओमोडा जेको, हिमश्री फुड्सको उत्कृष्ट उत्पादन रारा तैयारी चाउचाउ, भिजन लिंक एजुकेशन कन्सल्टेन्सी, सिद्धि अटोपार्टस एण्ड मोटरसाइकल वर्कसप पोखरा १० शिवचोक, डिभ्योल मोबिल र पोखरा सेकुवा घर रहेको छ ।
महोत्सवको हस्पिटालिटी पार्टनरमा होटल टास्क इन्टरनेश्नल प्रालि, पेमेन्ट पार्टनरमा रेबल, ग्रुमिङ पार्टनरमा बबि ब्यूटी सलुन एण्ड ट्रेनिङ सेन्टर, हस्पिटल पार्टनरमा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर, मोवाइल एप पार्टनरमा वी पोखरा, इन्टरनेट पार्टनरमा भायानेट, अफिसियल बैंकमा ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड, अफिसियल इन्स्योरेन्स नेपाल इन्स्योरेन्स, अफिसियल ड्रिंङकिङ वाटर सोल्टी, अफिसियल एयरलायन्समा यती एयरलायन्स, प्रवद्र्धकमा परिचय, अफिसियल टेलिभिजनमा एबीसी टेलिभिजन र फेवा टेलिभिजन एचडी रहेको छ र मिडिया पार्टनरमा अन्नपूर्ण एफ एम र आदर्श समाज रहेको जानकारी गराउँदछु । त्यसैगरी विशेष सहयोगी संस्था पोखरा महानगरपालिका, अमरसिंह मा.वि. र सहयोगी संस्था गण्डकी प्रज्ञा प्रतिष्ठान रहेको छ ।
महोत्सवमा मुुख्य प्रायोजक बेटर होम एपलायन्सको स्टलबाट रु १ हजार बराबरको सामान खरिद गरेमा १ वटा कुपन प्राप्त गर्न सक्नेछन । महोत्सवमा सामान खरिद गर्ने उपभोक्ताहरु मध्ये तीन जना भाग्यशाली उपभोक्तालाई बेटर एपलायन्सको तर्फबाट प्रथम भाग्यशाली उपभोक्तालाई १ टनको बेटर एसी, दोश्रो भाग्यशाली उपभोक्तालाई १५ लि.भिक्ट्री वाटर डिस्पेन्सर÷मोनाको गिजर, तेश्रो भाग्यशाली उपभोक्तालाई बेटर ब्रेथ ९० ग्लासहुड चिम्नी , चौथौ भाग्यशाली उपभोक्तालाई रेडियान्ट भ्याकुम क्लिनर र कन्सोलेशन प्राइजमा एमिनेट एयर फ्रायर प्राप्त गर्नेछन । भाग्यशाली उपभोक्ताको घोषणा महोत्सवको अन्तिम दिन गोला प्रथाद्धारा महोत्सवको स्टेजबाट घोषणा गरि पुरस्कृत गरिनेछ ।
त्यसैगरी महोत्सवको प्रायोजक बन्दीपुर केबलकार एण्ड टुरिजम प्रा.लि.ले पोखरा महोत्सवमा प्रत्येक दिन ५ जना भाग्यशालीलाई केबलकारको फ्रि टिकट प्रदान गरिनेछ । महोत्सवको प्रायोजक भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रा.लि.ले महोत्सवमा राखिने स्टलमा भर्ना हुने विद्यार्थीहरुलाई भाषा कक्षामा ५०% छुट र गिफ्ट ह्याम्पर साथै गोलाप्रथाको माध्यमबाट दैनिक एकजनालाई निशुल्क भाषा कक्षाको अवसर प्रदान गर्ने भएको छ ।
महोत्सवमा आयोजना गरिने विद्यालय स्तरिय सामुहिक लोक नृत्य प्रतियोगितामा सहयोगी संस्था गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजन रहने भएको छ । ग्रुमिङ पार्टनरमा रहेको बबि ब्यूटी सलुन एण्ड ट्रेनिङ सेन्टरले महोत्सव अवधिभर महोत्सवको टिकट लिएर ब्यूटिसियन कोर्स तथा सर्भिस लिन आउने विद्यार्थी तथा ग्राहकहरुलाई ३०% छुट प्रदान गर्नेछ ।
फुड पार्टनरमा रहेको पोखरा सेकुवा घरले महोत्सवको टिकटको अर्धकट्टी साथमा लिएर गएमा पोखरा सेकुवा घरको फुड आइटममा १० प्रतिशत छुट पाउनेछन । महोत्सवमा मेडिकल पार्टनरको रुपमा रहेको मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरबाट प्राथमिक उपचारको व्यवस्था गर्नेछ र कान्तिपुर डेण्टल हस्पिटलले दैनिक निःशुल्क दातको स्क्रीनिङ गर्नेछ ।
महोत्सवमा आयोजना हुने टिकटक प्रतियोगितामा लाइकको आधारले प्रथम हुनेलाई आशिष इन्स्टीच्युट प्रालिको तर्फबाट नगद २५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन । महोत्सवको टिकट अनलाईन बाट रेभल एप मार्फत समेत बुकिङ गर्न सक्नेछन । महोत्सवको मोवाइल एप पार्टनर वी पोखरा पोखरेलीहरुको लागि बनाइएको एपको उद्घाटन समेत महोत्सवको उद्घाटन समारोहमा गरिने प्रचार प्रसार संयोजक दिनेश सुनारले बताए ।
महोत्सवमा शारिरीक अशक्त, बृद्धबृद्धा, एकल महिला, विदेशी पर्यटक, पत्रकार, ६ वर्ष मुनिका वालवालिका र सुरक्षाकर्मी (पोषाक सहित) हरुलाई निशुल्क प्रवेश गराइने छ ।
१३ दिन सम्म सञ्चालन हुने महोत्सवमा २ सय ५० स्टल रहेका छनभने महोत्सवमा २ देखी २ लाख ५० हजार दर्शक आउने अनुमान गरिएको छ । महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पु¥याउनेु, विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पु¥याउने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरुको बजार सहजीकरण गराउने, सवै कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पु¥याउने, आर्थिक चलायमान गराई रोजगार सिर्जना गराउने, क्षेत्रगत बिकासमा टेवा पु¥याउने र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ ।
महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवशायीक संघ संस्थाहरुको सेवा बारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण , पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती संगै कृषिका गतिविधीहरु सञ्चालन हुनेछन् ।
महोत्सवको उद्घाटन समारोहमा नेपालको लोकप्रिय अभिनेता बिपिन कार्की र बिजय बरालको उपस्थिति रहने छ । त्यसैगरी माघ ९ गते नेपालकै उत्कृष्ट एम एम ए कोच दिविज पिया लामाको उत्प्रेरणादयी प्रस्तुतीलाई दर्शकमाझ प्रस्तुत गरिने छ । महोत्सवकै उद्घाटनको दिन पोखराका विश्व साईकल यात्री अजित बराल र नेपालकै विभिन्न ग्रामीण भेग र पर्यटकीय क्षेत्रहरुलाई सामाजिक सञ्जालको मार्फतबाट पर्यटनमा टेवा पु¥याउने पोखराकै मुना केसीलाई पनि सम्मान गरिने कार्यक्रम रहेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
महोत्समा चर्चित लोकदोहोरी गायक गायिकाहरु रवि कार्की, शान्तिश्री परियार, बद्री पंगेनी, प्रकाश सपुत, समिक्षा अधिकारी, अर्जुन सापकोटा, प्रीति आले, शान्तारानी परियार, अस्मिता अधिकारी, सम्झना लामिछाने मगर, प्रकाश दुतराज, पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल, प्रजापति पराजुली, जीवन दाहाल, घनश्याम रिजाल, शंकरबिरही गुरुङ लगायतका स्थानिय कलाकारहरुको प्रस्तुती रहनेछन् भने लाईभ कन्सर्टतर्फ लाउरे, डी मर्चा, अनुप्रस्था, दुर्गेश थापा, लेकाली, एवाईजी, रकहेड्स, जेम्सी, सविन राई, भिटेन र पर्पल संगै स्थानीय ब्याण्डहरुको प्रस्तुती रहने छ ।
त्यसैगरी हास्य ब्यङ्ग्य प्रस्तुती, नेपाली संस्कृति झल्कने प्रस्तुती, बाल उद्यान, विद्यालय स्तरिय सामुहिक लोक नृत्य प्रतियोगिता, छेलो÷ठेलो प्रतियोगिता, झाँकी प्रदर्शनी रहनेछन् । त्यसैगरी थप आकर्षणमा टिकटक प्रतियोगिता, विद्यार्थीले निर्माण गरेका शैक्षिक प्रदर्शनी र विभिन्न मनोरञ्जनका कार्यक्रमहरु हुनेछन् ।
महोत्सवमा पर्यटकीय स्थलको जानकारी दिने स्टललाई निःशुल्क प्रदान गरिएको छ ।
पोखरा, २७ पुस ।
कास्की आइडलको गायनतर्फको उपाधि रोजिता घताने र नृत्यतर्फको उपाधि शिखा पुनले हात परेका छन् । रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा शनिवार सम्पन्न गायन तथा नृत्य प्रतियोगिता ‘कास्की आइडल’ को गायनतर्फको फस्ट रनरअप सुशान्त भण्डारी र सेकेन्ड रनरअप सबिना परियार भएका छन् ।
सन्तोष परियार र विशाल पाण्डेले गायनतर्फ सान्त्वना पुरस्कार प्राप्त गरे । यस्तै नृत्यतर्फ क्रिस्टिना जिसी फस्ट रनरअप, आकृषा पोखरेल सेकेन्ड रनरअप तथा लोजिना पटेल र ऋदम लिम्बू सान्त्वना भए ।
दुवै विधामा उपाधि विजेताले जनही रु। ५० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै फस्ट रनरअपले रु। ३० हजार नगद, ट्रफी र प्रमाणपत्र तथा सेकेन्ड रनरअपले रु। १० हजार नगद, ट्रफी र प्रमाणपत्र पाएका छन् । विगत डेढ महिनादेखि सञ्चालित आइडलका विभिन्न चरण पार गरेर दुवै विधामा ५र५ जना फाइनलमा प्रवेश गरेका थिए ।
रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङले ‘कास्की आइडल’ जस्तो कार्यक्रमले स्थानीय तथा ग्रामीण क्षेत्रमा लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउँदै राष्ट्रिय स्तरका कलाकार जन्माउने आधार निर्माण गरेको बताए ।
कार्यक्रम संयोजकसमेत रहेका अध्यक्ष आदर्श पोखरेलले सामाजिक, साहित्यिक र सांस्कृतिक विकाससँगै युवा प्रतिभालाई उचित मञ्च प्रदान गर्नु नै प्रतिष्ठानहरूको उद्देश्य भएको बताए ।
लेखनाथ उद्योग वाणिज्य सङ्घकी अध्यक्ष जानुका पराजुली अधिकारीले यस्ता कार्यक्रमले सांस्कृतिक पहिचान संरक्षण, प्रतिभा विकास र यस क्षेत्रको पर्यटन प्रवर्धनमा समेत योगदान पुर्याउने धारणा राखिन् ।
गीतकार प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले गीतकार प्रतिष्ठान गीतकारको हकहितका लागि मात्र नभई समग्र साङ्गीतिकरसांस्कृतिक क्षेत्रको उत्थानका लागि क्रियाशील संस्था भएको बताए । उनले आगामी दिनमा पनि नेपाली वाङ्मयका विविध क्षेत्रमा प्रतिष्ठानले कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना रहेको सुनाए ।
गायक रामभक्त जोजिजू तथा गायिका ईतु जोजिजूको समेत प्रस्तुति रहेको कार्यक्रममा अनिल ढुऽगाना र सनम गुरुङलगायतका कलाकारहरूको विशेष प्रस्तुति रहेको थियो । कार्यक्रमको सञ्चालन झलक गुरुङ र ज्योति खड्काले गरेका थिए ।
कार्यक्रममा रूपा गाउँपालिका–२ का वडाअध्यक्ष राजन सुवेदी, एचएम एजुकेसन सर्भिसका निर्देशक दुर्गाप्रसाद गुरुङ, उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष विक्रम कर्माचार्य, मन्टेश्वरी एसोसिएसनकी अध्यक्ष डा। ऋतु पौडेल, गीतकार रेशम रचक, समाजसेवी सन्तोष तिमिल्सिना, मधु क्षेत्री, डा। निराजन कोइराला, मदन घिमिरेलगायतले शुभकामना दिएका थिए ।
पोखरा, २७ पुस ।
नेसनल प्याब्सन कास्कीले विविध कार्यक्रमको आयोजना गरि आइतबार २७ औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसर पारेर स्थापना वर्षको आधारमा विद्यालयहरू सम्मान, एस.ई.ई. २०८१ मा सतप्रतिशत विद्यार्थी उर्तीण गराउन सफल विद्यालयहरू सम्मान, एस.एल.सी. परीक्षा–२०८१मा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थी÷विद्यालय सम्मान, एस.ई.ई.परीक्षा–२०८१ मा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थी÷विद्यालय सम्मान दीर्घ सेवापदक सम्मान–२०८२ बाट सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाले यस वर्ष शिक्षा÷साहित्यसेवा सम्मान–२०८२ बाट बरिष्ठ गायिका तथा साहित्यकार प्राज्ञ हरिदेवी कोइरालालाई सम्मान गरेको छ । कोइरालालाई कार्यक्रमका प्रमुख अतिथि नेसनल प्याब्सनका संस्थापक अध्यक्ष बसन्तबहादुर श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष याम खड्का, उपाध्यक्ष राम बहादुर मोची, उपाध्यक्ष विष्णु पराजुली र कास्कीका अध्यक्ष हेमन्त अधिकारीले नगद २५ हजार सहित सम्मान पत्र, दोसल्ला ओढाई सम्मान गरेका थिए।
यसैगरी स्थापना वर्षको आधारमा विद्यालयहरू सम्मान गरिएको छ । यसरी सम्मानित हुने विद्यालयहरुमा न्यू लिटिल स्टेपसेकेन्डरी स्कुल–२०५७, नेसनल क्रियशन एकेडेमी–२०६३, ओम एकेडेमी–२०६३ र पिक एभरेष्टबोर्डिङ स्कुल–२०६४ रहेका छन् ।
एस.ई.ई. २०८१ मा सतप्रतिशत विद्यार्थी उर्तीण गराउन सफल विद्यालयहरू अञ्जुली आवासीय मा.वि, बालप्रतिभा बोर्डिङ स्कुल, हिलसाइड इङ्लिस सेकेन्डरी स्कुल, लाविन रेसिडेन्सियल स्कुल, नेसनल व्रिmयसन एकेडेमी, पुष्पसदन एकेडेमी कास्की, श्री रत्नज्योति मा.वि. र युनिभर्सबोर्डिङ स्कुललाई सम्मान गरिएको थियो ।
एस.एल.सी. परीक्षा–२०८१ मा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थी÷विद्यालय सम्मानमा आशिष गौतम, कास्की मोर्डनाइज्ड एकेडेमी, ३.८५ जी.पी.ए., अलिशा पुन, त्रिवेणी पब्लिक मा.वि., ३.७८ जी.पी.ए. ल्याउने विद्यार्थीलाई नगद १०÷१० हजार सहित सम्मान पत्रले सम्मान गरिएको थियो ।
त्यस्तै एस.ई.ई.परीक्षा–२०८१ मा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थी÷विद्यालय सम्मानमा दिप्सन घर्ती, कास्की मोर्डनाइज्ड एकेडेमी, ४.०० जी.पी.ए., नितेश थापा, कास्की मोर्डनाइज्ड एकेडेमी, ४.०० जी.पी.ए., सुस्मा खत्री, बड्स एकेडेमी, ४.०० जी.पी.ए., नितु भण्डारी, बड्स एकेडेमी, ४.०० जी.पी.ए. र कृतिका बि.क., लाविन रेसिडेन्सियल स्कुल, ४.०० जी.पी.ए. ल्याएका विद्यार्थीलाई नगद ५०÷५० हजार र सम्मान पत्रले सम्मान गरिएको थियो ।
त्यसैगरी दीर्घ सेवापदक सम्मान–२०८२ बाट सम्मान हुनेमा बगमारा एकेडेमिक गार्डेन पोखरा–३३, कास्कीका शिक्षक विष्णु कुमारी अधिकारी, बड्स एकेडेमी पोखरा–०६, कास्कीका शिक्षक गीता देवी डुम्रे, गोर्खा बोर्डिङ स्कुल पोखरा–१६, कास्कीका शिक्षक दिपा थापा, ज्ञानज्योति बोर्डिङ स्कुल माछपुच्छ«े–०४ का शिक्षक दुर्गा अधिकारी, ज्ञानज्योति विद्याकुञ्ज मा.वि पोखरा–३२, कास्कीका शिक्षक मित्रबन्धु सुवेदी रहेका छन्
हेम्जा बोर्डिङ स्कुल पोखरा–२५, कास्कीका शिक्षक रिता देवकोटा पौडेल र कर्मचारी चेत बहादुर कुँवर, कान्तिपुर एकेडेमीअफ साइन्स एण्डटेक्नोलोजी पोखरा–१४, चाउथेका कर्मचारी विजय लामा, कास्की मोडर्नाइज्ड एकेडेमी पोखरा–१४, चाउथेका शिक्षक गंगा आले र कर्मचारी विमाया माझकोटी, लेखनाथ मेमोरियल इङ्लिस बोर्डिङ स्कुल पोखरा–२७, कास्कीका शिक्षक पुनम थापा, न्यू लेखनाथ पब्लिक एकेडेमी पोखरा–३०, कास्कीका शिक्षक इन्दिरा सुवेदी, कृष्णतिवारी, ओम एकेडेमी पोखरा–१७, कास्कीका शिक्षक बिष्णुमाया सुनार, शान्ती थापा कर्मचारी अमृत वि.क. रहेका छन् ।
पिक एभरेष्टबोर्डिङ स्कुल माछपुच्छ«े, कास्कीका शिक्षक पार्वती भण्डारी गौतम, पुस्पा रिमाल आचार्य, पयेनियर इङ्लिस एकेडेमी पोखरा–१५, कास्कीमन शिक्षक रोशनी गुरुङ, पुष्पसदन एकेडेमी पोखरा–१२, कास्कीका शिक्षक अजय थापा र मञ्जु पहारी थापा, सागर मेमोरियल बोर्डिङ स्कुल माछपुच्छ«े–३, कास्कीका शिक्षक बेदकुमार श्रेष्ठ, सिर्जना श्रेष्ठ लेखापाल सिता देवी श्रेष्ठ रहेका छन् ।
त्यस्तै शान्ति बाटिका बोर्डिङ स्कुल पोखरा–३२, कास्कीका शिक्षक राजबन्धु बस्नेत, मिठु मल्ल, शोभा श्रेष्ठ लेखापाल पुष्पा कुमारी थापा कर्मचारी इन्द्रकुमार श्रेष्ठ, सनराइज प्रिपारोटरी स्कुल पोखरा–२४, कास्कीका शिक्षक लोकनाथ लामीछाने, दुर्गा भण्डारी पराजुली, त्रिवेणी पब्लिकमा.वि पोखरा–२७, कास्कीका शिक्षक खगराज धमला कर्मचारी रिता पुर्जा र श्री रत्नज्योती मा.वि. पोखरा–८, कास्कीका शिक्षक सारदा कुमारी पौडेल रहेका छन् ।
कार्यक्रममा बौल्दै प्रमुख अतिथि नेसनल प्याब्सनका संस्थापक अध्यक्ष बसन्तबहादुर श्रेष्ठले एन प्याब्सनले गर्ने हरेक कार्यक्रम उत्कृष्ट रहेको बताए । सम्मानित व्यक्तित्व बरिष्ठ गायिका तथा साहित्यकार प्राज्ञ हरिदेवी कोइरालाले पवित्र संस्थाबाट सम्मानित हुन पाएको भन्दै खुशी व्यक्त गरिन् । शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले संस्कारयुक्त, प्रतिस्पर्धी, जीवन जिउन सक्ने खालको शिक्षा अहिलेको आवश्यकता भएको बताए।
कार्यक्रममा नेसनल प्याब्सनका वरिष्ठ उपाध्यक्ष याम खड्का, उपाध्यक्ष राम बहादुर मोची, उपाध्यक्ष विष्णु पराजुली, प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतम, हिसान कास्कीका अध्यक्ष दिवाकरर जैसी, प्याब्सियु केन्द्रीय कार्यसमिति अध्यक्ष शिवलाल उपाध्याय, लेखनाथ मेमोरियल इङ्लिस बोर्डिङ स्कुलका शिक्षक पुनम थापाले बोलेका थिए ।
नेसनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनकाजी गुरुङले स्वागत र सचिव प्रेमराज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।
पोखरा, २७ पुस ।
नेपाल रेडक्रस सोसाइटी (नेरेसो) पोखरा महानगरपालिका वडा नं. २६ उपशाखाको ३२औँ वार्षिक साधारणसभा आज पोखरामा सम्पन्न भएको छ। साधारणसभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा पोखरा महानगरपालिका वडा नं.२६ का वडाध्यक्ष नरेन्द्र थापा ‘नरेन’ले समुदायस्तरमा नेपाल रेडक्रस सोसाइटीको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले रेडक्रसले प्राथमिक उपचार, विपद् तथा प्रकोपको समयमा राहतउद्धार कार्य, साथै विपन्न तथा असहाय परिवारहरूको अवस्थालाई मध्यनजर गर्दै मानवीय क्षति न्यूनीकरणमा उल्लेखनीय योगदान पु¥याउँदै आएको उल्लेख गर्नुभयो ।
सोही अवसरमा उपशाखाका सभापति अम्बिका मोहन भट्टराईले आफ्नो कार्यकालको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै उपशाखा अन्तर्गत रहेका अति विपन्न परिवार तथा उपचार खर्च अभावका कारण उपचार गर्न नसक्ने बिरामी व्यक्तिहरूलाई आवश्यक पर्दा आफ्नै व्यक्तिगत खर्चबाट समेत सहयोग गर्ने घोषणा गर्नुभयो भने कार्यक्रममा कोषाध्यक्ष बुद्धराज बस्यालले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
साधारणसभाको अवसरमा प्रत्येक वर्ष प्रदान गरिँदै आएको श्री डण्डपाणी तिवारी स्मृति अक्षकोष तथा सवित्रि मोहन शर्मा स्मृति अक्षयकोषबाट जेहेन्दार छात्रवृत्ति अन्तर्गत भवानी कालिका माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत छात्रा रश्मि आचार्य तथा अमर ज्योति गाउँ फर्क माध्यमिक विद्यालय कक्षा ५ मा अध्ययनरत छात्रा रेनुका ढुङ्गानालाई सम्मान गरिएको थियो । साथै समुदाय अन्तर्गत सूर्यदेवी बराललाई समेत विशेष सम्मान प्रदान गरिएको थियो ।
नेपाल रेडक्रस सोसाइटी पोखरा–२६ उपशाखाका सभापति भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सदस्य तथा प्रतिनिधि शुभास अधिकारी, पूर्वसभापतिहरू नारायणप्रसाद बराल, मुरारी शर्मा, चन्द्रबहादुर रानाभाट, पूर्वसचिव मनोहरी ढुङ्गाना, सामाजिक व्यक्तित्व शिवबहादुर रानाभाट तथा अक्षयकोषदाता झलकपाणी तिवारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
उपशाखाकी उपसभापति प्रमिला बरालले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको सो कार्यक्रमको सञ्चालन सचिव महादेव ढुङ्गानाले गर्नुभएको थियो ।
पोखरा, २७ पुस ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पृथ्वीनारायण शाहको अगुवाईमा टुक्रे राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल राष्ट्रको निर्माण भएको तथ्य बिर्सन नहुने बताउनुभएको छ ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०८२ को अवसरमा शुभकामना सन्देशमार्फत् राष्ट्र एकीकरणका नेतृत्वकर्ता पृथ्वीनारायण शाहप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्नुहुँदै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
‘आज मनाइँदै गरेको ३०४ औं पृथ्वी जयन्तीले नेपाल एकीकरण अभियानको गौरवमय इतिहाससँगै मुलुक एकीकरणको योगदानकर्ताहरूलाई स्मरण गराएको छ ।’ सन्देशमा भनिएको छ – ‘पृथ्वीनारायण शाहकै अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको हो । त्यसपछिका विभिन्न कालखण्डमा वीर पुर्खाले पृथ्वीनारायणको अभियानलाई निरन्तरता दिएकै कारण नेपालको अस्तित्व कायम रहन पुग्यो । पृथ्वीनारायणको दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक रहेको छ ।’
सिङ्गो नेपालीलाई एकताको सूत्रमा बाँध्न र राष्ट्रिय एकताको भावनालाई थप मजबुत बनाउन राष्ट्रिय एकता दिवसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि व्यक्त गर्नुभएको छ । यो दिवसले ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्पलाई साकार पार्न एकजुट भई अगाडि बढ्न हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्दै उनले शुभकामना व्यक्त गर्नुभएको छ ।
पोखरा, २६ पुस ।
१४ औं संस्करणको पोखरा महोत्सवमा सुरक्षामा विशेष ध्यान दिइने भएको छ । महोत्सवमा आउने दर्शक र महोत्सव स्थलको सुरक्षाका लागि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सादा पोशाकका प्रहरी, सेक्युरिटी गार्ड, स्वयंसेवक र सिसिटिभी क्यामेराको निगरानीबाट सुरक्षा प्रदान गरिने भएको हो ।
कास्कीका सुरक्षा निकायका प्रतिनिधी र महोत्सव आयोजक बिचको बैठकले महोत्सवमा भइपरी हुन सक्ने घटनालाई मध्येनजर गरी महोत्सव स्थलको सुरक्षालाई चुस्त बनाइने निर्णय गरेको छ । सो अवसरमा वोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले विगतका वर्षहरु भन्दा यो वर्ष सुरक्षामा विशेष ध्यान दिनुपर्ने वताइन ।
अघिल्लो संस्करणमा कुनै अप्रिय घटना नघटेको भएतापनि अहिलेको परिस्थिती फरक रहेका कारण त्यसमा सम्पूर्ण सुरक्षा निकायले ध्यान दिन आवश्यक रहेको बताइन । महोत्सवकै आम्दानीबाट सामाजिक काम मार्फत युनाईटेड क्लबले आफ्नो पहिचान बनाउन सफल भएको बताउदै शर्माले १४ औं पोखरा महोत्सवको सफलताको समेत कामना गरिन ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले महोत्सवमा कानुनले बञ्चित गरेका क्रियाकलापहरु सञ्चालन गर्न नहुने बताए । त्यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नविन कार्कीले जेन्जी आन्दोलन पछि कानुन हातमा लिने गरी मानिसहरुले अवान्छित क्रियाकलापहरु गर्ने गरेको बताउदै महोत्सव स्थलमा त्यस्ता हर्कत गर्नेलाई कडा कारबाही गर्ने बताए । पोखरा महोत्सव अन्य महोत्सव भन्दा फरक हुने भएकाले आफुहरुले त्यही अनुरुप सुरक्षा योजना बनाइ अगाडी बढेको उनको भनाइ रहेको थियो ।
सशस्त्र प्रहरी बल कालीका गणका सशस्त्र प्रहरी उपरीक्षक सूर्य प्रसाद तिमिल्सिनाले महोत्सवमा आवश्यक पर्ने सुरक्षाका लागि आफ्नो मातहतबाट सुरक्षाकर्मी परिचालन हुने बताए । युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले विगतका महोत्सवहरुमा सुरक्षा निकायको साथ र सहयोगलेनै कुनैपनि अप्रिय घटनाहरु नभएको र यस पटकपनि साथ र सहयोग रहनेमा आफु आशावादी रहेको बताए । क्लबका महासचिव दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा क्लबका कार्यसमिति सदस्य तथा महोत्सवका सुरक्षा व्यवस्थापन उप समिति संयोजक बुद्ध कार्कीले महोत्सव स्थलको बारेमा जानकारी गराएका थिए ।
काठमाडौं,२६ पुस ।
उज्यालो नेपाल पार्टीको अध्यक्षमा कुलमान घिसिङ नियुक्त हुनुभएकाे छ। पार्टी अध्यक्ष अनुपकुमार उपाध्यायले राजीनामा दिएपछि शनिबार बसेको केन्द्रीय सदस्यहरूको बैठकले घिसिङलाई अध्यक्षको जिम्मेवारी दिएको हो।
नवनियुक्त अध्यक्ष घिसिङले आफूले आजै पार्टीको सदस्यता लिएको र सोही बैठकबाट अध्यक्षको जिम्मेवारी पाएको जानकारी दिए। बैठकले यसअघि गत पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग गरिएको एकता भंग गर्ने निर्णयसमेत गरेको छ।
पार्टीले रास्वपामाथि सहमति कार्यान्वयन गर्न नचाहेको आरोप लगाउँदै एकता तोड्ने निर्णय गरिएको जनाएको छ।
उज्यालो नेपाल पार्टीले गर्यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान
उज्यालो नेपाल पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीको चुनाव चिह्नबाट सहभागी हुन चाहनेलाई उम्मेदवारी आह्वान गरेको छ ।
यही पुस ३० गतेभित्र इच्छुक उम्मेदवारलाई सम्पर्क गर्न सो पार्टीले आह्वान जारी गरेको प्रवक्ता डा राजु थापाले जानकारी दिए । रास्वपासँग एकताको सहमति गरेको उज्यालो नेपाल पार्टीले शनिबार एकता भाँडिएपछि यस्तो आह्वान गरेको हो ।
समानुपातिकतर्फ भने यो पार्टीबाट सहभागीता नहुने भएको छ । आयोग पदाधिकारीका अनुसार, समसीमाभित्र आएको सूची फिर्ता भइसकेको र अहिलेको अवस्थामा सो पार्टीका सदस्यहरू रास्वपाको सूचीमा देखिएको छ ।
जस अनुसार, उनीहरू समानुपातिकमा छुट्ने देखिन्छ ।