२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार

विराटनगर ,

भदौ २३ र २४  को जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको हतियार लुट्नेमा संलग्न रहेका युवक सहित ८ जनालाई प्रहरीले खैरो हिरोइन ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमध्ये दमक ३ का १८ वर्षीय आदित्य लिम्बु जेनजी आन्दोलनका क्रममा इप्रका दमकबाट हतियार लुटेर फोटो खिच्ने र भिडियो बनाउने युवक रहेको प्रहरीको भनाई छ । लिम्बुले त्यसबेला प्रहरीको हतियार बोकेर खिचेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको सूचनामा लिम्बु जेनजी आन्दोलनका क्रममा इप्रका दमकबाट प्रहरीको हतियार लुट्नेमा संलग्न भएको उल्लेख गरेको छ । तर झापाका प्रहरी प्रमुख एसपी राजन लिम्बुले उनी हतियार लुट्नेमा संलग्न नभई हतियार सहित आन्दोलनमा देखिएको बुझिएको बताएका छन । आदित्य दमक ३ रविकुमार आङदम्बेका छोरा हुन ।पक्राउ पर्नेमा दमक ३ का २७ वर्षीय साजन थापा, इलाम चुलाचुली ३ का ३२ वर्षीय दिपेश तामाङ, इलाम चुलाचुली ३ कै ३२ वर्षीय सनम राई, दमक ३ का १९ वर्षीय पविन विश्वकर्मा, दमक ३ का २५ वर्षीय सुचन दर्जी र दमक ३ स्थित भुटानी शरणार्थी शिविर सेक्टर बी २ हट नं १९१–१९२ २५ वर्षीय विजय माझी भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई प्रहरीले लागुऔषध मुद्दामा अनुसन्धान गरेर कारवाही गर्ने तयारी गरेको छ ।

काठमाडौँ,

राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको बताउँदै फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन दलहरूलाई आग्रह गरेका छन्।

राष्ट्रपति पौडेलले शुक्रबार शीतल निवासमा आह्वान गरेको अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा यस्तो आग्रह गरेका हुन्। उनले शान्ति सुरक्षाको आवश्यक प्रबन्ध गरी निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने विश्वास आम नागरिकलाई दिलाउन सरकारलाई सुझाव दिएको प्रेस सल्लाहकार किरण पोखरेलले बताए। राष्ट्रपति पौडेलले लोकतन्त्रको रक्षाका लागि सबै मिलेर निर्वाचन सम्पन्न गराउनुपर्ने बताए। उनले राजनीतिक दलहरूमा कुनै द्विविधा र अस्पष्टता भए बैठकमा राख्न आग्रह गर्दै निर्वाचनबाहेक अन्य विकल्प खोज्न थालियो भने यसले देशलाई कहाँ पुर्‍याउँछ भन्ने पनि सोच्न आग्रह गरे। उनले पार्टीहरूले पनि कन्फ्युजन सिर्जना नगरी जेनजीको माग पनि आफूहरूले पूरा गर्ने भनेर जनतामा जान आग्रह गर्दै दलहरूको सुरक्षाको चिन्तालाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताए।अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले दलहरूको सहभागिताबिना निर्वाचन नहुने विषयमा सरकार प्रष्ट जानकार रहेको भन्दै स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन गराउन सरकारले शान्ति सुरक्षाको प्रबन्ध गर्ने विश्वास दिलाइन्।बैठकमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शङ्कर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव वर्षमान पुन सहभागी थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मीना लामा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुसाल सहभागी थिए।

काठमाडौँ,

दक्षिणी फिलिपिन्समा शुक्रबार बिहान आएको ७.६ म्याग्निच्युडको भूकम्पबाट २ जनाको मृत्यु भएको पुष्टी भएको छ ।१० दिन अघि अर्थात सेप्टेम्बर ३० मा पनि फिलिपिन्समा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । जसमा ७४ जनाको मृत्यु भयो । भुकम्पबाट घर,भवनहरु र पुलमा क्षति पुगेको छ । स्थानिय अधिकारीहरुका अनुसार क्षतिको पुर्ण विवरण आइसकेको छैन् ।  शुक्रबारको भूकम्प दाभाओ ओरिएन्टल प्रान्तको माने सहरबाट करिब ६२ किलोमिटर दक्षिणपूर्वमा समुद्रभित्र १० किलोमिटरको गहिराइमा आएको थियो ।

सुर्खेत,

हुम्लाको चंखेली गाउँपालिका–४ देशीखोलामा जिप दुर्घटनामा परेका पाँच जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत ल्याइएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका जाकृती रोकाय, पार्वती सिरा, कैलाश सिरा, बहादुर लामा र महेन्द्र रोकायलाई सेनाको हेलिकप्टरमार्फत शुक्रबार कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्‍याइएको सेनाका पाइलट महासेनानी दीपध्वज खड्काले जानकारी दिए ।घाइतेहरूको अवस्था गम्भीर भएकाले पिप्लाङ स्वास्थ्य चौकीले तत्काल प्रदेश अस्पताल सुर्खेत रिफर गरेको हो ।

जेनजी आन्दोलनका क्रममा आगो लगाएर ध्वस्त पारिएको वडा कार्यालय पुनर्निमाणमा सहयोग गर्ने सङ्घ संस्थालाई सम्मान गरिएको छ। 

पोखरा महानगपालिका वडा नं -१५ ले गत भाद्र २४ गते आगो लगाएर ध्वस्त बनाइएको पोखरा-१५ को कार्यालय पुनर्निर्माणमा सहयोग गर्ने सङ्घ संस्थालाई शुक्रवार सम्मान तथा धन्यवाद ज्ञापन गरेको हो । 

कार्यक्रममा बोल्दै वडा अध्यक्ष तोरण बानियाँले आन्दोलनले क्षति पुर्‍याएको संरचना पुनर्निर्माणका लागि सहयोगको अपिल गरेको छोटो समयमै स्वतःस्फूर्त रूपमा धेरै व्यक्ति, संस्था, तथा समूह जोडिन आएको बताए। उनले सहयोगीहरूको सहयोगमा ५ दिनमै वडा कार्यालयलाई पुरानै अवस्थामा ल्याई सेवाग्राहीको सेवामा लागिसकेको र आगामी दिनमा अझ सेवा प्रवाहमा चुस्तता थपिने बताए। 

कार्यक्रममा विभिन्न २५ वटा सहयोगी सङ्घ संस्थालाई सम्मान स्वरूप प्रमाणपत्र प्रदान गरिएको थियो। भने वडा सचिव युवराज पौडेलले सहयोगी संस्थाहरूको नाम वाचन गरेर सुनाएका थिए। 

काठमाडौं ।

सरकारले सुरक्षाकर्मी घटाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रचण्डलाई तीन घेरामा वाईसीएल ले सुरक्षा दीएको छ । सरकारले सुरक्षामा खटिएको जनशक्ति फिर्ता गरेपछि वाईसीएलले सुरक्षा दिन थालेको हो ।वाईसीएलका अध्यक्ष पुष्प ओलीले अध्यक्ष प्रचण्डको सुरक्षामा वाईसीएल टोली खटिएको पुष्टि गरे । ‘पछिल्लो परिस्थितिमा उहाँलाई सुरक्षा थ्रेट हुनसक्ने भएकाले हामीले आवश्यकता अनुसारको संख्यामा वाईसीएल टोली खटाएका छौं,’ उनले भने । स्रोतका अनुसार प्रचण्डको सुरक्षामा पूर्वलडाकुसमेत छन् । उनीहरूलाई तीन तहको सुरक्षा घेरामा परिचालन गरिएको छ । सबैभन्दा भित्री घेरामा विशेष तालिमप्राप्त पूर्वलडाकुहरू छन् ।बाहिरी घेरामा वाईसीएलको फिल्डमा खटिने गरेको टोली छ । र अर्को टोली गोप्य सूचना संकलनको उद्देश्यसहित परिचालन गरिएको छ । यो टोलीले ‘इन्टेलिजेन्स’को जस्तो भूमिका निर्वाह गर्ने छ ।

प्रचण्डको यात्रामा स्कर्टिङ गर्नुपरेमा पनि केन्द्र र सम्बन्धित जिल्लाको वाईसीएलको विशेष टिम खटिने गरी व्यवस्था मिलाइएको छ । ‘सुरक्षामा खटिनेहरूको संख्या आवश्यकता र परिस्थिति अनुसार थपघट हुन सक्ने गरी मिलाइएको छ,’ प्रचण्ड निकट स्रोतले भन्यो । १० वर्षसम्म सरकारविरुद्ध सशस्त्र संघर्ष गरेको माओवादी शान्ति प्रक्रियामा आएपछि सशस्त्र लडाइँ लडेकाहरूलाई समेत समेटेर योङ कम्युनिस्ट लिग वाईसीएलको रूपमा युवा संगठन बनाएको थियो । 

काठमाडौं,

नेपाल राष्ट्र बैंकले आयात गर्न सकिने सुनको दैनिक परिमाणलाई बढाएर २५ किलोग्राम कायम गरेको छ । यसअघि, दैनिक २० किलोग्राम सम्म आयात गर्न सकिने सुनको परिमाणलाई बढाएर केन्द्रीय बैंकले २५ किलोग्राम पुर्याएको हो।शुक्रबार एकीकृत परिपत्र २०८१ संशोधन गर्दै राष्ट्र बैंकले नेपाली र विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्मरकम्पनी संस्था र शाखा कार्यालयले बिक्री, कमिशन, शुल्क, पारिश्रमिक लगायत विभिन्न प्रयोजनका लागि फिर्ता नहुने गरी विदेश नागरिक वा फर्मरकम्पनीरसंस्था बाट प्राप्त हुने रकम इजाजतपत्रप्राप्त विप्रेषण कम्पनी मार्फत् सम्बन्धित वेनेफिसियरीको खातामा जम्मा गर्ने गरी दैनिक २५ लाखसम्म एकपटक वा पटक पटक को विप्रेषण रकम ल्याउन सकिने बनाएको छ ।यसरी इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीहरूले रकम संकलन र भुक्तानी गर्दा प्रचलित व्यवस्थाबमोजिम ग्राहक पहिचानका कागजातहरू लिएको हुनु पर्नेछ ।

यसअघि भने २० लाख रुपैयाँसम्मको सीमा थियो । यस्तै, भित्रिएको विप्रेषणको विवरण मासिक रुपमा प्रत्येक महिना समाप्त भएको सात दिनभित्र विभाग, सम्बन्धित सुपरिवेक्षण विभाग र आर्थिक अनुसन्धान विभागमा पेस गर्नुपर्ने बनाइएको छ । यसअघि भने मासिक रुपमा यस्तो विवरण बुझाउनुपर्ने थियो ।

काठमाडौं ,

बजेट काटिए पनि काम भइरहेका र अत्यावश्यक आयोजनालाई अर्थ मन्त्रालले निरन्तरता दिने भएको छ । अर्थमन्त्री रामेश्वर खनालले टुक्रे आयोजना कार्यान्वनय नगर्ने र खर्च कटौती गर्ने नीति लिएपछि रोकिएका आयोजना अत्यावश्यक भएको अवस्थामा र काम भइसकेकालाई पूरा गर्नुपर्ने भएको हो । अर्थसचिव घनश्याम उपाध्यायले अर्थले परिपत्र गरेर कटौती भएका आयोजनाको जानकारी सबै मन्त्रालयलाई दिइसकेको उल्लेख गरे ।

सम्बन्धित मन्त्रालयले अब रोक्न नमिल्ने र काम पूरा गर्नुपर्ने अत्यावश्यक आयोजना छन् भने त्यसलाई निरन्तरता दिन आग्रह गर्छन्, सोही अनुसार अर्थले कार्यान्वयन आदेश दिने उनको भनाइ छ ।कटौती भएका आयोजनाबारे सबै भन्त्रालयलाई जानकारी दिइसकिएको छ,’ उनले भने, ‘बजेट काटिए पनि त्यसअघि नै काम भइरहेका र अन्तिम चरणमा पुगेकालाई पूरा गर्ने व्यवस्था हुनेछ ।’ अर्थ मन्त्रालयले परिपत्र गरेर मापदण्ड तोकेको र केही आयोजनाको भने नाम नै किटान गरेर पत्र पठाएको छ । अर्थको पत्रपछि सम्बन्धित मन्त्रालयले आयोजना कार्यान्वयन गर्ने विभाग तथा सम्बन्धित महाशाखाहरुबाट विवरण संकलन गराउँदैछन् ।बजेट कार्यान्वयन गर्ने निकायले अत्यावश्यक आयोजना र काम रोक्दाभन्दा सकाउँदा लाभ हुनेको सूची तयार पार्दै छन् ।

सम्बन्धित मातहतका निकायबाट आयोजना छनोटको काम भइरहेको र एक दुई दिनभित्रै कम्पाइल गरेर अर्थ मन्त्रालय पठाउने तयारी भएको पनि सम्बन्धित मन्त्रालयको भनाइ छ ।

४ देशका १३० जनाको नाम दर्ता
पोखरा, ९ असोज

विश्व पर्यटन दिवस अवसरमा पोखरामा शनिबार हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको तयारी पूरा भएको छ । खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिक प्रालिको संयुक्त आयोजनामा पर्यतीय दौड हुन लागेको हो ।

पोखरा–२२ स्थित विश्व शान्ति स्तुपदेखि कालाबाङ घरेडी बुद्धपार्कसम्म ८ किमी दूरीमा विभिन्न ६ इभेन्टमा प्रतियोगिता हुँदैछ । हालसम्म नेपालसहित ४ देशका १ सय ३० जना धावकले नाम दर्ता गराएको प्रतियोगिता संयोजक दीननाथ बरालले जानकारी दिए । उनका अनुसार इच्छुक धावकले शुक्रबार बिहान १० बजेसम्म अनलाइनमार्फत फाराम भर्न सक्ने छन् । सहभागि हुने धावकहरुले पोखरा ९ बाँस्तोलाथर सिल्भर प्लेट पार्टी प्यालेससंगै रहेको संस्थाको कार्यालयबाट चेष्ट नम्बर लिनको लागि बिहान ८ः०० बजे देखि बेलुका ४ बजेसम्म लिन सक्ने संयोजक बरालले जनाए ।

प्रतियोगितामा नेपाल, बेलायत, इजरायल र नर्वेका खेलाडीहरुले नाम दर्ता गराएका हुन् । नेपालको सन्दर्भमा मधेश प्रदेश बाहेक ६ वटा प्रदेशबाट महिला–पुरुषले ६ वटा विधामै नाम दर्ता गराएका छन् । खुल्लातर्फ ५४ जना, महिला खुलातर्फ मात्र ७ जना, यू–१६ तर्फ १८ जना, विदेशी पर्यटक ३ जना, भेट्रान्स (४० वर्षमाथि) तर्फ १४ जना र वडास्तरीय दौडतर्फ ३५ जनाले नाम दर्ता गराको पोखरा प्रबद्र्धन केन्द्रका उपाध्यक्ष असफल गौतमले बताए । सबै इभेन्टका विजयीलाई नगद पुरस्कार व्यवस्था छ ।

यसैबीच, सोही अवसरमा विश्व कीर्तिमानी धावक वसन्त घिमिरे र समाजसेवी अशोक गुरुङ सम्मानित हुने छन् । आयोजकले यस वर्षको प्रतिभा प्रोत्साहन सम्मानबाट तनहुँका विश्व कीर्तिमानी धावक घिमिरे र विश्वशान्ति स्तूप समिति अध्यक्ष समाजसेवी गुरुङलाई सम्मान गर्ने भएको हो । गत वर्ष उद्योगी एवं समाजसेवी चन्द्रकान्त बराल र विश्व कीर्तिमानी धावक कुसान गुरुङ सम्मानित भएका थिए ।

नेपाल पर्यटन बोर्डको प्रबद्र्धन तथा पोखरा महानगरपालिकाको सहकार्यमा हुने प्रतियोगितामा विभिन्न संघसंस्थाले सहयोग गरेका छन् । विश्व शान्ति स्तुप समिति, पुम्दीकोट कोट विकास समिति, कालाबाङ घरेडी बुद्धपार्क समिति, गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय, राखेप, मजेष्टिक लेक फ्रण्ट होटल एण्ड सुइट्स, पोखरा भ्रमण वर्ष २०२५, हिमश्री फुड्स प्रा.लि.÷केसी ग्रुप, होटल बाराही, होटल मुस्ताङ लेते एण्ड थकाली किचन, पोखरा पर्यटन परिषद्, होटल मुस्ताङ लेते एण्ड थकाली किचन, टान गण्डकी, पोखरा महानगरपालिका २२ को वडा युवा परिषद्, , परिचय एड्भरटाइजिङ, होटल संघ पोखरा नेपाल, ईजि ग्रुप, अन्नपूर्ण केवलकार, गण्डकी प्रादेशिक क्रिकेट संघ, बुमह््रयाङ रेष्टुरेण्ट, पोखरा एम्बुलेन्स चालक ईकाई कमीटी कास्की, एन्फा कास्की, फ्रेस इलिमेन्ट्स रेष्टुरेण्ट एण्ड बार, पृथ्बीराज मार्ग बस संचालक कम्पनी, भट्टिखान माउण्टेन न्यू रिसोर्ट, सोसल पव्लिक स्कुल, हिमालय कम्यूटर, हिल प्वाइट हाई स्कुल लगायतको सहयोग छ ।

प्रदेश खेलकुद परिषद् गण्डकी समन्वय र पोखरा महानगरपालिका २२ वडा कार्यालयको सहकार्य रहेको प्रतियोगिताको मेडिकल पार्टनरमा नेलम्बो नेपाल, हस्पिटल पार्टनरमा नमस्ते हस्पिटल, अफिसियल टेलिभिजनमा सिटीवान टेलिभिजन, अफिसियल रेडियोमा रेडियो सफलता जोडिएको छ । आधिकारिक ड्रिङ्किङ वाटरका रूपमा ग्लेज नेचुरल स्प्रिङ वाटरले साथ दिएको छ ।

खुलातर्फ प्रथम पुरस्कार अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडी लेफ्टिनेन्ट कुसाङ गुरुङले प्रायोजन गरेका छन् । यस्तै, नेलम्बो नेपालले तेस्रो पुरस्कार प्रायोजन गरेको छ । सहारा क्लब पोखरा, सिटिजन्स फर्निचर, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले १६ वर्षमुनिको विधामा, पर्यटक दौडको प्रोत्साहन पुरस्कार, महिलातर्फको खुला विधामा प्रदान गरिने जनही १५ हजार सहयोग गर्ने भएका छन् । प्रतियोगितामा करिब १६ लाख ९१ हजार रूपैयाँ खर्च हुने अनुमान रहेको पोखरा क्लिकका व्यवस्थापक सागर सुनारले बताए ।
गत साता हुने भनिएको प्रतियोगिता जेनजी प्रदर्शनका कारण उत्पन्न परिस्थितिले एक सातापछि धकेलिएको हो । असोज ११ गते शनिबार बिहान हुने प्रतियोगितामा धावकलाई स्थानीय आमा समूह र क्लबले फूलमाला र घडासहित स्वागत गर्ने छन् ।

पोखरा, ९ असोज ।

नेपाल परिवार नियोजन संघ कास्कीले विहीबारदेखि भिडियो एक्सरे (युएसजी) सेवा संचालनमा ल्याएको छ ।पोखरा १२ उपकार मार्ग स्थित संघको कार्यालयमा नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले सेवा शुभारम्भ गर्नुभएको छ ।

सेवा शुभारम्भ गर्दै सिग्देलले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै सेवा संचालनमा ल्याइएको बताउनुभयो । गुणस्तरीय सेवा हाम्रा प्राथमिकता हुन्, उहाँले भन्नुभयो, यो सेवा नहुँदा अन्यत्र रिफर गर्नुपर्ने अवस्था अब अन्त्य भएको छ ।

गण्डकी प्रदेश सरकारको सहयोगमा सेवा संचालनमा ल्याइएको वरिष्ठ शाखा प्रवन्धक नब राज तिवारीले जानकारी दिनुभयो । गण्डकी मेडिकल कलेजका रेडियोलोजी विभागका प्रमुख सह.प्रा.डा.केशव शर्माले उक्त सेवा प्रदान गर्नुहुनेछ ।

शाखाले हाल परिवार नियोजन, सुरक्षित गर्भपतन, सुरक्षित मातृत्व, यौनजन्य रोगको परामर्श तथा उपचार, एच.आई.भि.परिक्षण तथा परामर्श, पाठ्ेघरको मुखको क्यान्सर सम्बन्धि प्रारम्भिक परिक्षण तथा परामर्श, यौनिक तथा लैड्गिकतामा आधारित हिंसामा परेकालाई परामर्श तथा उपचारका साथै यौंन तथा प्रजनन् स्वास्थ्य संग सम्वन्धित सम्पुर्ण सेवाहरु लगायत प्रयोगशाला सम्वन्धि सेवाहरु पनि उपलव्ध छ ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।