
पोखरा, १ मंसिर ।
पोखरामा महानगर पालिका वडा ६ बैदाममा अवस्थित श्री ताल बाराही माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा गोविन्दराज पहारी चयन भएका छन । सोमबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले पहारी लाई आगामी ३ वर्षका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
नौ सदस्यीय नयाँ कार्यसमितिमा वडा प्रतिनिधि बासुदेव बराल, अभिभावकबाट सदस्यहरूमा गिरिराज अधिकारी, दीर्घनारायण पौडेल र विष्णु थापा मगर रहेका छन्, तेसै गरि वडा शिक्षा समितिबाट गणेश पहारी एवं मनोनित सदस्यमा हस्त बहादुर थापा र शिक्षक प्रतिनिधिमा द्रोणराज भुत्याल नियुक्त भएका हुन । नेपाल सरकारको शिक्षा ऐन नियमावली अनुसार ९ सदस्य नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको विद्यालयका प्रअ तारा प्रसाद पोखरेलले जानकारी दिए । नव नियुक्त पदाधिकारीहरूलाई सोमबार नै पदस्थापन गरिएको थियो ।
नव नियुक्त अध्यक्ष पहारी पश्चिममाञ्चल होटल व्यवसायी संघका पूर्व अध्यक्ष र पहारी कुल संरक्षण समिति कास्कीका निर्वतमान अध्यक्ष समेत रहेका उनी पर्यटन व्यवसायी तथा समाजसेवी एवं शिक्षा सेवीका रुपमा प्ररिचित व्यक्ति हुन । अध्यक्षमा सर्वसम्मत भइसकेपछि पहारीले “आफ्नो कार्यकालमा विद्यालयको शैक्षिक गुणस्तर सुधारका साथ आर्थिक तथा भौतिक उन्नतिका लागि प्रयत्नशील रहने ” बताए । विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्दै जाने प्रतिबद्धता जनाए ।
पोखरामा महानगर पालिका वडा नं–६का वडा अध्यक्ष बिष्णु बहादुर भट्टराईले नव नियुक्त समितिलाई बधाइ व्यक्त गर्दै, विद्यालयमा गुणात्मक शिक्षाको लागि आफू र वडा कार्यालयतर्फ बाट सहयोग गर्न सदैव तयार रहेको सुनाए । शिक्षाले ब्यक्तिलाई आत्मनिर्भर आत्मविश्वासी बनाउने धारण राखे । प्रधानध्यापक पोखरेलले “नव निर्वाचित व्यवस्थापन समितिले विद्यालयलाई कास्की जिल्लाकै नमुना विद्यालय बनाउनेमा आफू विश्वस्त” रहेको बताए ।
प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख भट्टले नेपालको संविधानले आदिवासी जनजाति समुदायको भाषा, संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने सवालमा आयोगलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको बताउनुभयो । उहाँले आफूलाई प्राप्त जिम्मेवारी प्रभावकारी ढंगले सम्पादन गर्ने सन्दर्भमा आयोगलाई थप सफलताको शुभकामना व्यक्त गर्नुभयो । प्रदेश प्रमुख भट्टले आदिवासी जनजातिका हक अधिकार संरक्षण तथा सशक्तिकरण गर्न आवश्यक योजनाका साथ अगाडि बढ्न आयोगलाई सुझाव पनि दिनुभयो ।
पेश भएको प्रतिवेदन मुख्यमन्त्री मार्फत् गण्डकी प्रदेश सभामा पठाइने बताउँदै भट्टले सदनमा सघन छलफल भई प्राप्त हुने निष्कर्षले भविष्यमा आयोगका काम कारवाहीहरु अझै सबल र सशक्त बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
पोखरा, ३० कात्र्तिक ।
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले अभौतिक सांस्कृतिक सम्पदाको सूचीकरणमा गण्डकी प्रदेश अगाडि बढ्ने बताएका छन् । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय काठमाडौं र आदिवासी जनजाति आयोगको सहकार्यमा मन्त्रालयद्वारा आयोजित “अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण तथा व्यवस्थापनमा प्रदेश सरकारको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम उनले यस्तो बताएका हुन् ।
मन्त्री थापाले प्रदेश सरकारले अध्ययनसहित कानून निर्माण गरी अभौतिक सांस्कृतिक सम्पदाको सूचिकरण र व्यवस्थापनमा अघि बढ्ने प्रतिबद्धता जनाए । उनले भने — “गण्डकी प्रदेश सरकारले संस्कृतिको संरक्षणका लागि गण्डकी प्रज्ञा प्रतिष्ठानमार्फत विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ। पर्यटन राजधानी पोखराका समुदायहरूले संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् र प्रदेश सरकारले त्यसमा निरन्तर साथ दिनेछ।”
कार्यक्रममा बोल्दै नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय काठमाडौंका सहसचिव डा. सुरेश श्रेष्ठले २०६७ सालमै नेपालले राष्ट्रिय संस्कृति संरक्षण नीति ल्याएर त्यसैअनुरूप काम गर्दै आएको बताए । उनले भने — “संस्कृति र प्रकृतिमा नेपाल धनी छ । तर समुदाय–समुदायबीच सांस्कृतिक पक्षबारे पर्याप्त जानकारी नहुँदा अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन । अभौतिक सांस्कृतिक सम्पदाको सूचीकरण गर्न प्रदेशले कानून नै बनाएर अगाडि बढ्नुपर्छ।” उनले पुस्तान्तरणलाई नै अभौतिक संस्कृतिको संरक्षणको मूल आधारका रूपमा व्याख्या गरे ।
कार्यक्रममा सहभागीहरूबीच अभौतिक सांस्कृतिक सम्पदाको पहिचान, संरक्षण, डिजिटल अभिलेखीकरण तथा समुदाय सहभागीता विषयमा खुला छलफल भएको थियो । यस क्रममा टेक बहादुर पुन मगर, करुणा राई तथा कवि रमेश श्रेष्ठले पनि आफ्ना जिज्ञासा तथा टिप्पणीहरू राखे । कवि रमेश श्रेष्ठले भने — “सूचीकरणका काममा साहित्य, गीत–संगीत, बोलीचालीजस्ता मौलिक विरासत नछुटोस्।
समुदायको जीवनशैलीमै रहेको संस्कृतिलाई कागजी रूपमा सीमित गर्नु पर्याप्त हुँदैन, व्यवहारमै जोगाउन राज्यको सक्रियता चाहिन्छ।” कार्यक्रम सम्पन्नसँगै प्रदेशले अभौतिक सांस्कृतिक सम्पदाको सूचिकरणलाई संस्थागत रूपमा अगाडि बढाउनुपर्ने धारणा सहभागीहरूबाट एकमुखी रूपमा व्यक्त गरिएको थियो।
पोखरा, ३० कात्तिक ।
पोखरा उद्योग वाणिज्य संघले वर्षेनी आयोजना गर्दै आइरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलाको ३४ औं संस्करण तथा १३ औं क्यान इन्फोटेक २०८२ सँग नेपाल मणिपाल अस्पताल जोडिएको छ । ३४ औं संस्करणको ‘राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२’ यही मंसिर १७ देखि २१ गतेसम्म पोखरा ९,नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना हुँदैछ ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की तथा नेपाल मणिपाल शिक्षण अस्पताल पोखराका प्रमुख कार्यकारी निर्देशक अनिल ओडुभिलले मेलामा सहकार्यका निम्ति हस्ताक्षर गरेसँगै अब मेलाको नाम नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक पोखरा २०८२’ हुने भएको छ ।
सम्झौतापत्रमा हस्ताक्षर गरेपछि संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा उद्योग वाणिज्य संघका सदस्य तथा सफल व्यवसायीहरुको लगानी नेपाल मणिपाल अस्पतालसँगको सहकार्यले नयाँ सन्देश दिन सफल भएको धारणा राखे ।
‘हाम्रा अग्रजहरुले पोखरालाई शिक्षा,स्वास्थ्य,पर्यटन र व्यावसायिक कृषिको सहरको रुपमा परिकल्पना गरे अनुरुप संघले काम गर्दै आइरहेको छ,’अध्यक्ष कार्कीले भने,‘हामीले आयोजना गर्ने मेला त्यही उद्देश्यमा समर्पित छ । अन्तर्राष्ट्रियस्तरमै प्रतिष्ठित स्वास्थ्य संस्था मणिपालसँग सहकार्यले पोखरालाई स्वास्थ्यको सहर बनाउन थप योगदान दिने छ ।’
संघका अध्यक्ष कार्की पोखराको स्वास्थ्य क्षेत्रले गुणस्तरीय सेवा दिन सके यो विश्वकै मान्छेका लागि आरोग्यता खोज्ने थलो हुनसक्ने धारणा राख्छन् । उनी भन्छन्,‘यहाँको हावापानी र प्राकृतिक वातावरणले पनि बिरामीलाई सकारात्मक उर्जा दिन्छ । गुणस्तरीय सेवा दिने हो भने यहाँ उपचारकै निम्ति विश्वभरका पर्यटक आउँछन् ।’ त्यसका निम्ति स्वास्थ्य सेवामा विविधिकरण र विशिष्ठीकरण आवश्यक रहेको उनको भनाइ छ । पोखरालाई आधुनिक चिकित्सादेखि, आयुर्वेद, योग–ध्यानको केन्द्र बनाउन सकिने धारणा राख्दै उनले संघले यो अवधारणालाई जोडतोडले उठाउँदै आएको बताए ।
संघका उद्योगतर्फका उपाध्यक्ष दीनेश बास्तोलाका अनुसार मणिपालसँगको सहकार्यसँगै अन्य व्यावसायिक तथा औद्योगिक घरानाहरु पनि मेलासँग जोडिने उपक्रम जारी छ ।
संघका वाणिज्य उपाध्यक्ष बलराम आचार्यले मेलाको लागि स्टल बुकिङ खुल्ला गरिएको र योपटक सीमित संख्यामा मात्र स्टल राख्ने योजना रहेको सुनाए । संघकी महासचिव शोभा गौतमले नेपाली लगानीलाई प्रोत्साहित गर्नु र नेपाली व्यवसायीको मनोवल उकास्नु संघको उद्देश्य भएको चर्चा गर्दै पछिल्लो समय पोखरेलीकै लगानी रहेको नेपाल मणिपाल अस्पतालसँगको सहकार्यले पोखरालाई स्वास्थ्यको सहरको रुपमा चिनाउने धारणा राखिन् ।
नेपाल मणिपाल अस्पतालका प्रमुख कार्यकारी निर्देशक अनिल ओडुभिलले नेपाल मणिपाल कलेज पोखरालाई स्वास्थ्य लाभको केन्द्र बनाउने दिशामा निरन्तर अगाडि बढेको जानकारी गराए । मणिपालले हाल प्रदान गरिरहेको सेवा विश्वस्तरीय रहेको बताउँदै उनले भने,‘हाम्रोमा सस्तो शुल्कमा विश्वस्तरको गुणस्तरीय चिकित्सा सेवा पाइन्छ ।’ नेपाल मणिपाल अस्पतालले पोखरा उद्योग वाणिज्य संघबाट विभिन्न समयमा प्राप्त सहयोगको पनि उनले स्मरण गरे ।
शिक्षा,स्वास्थ्य,पर्यटन र कृषिमा सधैँ जोड
२०४० सालतिर नै पोखरा उद्योग वाणिज्य संघले पोखरालाई शिक्षा,स्वास्थ्य,पर्यटनको सहरको रुपमा विकास गर्ने अवधारणाको अगाडि बढाएको थियो । त्यही उपक्रममा शैक्षिक संस्था स्थापना, पर्यटनसँग आवद्ध संघ÷संस्थालाई गोलबछ गर्न पोखरा पर्यटन परिषद्को गठन, पर्यटन उद्योगलाई चाहिने जनशक्ति उत्पादनका लागि तालिम र गोष्ठीको आयोजना एवं पोखरामा सरकारी र निजी क्षेत्रबाट स्वास्थ्य संस्थाहरुको स्थापनाको पहलकदमी थालिएको संघका पूर्वअध्यक्ष अशोक पालिखेको भनाइ छ । उनका अनुसार संघको जर्मन साझेदार एचडब्लुके माइञ्जले समेत यो अभियानलाई सघाएको थियो ।
‘कतिसम्म भने हामीले पोखरामा कति पर्यटक कहाँबाट कसरी आइपुगे र उनीहरुले के चाहन्छन् भन्ने अध्ययन गरेका थियौँ,’संघका पूूर्वअध्यक्ष पालिखेले भनेका छन्,बाराही घाटदेखि उत्तरतिरको क्षेत्रमा पैदलमार्ग बनाउनुपर्छ र त्यसका निम्ति जग्गा अधिग्रहण गर्ने योजना पनि हामीले बनाएको हो । त्यो बेला करिब ५ करोडले जग्गा अधिग्रहण गर्न सकिन्थ्यो तर सरकारी निकायबाट साथ पाइएन ।’
पोखराको हावापानी र प्रकृति स्वास्थ्यका निम्ति राम्रो भएको र यसलाई स्वास्थ्यलाभको थलो बनाउन सकिन्छ भन्ने कल्पना पनि सोही बेला गरिएको उनले बताए । पोखरा उद्योग वाणिज्य संघले अगाडि सारेको सो नारालाई पछि पोखराका निर्वाचित मेयर कृष्ण थापाले नगरपालिकाकै नारा बनाएको पनि उनको भनाइ छ ।
संघका अर्का पूर्वअध्यक्ष आनन्दराज मुल्मीका अनुसार पृथ्वीनारायण कलेजदेखि पोखरा विश्वविद्यालय,पोखरा बहुमुखी क्याम्पसलगायतका पोखराका सबैजसो शैक्षिक संस्था पोखरा उद्योग वाणिज्य संघकै पहलमा स्थापना भएका हुन् ।
नेपाल मणिपाल कलेजमा पोखराकै प्रतिष्ठित व्यावसायिक समूह बतास अर्गनाइजेसन र अटोवेज प्रालिको लगानी रहेको छ । पोखरा उद्योग वाणिज्य संघले यसअघि नै मणिपाललाई उत्कृष्ट व्यावसायिक सम्मानबाट सम्मानित गरिसकेको छ ।
पोखरा,३० कास्की ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) कास्कीको नवनिर्वाचित कार्यसमितिका शपथ कार्यक्रम सम्पन्न भएको छ । यसैगरी एक्यानले सामाजिक सुरक्षा कोषसँगको सहकार्यमा सामाजिक सुरक्षा कार्यक्रमका बारेमा आफ्ना सदस्यहरुकाबीचमा छलफल तथा अन्तरक्रिया गरेको छ ।
पोखरामा आज आयोजित एक कार्यक्रमकाबीच एक्यानका केन्द्रीय अध्यक्ष अनुप नेपाल, उपाध्यक्ष अनिल लामिछाने र महासचिव प्रदीप अर्यालले कास्की शाखाको नवगठित कार्यसमितिलाई शपथ गराउनुभयो ।
एक्यान कास्कीको हालै सम्पन्न अधिवेशनले अध्यक्षमा दीपक भुर्तेलको अध्यक्षतामा नौ सदस्सीय समिति सर्वसम्मत गरेको थियो । यसैगरी उपाध्यक्षमा सागर आचार्य, सचिव प्रकाश पौडेल र कोषाध्यक्ष सरोज पराजुली रहनुभएको छ । यसैगरी सदस्यहरुमा आशिस विक्रम शाही, दीपक पाण्डे, सिमा रिजाल, श्रीकृष्ण रेग्मी र सुरज बस्नेत रहनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष भुर्तेलले लेखापरीक्षण व्यवसायलाई राम्रो बनाउनका लागि यस क्षेत्रमा काम गर्ने सबै मिल्नुपर्ने र आफूले त्यसका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले भन्नुभयो,“लेखा व्यवसायमा काम गर्ने सबै मिलेर मात्र लेखा क्षेत्र अब्बल बनाउन सकिन्छ । त्यसका लागि मेरो टिमले काम गर्नेछ ।”
एक्यानका केन्द्रीय अध्यक्ष अनुप नेपालले केन्द्रमा मात्र नभई प्रदेश र जिल्ला जिल्लामा एक्यानका गतिविधिलाई सक्रिय बनाउने बताउनुभयो । “संस्थाको हितमा लाग्ने छौँ । अझ राम्रो र दरिलो संस्था बनाउने योजना छ ।” नेपालले भन्नुभयो ।
सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले सामाजिक सुरक्षा कोषमा आवद्ध हुनका लागि सबै रोजगारदाताहरुलाई प्रोत्साहित गर्न एक्यानका सदस्यहरुको समेत भूमिका हुने बताउनुभयो ।
उहाँले सामाजिक सुरक्षा कोषको फाइदाका बारेमा रोजगारदाता र श्रमिकलाई बुझाउनुपर्नेमा जोड दिनुभयो । अधिकारीले भन्नुभयो,“सामाजिक सुरक्षा कोष योजना सुरुआतसँगै स्वास्थ्य उपचार सेवा सस्ता भएको छ । उद्योग प्रतिष्ठानहरुमा बन्द, हड्ताल रोकिएका छन् । यसबाट श्रमिकलाई मात्र होइन, रोजगारदाताहरु समेत लाभान्वित भएका छन् ।”
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले सामाजिक सुरक्षा कोष कार्यक्रम राम्रो रहेपनि व्यावसायिक प्रतिष्ठान र उद्योगहरुमा पूर्ण कार्यान्वयनमा आउन नसकेको बताउनुभयो ।
सामाजिक सुरक्षा कोषका सह निर्देशक महेश घिमिरेले आगामी दिनमा कोषमा आवद्धतभएपछि मात्र व्यक्तिगत तथा साझेदारी फर्मले करचुक्ता निकाल्ने सक्ने गरी प्रभावकारी बनाउन लागिएको जानकारी दिनुभयो ।
कार्यक्रममा एक्यान गण्डकीका पूर्वप्रदेश प्रमुख सागर लामिछाने, अडान गण्डकीका अध्यक्ष ज्ञानबहादुर कार्की, कास्कीका अध्यक्ष गुणनिधि पाण्डे लगायतले सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
नेपालमा लेखा व्यवसायको विकास, संरक्षण तथा मर्यादित बनाई, पेशागत हकहित संरक्षण गर्न स्थापना भएको नेपालका चार्टर्ड एकाउन्टेन्ट्हरुको पेशागत संघ एक्यानमा सीएहरु सदस्य रहने प्रावधान छ ।
एक्यानको हालै केन्द्रदेखी जिल्लासम्म नयाँ नेतृत्व चयन गरिएको छ । पोखराका अनिल लामिछाने केन्द्रीय उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ काठमाडौँबाहिरबाट पहिलोपटक एक्यान केन्द्रीय पदाधिकारीमा निर्वाचित हुनुभएको हो ।
पोखरा, २८ कात्र्तिक ।
गण्डकी विश्वविद्यालय पहिलो संशोधन विधेयक, २०८२ गण्डकी प्रदेश सभाले बहुमतले पारित गरेको छ । २०८२ कात्तिक २४ गते सभामा प्रस्तुत भई सामान्य छलफलमा परेको विधेयक शुक्रबार दफावार छलफलपछि पारित भएको हो। गण्डकी विश्वविद्यालय ऐन, २०७६ लाई समयअनुकूल सुधार गर्ने उद्देश्यले तयार गरिएको यस संशोधनले विश्वविद्यालयको नेतृत्व चयन, न्यासिक संरचना र पदाधिकारी नियुक्ति प्रक्रियामा महत्वपूर्ण परिवर्तन गरेको छ।
विधेयक पारित भएपछि प्रतिक्रिया व्यक्त गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले यो कदमलाई विश्वविद्यालय सुधार यात्राको “ऐतिहासिक उपलब्धि” बताएका छन्।
“गण्डकी विश्वविद्यालयलाई सक्षम, पारदर्शी र प्रतिस्पर्धी शैक्षिक केन्द्र बनाउने दिशामा पारित संशोधनले कानुनी आधार थप सबल बनाएको छ । उच्च शिक्षाको गुणस्तर सुधारका लागि यो विधेयक महत्वपूर्ण हुनेछ,” मन्त्री थापाले भने।
उनका अनुसार विस्तारित न्यासिक परिषद्, स्पष्ट योग्यताको मापदण्ड र पारदर्शी नियुक्ति प्रक्रियाले विश्वविद्यालयको संस्थागत विश्वसनीयता र शैक्षिक नेतृत्वमा गुणात्मक परिवर्तन ल्याउनेछ।
छलफलका क्रममा प्रदेश सभा सदस्य गोविन्द बहादुर नेपालीले विश्वविद्यालयमा सुशासन, पारदर्शिता र कार्यक्षमता अभिवृद्धिमा संशोधनले महत्वपूर्ण योगदान पु¥याउने बताए।
सांसद महेश भट्टराईले शीर्ष पदाधिकारहरूको योग्यतामा स्पष्टता ल्याइएको भन्दै संशोधन सकारात्मक परिवर्तनको संकेत भएको टिप्पणी गरे।
त्यस्तै सांसद सुशिला सिंखडाले शिक्षालाई राजनीतिकरणबाट टाढा राख्नुपर्ने आवश्यकतामा जोड दिँदै दलियताभन्दा शैक्षिक गुणस्तर नै पहिलो प्राथमिकता हुनुपर्ने धारणा राखिन्।
पारित विधेयकले विश्वविद्यालयको संरचना र पदाधिकारी योग्यता÷नियुक्ति प्रक्रियामा व्यापक सुधार गरेको छ । अब १५ सदस्यीय न्यासिक परिषद् रहनेछ, जसमा कम्तीमा पाँच महिला सदस्य अनिवार्य हुने व्यवस्था गरिएको छ । परिषद्मा कुलपति, उपकुलपति, स्थानीय तह प्रमुख, प्रदेशका सम्बन्धित मन्त्रालयका सचिव, विश्वविद्यालय अनुदान आयोगका प्रतिनिधि तथा समाजसेवी÷प्राज्ञिक÷लगानीकर्ता÷प्रतिष्ठित व्यक्तिहरू रहनेछन्।
रजिष्ट्रार न्यासिक परिषद्का सचिव पनि रहने व्यवस्था विधेयकले गरेको छ। कुलपति पदको योग्यतामा संशोधन गर्दै विद्यावारिधी उपाधि, शैक्षिक÷प्राज्ञिक÷प्रशासनिक वा व्यवस्थापन क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव तथा न्यूनतम ४५ वर्ष उमेर अनिवार्य गरिएको छ।
उपकुलपति पदका लागि विद्यावारिधी उपाधि, ८ वर्ष अनुभव र ४० वर्ष उमेरको मापदण्ड तोकिएको छ। उपकुलपतिलाई पदमुक्त गर्ने अधिकारसम्बन्धी प्रावधान पनि थपिएको छ। अब कुलपतिलाई पदमुक्त गर्दा अपनाइने समान प्रक्रिया प्रयोग गरी मुख्यमन्त्रीले उपकुलपतिलाई पनि पदमुक्त गर्न सक्नेछन्।
रजिष्ट्रार नियुक्ति प्रक्रियालाई पारदर्शी र कार्यसक्षम बनाउन उपकुलपतिको संयोजकत्वमा तीन सदस्यीय समिति गठन, तीन योग्य उम्मेदवारको नाम सिफारिस र कुलपतिबाट नियुक्ति गर्ने प्रावधान समावेश गरिएको छ।
गण्डकी प्रदेश सरकारले बहुमतले पारित यो विधेयकले विश्वविद्यालय प्रशासन, नेतृत्व चयन र संस्थागत संरचनामा आवश्यक सुधार ल्याई उच्च शिक्षाको गुणस्तर र सुशासनमा अपेक्षित उछाल आउने विश्वास व्यक्त गरेको छ ।
पोखरा, २८ कात्तिक ।
नोभेम्बर १४ अर्थात् विश्व मधुमेह दिवस पोखरामा पनि मनाइएको छ । सन् २००६ देखि संयुक्त राष्ट्र संघले पनि यो दिवसलाई आधिकारिता दिएको छ ।
दिवसको उपलक्ष्यमा शुक्रबार सूर्यचन्द्र विकास समाज पोखरा ५ ले युनाइडेट रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा निःशुल्क रक्त परीक्षण तथा सचेतना कार्यक्रम आयोजना ग¥यो । शिविरमा २ सय ५ जनाको सित्तमै मधुमेह तथा युरिकसम्बन्धी रक्त जाँच गरिएको छ ।
शिविरमा सहभागीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले मधुमेह रोग लाग्नुका कारण, पूर्वसावधानीका उपाय र उपचार प्रक्रियाबारे जानकारी दिए । उनले सबैसम्म मधुमेह हुनै नदिनेतर्फ लाग्न आग्रह गरे । ‘सकेसम्म घरकै खाना खानुस्, कामको अनुपातमा खानुस्,’ डा अधिकारीले भने, ‘अनावश्यक तनाव हुने काम नगर्नुस्, खानपान र जीवनशैली सुर्धानोस्, बेला बेलामा चेकजाँच गराउनुस् ।’
उनले मधुमेहले तत्काल असर गरेको नदेखिए पनि हेलचेक्र्याइ गरे दीर्घकालसम्म अनेक असर हुने उल्लेख गरे । ‘मधुमेह लागेपछि पनि हेलचेक्र्याइ गर्दा ५ वर्षसम्म केही असर नदेखिन सक्छ,’ उनले थपे, ‘त्यसपछि मिर्गाैलामा असर, थकान, तीर्खा लाग्ने हुन सक्छ । ५ देखि १० वर्षसम्म आँखामा असर हुन सक्छ, रोग प्रतिरोधी शक्ति कम हुन्छ । १० देखि १० वर्षसम्म पनि उपचार नगरे शरीरका सबै अंगमा असर गर्न थाल्छ ।’
मधुमेहका कारण अनेक समस्या आउने उल्लेख गर्दै उनले अहिले मिर्गाैला डायलाइसिस गराइरहेकामध्ये ७० प्रतिशत जति मधुमेह हुँदा हेलचेक्र्याई गर्नेहरु भएको भएको सुनाए । मधुमेह समाज र राष्ट्रकै लागि बोझ बनेको जनाउँदै डा अधिकारीले अब समाज, राष्ट्र, स्वास्थ्यकर्मी र आममानिसको एकीकृत प्रयासले मात्र यसको प्रभाव कम गर्न सकिने विचार राखे ।
कार्यक्रममा पोखरा ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले नागरिकको स्वास्थ सरकारको मुख्य सरोकार भएको बताए । वडाध्यक्ष बरालले जनस्तरबाट हुने यस खालका सचेतना र शिविरले सरकारको लक्ष्य प्राप्त गर्न सघाउने विचार राखे ।
युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थले पहिलो र अग्रणी रेफरेन्स ल्याब भएकाले सामाजिक उत्तरदायित्वमा पनि अग्रणी बन्दै काम गरिरहेको उल्लेख गरे । सर्वसाधारणलाई स्वास्थ्य सचेतना, निशुल्क जाँचसँगै पोखरामा विश्वस्तरको गुणस्तरको सेवा प्रदान गर्न लागिपरेको उनको भनाइ छ ।
युआरएल गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब हो । पोखराभित्र ७ ठाउँबाट सेवा दिइरहेको युआरएलले मुख्य कार्यालयसहित गण्डकी प्रदेशका १८ स्थानबाट सेवा प्रदान गरिरहेको छ । विभिन्न संघ, संस्थासँग सहकार्य र आफैंले समेत शिविर आयोजना गर्दै आएकोमा शुक्रबारको शिविर २ सय ११ औं रहेको अध्यक्ष पन्थको भनाइ छ ।
संस्थाकी अध्यक्ष सावित्री कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा बाराही मावि व्यवस्थापन समिति अध्यक्ष वसन्तराज कोइराला, उपाध्यक्ष हेमराज भण्डारी, सचिव दीपक बराल लगायतले बोलेका थिए ।
पोखरा, २७ कात्तिक ।
नेपाल परिवार नियोजन संघ कास्की शाखाले संचालन गरेको यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी रहेको छ ।
पछिल्लो समय पोखरा महानगरपालिका वडा नं १७ को छोरेपाटन मा.वि र पोखरा महानगरपालिका वडा नं ३३ को सरस्वती टिका मा.विमा अभियान संचालन गरिएको छ ।
अभियानमा कक्षा ११ र १२ का किशोर किशोरी र युवाहरु सहभागि गराइएको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिनुभयो । अभियान २४ वटा विद्यालय तथा कलेजसम्म लगिनेछ ।
छोरेपाटन मा.विमा आयोजित कार्यक्रम शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नं १७ की वडा अध्यक्ष राधिका शाही योगीले बढ्दो उमेरसँगै आउने यौन तथा प्रजनन् स्वास्थ्य सम्वन्धि समस्या समाधानका लागि अभियान सहयोगी हुने बताउनुभयो ।
उता सरस्वती टिका मा.विमा आयोजित कार्यक्रम शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नं ३३ की कार्यवाहक वडा अध्यक्ष दुर्गा केसी थापाले यस्ता अभियानलाई अझ तिव्र पार्न आग्रह गर्नुभयो ।
कार्यक्रममा सरस्वती टिका मावि व्यवस्थापन समितिका अध्यक्ष लाल प्रसाद पराजुली, प्रधानाध्यापक सूर्यराज अभिकारी र छोरेपाटन माविका प्रधानाध्यापक डिल्लीराम शर्माले बोल्नु भएको थियो ।
कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका कोषाध्यक्ष विष्णु प्रसाद दाहाल, बरिष्ठ शाखा प्रवन्धक नब राज तिवारी र कर्मचारी सुरज चौधरीले सहजिकरण गर्नुभएको थियो ।
नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देललको अध्यक्षतामा भएको कार्यक्रम बरिष्ठ शाखा प्रवन्धक नब राज तिवारीले संचालन गर्नुभएको थियो ।
पोखरा, २७ कात्र्तिक ।
नेसनल प्याब्सन, कास्कीको आयोजनामा मंसिरको तेस्रो सातामा दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिता–२०८२ हुने भएको छ ।
बाल प्रतिभा पहिचान मंसिर २४ देखि २६ गते सम्म पोखरा प्रदर्शनी केन्द्र र खेलकुद प्रतियोगिता मंसिर २० देखि २२ गते सम्म पोखरा रङ्गशालामा हुनेछ । कार्यक्रमको औपचारिक उद्घाटन भने मंसिर २४ गते हुनेछ ।
बाल प्रतिभा पहिचान अन्तर्गत सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकला अन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामग्रीहरु, र अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिता रहेको एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए । अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले सहभागिता जनाउने छन् भने अन्य प्रतियोगितामा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुको सहभागिता रहने छ ।
त्यसैगरी खेलकुद तर्फ छात्र क्रिकेट प्रतियोगिता र छात्र फुटसल प्रतियोगिता रहेको छ । क्रिकेट तर्फ कक्षा १ देखि १० सम्मका विद्यार्थीले सहभागिता जनाउने छन् भने फुटसल तर्फ कक्षा ११ र १२ का विद्यार्थीले मात्र सभागिता जनाउने छन् ।
महोत्सवलाई सफल बनाउनका लागि विभिन्न उपसमिति समेत गठन गरिएको अतिरिक्त क्रियाकलाप प्रमुख राजु कायस्थले जानकारी दिए । उपसमिति अन्तर्गत सामूहिक लोकनृत्य प्रतियोगिताको संयोजकमा शिवराज पौडल तथा सदस्यहरुमा पितृराज अधिकारी र विक्रम सुवेदी रहेका छन् । एकल गायन प्रतियोगिताको संयोजकमा अर्जुनप्रसाद अधिकारी तथा सदस्यहरुका हेम रानाभाट, रुद्रप्रसाद अधिकारी साथै सल्लाहकारमा तिलक प्रसाद अधिकारी रहेका छन् ।
त्यसैगरी चित्रकला प्रतियोगिताको संयोजकमा विष्णुप्रसाद पौडेल तथा सदस्यहरुमा मित्र राई र सुरेशराज पाण्डे रहेका छन् । कविता वाचन प्रतियोगिताको संयोजकमा हरिराज अधिकारी तथा सदस्यहरुमा विक्रम सुवेदी र भुवन पौडेल रहेका छन् । अभिनय प्रतियोगिताको संयोजकमा विक्रम सुवदी तथा सदस्यहरुमा दिपु भारी र अशोक शर्मा रहेका छन् ।
विज्ञान तथा प्रविधि प्रतियोगिताको संयोजकमा तोलाकान्त न्यौपाने तथा सदस्यहरुमा अजय थापा र शालिग्राम पराजुली रहेका छन् । हस्तकला प्रतियोगिताको संयोजकमा रमेशराज पौडेल तथा सदस्यहरुका गगन गुरुङ र सोमनाथ पौडेल रहेका छन् । अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिताको संयोजकमा हेम रानाभाट तथा सदस्यहरुमा हरि धमला र मित्र राई रहेका छन्।
त्यसैगरी खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेट प्रतियोगिताको संयोजकमा ज्ञानेन्द्र बहादुर थापा तथा सदस्यहरुमा हिमाल गुरुङ र देवराज कार्की रहेका छन् । फुटसल प्रतियोगिताको संयोजकमा अर्जुन प्रसाद पाण्डे तथा सदस्यहरुमा ज्ञानेन्द्र बहादुर थापा, हिमाल थापा र सल्लाहकारमा केशवशरण पौडेल रहेका छन् ।
महोत्सव कास्की तथा छिमेकेकी जिल्लाका निजि तथा सामुदायिक विद्यालयका विद्यार्थी, अभिभावकले अवलोकन गर्न सक्ने एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए । ‘यो महोत्सव विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्तफुटन मात्र नभई सिकाईको थलो पनि हुने हामीले विश्वास लिएका छौ’ उनले भने, ‘यो महत्वपूर्ण अवसरलाई सदुपयोग गर्नका लागि महोत्सव अवलोकन गर्न सम्पूर्ण कास्कीका विद्यार्थी तथा अभिभावकलाई निमन्त्रणा गर्दछौ।’
महोत्सवलाई सफल बनाउनका लागि तयारी शुरु गरिसकेको एन प्याव्सन कास्कीका सचिव प्रेमराज अधिकारीले जानकारी दिए । उनका अनुसार एन प्याव्सनमा आवद्ध विद्यालयका विद्यार्थीहरुले आफ्ना प्रतिभा प्रस्तुत गर्नका लागि तयारीलाई तिव्र पारेका छन् । प्रतियोगितामा एन प्याब्सनमा आवद्ध ४३ वटा विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् ।
टप १०० भित्र प्रतिभाका ५ विद्यार्थी
पोखरा, २७ कार्तिक ।
पोखराको प्रतिभा माविले चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएस शैक्षिक कार्यक्रम २०८२÷०८३ का लागि सञ्चालित एकीकृत प्रवेश परीक्षामा नाम निकाल्ने विद्यार्थीलाई बधाईका साथ सम्मान गरेको छ ।
आयोगले मंगलवार प्रवेश परिक्षा नतिजा सार्वजनिक गर्दै योग्यताक्रममा परेका नामसूची प्रकाशित गरेको थियो । ८ हजार ७ सय ७२ जना परीक्षार्थीहरूले नाम निकालेकोमा उत्कृष्ट १०० भित्र प्रतिभा एकै विद्यालयबाट ५ विद्यार्थी परेका छन् ।
टप १०० मा नाम निकाल्ने विद्यार्थीहरू युनिक पौडेल, भिष्म रेग्मी, समीर सुवेदी, दिक्षा सुनार र विनेश तिम्सिनाका साथै सफल गुरुङलाई प्रतिभा माविले विहीबार एक समारोहकाबीच बधाई ज्ञापनका साथै सम्मान गरेको हो ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलले विद्यार्थीले सफलता चुमेको दिन विद्यालयको लागि सबैभन्दा खुशीको दिन रहने बताए । पवित्र सेवा समर्पित भावनाको शिक्षा आर्जन गरेर देशमै बसेर उत्कृष्ट चिकित्सकीय कर्म गर्न पनि पौडेलले सुझाए ।
‘शिक्षक र विद्यार्थीको मेहनत, विद्यालय र अभिभावकको साथले नै यस्तो उत्कृष्टता मिल्दछ । यस्तो सफलतालाई निरन्तरता दिन अझै मेहनतको खाँचो छ । एउटै सफलताले जीवनमा पुग्दैन ।’ अध्यक्ष पौडेलले भने – ‘एकै विद्यालयबाट ६ जनाले नाम निकाल्नु भनेको करीब ४ करोड छात्रवृत्ति प्राप्त गर्नु हो । यस्तै उपलब्धिले प्रतिभा मावि प्रदेश मात्र नभएर देशमै उत्कृष्ट विद्यालयको सुचीमा पर्न सफल छ ।’
विद्यालयका प्राचार्य किरण सापकोटाले पोखरालाई अब केवल पर्यटनको राजधानी नभई शिक्षाको राजधानीका रूपमा चिनाउने सपना प्रतिभा माविबाट साकार हुँदै गएको बताए ।
‘प्रत्येक वर्ष प्रतिभाका विद्यार्थीहरूले सुन्दर सपना पछ्याउँदै उत्कृष्ट सफलता हात पारिरहेका छन् ।’ उनले भने– ‘यस विद्यालयका मेधावी विद्यार्थी, सहयोगी अभिभावक र गुणस्तरीय शिक्षा प्रदान गर्ने शिक्षकहरूले आजको गौरवपूर्ण क्षण सम्भव बनाएका हुन् ।’
सापकोटाका अनुसार देशभरका विद्यालयबाट १०० जनाभित्र ५ जनाले एकै वर्षमा प्रतिष्ठित विश्वविद्यालयमा नाम लेख्नु विद्यालयका लागि ऐतिहासिक उपलब्धि हो । उनले थपे – ‘प्रतिभाको जीवन अनन्त रहोस् । यहाँका विद्यार्थीहरूको मेहनत, कर्म र उपलब्धिले विद्यालयको नाम सुनौलो अक्षरमा अंकित भएको छ ।’
कार्यक्रमका प्रमुख अतिथि मणिपाल शिक्षण अस्पताल पोखराका मेडिकल डाइरेक्टर प्रा. डा. अभिषेक मास्केले विद्यार्थीहरूलाई भावी चिकित्सकका रूपमा देश र समाजको सेवा गर्ने प्रेरणा प्रदान गरे ।
‘प्रतिभा माविले गुणस्तरीय शिक्षाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ । अब पढाइका लागि काठमाडौं जानुपर्ने आवश्यकता छैन भन्ने कुरा प्रतिभाले प्रमाणित गरेको छ ।’ उनले भने – ‘यहाँ प्रदान गरिएको शिक्षा नै गुणस्तरीय र भविष्यमुखी छ ।’
डा. मास्केले विद्यार्थीहरूलाई जुनसुकै पेशा वा व्यवसाय रोजे पनि कक्षा ११ र १२ बाटै आफ्नो ‘रोडम्याप’ तयार पार्न सुझाए । ‘डाक्टर बन्नु केवल पेशा होइन, यो मानवता र सेवासँग सम्बन्धित जिम्मेवारी हो ।’ उनले थपे – ‘यहाँ सिकेका मूल्य र ज्ञानका आधारमा समाजका लागि उत्कृष्ट चिकित्सक उत्पादन हुने विश्वास मैले लिएको छु ।’
अभिभावक वासुदेव तिमिल्सिनाले प्रतिभा मावि सबैका लागि गौरवको विद्यालय बनेको बताए । उनले सबैभन्दा ठूलो कुरा अनुशासन भएको बताउँदेै अनुशासनले नै सफलता र अवसरका सबै बाटो खोल्ने उनले विश्वास व्यक्त गरे । उनले विद्यालयले प्रदान गरेका अवसरहरूको सदुपयोग गर्न सक्नु विद्यार्थीहरूको जिम्मेवारी भएको बताए । उनले विद्यालय परिवारप्रति धन्यवाद ज्ञापन गरे ।
सम्मानित विद्यार्थी समीर सुवेदीले गुणस्तरीय शिक्षा प्राप्तिका लागि अब काठमाडौंमै जानुपर्छ भन्ने सोच प्रतिभा माविले बदलिदिएको बताए । उनले भने ‘कडा मेहनत गर्नुस् । सफलता हाँसिल गर्न सजिलो हुन्छ । मेहनत गरे भाग्यले पनि साथ दिन्छ । त्यसैले भाग्यभन्दा कर्ममा विश्वास गर्नुपर्छ ।’
उनले शिक्षकहरूको निरन्तर प्रेरणा र विद्यालयले प्रदान गरेको गुणस्तरीय शिक्षाका कारण नै भाईबहिनीहरूले पनि उत्कृष्ट नतिजा निकाल्न सफल भएको बताए । सुवेदीले थपे, ’सफलता हात पार्नका लागि आवश्यक गुणस्तरीय शिक्षा प्रतिभा माविले नै प्रदान गर्छ । ’





