
काठमाण्डौँ, २४ कात्र्तिक ।
एसिया प्यासिफिक क्षेत्रका अटोमोबाइल फेडेरेसनहरूको बिजनेस फोरममा सहभागी हुन नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) का सचिव महेश अधिकारी आज जापान प्रस्थान गरेका छन् ।
संघका टुरिजम तथा आउटरिच कोअर्डिनेटर कमला छेत्रीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई बिदाइ गर्नुभयो । अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए) रिजन दुईको आयोजनामा हुन लागेको उक्त फोरममा दुई महादेशका अटोमोबाइल क्षेत्रका व्यवसायी, विज्ञ तथा प्रोफेसनल गरी करिब तीन दर्जन प्रतिनिधिको सहभागिता रहनेछ ।
फोरममा विश्व अटोमोबाइल क्षेत्रका नवीनतम प्रगति र परिवर्तन, संघहरूको व्यवस्थित र व्यावसायिक कार्ययोजना, मर्चेन्डाइज तथा व्यवसायिक साझेदारी, प्लान एण्ड प्रायोरिटी सेटिङ, आइडियाज एण्ड बिजनेस प्लानिङ, एकेडेमिक तथा स्किल एड्भान्समेन्ट र अन्तर्राष्ट्रिय अनुभव सेरिङ्ग आदिबारे विस्तृत छलफल हुनेछ ।
कार्यक्रममा एफआईएका सिनेट चेयर कार्मेलो सान्ज दे बारोस, एफआईए र रिजन–२ का उच्च अधिकारी तथा अष्ट्रेलिया र जापानका विज्ञहरूले समेत आफ्ना विषयगत प्रस्तुति दिनेछन् ।
फोरमका सहभागी प्रतिनिधिहरूले जापान अटोमोबाइल फेडेरेसन (जाफ) नजिकै रहेको टोकियो ट्राफिक कन्ट्रोल सेन्टर र टोकियो इमर्जेन्सी रोडसाइड असिस्टेन्स बेस भ्रमण गरि अध्ययन गर्नेछन् । जापान अटोमोबाइल फेडेरेसन सम्पुर्ण जापानको अटोमोवाइल÷ट्रन्र्पोस व्यवस्थापन र रोडसाइड सर्भिसको आधिकारिक संस्था हो, जसले नेपाली लाइसेन्सको जापानमा अस्थायी प्रमाण्ीकरण समेत गर्ने गर्दछ ।
मोटरिङ एकेडेमीका संयोजक समेत रहेका ईञ्जिनियर अधिकारीले भोलिदेखि तीन दिन चल्ने उक्त कार्यक्रममा फ्लाइ टु नेपाल, ड्राइभ इन नेपाल कार्यक्रम र नासा नेपालका बिजनेस पार्टनरसिप तथा कोलाबोरेसनका सम्भावनाबारे छलफल गर्नेछन् ।
पोखरा, २४ कात्र्तिक ।
नवौं पोखरा स्पोर्ट्स अवार्ड २०८१ को आय व्यय सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले एक कार्यक्रम बीच आय व्यय सार्वजनिक गरेको हो ।
अर्वाड कार्यक्रमको लागि १७ लाख ३ हजार ९६९ रुपैयाँ आम्दानी भएकोमा १६ लाख ४६ हजार ६ सय ६९ रुपैयाँ खर्च गरेर ५७ हजार ३ सय रुपैयाँ बचत भएको मञ्चका कोषाध्यक्ष विमल तिवारीले जानकारी दिए । कोषाध्यक्ष तिवारीले पेश गरेको आय व्यय विवरण सुझाब सहित पारित गरिएको छ । मञ्चको सातौं साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा नवौं संस्करणको स्पोर्ट्स अवार्डको समीक्षा समेत गरिएको थियो ।
नवौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडीको उपाधि महिलातर्फ अरुणा शाही र पुरुषतर्फ विश्वास अधिकारीले हात पारेका थिए । त्यस्तै मञ्चले लाइफटाइम अचिभेमन्ट अवार्डबाट शुटिङकी प्रशिक्षक भगवती खत्री केसीलाई सम्मान गरेको थियो । उदीयमान खेलाडीतर्फ क्रिकेटकी रचना चौधरी उत्कृष्ट बनीन् ।
यता उत्कृष्ट प्रशिक्षक फुटबलका राजेन्द्र तामाङ बनेका थिए । उत्कृष्ट खेल संस्थाको अवार्ड म्याग्दी जिल्ला भलिबल संघले प्राप्त गरेको थियोभने वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड बिजय नेपालले पाएका थिए ।
खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रुपमा स्थापित छ ।
पोखरा, २४ कात्र्तिक ।
मिति २०८२।०७।२४ गते अं.०९:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजार स्थितमा शंकास्पद अवस्थामा हिडिरहेका जिल्ला कास्की पोखरा
महानगरपालिका वडा नं. १३ बस्ने वर्ष २६ को लक्ष्मण नेपाली र जिल्ला म्याग्दी मालिकागाउँपालिका वडा नं. ६ दरबाङ बस्ने वर्ष ३२ को ज्ञान बहादुर सार्कीलाई खानतलासी गर्दा निजहरू भिरेको झोलामा लागू औषध डाईजापाम २५ एम्पुल, ब्रुफिनुर्फिन २५ एम्पुल, फेनेरागन २५ एम्पुल गरी जम्मा ७५ एम्पुल लागू औषध, मोवाईल ३ थान र नगद रकम रु.८,३५५।– (अक्षरुपी आठ हजार तीन सय पच्पन्न) समेत बरामद भएको हुँदा निजहरूलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी कसूरमा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको ।
पोखरा, २४ कात्र्तिक ।
मिति २०८२।०७।२३ गते अं. १७:०० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ४ गणेश टोल स्थितमा लागू औषधको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ४ रामकृष्ण टोल बस्ने वर्ष ३० को बिकास किसानले भिरेको झोलामा लागू औषध डाईजापाम ३८ एम्पुल, ब्रुफिनुर्फिन ३९ एम्पुल, फेनेरागन ३९ एम्पुल गरी जम्मा ११६ एम्पुल लागू औषध र मोवाईल थान १ समेत बरामद भएको हुँदा निजलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी कसूरमा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको ।
पोखरा, २४ कात्र्तिक ।
मिति २०८२।०५।२४ गते जेन-जी आन्दोलनको क्रममा प्रहरी कार्यालयहरुमा तोडफोड, आगजनी तथा हातहतियार लुटपाट गर्ने व्यक्तिहरुको पहिचान तथा अनुसन्धान गर्दै जाँदा कास्की प्रहरीद्वारा खोजतलास तथा अनुसन्धानको क्रममा मिति २०८२।०७।२३ गते जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ४ स्थितमा डेरागरी बस्ने १६ वर्षको वालक परिवर्तित नामथर (२०८२।०८३ कास्की ३१) लाई वडा प्रहरी कार्यालय बगर कास्कीको आम्दानीमा रहेको चाईनिज पेस्तोल टाईप ५४ (म्याग्जिन नभएको अवस्थामा) बरामद भएको हुँदा निजलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी कसूरमा दिन पाँच (५) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको ।
शैक्षिक पलायन रोक्न विश्वविद्यालयले एकेडेमीक कोर्ष सुधार्नु पर्नेमा जोड
पोखरा, २३ कात्तिक ।
गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. ईन्द्रप्रसाद तिवारीले विद्यार्थीको विदेश पलायन रोक्ने गरी शैक्षिक योजना ल्याउनु पर्नेमा जोड दिएका छन् ।
त्रिवेणी इन्टरनेशनल कलेजको १० औं बार्षिक साधारण सभाको शनिवार उद्घाटन गदर्,ै कुलपति तिवारीले विश्वविद्यालको एकेडेमिक कोर्षमा विद्यार्थीहरु आश्वस्त हुन नसकेकाले विदेश पलायन हुने गरेको उल्लेख गरे ।
निवारीले गण्डकी विश्वविद्यालयले प्रविधि र अनुसन्धानको क्षेत्रलाई लक्षित गरी पाठ्यक्रमको तयारी गरेको बताउँदै, गण्डकी प्रदेश सरकारले अनुसन्धानको क्षेत्रमा काम गर्ने थप जिम्मेवारी दिएको उल्लेख गरे । उनले यही शैक्षिकशत्रको अन्त्यसम्म विश्वविद्यालयबाट ६० जना आइटीका विद्यार्थी बजारमा निस्कने स्पष्ट पार्दै, उनिलाई रोजगारीको अवसर दिन आग्रह गरे ।
कुलपति तिवारीले विद्यार्थीलाई रोजगारीका बहुक्षेत्रमा प्रवेश गर्नसक्ने गरी क्षमतावान बन्ने गरी अध्यापन गराउन जोड दिए । उनले विद्यार्थीले रोजगारीसँगै अध्ययनलाई पनि जारी राख्नसक्ने वातावरण कलेज र बजारले बनाईदिनु पर्ने बताए । आजकल अधिकांस अभिभावकले आफ्ना बच्चाहरु विदेश उड्ने अवस्थामा मात्रै थाह पाउने गरेको उल्लेख गदै, +२ सकेका विद्यार्थीलाई देशमा केही हुँदैन भन्ने भाष्य सिर्जना भएको समेत स्पष्ट पारे ।
कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष जानुका पराजुली, लेखनाथ खानेपानी उपभोक्ता समितिका अध्यक्ष मुरारी शर्मा, हिसान कास्कीका अध्यक्ष यम बहादुर रोका, भवानी कालिका माविका प्रधानाध्यापक रमेश भट्टराई, हिसान कास्कीका अध्यक्ष यम बहादुर रोका, कलेजका पूर्व अध्यक्ष राजेन्द्रमणि लामिछाने, निर्वतमान अध्यक्ष बाबुराम गिरी, कलेज प्रमुख यदुनाथ आचार्य, सहायक प्रमुख डिल्लीराम पौडेल, विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष सुदिन मोहन भट्टराई, त्रिवेणी इन्टरनेशनल कलेज एलुम्नाई एसोसियशनका अध्यक्ष असिम पाण्डे लगायतले कलेजको शैक्षिक गुणस्तरका बारेमा बोलेका थिए ।
कार्यक्रम अध्यक्ष सुमन भट्टराईले शिक्षामा सरकारी, सामुदायिक र नीजि गरी बर्गिकरण गरेर विभेद गर्न नहुने बताए । उनले कलेजमा शुल्क नभएका कारण कोही पनि विद्यार्थी शिक्षाबाट बन्चित हुन नपर्ने बताए । जेहेन्दार र आर्थिक हिसाबले कम अवसर पाएका विद्यार्थीका लागि कलेजले विभिन्न संघसंस्थाको सहकार्यमा छात्रबृृत्तीमा अध्ययनको व्यवस्था मिलाएको बताए ।
त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त त्रिवेणी इन्टरनेशनल कलेजमा व्यवस्थापन बिषयमा स्नातक र स्नाकोत्तर तहका कक्षा संचालन हुँदै आएका छन् । कलेजमा झण्डै ६ सय विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।
पोखरा महानगरपालिका–८ न्युरोडमा अवस्थित कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ । दिब्यश्री बैंक्युट नागढुंगामा भएको सभाको अध्यक्षता संस्थाका अध्यक्ष सुदिप अधिकारीको ले गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथि संस्थाका ज्येष्ठ सदस्य डम्बर बहादुर क्षेत्री ले व्यानरमा हस्ताक्षर गरी उद्घाटन गर्नुभयो ।
सभामा सहकारीका अध्यक्ष सुदिप अधिकारीले सदस्यहरुको वचत र लगानि संरक्षणलाई प्राथमिकतामा राखेर कार्य संचालन गरिएको बताउनुभयो । उहाँले बजारका केही सहकारीमा देखिएको समस्याले राम्रोसंग सञ्चालन भएका सहकारीहरुमा समेत असर गरेको बताउदै संस्था राम्रो बनाउन सदस्य हरूको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । अध्यक्ष अधिकारीले सदस्यहरुको निरन्तर अनुगमन र चासोले नै संस्थालाई सहि गन्तब्यमा लैजान सहयोग पुग्ने बताउनुभयो । आफु शेयर सदस्यको हितलाई मध्यनजर गरि प्रतिवद्ध भएर लागेको बताउदै अधिकारीले संस्थाको विकासका लागि सदस्यहरुको अझ बढी सक्रिय सहभागिताको अपेक्षा गरेको बताउनुभयो ।
सभाका अवसरमा संस्थामा उत्कृष्ट आर्थिक कारोबार गर्ने शेयर सदस्यहरु अनमोल रत्न ताम्राकार, सुर्य गिरी, कमला हमाल सम्मानित हुनुभयो । कार्यक्रममा कोषाध्यक्ष एकराज गिरीले आर्थिक वर्ष २०८१÷८२ को आर्थिक प्रतिबेदन, लेखा सुपरिवेक्षण समिती संयोजक विजेन्द्र शर्मा पौडेलले आर्थिक वर्ष २०८१÷८२ को लेखा सुपरिवेक्षणको प्रतिवेदन, अध्यक्ष सुदिप अधिकारी र सचिव रूपकराज मिश्र ले आ आफ्नो २०८१÷८२ को वार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।
सभामा संस्थाका २ जना कार्यसमिति सदस्यले स्वास्थ्यको कारण देखाई दिएको राजिनामा स्विकृत गरिएको थियो । नया सदस्य निर्वाचनका लागि संस्थाका सदस्य डा. विष्णु प्रसाद चापागाइको संयोजकत्वमा नवराज सुवेदी, हर्षबहादुर अधिकारी मिराज सदस्य रहेको निर्वाचन कमिटी गठन गरिएको थियो । रिक्त कार्यसमिती सदस्य पदमा शेयर सदस्य प्रभाकुमारी राजभाट र शेयरसदस्य दुर्गादत्त पौडेललाई निर्वाचित गरियोे ।
संस्थाका सचिव रुपक मिश्रले कार्यक्रम संचालन गर्नुभएको थियो । सभामा पोखरा महानगरपालिका वडा नम्बर २४ का वडा सदस्य एवम संस्थाका शेयर सदस्य कृष्ण प्रसाद सुवेदी र शेयर सदस्य कविता भुषालले शुभकामना मन्तब्य राख्नुभएको थियो । सहकारीका सात सिद्धान्त संस्कृति अधिकारीले प्रस्तुत गर्नुभएको थियो ।
पोखरा, २३ कात्तिक ।
पोखरामा कार्यरत कर्मचारीहरुको अगुवाईमा सञ्चालित कर्मचारी बचत तथा ऋण सहकारी संस्थामा पदमबहादुर घिमिरे सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् । सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा छैटौं अधिवेशनबाट उपाध्यक्षमा सुरेशकुमार श्रेष्ठ, सचिवमा डिल्लीराम रेग्मी, कोषाध्यक्षमा गोपाल शर्मा निर्वाचित भएको निर्वाचन समितिका संयोजक रामजीप्रसाद कोइरालाले जानकारी दिए ।
सहकारी सदस्यमा सुमन शर्मा, चित्रा ढकाल, केदार धमला र चन्द्रकला बस्नेत निर्वाचित भएका छन् । सहकारीको लेखा सुपेरिवेक्षण समितिको संयोजकमा हेरम्ब शर्मा निर्वाचित भए । लेखा समितिका सदस्यमा सीता बराल र धनराज पराजुली चयन भएका छन् । सहकारीको ऋण उप समितिमा शिवराज बराल र रमेश पौडेल चयन भएका छन् ।
सहकारीको साधारण सभा तथा अधिवेशन उद्घाटन गर्दै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका सचिव बासुदेव रेग्मीले आर्थिक कारोबार गर्ने सहकारीहरु दिनानुदिन कमजोर बन्दै गएको बताए । उनले पारदर्शिता, ७ सिद्धान्तको मर्म, भावना र इमान्दारितालाई केन्द्रमा राखेर मात्र सहकारीहरु अघि बढ्नु पर्नेमा जोड दिएका थिए । सहकारीका अध्यक्ष महेशकुमार सिग्देलको अध्यक्षतामा भएको सभामा सचिव रेग्मीले सहकारीले मात्र होईन सिंगो कर्मचारीले वर्किङ मोडालिटी सुधार गर्न आवश्यक भएको बताए ।
‘हिजोको शैलीले अव चल्ने वाला छैन, उनले भने, ‘ठोस नियमको आवश्यक छ, आर्थिक घोटला गर्ने कोही बच्दैनन्’ । रेग्मीले भने, ‘धेरै सहकारी आवश्यक नै छैन, मन्त्रालयले कठोर भएर नीति ल्याउने विषयमा छलफल चलिरहेको उल्लेख गरे’ । भारत, जापान तथा वेलायतमा सञ्चालित सहकारीहरुको उदाहरण दिँदै कृषि तथा पशुपालनमा केन्द्रीत सहकारीहरु स्थापित भएको सचिव रेग्मीले बताए ।
सहकारीहरुले कमजोर धितो र सञ्चालकहरुले व्यक्तिगत प्रालि जस्तो बनाउँदा भिन्न भिन्न समस्या पैदा भएको बताउँदै अनुशासन र डेमोक्रेटिक पन र पद्दतिलाई व्यवहारमा उतार्न कर्मचारी सहकारीलाई सुझाव समेत दिएका थिए ।
शिक्षा समितिका डिल्लीराम रेग्मीले सञ्चालन गरेको सभामा बद्री पौडेलले स्वागत गरेका थिए भने चित्रा ढकालले ७ सिद्धान्त वाचन गरेकी थिइन् । सहकारीले एसईई, दशजोड दुई, उच्च शिक्षा प्राप्त गर्नेलाई शैक्षिक पुरस्कार, राम्रो कारोबार गर्नेलाई उत्कृष्ट कारोबारबाट सम्मान, उत्कृष्ट बचत सम्मान, ज्येष्ठ नागरिक सम्मान, उत्कृष्ट सदस्य सम्मान तथा बाल बचतलाई सम्मान गरेको सहकारीका प्रबन्धक तथा कार्यालय प्रमुख निरोज मल्लले जानकारी दिए । निजामति कर्मचारी युनियनको अगुवाइमा सञ्चालित सहकारीको १८ औं वार्षिक सभामा सहकारीका सल्लाहकार डार्विन लम्साल, सहकारीका विश्वराज आचार्य, रामजीप्रसाद कोइराला, सुरेन्द्रप्रसाद अधिकारी लगायतले बोलेका थिए ।
सहकारीले सयेर सदस्य रमेश पौडेल, भगवती सिग्देल, डिल्लीराम बास्तोला, खैसरा पौडेल, भरत गिरी, मञ्जु गौतम, बालक कृशल सापकोटा, नोरा मल्ललाई प्रमाणपत्र र कपले सम्मान गरेको कर्मचारी साधना ढुंगानाले जानकारी दिइन् । शैक्षिक सम्मानमा रिदम जिसी, सिम्रन ढुंगाना, अर्पण पौड्याल, प्रशन्न पौडेल, शिर्षा सिग्देल, हिमाल रेग्मी, कृष्टिना कार्की, अनुदिग्न धमला, स्पर्श राना, करुणा पौडेल, अदिश ढकाल, अन्जु बास्तोला, मिलन सिग्देल, अंकित पौडेल र विपिका आचार्यलाई सम्मान गरेको सहकारीका कर्मचारी शारदा गिरीले जानकारी दिइन् ।
७ सय २५ जना सेयर सदस्य रहेको कर्मचारी बचत तथा ऋण सहकारीले १० करोड ३५ लाखको कुल कारोबार गर्दै आएको छ । ६ करोड बढी ऋण लगानी रहेको सहकारीमा ३ करोड ५४ लाख तलरता रहेको कार्यालय प्रमुख निरोज मल्लले जानकारी दिएका थिए । दिप सागरको सभाहलमा सेयर सदस्यको उल्लेख्य सहभागितामा भएको सभाले आगामी ४ वर्षको लागि नयाँ नेतृत्व चयन गरेको थियो ।
पोखरा, २३ कार्तिक ।
रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठानद्वारा आयोजित गायन र नृत्य प्रतियोगिताको कार्यक्रम ‘कास्की आइडल’ को पहिलो अडिसन सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै कवि तथा गीतकार रमेश श्रेष्ठले गीतले जीवनका आरोहअवरोहको चित्रण गर्ने भएकाले सबैलाई मन पर्ने बताए । आफूले चित्रकला र कविता प्रतियोगितामा भाग लिएको समयको स्मरण गर्दै श्रेष्ठले यस्ता प्रतियोगिताले नवप्रतिभालाई प्रेरणा दिने अनुभव सुनाए ।
रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा गीतकार प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले गीत र नृत्यका प्रतिभा खोजीका लागि दुई संस्था मिलेर कार्यक्रम आयोजना गरिएको जानकारी दिए । पोखरा क्षेत्रले नेपाली साहित्य र सङ्गीतमा पुर्याएको योगदानको स्मरण गर्दै अधिकारीले भावी दिनमा पनि यस्ता आइडलबाट पहिचान भएका प्रतिभाले यस क्षेत्रको गरिमा अझ उँचो बनाउने विश्वास व्यक्त गरे ।
गायक झलक गुरुङले स्वागत मन्तव्य राख्दै कार्यक्रमको रूपरेखाबारे प्रकाश पारेका कार्यक्रममा रूपा वाङ्मय प्रतिष्ठानका सचिव मदन घिमिरेले शुभकामना दिएका थिए । सो अवसरमा अनिल ढुङ्गानाले आफ्नो साङ्गीतिक प्रस्तुति राखेका थिए । उद्घाटन कार्यक्रमको सञ्चालन गीतकार प्रतिष्ठानका सचिव रुपिन्द्र प्रभावीले गरेका थिए ।
शनिवार पोखरा–२७, तालचोकमा भएको अडिसनबाट गायनतर्फ २० र नृत्यतर्फ १५ जना दोस्रो चरणका लागि छनोट भएका छन् । छनोट भएका प्रतिभाहरूको प्रतिस्पर्धा क्रमशः गराउँदै फाइनल चरणमा टप ५ छनोट गरिने रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेलले जानकारी दिए । प्रतियोगिताका निर्णायकहरूमा गायनतर्फ खेम लामा र कृष्णमाया तिवारी तथा नृत्यतर्फ उपेन्द्र गुरुङ र समृद्धि पाण्डे रहेका थिए ।
अन्तरक्रियामा गाउँपालिका, स्थानीय निकाय, स्थानीय, पत्रकार तथा सरोकारवालाहरुको सहभागिता थियो । सहभागीहरूले माछापुच्छ्रे गाउँपालिकाभित्र रहेका पर्यटन सम्भावना र चुनौती विषयमा धारणा व्यक्त गरेका थिए । त्यस्तै कार्यक्रमका वक्ताहरूले पत्रकारहरूले गाउँपालिकाका पर्यटकीय सम्पदा, संस्कृतिको संरक्षण तथा प्रचारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङले गाउँपलिकाको पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना रहे पनि प्रचारप्रसार नहुँदा ओझेलमा परेको बताए । विभिन्न पर्यटकीय गन्तव्यलाई व्यवस्थित बनाई नयाँ गन्तव्यको समेत खोजि भैरहेको र आन्तरिक पर्यटक धेरै आउने गाउँपालिकाका गन्तव्यमा विदेशी पर्यटकलाई आकर्षण गर्ने योजनामा गाउँपालिका अगाडी बढेको उनले जनाए । त्यस्तै गाउँपालिका उपाध्यक्ष सिता अधिकारीले गाउँपालिकाको समग्र पर्यटन विकासका लागि आवश्यक सुझाव दिन आह्वान गरिन् । यता गाउँपालिकाकै प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले गाउँपालिका पर्यटनको सम्भावना निकै रहेको र स्थानीय नागरिकले गाउँपालिकासँग गर्ने सहजीकरण निकै सह्रानीय रहेको बताए । अन्तरक्रियामा पत्रकार र स्थानीयबाट उठेको प्रश्नको जवाफ गाउँपालिकाले दिएको थियो ।
त्यसैगरि नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबि आस्था मगरले पत्रकार, पालिका र स्थानीयबीच भएको अन्तरक्रियाले समन्वय सुदृढ बनाई पर्यटन प्रवद्र्धनमा ठोस योगदान पुग्ने विश्वास व्यक्त गरे ।
नेपाली राष्ट्रिय दृष्टिविहीन क्रिकेट टोलीकी सदस्य विनिता पुनलाई शनिबार आफ्नै जन्मथलोमा नगदसहित सम्मान गरिएको छ । १२ देखि २३ नोभेम्बर २०२५ मा भारत र श्रीलङ्कामा पहिलोपटक आयोजना हुन लागेको टि–२० दृष्टिविहीन महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीमा परेकी विनितालाई नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले माछापुच्छ्रे गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा पत्रकारको भूमिका विषयक अन्तरक्रियामा नगदसहित सम्मान गरेको हो । विनिता कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ घर भएकी अन्तर्राष्ट्रिय प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । उनलाई माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ र खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थाले संयुक्त रूपमा नगद सात हजार सात सय ७७ रुपैयाँसहित सम्मान गरेका हुन् ।





