२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार

काठमाडौं, ९ असोज ।

निर्वाचन आयोगले आगामी कात्तिक मसान्त (कात्तिक ३०) सम्म मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने निर्णय गरेको छ । आयोगको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

आयोगले मतदाता नामावली सङ्कलनका लागि सुरु भैसकेको जनाएको छ । आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउने भएका छन् ।

आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन हुदैछ । सो का लागि आयोगले अध्यादेशमार्फत मतदाता नामावली सङ्कलन गर्न बाटो खोलिदिन सरकारलाई आग्रह गरेअनुसार सरकारले उक्त बाटो खोलिदिएको थियो ।

काठमाडौं, ९ असोज ।

नेपाल सरकारले शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली,  नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा , पूर्वगृहमन्त्री रमेश लेखक, पूर्व ऊर्जामन्त्री दीपक खड्का लगायत शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने सरकारले तयारी गरेको हो ।

गत भदाै २३ गते जेनजी आन्दोलनलाई दमन गर्न लगाउने नेताहरूलाई आन्दोलनको माग अनुसार नै अनुसन्धान गर्नुपर्ने भएकाले राहदानी रोक्का गर्न लागिएको बताइएको छ ।

काठमाडौं, ८ असोज ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति ) का अध्यक्ष डा.बाबुराम भट्टराईले पद त्याग गरेका छन् । बुधबार बसेको केन्द्रीय समिति बैठकमा उनले अध्यक्ष पद त्यागेको घोषणा गरेका हुन् ।

साथै बैठकले मौजुदा केन्द्रीय समिति भङ्ग गरी उपाध्यक्ष दुर्गा साेवको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने निर्णय भएको छ । 

महाधिवेशन कहिले गर्ने भन्ने विषयमा छलफल चलिरहेको बताईएको छ ।

पोखरा, ६ असोज ।
 
जेनजी आन्दोलनसँगै नकारात्मक रुपमा प्रभावित हुन पुगेको पोखरेली पर्यटनलाई टिकाउने प्रयासस्वरुप पोखरेली पर्यटन व्यवसायीले आफ्नो पहल अगाडि बढाएका छन् ।

यसका लागि होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीसहितको एक टोलीले आइतबार केन्द्रिय बैंकका गभर्नर विश्वनाथ पौडेल र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीलाई भेटी आफ्ना दुःखेसो सुनाएका थिए ।

अध्यक्ष सुवेदीका अनुसार गभर्नर पौडेलसँगको भेटका क्रममा मुख्य पर्यटन मौसमको मुखैमा आएर नेपाली पर्यटनले ठूलो बज्रपातको सामना गर्नुपरेको विषय व्यवसायीले स्मरण गराएका थिए । अहिलेको अवस्थामा पर्यटन क्षेत्र तत्काल रिभाइभ हुने अवस्थामा नभएकोले मौद्रिक नीति मार्फत् व्यवसायीका अफ्ठ्यारा र समस्या संवोधन गरिनुपर्ने सुझाव राखिएको अध्यक्ष सुवेदीले जानकारी दिए ।

यसैगरी भौतिक क्षति पुगेका पोखराका पर्यटकीय संरचनालाई राहत र क्षतिपूर्ति दिलाउनुपर्ने माग पनि व्यवसायी सो क्रममा राखेका थिए । अहिले तिर्नुपर्ने बैंक तथा वित्तिय संस्थाको किस्ताको समय कम्तिमा ६ महिना सारिदिनुपर्ने, ऋणको पूर्नतालिकिकरण गरिदिनुपर्ने र संचालन खर्चका लागि सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउन पहल गर्नुपर्ने माग पनि व्यवसायीले राखेका थिए ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीसँगको भेटमा व्यावसायीले पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न बजेटको व्यवस्था गर्नुपर्ने र देशविदेशमा प्रवद्र्धनका कार्यक्रम अगाडि बढाउनुपर्ने माग राखेको अध्यक्ष सुवेदीले सुनाए । पोखराका प्रमुख पर्यटकीय संघसंस्थाका अध्यक्ष र प्रतिनिधि सम्लित टोलीले अर्थमन्त्री रामेश्वर खनाललाई पनि भेट्ने कार्यक्रम रहेको छ । आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीका कारण पर्यटन क्षेत्रमा २५ अर्ब रुपैयाँ हाराहारीको क्षति भएको आँकडा यसअघि हानले सार्वजनिक गरिसकेको छ । भएका बुकिंग पनि अधिकांश रद्द भएको व्यवसायीले बताएका छन् ।

पोखरा, ६ असोज ।

पोखरा महानगर पालिका वडा नं ६मा स्थित हाम्रो सामुदायिक बचत तथा ऋण सहकारीको संस्थाको  २९ करोड ३७ लाख ८६ हजार ६ सय २७ रुपैया लगानी मा रहेको छ । यो लगानी गत असार महिनामा कायम भएको हो । सहकारीले गत आवको भन्दा ३ करोड ६६ लाख ३५ हजार ६ सय ३५ रुपैया थप भई बढी लगानी गरेको हो । सहकारीको शनिबार भएको १५ औ साधारण सभामा संस्थाका अध्यक्ष लक्ष्मी नारायण श्रेष्ठले सहकारीको आर्थिक बर्ष २०८१÷०८२ बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै उक्त कुरा बताए हुन ।

७ करोड ८९ लाख ६५ हजार ४ सय सेयर पुजि रहको सहकारीले २२ करोड ९१ लाख ८४ हजार ५ सय ८० रुपैया निक्षेप संकलन गर्ने सफल भएको छ । ३ करोड ९५ लाख ३६ हजार ९ सय ५० रुपैया सहकारीको जगेडा कोषमा रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । सहकारीले आर्थिक वर्ष २०८१÷०८२मा संस्थाले ३ करोड ४५ लाख ९३ हजार ४ सय ५ रुपैया आम्दानी गरी २ करोड ९८ लाख ४१ हजार २ सय ७३ रुपैया खर्च भइ ४७ लाख ५२ हजार १ सय ३२ रुपैया खुद नाफा कमाउन सफल भएको कार्यक्रममा अध्यक्ष लक्ष्मी नारायणले बताए ।

प्रमुख अतिथि एवंम सेयर सदस्य पोखरा महानगर पालिका वडा नं– ६ वडा अध्यक्ष बिष्णु बहादुर भट्टराइले सभाको उद्घाटन गर्दै सहकारीले वित्तिय अनुसासनमा रहेर काम गर्दै आएकाले कुनै शंका नगरी आर्थिक कारोबार गर्न शेयर सदस्यहरुलाई आग्रह गरे । सेयर सदस्यहरुको सहकार्य नै सहकारी भएको बताए । उनले सबै सेयर सदस्यले आफ्नै सहकारीका बचत तथा ऋण लिएर कारोबार गर्नुपर्ने धारणा राखे ।  

महानगर सहकारी समितिका संस्थापक अध्यक्ष तथा कार्यसमिति सदस्य तेजनारायण अधिकारीले संस्थाका गतिविधिमा शेयर सदस्यहरुले चनाखो भई आर्थिक पारदर्शितामा ध्यान दिनुपर्ने कुरामा जोड दिए । उनले उत्पादनशिल क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल दिन सक्ने बताउदै, सहकारीले ऐन÷कानुनको पालना गरी अगाडी बढनु पर्ने बताए ।  

सल्लाहकार पम्पा देवकोटा पहारीले संस्थाले बचतकर्ताको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा सुझाब दिए्की थिइन । सहकारीले विगतमा गरेको काम बाट शिक्षा लि अगाडि बढेमा संस्थाको भविश्य उज्वल रहने विश्वास ब्यक्त गरीन ।  सेयर सदस्य जगनाथ पौडेलले नेपालकै उत्कृष्ट सहकारी रुपमा अगाडी बढाउने गृहकार्यमा लाग्न सम्पूर्ण शेयर सदस्य र संचालक समितिलाई आग्रह गरे । खहरे आमा समुह अध्यक्ष अन्जना पहारीले संस्थाका गतिविधिमा शेयर सदस्यहरुले चनाखो भई आर्थिक पारदर्शितामा ध्यान दिनुपर्ने कुरामा जोड दिइन ।

सभाले अध्यक्ष क्षेष्ठले सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरेको प्रतिवेदन, सचिव चिरञ्जिवि  पोखरेलले पेश गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष रामप्रसाद ढकालले पेश गरेको आर्थिक प्रतिवेदन र ऋण लगानी तथा असुलि उपसमितिका संयोजक भरत बहादुर पौडेल प्रस्तुत गरेको प्रतिवेदन र लेखा तथा सुपरिवेक्षण समितिका संयोजक बिष्णु प्रसाद बरालले प्रस्तुत गरेको प्रतिवेदन सुझावसहित पारित गरेको छ । सभामा स्वागत मनतब्य उपाध्यक्ष भरत बहादुर पौडेल राखेको कार्यक्रममा कार्यसमितिका सदस्य सुनिता बराल सहकारीका सात सिद्धान्त वाचन गरेकी थिइन ।

कार्यक्रममा माध्यमिक तहतर्फ उत्कृष्ट विद्याथीहरु  छात्र तर्फ सौरभ सुबेदी र छात्रा तर्फ आयुषा घिमिरे र उच्च माध्यमिक तहतर्फ उत्कृष्ट विद्यार्थी छात्र सुसान्त बराल र छात्रा तर्फ रचना श्रेष्ठलाई समान गरिएको सहकारीका प्रधान व्यवस्थापक डम्मरुराज बरालेले जानकारी दिए । उत्कृष्ट कारोबार दाता कमल थापा र नमराज नेपालीलाइ समेत कार्यक्रममा सम्मान गरिएको थियो । 

पोखरा, ६ असोज ।

राजनीतिज्ञ एवम समाजसेवी शोभित उप्रेतीले बडादशैंसँगै मुलुक परिवर्तनको मार्गमा प्रवेश गरेको बताउनु भएको छ । बडादशैंको उपलक्ष्यमा शुभकामना दिँदै उप्रेतीले यो वर्षको दशै शुरु हुन अगाडि देशले होनाहार युवाहरु गुमाउनु परेको उल्लेख गर्दै नयाँ सरकारको औचित्य पनि समाप्त भएको बताएकाछन ।

युवाहरुको रगतको बलमा वनेको सरकार पूर्ण रुपले नवन्दै यसको औचित्य समस्प्त भएकाले देश चाडै नयाँ परिवर्तनको मार्गमा प्रवेश गर्ने उनको दाबी छ ।

नयाँ परिवर्तनले मुलुकको संकट अन्त्य भइ जनताका ईच्छा पूरा हुने उनको विश्वास छ ।

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले शाक्यलाई सुरूवा गरी प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।ऊर्जामन्त्री कुलमान घिसिङको प्रस्तावमा हितेन्द्रलाई हटाएर कुलमानको विश्वासपात्र सिलवाललाई प्राधिकरणको जिम्मा लगाइएको हो ।

घिसिङलाई तत्कालीन सरकारले २०८१ चैत ११ गते कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्रलाई प्राधिकरण प्रमुख बनाएको थियो। कार्यसम्पादन मूल्यांकनमा शुन्य अंक पाएपछि कुलमानलाई पदबाट हटाइएको थियो ।सिलवालले कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा ‘ब्याक बोन’ बनेर काम गरेका थिए । उनी वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख थिए । प्राधिकरणको नेतृत्वको सफलताका पछाडि यो निर्देशनालयले महत्वपूर्ण भूमिका हुन्छ। सिलवाल पनि घिसिङजस्तै डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउनुपर्छ भन्ने मान्यता राख्छन् । ऊर्जामन्त्रीका रुपमा कुलमानले डेडिकेटेड ट्रंक लाइको बक्यौता उठाउने निर्णय गरेका थिए । उनको यो निर्णयसँगै प्राधिकरणले सञ्चालक समितिको बैठक बोलाइसकेको थियो ।

पोखरा, ५ असोज ।

नेपाली काँग्रेस कास्कीले पार्टीको विशेष महाधिवेशनको माग गरेको छ । नेपाली काँग्रेसको आइतबार वसेको बैठकले देशको पछिल्लो अवस्थाका वारेमा गम्भिर समिक्षा गर्दै विशेष महाधिवेशनको माग गरेको पार्टीका सहसचिव तथा प्रवक्ता नविन सिग्देलले जानकारी दिए ।

त्यसैगरी बैठकले यथाशिघ्र क्रियाशिल सदस्यता नविकरण गरी यहि मंसीर भित्र नै विशेष महाधिवेशन गर्ने त्यसो नभएमा १४ औं महाधिवेशनका प्रतिनिधिहरुबाट नै विशेष महाधिवेशनको माग गर्ने निर्णण गरिएको प्रवक्ता सिग्देलले जानकारी दिए ।

बैठकले पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्रमन्त्री आरजु देउवा राणा माथिको आक्रमण तोडफोड र आगजानीको घटना प्रति घोर निन्दा तथा भत्सर्ना गरेको छ ।

नेपाली काँग्रेसक कास्कीका कार्यवहाक सभापति रामवावु भण्डारीको अध्यक्षतामा आइतबार वसेको बैठकले देशभर भएको सरकारी तथा व्यक्तिगत सम्पतीमाथिको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक विरोधको मर्म र मान्यताबाट बाहिर गएको उल्लेख गर्दै त्यसको भत्सर्ना गरेको हो ।

त्यसैगरी जिल्ला पार्टी कार्यालय, चिप्लेढु·ामा रहेको विपि कोइरालाको शालिक, हरिचोकमा रहेको शहिद हरिप्रसाद गुरुङको शालिकसँगै अन्य शहिदहरुको शालिक तोडफोड तथा आगजनिको निन्दा गरेको छ ।

बैठकले पार्टी कार्यलार्य पुननिर्माण तथा विपि कोइराला र शहिद हरिप्रसाद गुरुङको शालिक पुनस्थापना गर्नका लागि पार्टीका साथीहरुसँग सहयोगका लागि आह्वान गर्ने निर्णय गरेको छ।

पार्टी कार्यालयको क्षती मूल्याड्ढन र पुननिर्माणको लागत पेश गर्ने जिम्मा जिल्ला कार्यसमिति सदस्य ई. सागर मोहन भट्टराईलाई जिम्मा दिइएको छ । साथै कास्की जिल्ला माताहातमा रहेका क्षेत्र, प्रदेश सभा, पालिका र सम्पूर्ण वडा कार्यसमितिको तत्काल बैठक वसी पार्टीका साथीहरुलाई क्रियाशिल बनाउन बैकठले आह्वान गरेको छ ।

बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, क्षेत्र, प्रदेश सभा र पालिकाका सभापतिहरुको सहभागिता रहेको थियो ।

 

पोखरा, ५ असोज ।

युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले दसैं, तिहारसहितका चाडपर्व लक्षित छुट योजना सार्वजनिक गरेको छ । गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त युआरएलको यो चाडपर्व विशेष छुट योजना कात्तिक १० गतेसम्म युआरएलका सबै शाखामा लागू हुनेछ ।

जेनजी आन्दोलनपछि बद्लिएको परिस्थितिमा पनि ग्राहकको सेवालाई मध्यनजर गरी छुट योजना सार्वजनिक गरिएको अध्यक्ष ठाकुरप्रसाद पन्थले जानकारी दिए । यो अवधिमा थाइराइड, क्यान्सर, भिटामिन डी, होलबडी लगायत सबै प्रकारका जाँचमा विशेष छुट दिइने पन्थले उल्लेख गरे ।

विश्वकै सर्वोकृष्ट प्रविधि तथा दक्ष र अनुभवी प्राविधिकबाट गुणस्तरीय रुपमा सेवा दिँदै आएको युआरएल १२ वर्षअघि स्थापना भएको हो । युआरएलले १२ वर्षको अवधिमा आफैं र विभिन्न संघ, संस्थासँग सहकार्य गरी २ सय ९ निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले जानकारी दिए । उनले साढे ३ लाख जनाले शिविरबाट निशुल्क रगत जाँच सुविधा लिएको जनाए ।

 

पोखरा, ५ असोज ।

सामाजिक काममा अग्रणी युनाइटेड क्लब पोखराले जिल्ला सरकारी वकिलको कार्यालय कास्कीलाई कम्प्युटर प्रदान गरेको छ । जेन्जी आन्दोलनको क्रममा आगलागीबाट सम्पूर्ण सामाग्री नष्ट भएपछि जिल्ला सरकारी वकिल कार्यालयमा दैनिक कामकाजमा सहज बनोस भन्ने उद्देश्यले युनाइटेड क्लब पोखराले आफ्नो विपद ब्यवस्थापन कोष अन्तर्गत कम्प्युटर प्रदान गरेको हो ।

युनाइटेड क्लब पोखराका अध्यक्ष लोक बहादुर थापा, संस्थापक अध्यक्ष हिमालय बख्रेल, वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, द्धितिय उपाध्यक्ष एवं विपद ब्यवस्थापन समिति संयोजक सूर्य बहादुर बानियाँ, कोषाध्यक्ष जयराम आचार्य, क्लबका शुभ चिन्तक दिपक बानियाँ लगायतको टोलीले जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्ति देवी शर्मा लाई कम्प्युटर हस्तान्तरण गरेको हो ।

सो अवसरमा वोल्दै जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्ति देवी शर्माले विषम परिस्थितीमा युनाइटेड क्लबले कम्प्युटर प्रदान गरेकोमा धन्यवाद ब्यक्त गरिन । जेन्जी आन्दोलनको क्रममा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमा समेत आगलागी भएको र सो क्रममा कार्यालय पूर्ण रुपमा जलेर नष्ट भइ दैनिक कामकाजमा समस्या परिरहदा सामाजिक काममा छुट्टै पहिचान बनाउन सफल युनाईटेड क्लब पोखराले देउसीभैलो कार्यक्रमको आयोजना गरि स्थापना गरेको विपद ब्यवस्थापन कोष मार्फत सहयोग गरेकोमा युनाइटेड क्लव प्रति आभार प्रकट गरिन ।

सो अवसरमा वोल्दै युनाइटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले युनाइटेड क्लवले स्थापनाकालदेखिनै तिहारको समयमा देउसीभैलो कार्यक्रमको आयोजना गरि विपद ब्यवस्थापन कोष स्थापना गरि नेपालको पूर्वको उदयपुर देखि पश्चिमको कैलाली सम्म विपदमा परेकाहरुलाई सहयोग गर्दै आइरहदा यसपटक जेन्जी आन्दोलनको क्रममा क्षती पुगेका सरकारी कार्यालयहरुलाई सहयोग गर्ने आफुहरुको योजना गरहेको र सोही अनुरुप जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमा कम्प्युटर हस्तान्तरण गरिएको बताए ।

त्यस्तै क्लबका द्धितिय उपाध्यक्ष एवं विपद ब्यवस्थापन समिति संयोजक सूर्य बहादुर बानियाँले युनाइटेड क्लबले पोखरा महोत्सवको आयोजना गरि सामाजिक कामहरु गर्दै आइरहेको र त्यसमा पनि क्लबले देउसीभैलो कार्यक्रमको आयोजना गरि विपदकै क्षेत्रमा सहयोग गर्ने गरि विपद ब्यवस्थापन कोष स्थापना गरि भुकम्प, बाढी पहिरो, हावाहुरी आगलागीमा परहेकाहरुलाई सहयोग गर्दै आइरहेको बताए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।