२०८३ जेष्ठ ३ आईतवार
२०८३ जेष्ठ ३ आईतवार
पोखरा, १९ चैत । 
 
इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकासँगको सहकार्यमा एगा सम्बद्ध व्यवसायीलाई अभिमुखीकरण तालिम प्रदान गरिएको छ ।
 
तनहुँको भानु नगरपालिका वडा नं ९ चितीखोलास्थित ग्रिन हिमालय फार्म स्टेमा आयोजित अभिमुखीकरणमा ४० जनाको सहभागिता थियो ।
 
कार्यक्रमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पर्यटकहरूले हस्तनिर्मित सामाग्रीहरू उपहारका रुपमा लैजाने बताउँदै त्यस्ता समाग्री तयार गर्नेतर्फ जोड दिन आग्रह गर्नुुभयो । पोखरा पर्यटनको राजधानी भएको बताउँदै उहाँले यहाँ आउने पर्यटकलाई लक्षित गरी समाग्रीहरू तयार गर्नेतर्फ ध्यान दिनुपर्ने धारणा राख्नुुभयो ।
 
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले समाज प्रविधिमा फड्को मारिसकेको बताउँदै डिजिटल मार्केटिङमा जोड दिनुपर्ने बताउनुुभयो । तालिमका सिकाइलाई व्यवहारमा उतार्न उहाँले आग्रह गर्नुुभयो 
 
एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालले संस्थाका सदस्यहरूको क्षमता अभिबृद्धिमा सहयोग पु¥याउने लक्ष्यका साथ अभिमुखीकरण तालिम आयोजना गरिएको बताउनुुभयो ।
 
अध्यक्ष लम्सालको सभापतित्व एवम् सचिव माया सुवेदीले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्वागत उपाध्यक्ष गीता ढकाल पौडेलले गर्नुुभएको थियो कार्यक्रम संयोजक एवम् सहसचिव सुरेन्द्र पौडेलले कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो ।
 
सहभागीलाई डिजिटर मार्केटिङ र ग्राहक पहिचान एवम् डिलिङ सम्बन्धमा पर्यटन विज्ञ दीपेन्द्र पहारी र तनाव व्यवस्थापन सम्बन्धमा सीता पौडेलले अभिमुखीकरण तालिम प्रदान गर्नुुभएको थियो ।
 
कार्यक्रममा एगा पोखराका संस्थापक अध्यक्ष वेदप्रसाद पाण्डे, पूर्व अध्यक्षहरू चिरञ्जिवी पोखरेल, कृष्णकुमार श्रेष्ठ, जीवनाथ गौतम, विश्वराज पोखरेल लगायतको सहभागिता थियो ।
 
कार्यक्रमका सहभागीले भानु नगरपालिका वडा नं ९ चितीखोलास्थित कडरिया एकिकृत कृषि फर्म, नक्षत्र बाटिका लगायतका स्थलहरूको अवलोकन गरेका थिए ।
  

पोखरा, १९ चैत्त ।

पोखरामा हुने चौथो यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिप २०२६ को तयारी शुरू भएको छ । यहि चैत्र २८ गते देखि ३० गते सम्म नेपाल एथलेटिक्स संघको आयोजनामा तथा कास्की जिल्ला एथलेटिक्स संघको व्यवस्थापनमा हुने सो च्याम्पियनसिपको तयारी शुरू भएको हो ।

२०७९ सालमा चितवनमा सम्पन्न तेस्रो संस्करणको सो च्याम्पियनसिप तीन वर्ष पछि पोखरामा हुने भएको नेपाल एथलेटिक्स संघका उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक गजबहादुर गुरुङले जानकारी दिएका छन् । उनले भने–“यो प्रतियोगिता हरेक वर्ष हुनुपर्ने थियो । तर विविध कारणले रोकिन पुग्यो । अब हामी यसलाई निरन्तरता दिने उद्धेश्यका साथ तीन वर्ष पछि पोखराबाट सुरूवात गर्दैछौं ।”

प्रतियोगिता ट्रयाक र फिल्ड गरी दुई विधामा सञ्चालन हुनेछ । देशभरका सातै प्रदेशबाट उत्कृष्ट यू–२० खेलाडीहरूको सहभागिता रहने छ । हरेक प्रदेशबाट १० महिला र १० पुरुष गरी २० खेलाडी गरी कुल १४० जना खेलाडीसँगै एक–एक जना प्रशिक्षक र एक–एक जना टिम व्यवस्थापक गरी कुल १५४ जनाले प्रतियोगितामा सहभागिता जनाउने छन् । प्रतियोगितामा प्रत्येक खेलाडीले एक ट्रयाक र दुई फिल्ड वा दुई फिल्ड र एक ट्रयाक इभेन्टमा मात्र सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ ।

प्रतियोगितामा ट्र्याकतर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर र ३००० मिटर दौड समावेश गरिएको छ । साथै रिले अन्तर्गत ४×१०० मिटर र ४×४०० मिटर मिक्स्ड रिले पनि आयोजना हुनेछन् भने फिल्ड इभेन्टतर्फ हाइजम्प, लङजम्प, सटपुट र ज्याभलिन थ्रो समावेश गरिएको छ ।

कास्की जिल्ला एथलेटिक्स संघ तथा आयोजक समितिका सचिव सिद्धान्त अधिकारीका अनुसार प्रतियोगिताको तयारी शुरु भइसकेको र प्रतियोगिता सञ्चालनका लागि करिब २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको जानकारी दिए ।

हरेक इभेन्टमा स्वर्ण, रजत र पदक बिजेता खेलाडीले क्रमश जनही नगद रु ४, ३ र २ हजार तथा रिलेतर्फका विजेताले क्रमश नगद रु ६, ४ र २ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै हरेक प्रदेशका उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई प्रोत्सहान वापत नगद रु ७–७ हजार तथा ओभरअल च्याम्पियनतर्फ एक प्रदेशलाई नगद रु १० हजारका साथमा ट्रफी प्रदान गरिने कास्की जिल्ला एथलेटिक्स संघका कोषाध्यक्ष गोप बहादुर अधिकारीले बताए ।

आयोजकका अनुसार यस प्रतियोगिताले देशभरका युवा एथलेटिक्स प्रतिभालाई पहिचान गर्न तथा भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

लेखनाथ, १९ चैत्र ।

लेखनाथ उद्योग वाणिज्य संघमा रोजगारीका अवसरहरुका लागी रोजगारदाताहरु र पुर्वसिकाईको मान्यता विषयमा ग्राजुएट विच अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । औपचारीक शिक्षा हासिल नगरेतापनि कार्य अनुभवका कारण सिप र दक्षता भएकाहरुलाई कसरी रोजगारीको क्षेत्रमा ल्याउन सकिन्छ भन्ने विषयमा अन्र्तक्रिया गरिएको हो ।

कार्यक्रममा स्वागत गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारीले हातमा सिप भएर पनि रोजगारिको क्षेत्रमा राज्यका सेवा सुविधाबाट बञ्चित भईरहेका व्यक्तिहरुका लागि कार्यक्रम फलदायी हुने वताउँदै यसबाट उद्योगी व्यवसायीहरु समेत लाभान्वित हुने वताएकी थिईन ।

उक्त अवसरमा समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशका उप–सचिव तोयानाथ लम्सालले प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिमको नितिगत व्यवस्था, सिप परिक्षणका लागी तिन तहका सरकारले गर्न सक्ने काम र प्रदेशमा पूर्व सिकाइको मान्यताको आधारमा सिप परिक्षणको अवस्थाका विषयमा प्रस्तुती राखेका थिए ।

प्रदेशमा यसरी सिप परक्षिण गरेर दक्षताको प्रमाणपत्र लिनेमा आ।व। २०७९र०८० मा १ सय ३३ जना, आ।व। २०८०र०८१ म १सय ९४ जना र आ।व। २०८१र०८२ मा ३ सय ४९ जना रहेको जानकारी गराएका थिए ।
यस्तै नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजना गण्डकी प्रदेशका प्रबन्धक चन्द्रप्रसाद तिमिल्सिनाले राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीको सान्र्दभिकताको विषयमा र पोखरा महानगरपालिका व्यवसाय प्रर्बद्धन केन्द्रका नवराज अधिकारीले सिप परिक्षा उर्तिण व्यक्तिहरु र रोजगारदाताका लागि अवसर विषयमा प्रशिक्षण दिएका थिए ।

संघका पुर्वअध्यक्ष चतुराखर अधिकारीले कार्यक्रम समय सापेक्ष एवं महत्वपुर्ण रहेको वताउँदै यसले राज्य, निजि क्षेत्र र स्वयंम सिप र दक्षता भएर पनि अवसर पाउन सकेका व्यक्तिहरुका पनि लाभदायक हुने वताएका थिए ।

संघका प्रथम उपाध्यक्ष विक्रम कर्माचार्यले बजारको आवश्यकता र सम्भावनालाई मध्यनजर गरेर तालिमहरु सञ्चालन गनुपर्नेमा जोड दिंदै उसो गर्न नसके अस्वस्थ प्रतिष्पर्धा जस्ता दुष्परिणाम निम्तने सक्ने वताएका थिए ।

संघका अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले र धन्यवाद ज्ञापन कार्यसमिति सदस्य विरेन्द्रराज भुर्तेलले गरेका थिए ।

पोखरा, १९ चैत्त ।

गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले समाजसँगै समग्र देशको आर्थिक तथा सामाजिक रूपान्तरणमा आमा समूहहरूको महत्वपूर्ण योगदान रहेको बताएका छन्।

एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा आँधीखोला गाउँपालिका जुग्लेमा आयोजित आमा समूहका सदस्यहरूका लागि नेतृत्व विकास कार्यक्रममा बोल्दै मन्त्री थापाले आमा समूहहरू समुदायस्तरमा सामाजिक जागरण, एकता, सहकार्य र परिवर्तनका प्रमुख आधार बनेको उल्लेख गरे । उनले विशेषगरी ग्रामीण क्षेत्रमा आमा समूहहरूले महिला सशक्तीकरण, सामाजिक विकृति न्यूनीकरण, आयआर्जन तथा सामुदायिक विकासमा प्रभावकारी भूमिका खेल्दै आएको बताए ।

मन्त्री थापाले समुदायस्तरमा महिलाको सक्रिय सहभागिता सुनिश्चित नगरी दिगो विकास सम्भव नहुने स्पष्ट पार्दै सरकारले जनचाहना अनुसार महिला लक्षित कार्यक्रम, सीप विकास, उद्यमशीलता प्रवद्र्धन तथा नेतृत्व विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेको जानकारी दिए । उनले भने, “महिलाहरूलाई आत्मनिर्भर, सक्षम र नेतृत्वदायी बनाउने उद्देश्यका साथ प्रदेश सरकारले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ, जसले सामाजिक न्याय र समानतामूलक समाज निर्माणमा टेवा पु¥याउनेछ ।”

उनले पछाडि परेका वर्ग, ग्रामीण भेगका नागरिक तथा लक्षित समुदायको जीवनस्तर उकास्न प्राविधिक शिक्षा, सीपमूलक तालिम र आयआर्जनसँग जोडिएका कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाइएको पनि बताए । साथै, आमा समूहहरूलाई केवल सामाजिक कार्यमा सीमित नराखी विकासका साझेदार संस्थाका रूपमा अघि बढाउन आवश्यक रहेकोमा उनले जोड दिए।

आँधीखोला गाउँपालिकाका उपाध्यक्ष सीता थापाले प्रदेश सरकारले स्थानीय तहसँग सहकार्य र समन्वयमा विकासका कार्यक्रम सञ्चालन गरेको बताउँदै नागरिकको आवश्यकता अनुसार तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइन् । उनले आमा समूहहरूले समुदायमा महिला सशक्तीकरण र सामाजिक विकासमा खेलेको भूमिकाको प्रशंसा गरिन्।

एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले समयसँगै समुदायका आवश्यकता परिवर्तन भइरहेकाले आमा समूहका पदाधिकारी तथा सदस्यहरूमा प्रभावकारी नेतृत्व, योजना निर्माण, निर्णय क्षमता, समन्वय र व्यवस्थापनसम्बन्धी सीप आवश्यक रहेको बताए। उनले आगामी आर्थिक वर्षको बजेटमा यस्ता कार्यक्रमलाई जिल्लाभर विस्तार गर्ने तयारी रहेको जानकारी दिए ।

कार्यक्रममा अधिवक्ता कुञ्जना परियार प्यासीले महिला सशक्तीकरण, नेतृत्व विकास, कानूनी ज्ञान र सकारात्मक सोच सम्बन्धी विषयमा कार्यपत्र प्रस्तुत गरिन् । त्यसैगरी प्रदेश अस्पताल स्याङ्जा अन्तर्गत एकद्वार संकट व्यवस्थापन केन्द्रकी प्रमुख गीता न्यौपानेले महिला हिंसाको अवस्था, उद्धार र पुनस्र्थापनामा प्रदेश सरकारले खेलेको भूमिकाबारे सहजीकरण गरिन् ।

कार्यक्रमअन्तर्गत सहभागी महिलाहरूलाई जीवन विज्ञान केन्द्र स्याङ्जाद्वारा योग, ध्यान र सकारात्मक सोचसम्बन्धी प्रशिक्षण प्रदान गरिनेछ । कार्यक्रममा जागृति आमा समूहकी अध्यक्ष तारा पौडेल र जुग्ले आमा समूहकी अध्यक्ष मिलन कार्कीले यस्ता कार्यक्रमले महिलाहरूको बहुआयामिक क्षमता विकासमा टेवा पुगेको बताए।

महिलाहरुको बाक्लो सहभागिता रहेको उक्त कार्यक्रममा महिला अधिकार र सशक्तीकरणसम्बन्धी गीत, कविता तथा नृत्य प्रस्तुत गर्ने सहभागीहरूलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रम सञ्चालन स्मृति काफ्लेले गरेकी थिइन्।

पोखरा, १९ चैत ।

नेपाली नयाँ बर्ष २०८३ मनाउन यसपटक तीन लाख आन्तरिक तथा बाह्य पर्यटक पोखरा आउने होटल संघ पोखरा नेपालले अनुमान गरेको छ । पोखरामा आयोजना हुने २१ औं फेवा नव बर्ष महोत्सवको तयारीबारे जानकारी दिन विहीबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष लक्ष्मण सुवेदीले सो आँकडा सुनाएका हुन् ।

यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म संघले लेकसाइडको सडकमा यो महोत्सव आयोजना गर्दै छ । महोत्सवका अवसरमा होटलको अकुपेन्सी दर ९० प्रतिशतसम्म पुग्ने विषय पनि अध्यक्ष एवं महोत्सवका संयोजक सुवेदीले सुनाए । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी पनि उनले दिए ।

पोखराको खहरेचोकदेखि सहिदचोक बिचको सडकमा महोत्सव संचालन हुने छ । पर्यटन, संस्कृति र खानालाई जोड दिएर यो महोत्सव हुन लागेको हो । महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था रहने छ । महोत्सवका अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने घोषणा गरिसकेका छन् । इ–सेवाबाट होटल बुक गर्दा १० प्रतिशत सम्म क्यासब्याक हुने अफर पनि इ–सेवाले अगाडि सारेको छ ।

प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शनी, पंचैबाजा प्रतियोगिता र पर्यटक दौड प्रतियोगिता महोत्सवका प्रमुख आकर्षण हुन् । सांस्कृतिक, मनोरञ्जनात्मक, लोकदोहोरी र पप कन्सर्टका कार्यक्रम पनि हुने छन् । महोत्सवका अवसरमा स्थानीय खहरेबाट निकालिने झाँकी अम्बोटमा पुगेपछि औपचारिक उद्घाटन समारोह सुरु हुने छ ।

महोत्सवलाई भव्य बनाउन विभिन्न उपसमितिबाट काम जारी छन् । केही दिन अघि पूर्वी नेपालका विभिन्न शहरमा पुगी नेपाल पर्यटन बोर्ड गण्डकीसँगको समन्वयमा जाउँ है पोखरा कार्यक्रम अन्तर्गत संघले फेवा महोत्सवको निम्ता बाँडिसकेको छ । लुम्बिनी प्रदेशका संचारकर्मीमार्फत् पश्चिमका बासिन्दालाई पनि महोत्सवका सहभागिताका लागि आमन्त्रण पनि संघले गरेको छ । यही चैत २८ गते पोखरामा हुने रात्री दौडका आयोजक पोखरा क्लिक र पोखरा प्रबद्र्धन केन्द्रसँग सहकार्य गर्दै संघले महोत्सव प्रचारको कार्यक्रम पनि अगाडि बढाएको छ ।

फेवा महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी प्रालि, सहप्रायोजकमा म्याक्स टाइगर र एक्ट्रिम इनर्जी ड्रिंक तथा प्रायोजकहरुमा अन्नपूर्ण केवलकार लि, इ–सेवा, युनाइटेड वाइनरी प्रालि रहेका छन् । इन्योरेन्स पार्टनरमा सलिको इन्स्योरेन्स रहेको छ । महोत्सव प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, पोखरा महानगरपालिका र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश रहेका छन् । पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने र आयोजक संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले पनि भनाई राखेका थिए । कार्यक्रमको संचालन संघका सचिव पार्वता पाण्डेले गरेकी थिइन् ।

पोखरा, १९ चैत ।

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एल अन्तर्गत लायन्स क्लब अफ पोखरा मार्दीको लायन वर्ष २०२६÷२७ का लागि नयाँ नेतृत्व चयन गरेको छ । क्लबको अध्यक्षमा उमाकान्त रिजाल चयन भएका छन् । त्यसैगरी प्रथम उपाध्यक्षमा विष्णु प्रसाद अधिकारी, द्वितीय उपाध्यक्षमा अर्जुन प्रसाद पौडेल, सचिवमा पंकज कुमार धामी चयन भएका छन् ।

यसैगरी सह सचिवमा लायन अर्जुन बहादुर क्षेत्री, कोषाध्यक्षमा खिम बहादुर भुजेल(कुमार), क्लब एड्मनिस्टेटर मनोज कुमार अधिकारी र श्याम प्रसाद भुषाल, सदस्यता वृद्धि प्रमुखमा अर्जुन बास्तोला, एलसीआईएफ कोअर्डिनेटरमा नारायण बडुवाल, मेडिया कोडिनेटर सागर राज तिमिल्सिना, खेलकुद निर्देशक लेखनाथ न्यौपाने, आर्थिक निर्देशकमा नवराज बराल चयन भएका छन् ।

नव–निर्वाचित कार्यसमितिलाई डिष्ट्रिक्ट ३२५ एलका प्रथम भाइस गभर्नर इलेक्ट तेज नारायण पराजुली, डिष्ट्रिक्टका साहेक प्रमुख सल्लाकार राजु अधिकारी, साहेक प्रमुख सल्लाकार ज्ञानेन्द्र कोइराला, क्लबका संस्थापक अध्यक्ष मनोज कुमार अधिकारी लगातएले शुभकामाना दिदै क्लबलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा सामाजिक सेवामा अग्रसर हुन आग्रह गरे ।

लायन्स क्लब अफ पोखरा मर्दीका अध्यक्ष सुमन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्वाचन समितिका संयोजक श्याम प्रसाद भुषालको संयोजनकत्वामा निर्वाचन समिति सम्पन्न भयो ।

पोखरा, १९ चैत ।

पोखरामा पहिलोपटक आयोजना हुन लागेको रात्रिकालीन दौड प्रतियोगितालाई भव्य र प्रभावकारी बनाउन फिस्टेल ड्रिम पार्कले साथ दिने भएको छ । पोखरा–१७ सीतापाइलास्थित महतगौँडामा रहेको पार्क र प्रतियोगिता आयोजक बीच बुधबार एक समारोहका बीच सहकार्य सम्झौता भएको हो ।

प्रतियोगिता संयोजक दिननाथ बराल र पार्कका जनरल म्यानेजर अंकितकुमार सिंहबीच सम्झौता भएको हो । प्रतियोगितामा सहभागी उत्कृष्ट २० धावकलाई एकहजार मूल्य बराबरको टिकट निःशुल्क उपलब्ध गराइने, सहभागी धावकलाई पार्क प्रवेश तथा विभिन्न वाटर खेलहरूमा ३० प्रतिशत छुट प्रदान गरिने भएको छ । प्रतियोगितालाई सफल पार्न उक्त इभेण्टमा जोडिन पाउदा निकै खुसि लागेको बताउदै जनरल म्यानेजर सिंहले पोखराको नयाँ इभेण्ट भएकाले पार्कको समेत थप प्रमोशन हुने विश्वास व्यक्त गरे ।

करिब ५५ रोपनी क्षेत्रफलमा फैलिएको फिस्टेल ड्रिम पार्क नेपालकै ठूलो वाटरफन पार्कमध्ये एक मानिन्छ । पार्कमा हाल १३ वटा वाटर स्लाइड, लेजी रिभर, वेभ पुललगायतका आकर्षक जल खेलहरू उपलब्ध छन् भने ड्राइ गेमका विभिन्न विकल्प पनि रहेका छन् । जहाँ कक्षा ७ सम्मका विद्यार्थीले ६०० रुपैयाँमा खेलहरूको आनन्द लिन सक्छन् भने अन्यका लागि एकहजार रुपैयाँमा पानीका सबै खेलहरू एक दिनभरि प्रयोग गर्न पाइन्छ । जेष्ठ नागरिक महिला ६५ वर्ष माथि र पुरुष ७० वर्ष माथि का लागि प्रवेश निःशुल्क गरिएको छ ।

यसैबीच, पार्कले आफ्नो सेवा विस्तार गर्दै करिब दुई करोड रुपैयाँको लागतमा ५० फिटको ठुला चारवटा स्विङ ९पिङ० निर्माण गर्ने तयारी गरेको र पिकनिक स्पटका रूपमा पनि लोकप्रिय पार्कमा दैनिक ३ हजारदेखि ६ हजार रुपैयाँसम्म शुल्क लाग्ने व्यवस्था गरिएको पनि सो अवसरमा जानकारी गराइएको छ ।
पार्क सञ्चालन गरिरहेको आयु इन्टरटेन्मेन्ट लिमिटेडले निकट भविष्यमा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको छ । करिब चार वर्षअघि सञ्चालनमा आएको फिस्टेल ड्रिम पार्कमा हालसम्म ४५ करोड रुपैयाँ लगानी भइसकेको र थप ५५ करोड लगानीसहित पाँचतारे होटल सञ्चालन गर्ने योजना अघि बढाइएको जनाइएको छ ।

गर्मी मौसम सुरु भएसँगै पार्कमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएकाले रात्रिकालीन दौड प्रतियोगितासँगको सहकार्यले पोखराको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ । नयाँ वर्षको पूर्वसन्ध्यामा “जाग्छ पोखरा, दौडाउँछ पोखरा” नारासहित आयोजना हुने यस नाइट रनका लागि अनलाइन दर्ता खुला गरिएको र पोखरा क्लिकको अनलाइन पोर्टलमार्फत फारम भर्न सकिने भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्य, पोखरा–९ को समन्वय तथा विभिन्न संघसंस्थाको सहयोगमा आयोजना हुने प्रतियोगितामा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर हस्पिटल पार्टनर र नेलम्बो नेपाल मेडिकल पार्टनरका रूपमा रहेका छन् ।

पोखरा महानगरपालिका र पोखरा भ्रमण वर्ष २०२५÷०२६ प्रतियोगिताको प्रबद्र्धकका रुपमा रहेका छन भने अटोवेज प्रा।लि।, चाइनिज गार्डेन रेष्टुरेण्ट, सिटीजन फर्निचर, होटल संघ पोखरा नेपाल, परिचय एड्भरटाइजिङ, जिल्ला खेलकुद विकास समिति कास्की लगायतको सहयोग रहने प्रतियोगिता फेवाताल किनारस्थित बाराहीघाटबाट सुरु भई सेन्टर प्वाइन्ट, हल्लनचोक, जिरो किमी, सिर्जनाचोक, सभागृहचोक, न्यूरोड, चिप्लेढुंगा हुँदै महेन्द्रपुलस्थित झण्डा पार्कमा पुगेर सम्पन्न हुने छ । ५ किलोमिटर दौडको उक्त रुट पोखरा महानगरपालिकाका वडा नं। ५, ६, ७, ८ र ९ समेट्ने र विजेतालाई नगद पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जानकारी गराएको छ ।

 

 

पोखरा, १९ चैत ।

नेपाल फोटो पत्रकार संघ, कास्कीले मादी गाउँपालिका–३ याङ्जाकोटमा ‘मादी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा फोटो पत्रकार भूमिका’ विषयक अन्तरक्रिया गरेको छ । मादी गाउँपालिकाको सहयोगमा मंगलबार र बुधबार भएको कार्यक्रममा मादी गाउँपालिकाले सहयोग गरेको हो । कार्यक्रममा फोटोको माध्यमबाट कसरी ग्रामिण पर्यटन प्रवद्र्धन गर्न सकिन्छ भन्ने विषयमा चर्चा गरिएको थियो ।

मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले मादी गाउँपालिकाको प्रकृति र संस्कृति फोटो माध्यमबाट विश्वमाझ चिनिएको बताए । पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा समाचार र फोटोमा महत्वपूर्ण भूमिका रहेको उनले सुनाए । मादीको सम्पति भनेकै प्रकृति र संस्कृति भएकाले फोटो पत्रकारले तस्बिरका माध्यमबाट प्रचारप्रसार गर्न आवश्यक रहेको बताए । ‘हामीसँग बेच्ने २ वटा चिज छ । एउटा प्रकृति अर्को संस्कृति हो । अनि अर्को भनेको कृषि पनि हो ।

त्यसैले माथिल्लो भेगमा पर्यटन र तल्लो भेगमा कृषि योग्य जमिनमा परिण गरेर प्रवद्र्धन गरिरहेका छौं,’ उनले भने, ‘माथिल्लो भेगको कोरी, क्हपुचे, क्रपुलगायत सिक्लेस, ताङतिङमा पर्यटकीय क्षेत्र हुन् । विस्तारै याङ्जाकोट, भाचोक, वार्चोकलगायत ठाउँमा होमस्टे विस्तार भइरहेको अवस्था छ ।’
पालिकाले मादीको पर्यटनलाई कृषिलाई प्रवद्र्धन गरिरहँदा केही प्रचार भएपछि पनि फोटो पत्रकारहरुको क्यामेराले विश्वमाझ पु¥याउन सहयोग पुग्ने अध्यक्ष गुरुङले बताए । पछिल्लो समय ७० प्रतिशत जनसंख्या पोखरा, काठमाडौंसहित विदेशमा भएकाले केही समस्या हुने उनको आंकलन छ । ‘मादीका क्षमतावान युवाहरु कम नै छ । त्यसैले हामीले दक्ष जनशक्तिलाई गाउँमै टिकाउन सहयोग गरिरहेका छौं,’ उनले भने, ‘कृषिमा अनुदानदेखि संस्कृति संरक्षणका लागि घाटु, कृष्णचरित्र, बालन नाच संरक्षणका लागि साथ दिइरहेका छौं ।’

मादीको पर्यटन प्रवद्र्धनका लागि यो वर्ष १५ लाख रुपैयाँ बराबरको रकम ५०÷५० को कार्यक्रममा सहायता दिइने गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिए । पालिकाको ५ सय ६३ वर्गकिलोमिटरको क्षेत्रफलमा ४ सय ६३ वर्गकिलोमिटर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० मा पर्ने भएकाले एक्यापसँग मिलेर पनि पर्यटन क्षेत्रको प्रवद्र्धन र स्थायी बसोबासका कार्यक्रम गरिरहेको उनले बताए । तर, माथिल्लो भेगमा बनाइएको होटल, चियाघर दर्तामा समस्या भएको उनको भनाइ थियो ।

मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न पालिकाले अझ नयाँ कार्यक्रम बनाउँदै जाने बताए । कोरी, क्हपुचे, क्रपुलगायत सिक्लेस, ताङतिङ जस्तै गरी अन्य पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि काम गरिरहेकाले त्यसमा फोटो पत्रकारको क्यामेरा र कलम अझै शसक्त हुने उनको भनाइ थियो । सिक्लेस, ताङतिङले आन्तरिक तथा बाह्य पर्यटक तथ्यांक राख्न सुरु गरिसकेकाले अन्य गाउँहरुले पनि त्यसको सुरुआत गर्नुपर्नेमा उनको जोड थियो । केही ठाउँ र गाउँहरु प्रचारप्रसारको पर्खाइमा रहेकाले पत्रकारको नजर पुग्नुपर्ने उनले बताए । ‘फोटोले प्रचारप्रसार पु¥याउने महत्व, त्यसले हामीलाई बनाउने भावुकपना र गौरवगर्ने अवस्थाले फोटो पत्रकारिताको महत्व झल्काउँछ,’ उनले भने ।

नेपाल पत्रकार महासंघ, गण्डकीका अध्यक्ष रमेश पौडेलले सूचना प्रविधिको युगमा प्रचारप्रसारमा खेल्ने भूमिका अतुलनीय रहेको बताए । विशेष गरी ग्रामिण पर्यटन प्रवद्र्धनमा पत्रकारले सधैं सकरात्मक भूमिका खेलेकाले आगामी दिनमा यसलाई निरन्तरता दिन अति आवश्यक रहेको उनले सुनाए । मादीमा धेरै पर्यटकीय क्षेत्र भएकाले त्यसमा पत्रकारको ध्यान जाने उनले विश्वास दिलाए ।

कार्यक्रममा मादी गाउँपालिका–३ का अध्यक्ष विकास गुरुङले याङ्जाकोट गाउँ प्राकृतिक र सांस्कृतिक हिसाबमा महत्वपूर्ण रहेको बताए । याङ्जाकोटमा आन्तरिक पर्यटक बढेपनि बाह्य पर्यटक कम जाने भएकाले प्रचासप्रसारको आवश्यकता रहेको उनले सुनाए । यसमा फोटो र समाचारको महत्वपूर्ण भूमिका हुने भएकाले फोटो पत्रकारले आयोजना गरेको अन्तरक्रिया फलदायी हुने उनको विश्वास थियो ।

याङ्जाकोट सामुदायिक होमस्टेका अध्यक्ष रोशन गुरुङले पाहुना सत्कारका लागि अहिले १० घर होमस्टे स्थापना गरिएको जानकारी दिए । २०६७ सालदेखि होमस्टे सञ्चालनमा आएदेखि गाउँ पुग्ने पर्यटकलाई सहज भइरहेको उनले बताए । यहाँ ढुंगाले छाएको घर, गाउँबाट देखिने हिमाल डाँडाकाडा, बीच गाउँमा रहेको ऐतिहासिक पोखरी, गुरुङ मन्दिर, कोट याङ्जाकोटको आकर्षण रहेको जानकारी दिए । गाउँ पुग्ने पाहुनालाई गाउँकै अग्र्यानिक खानाको स्वाद पस्किने गरेको उनले बताए ।

कार्यक्रममा नेपाल फोटो पत्रकार संघ, कास्कीका अध्यक्ष राम गुरुङले ग्रामिण पर्यटन प्रवद्र्धनमा संघले स्थापनाकाल देखि नै भूमिका खेल्दै आएकाले यसलाई निरन्तरता दिदैं जाने बताए । यसमा पालिका, वडा, स्थानीय समुदाय र फोटो पत्रकारको समन्वय अपरिहार्य रहेको उनको भनाइ थियो ।
संघकी सह–सचिव दुर्गा रानामगरले फोटो र पर्यटन एकअर्काको परिपुरक भएको बताइन् । सोही कारण मादीको पर्यटकीय गाउँ याङ्जाकोटमा अन्तरक्रिया आयोजना गरिएको उनको भनाइ थियो ।

संघकी उपाध्यक्ष राधिका कंडलले संयोजन गरेको अन्तरक्रिया कार्यक्रम पत्रकार, स्थानीय, जनप्रतिनिधिसहित ६० जनाको सहभागिता रहेको थियो ।

सुर्खेत ।

सुर्खेत प्रहरीले यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालय सुर्खेतबाट १६ जना बिचौलियालाई पक्राउ गरेको छ ।

बिहीबार बिहान ११;३० बजेको समयमा वीरेन्द्रनगर स्थित यातायात व्यवस्था कार्यालय १० जना महिला र मालपोत कार्यालय सुर्खेतबाट ६ जना पुरुष गरी जम्मा १६ जना बिचौलिया पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार, उनीहरुले सेवाग्राहीको सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिन्छु, जग्गा नामसारी तथा भू– सेवाका कार्य गरिदिन्छु भनी रकम लिइ बिचौलियाको काम गरिरहेका थिए ।‘हामीलाई सार्वजनिक सेवा प्रवाहमा अवरोध गरेको सूचना आयो,’ उनले भने, ‘सोही आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी सहायक निरीक्षक किशोर खत्रीको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।’ 

 

काठमाडौँ ।

सङ्घीय संसद् सचिवालयको आह्वानमा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बसिरहेको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा  बैठक बसिरहेको छ  । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपछि बसेको पहिलो औपचारिक बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र सङ्घीय संसद् सचिवालयका अधिकारीहरू सहभागी छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलि दिउँसो २ बजे सङ्घीय संसद्को अधिवेशन आह्वान गरेपछि सोही बैठक कसरी सञ्चालन गर्ने भन्ने सहमति जुटाउन सङ्घीय संसद् सचिवालयको आह्वानमा  बैठक बसिरहेको हो । 

प्रतिनिधि सभा निर्वाचनबाट यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी ६ दलले प्रतिनिधित्व सुनिश्चित गरेका छन् । म्याग्दीबाट  स्वतन्त्र उम्मेदवार महावीर पुनले निर्वाचन जितेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।