
पोखरा, ०९ कात्र्तिक ।
केही समयदेखि सुस्ताएको पोखराको पर्यटन क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ। दसैँ-तिहारको लामो बिदा, खुला हिमाल र अनुकूल मौसमले गर्दा पोखराका होटल, रेस्टुरेन्ट र अन्य पर्यटकीय गतिविधिमा उत्साहजनक चहलपहल देखिएको हो। यसले पर्यटन व्यवसायीलाई उत्साहित बनाएको छ भने पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भएको छ।
अन्नपूर्ण हिमशृंखलाको मनोरम दृश्य, फेवातालको शान्त वातावरण, प्याराग्लाइडिङ, बन्जीजम्प, जिप फ्लायरजस्ता साहसिक खेलका कारण नेपालको एक प्रमुख पर्यटकीय गन्तव्य हो पोखरा। यसका साथै अन्नपूर्ण पदयात्रा र मुक्तिनाथको प्रवेशद्वारका रूपमा पनि पोखरा पर्यटकको आकर्षणको केन्द्र बनेको छ। पछिल्लो समय आन्दोलन र प्रतिकूल मौसमले खस्केको पोखराको पर्यटन अहिले मौसममा सुधार र लामो बिदाका कारण पुनर्जीवित भएको छ।
‘विभिन्न मारमा परेको पोखराको पर्यटन क्षेत्रमा अहिले केही राहत महसुस भएको छ। विशेषगरी तिहारको समयमा आन्तरिक पर्यटकसँगै विदेशी पर्यटक पनि सन्तोषजनक मात्रामा आइरहेका छन्’, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले भने। ‘लामो बिदा, अनुकूल मौसमले अहिले लेकसाइडका ९० प्रतिशत होटल अकुपेन्सी रहेको छ, पोखरा हुँदै आसपासका पर्यटकीय गन्तव्यमा अन्नपूर्ण पदयात्रादेखि मुस्ताङसम्मको यात्रामा निस्केका आन्तरिक तथा केही बाह्य पर्यटकको आगमनले उत्साह थपेको छ।’ अहिले पोखरामात्र नभई गण्डकी प्रदेशकै पर्यटनमा सकारात्मक प्रभाव पारेको सुवेदीले बताए।
पोखरा, ०९ कात्र्तिक ।
कलाकार नगेन सिंह ठकुरीको ‘नेपाल कला यात्रा’ पुस्तक भाइटीकाको दिन पोखरामा लोकार्पण गरिएको थियो । कलाकारिता मार्फत नेपाललाई विश्व मञ्चमा चिनाउने उद्देश्यले तयार गरिएको उक्त पुस्तक पोखरास्थित नगेन आर्ट म्युजियममा एक विशेष समारोहकाबीच लोकार्पण गरिएको हो ।
कलाकार प्राज्ञ नगेन सिंह ठकुरीको उक्त कृतिमा नेपालको ७७ वटै जिल्लाका कम्तीमा तीनवटा धार्मिक, प्राकृतिक र सांस्कृतिक सम्पदालाई क्यानभासमा उतारेर तयार गरिएको १०१ कलाकृतिहरुको अद्वितीय संकलन हो । पुस्तकमा लुम्बिनी, सगरमाथा, पशुपतिनाथ, मुक्तिनाथ, लाङटाङ हिमाल, चितवन राष्ट्रिय निकुञ्ज लगायतका स्थलका कलाकृतिहरू समावेश छन् ।
कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, साहित्यकार असफल गौतम, पर्यटन विज्ञ दीपेन्द्र पहारी, विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियान’का संयोजक, नवीन श्रेष्ठ, नगेन न्यूज पब्लिकेशन प्रा.ली.की अध्यक्ष ज्योती हमाल, र कलाकारका अभिभावक होमबहादुर सिंह र शान्ता सिंह ठकुरीलगायतले संयुक्त रूपमा पुस्तक विमोचन गरेका थिए ।
कलाकार ठकुरीले पुस्तक सार्वजनिक गर्दै,“हाम्रो देशको प्राकृतिक, सांस्कृतिक र धार्मिक विविधता विश्वमै अनुपम छ। तर यसको प्रचार र उपयोगमा कमी छ। यही सन्देश तिहारकै दिन विश्वभर र्पुयाउने उद्देश्यले यो पुस्तक सार्वजनिक गरेको हुँ।,”भन्नुभयो ।
पुस्तकका समीक्षक पर्यटन विज्ञ दीपेन्द्र पहारीले यस कृतिले नेपाली कला र पर्यटनबीचको सम्बन्धलाई अझ सशक्त रूपमा जोडेको बताउनुभयो ।
त्यस्तै साहित्यकार असफल गौतमले ठकुरीको कलाकृतिले नेपाललाई “रङ, रेखा र भावना” मार्फत बुझ्ने नयाँ दृष्टिकोण दिएको टिप्पणी गर्नुभयो ।
कार्यक्रमको सञ्चालन सुजन देवाजुले गनुभएको थियो भने स्वागत ‘विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियान’का संयोजक नवीन श्रेष्ठले गनुभएको थियो ।
यस्तै सो कार्यक्रमको समापन तथा धन्यवाद ज्ञापन नगेन न्यूज पब्लिकेशन प्रा.ली.की अध्यक्ष ज्योति हमालले गर्नुभएको थियो । कार्यक्रममा उपस्थित अतिथिहरूले ठकुरीको “नेपाल चिनाउने कला–अभियान” लाई निरन्तरता दिन शुभकामना दिएका थिए।
आयोजकका अनुसार, ‘नेपाल कला यात्रा’लाई निकट भविष्यमा १ सय ९७ भाषामा अनुवाद गरी विश्वका विश्वविद्यालय र पुस्तकालयहरूमा निशृल्क वितरण गरिने योजना रहेको बताइएको छ ।
पोखरा, ०८ कात्र्तिक ।
तेक्वान्दो पछि मुवाथाईमा चम्किरहेकी गण्डकीकी फाइटर सुस्मिता थापा मगरले भारतको स्टार फाइटर सोनम जोम्बासँग भिड्ने भएकी छन् । नोभेम्बर ६ मा भारतको अरुणाचलमा हुने अन्तर्राष्ट्रिय फाइट च्याम्पियनसिपको मेन इभेन्टमा सुस्मिताले सोनमको सामना गर्ने भएकी हुन् ।
सुस्मिताको लागि यो फाइन करियरकै ठूलो फाइटको रुपमा रहेको छ । भारतको चर्चित एमएमए (मिक्स मार्सलआर्ट) स्टार तथा एमएफएन (म्याट्रिक फाइट नाइट) च्याम्पियन सोनम जोम्बासँग किक बक्सिङमा भिड्ने छिन ।
यि दुई बिच प्रतिस्पर्धा हुने हालैमात्र घोषणा भएको हो सुस्मिताका प्रशिक्षक खगेन्द्र क्षेत्रीले जानकारी दिए । क्षेत्रीका अनुसार सुस्मिताको लागि यो अवसर र चुनौति हो । सुस्मिता यतिबेला रिब्समा लागेको चोटका कारण अनफिट रहेपनि ठूलो स्पर्धा भएकाले खेल्न राजी भएकी हुन् ।
२१ वर्षिय सुस्मिता मुवाथाईमा अहिलेसम्म अपराजित खेलाडी हुन् । तर, किकबक्सिङमा उनको रेकर्ड १–१ रहेको छ । फाइटिङ करियर सुरु भएको जम्मा एक वर्षमै, उनले अन्तर्राष्ट्रिय स्तरको मञ्चमा मुख्य इभेन्ट फाइट पाउने सफलता हासिल गर्नु सामान्य कुरा नभएको प्रशिक्षक क्षेत्रीले सुनाए ।
उता भारतकी २७ वर्षर्षीय सोनमको प्रोफेशनल फाइटिङ रेकर्ड ७–१ रहेको छ । एमएफएनको शीर्ष फाइटरमध्ये एक हुन् । अनुभव, शक्ति र स्थानीय समर्थन यी सबै उनका पक्षमा छन् ।
‘यो भिडन्त दुई फरक शैली र पृष्ठभूमिका फाइटरबीचको टक्कर हुनेछ विश्वास लिएको छु । हामी सीमापारी गएर आफ्नो देशको झण्डा उच्च पार्ने दृढ निश्चयका साथ रिङमा उत्रदै छौं’, क्षेत्रीले भने, ‘यो सुस्मिताका लागि अवसर हो । अहिले केहि समस्या छ तरपनि फाइटका लागि तयार भएका छौं । यो अवसर खेर जान नदिने सोँचमा हामी अघि बढ्ने छौं ।’
पोखरा, ०८ कात्र्तिक ।
मिति २०८२।०७।०८ गते विहान अं.०३:०५ बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ५ चिल्डेल पार्क नजिकै ऐ.ऐ बस्ने बर्ष ४५ को अनिल पराजुली अचेत अवस्थामा रहेको भन्ने सूचना प्राप्त हुनासाथ तत्काल वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट प्रहरी टोली खटिई गई घाईतेलाई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाएकोमा ऐ.०३:४० बजे चिकित्सकद्धारा मृत घोषणा गरेको । घटना सम्बन्धमा अनुसन्धान गर्दै जाँदा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १८ सराङकोट घर भई ऐ. ५ मालेपाटन बस्ने वर्ष २४ को किशोर तिमिल्सिना र निज मृतक अनिल पराजुली वीच सामान्य बादबिबाद हुँदा चक्कु प्रहार भएको भन्ने खुल्न आएको हुँदा निज चक्कु प्रहार गर्ने व्यक्ति किशोर तिमिल्सिनालाई घटनामा प्रयोग भएको १ थान चक्कु सहित पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी मुद्दामा थप अनुसन्धान प्रकृया अगाडी बढाईएको ।
पोखरा, ०५ र्काित्र्तक ।
कास्की जिल्लाको विभिन्न स्थानहरुमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा मिति २०८२।०७।०४ गते अं.१६:३० बजेको समयमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलिले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१६ माथिल्लो दिप स्थितमा जुवातास खेलिरहेका ७ जना मानिसहरुलाई ४ बुक तास र नगद रु.२,९५,६७५।– (दुई लाख पन्चानब्बे हजार छ सय पचहत्तर रुपैया) सहित नियन्त्रणमा लिई थप अनुसन्धान प्रकृया अगाडी बढाईएको । हालसम्म जम्मा २७ जना मानिसहरुलाई नगद रु.८,९७,७८०।- सहित पक्राउ गरिएको ।
पोखरा, ०५ र्काित्र्तक ।
कास्की जिल्लाको विभिन्न स्थानहरुमा पटकाहरु पड्काई रहेको भन्ने जनगुनासोको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र मातहतबाट खटिएको प्रहरी टोलिले विभिन्न स्थानबाट बरामद गरिएको निम्नानुसारको पटकाहरु खाल्डो खनी पानिले नष्ट गरी पुरिएको ।
निम्न :-
- खुर्सानी पट्का-१५ प्याकेट ।
- आलु पट्का-२५ वटा ।
- स्काई सर्ट पट्का-१ पिस ।
- Helen shots-१ प्याकेट ।
- १२ स्टार पट्का-२ प्याकेट ।
- रकेट पट्का-२० पिस ।
- मिनी बुलेट पट्का-६० पिस ।
नेपाल संवतले नेपालीलाई एकतावद्ध रहन प्रेरणा दिउन्ः प्रदेश प्रमुख भट्ट
पोखरा, ०५ कात्र्तिक ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपाल संवतले नेपालीलाई एकतावद्ध हुन प्रेरणा प्रदान गर्ने बताउनुभएको छ ।
प्रदेश प्रमुख भट्टको सन्देशमा नेपाल संवत् मौलिक संवत् भएको, नेपालबाट प्रचलनमा ल्याइएको र परोपकारका कामबाट सुरु गरिएको उल्लेख गरिएको छ । उहाँले सन्देशमा भन्नुभएको छ– “नेपाल संवतले हामीलाई परोपकार तर्फ प्रेरित गरोस्, उज्यालो तर्फ जान प्रेरित गरोस् र यस चाडले हामी सबैको एकतालाई मजबुत बनाओस् । ”
सन्देशमा उल्लेख छ “हामी कहाँ भएको असमानताको खाडल पुर्न र एकतालाई मजबुत पार्न मद्दत पुर्याओस् ।”
काठमाडौं, ५ कात्तिक ।
नेपाल सम्वत् ११४६ आजदेखि सुरु भएको छ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।
सो अवसरमा देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराएका थिए ।
नेपाल सम्वत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वत्को मान्यता पाएको जानकारहरु बताउछन ।
विसं २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल सम्वत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो । भने नेपाल सम्वत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले विशेषरुपमा मनाउने गरिन्छ ।
पोखरा, ०४ कात्र्तिक ।
कास्की जिल्लाको विभिन्न स्थानहरुमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा मिति २०८२।०७।०१ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले निम्न मिति, समय र स्थानबाट जुवातास खेलिरहेको अवस्थामा खेलाउने समेत गरी २० जना मानिसहरु नगद रकम, तास तथा अन्य जुवा जन्य सामग्री सहित पक्राउ गरी अनुसन्धान तथा कारवाही प्रकृया अगाडी बढाईएको ।
निम्न :-
- मिति २०८२।०७।०२ गते अन्दाजी १६:३० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजार स्थितबाट जुवा तास खेलिरहेका र खेलाउने ५ जना मानिसहरुलाई पक्राउ गरिएको । निजहरुको साथबाट २१२ पत्ती तास र नगद रु.२,५१,४५५।– (दुई लाख एकाउन्न हजार चार सय पचपन्न रुपैया) बरामद गरिएको ।
- मिति २०८२।०७।०३ गते विहान १०:०० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २६ बिजयपुर स्थित लप्सीबोट सामुदायिक जंगलमा कौडा खेलिरहेको र खेलाउने ७ जना मानिसहरुलाई पक्राउ गरिएको । निजहरुको साथबाट १४ थान कौडाको गोट्टी र नगद रु.७७,२०५।– (सतहत्तर हजार दुई सय पाँच रुपैया) बरामद गरिएको ।
- मिति २०८२।०७।०३ गते अं. २३:३० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २ मोहरिया टोल स्थितबाट जुवातास खेलिरहेका र खेलाउने ८ जना मानिसहरुलाई पक्राउ गरिएको । निजहरुको साथबाट ६ बुक तास र नगद रु.२,७३,४४५।– (दुई लाख त्रिहत्तर हजार चार सय पैचालिस रुपैया) बरामद गरिएको ।
तिहारले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्व भावना अभिवृद्धि गर्न उत्प्रेरित गरोस्ः प्रदेश प्रमुख भट्ट
पोखरा, ०४ कात्र्तिक ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालीहरूको दोस्रो महान पर्व तिहार, २०८२ को अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रदेश प्रमुख भट्टले तिहार पर्वले सबैमा नयाँ उत्साह, जोश तथा जाँगर थप्दै नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्व भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गरोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ ।
‘दीपावलीको माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्ने कामना गर्दछु ।’ उहाँले भन्नुभएको छ ।
शुभकामना सन्देशमा उल्लेख छ – ‘तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउन मद्दत गरिरहेको छ । तिहार पर्वको अभिन्न अंगको रूपमा रहेको देउसीभैलो खेल्ने साँस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बन्नेछ ।’





