
काठमाडौं, २ कात्तिक ।
नेपाली बजारमा आज आइतबार सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँ घटेको छ । सुनको मूल्य साताको कारोबारको पहिलो दिन घटेर २ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार शुक्रबार हालसम्मकै उच्च बिन्दुमा कारोबार भएको थियो । सो दिन छापावाल सुन तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।
यस्तै चाँदीको मूल्य पनि आइतबार घटेको छ । आइतबार तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ । शुक्रबार तोलामा ३ हजार ३५० रुपैयाँ कायम भएको थियो ।
पोखरा।
भदौ ,२३ र २४ गतेको जेन जी आन्दोलनमा कास्की कारागार बाट फरार रहेका थप ८१ जना फरार कैदी तथा थुनुवाहरु पक्राउ परेका छन । कास्की कारागारले फरार रहेका कैदी तथा थुनूवा लाई आश्विन २० गते भित्र स्वस्फूर्त कारागारमा फर्किन अपिल गरेको थियो ।
कारागारले जारी गरेको मिति भित्र हाजिर नभए पश्चात् जिल्ला प्रहरी कार्यालय कास्कीले खोजतलास गरी बिभिन्न मुद्दाका ८१ जना फरार कैदी तथा थुनुवाहरुलाई पक्राउ गरी कारागार कार्यालय कास्कीमा, बुझाइएको छ । अन्य फरारहरुको खोजतलास कार्य जारी रहेको प्रहरीले बताएको छ ।
पक्राउ पर्नेमा जबरजस्ती करणी मुद्दाका १६ जना, लागू औषध मुद्दाका– १६ जना, चोरी मुद्दाका २५ जना, कर्तव्य ज्यान मुद्दाका ८ जना, ज्यान मार्ने उद्योग मुद्दाका ९ जना,अभद्र व्यवहार मुद्दाका ४ जना, सवारी अंगभंग मुद्दाका १ जना, कुटपिटबाट अंगभंग मुद्दाका– १ जना र मानव वेचविखन मुद्दाका– १ जना रहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरी बहादुर बस्नेतले जानकारी दिए ।
काठमाडौं ।
आगामी फागुन २१ गते तय भएको निर्वाचनको तयारीको विषयमा निर्वाचन आयोगले आज राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गर्दैछ । छलफल बिहान साढे ११ बजे आयोगको कार्यालय कान्तिपथमा हुनेछ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरेका दलहरुलाई छलफलमा बोलाइएको छ ।
२९ राजनीतिक दललाई पत्र लेखेर प्रमुख वा प्रतिनिधि पठाइदिन भनिएको छ । ‘निर्वाचन आयोगमा दर्ता भएका र कुनै पनि वडास्तरमा एक जना मात्र जनप्रतिनिधि चुनिएको भए पनि निर्वाचन आयोगमा छलफल र राय परामर्शका लागि पत्र पठाइएको छ,’ उनले भने । आजको छलफलमा आयोगको निर्वाचनको तयारीका सन्दर्भमा प्रशासनिक काम र निर्वाचन तालिकाबारे जानकारी गराउने प्रवक्ता भट्टराईले बताए । उनले भने, ‘हामीले आज हाम्रो तयारीबारे जानकारी दिने र दलहरुबाट सकेसम्म धेरै सल्लाह सुझाव लिने गरी तयारी गरेका छौं ।’ निर्वाचनमा सहभागी हुन चाहने नयाँ दललाई कात्तिक मसान्त अगावै दल दर्ता गरेर प्रमाणपत्र लिइसक्न आयोगले भनेको छ ।
काठमाडौँ।
नेपालबाट तीन महिला र एक पुरुष खेलाडीले छनोटमा प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ एरिकाले ६८ केजीमाथि, सविना श्रेष्ठले ५५ केजीमुनी र वर्षा बुढाले ५० केजीमुनी प्रतिस्पर्धा गर्नेछन् भने स्वनिम मानन्धरले पुरुष एकल कातामा आफ्नो कौशल प्रस्तुत गर्नेछन् ।
स्वनिमको स्पर्धामा ४९, एरिकाकोमा ३४, वर्षाकोमा ३८ र सविनाकोमा ४६ प्रतिद्वन्द्वी छन् । यस छनोट प्रतियोगिताको हरेक स्पर्धामा शीर्ष ६ स्थानमा रहने खेलाडी इजिप्टको काइरोमा नोभेम्बर २७ देखि ३० सम्म हुने विश्व कराते च्याम्पियनसिपको २७ औं संस्करणका लागि छनोट हुने छन् ।
छनोटअघि नै हरेक स्पर्धाबाट २४ खेलाडी विश्व च्याम्पियनसिपका लागि छनोट भइसकेका छन् । एक स्पर्धामा ३२ खेलाडी सहभागी हुन पाउने छन् । बाँकी २ खेलाडी विश्वविद्यालय कोटाबाट छानिने छन् । विभिन्न १२ स्पर्धा समावेश छनोटमा ५ सय ४९ खेलाडी सहभागी हुने छन् । नेपालबाट सानुमाया थिङले यसअघि नै इजिप्टमा हुने विश्व कराते च्याम्पियनसिपमा स्थान पक्का गरिसकेकी छन् । उनले महिला एकल कातामा प्रतिस्पर्धा गर्नेछन् ।
नेपाली टोलीको प्रशिक्षकमा कुशल श्रेष्ठ छन् । पेरिसमै अक्टोबर १६ मा हुने प्रशिक्षक परिक्षामा सहभागी हुन अमिर राना पनि टोलीसँगै जाने छन् । उनले टोली व्यवस्थापकको भूमिका पनि निर्वाह गर्ने बताइएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, राखेपका सदस्य प्रकाशकुमार कुसारी, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट र उप निर्देशक दीपक श्रेष्ठले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।
काठमाडौँ । सुमन श्रेष्ठले आत्मघाती गोल गरेपछि नेपाल एसिया कप छनोट तेस्रो चरणको मंगलबारको खेलमा भियतनामसँग १–० ले पराजित भएको छ । हो चि मिनको थोङ न्हाट स्टेडियममा भएको खेलमा सुमनले बललाई पाँचौं मिनेटमा आफ्नो पोस्टको दिशा दिएका थिए ।दशरथ रंगशाला फिफा र एएफसीका खेलका लागि अयोग्य भएपछि नेपालले आफ्नो घरको खेलमा भियतनाममा खेलेको हो । छनोटको समूह ‘एफ’ मा नेपालको यो लगातार चौथो हार हो र शून्य अंकमा चार टिममध्ये सबैभन्दा पुछारमा छ । यस नतिजासँगै छनोटमा नेपालको चुनौती समाप्त भएको छ ।
यही समूहको अर्को खेलमा मलेसियाले लाओसलाई ५–१ ले हरायो । मलेसियाको भने यो लगातार चौथो जित हो र टिम १२ अंकसहित समूहको शीर्ष स्थानमा छ । त्यसपछि भियतनाम नौ अंकमा दोस्रो स्थानमा छ । लाओस तीन अंकमा तेस्रो स्थानमा रहेको छ ।
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुने भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बिहान ११ बजे ललितपुरको जावलाखेलमा बैठक सुरु हुनेछ ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन, राजनीतिक प्रस्ताव र विविध विषयमा छलफल गर्ने कार्यसूची छ । आसन्न पार्टीको राष्ट्रिय महाधिवेशनको बारेमा पनि छलफल हुने प्रमुख गौतमले बताए । यसअघि आइतबार भक्तपुरको गुण्डुमा बसेको एमाले सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक असोज २९, ३० र ३१ गते बस्ने निर्णय गरेको थियो ।बैठकले पार्टीको ११ औँ महाधिवेशन मंसिर अन्तिम साता गर्ने निर्णय गरे पनि मिति र स्थान केन्द्रीय कमिटी बैठकले तय गर्ने बताइएको छ ।
काठमाडौं ।
विदेशी मुद्रा संचिति करिब साढे २० अर्ब अमेरिकी डलरमा पुगेको छ । यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ भदौ मसान्तमा ४.७ प्रतिशतले वृद्धि भई २० अर्ब ४१ करोड पुगेको छ । नेपालको विदेशी मुद्रा सञ्चिति नेपाली मुद्रासँगको सटही अनुसार २९ खर्ब रुपैयाँ नजिक पुगेको छ । आर्थिक गतिविधिमा कमी आएका कारण बैंकहरुमा तरलता बढ्दै गएको छ भने वैदेशिक व्यापारमा पनि निर्यात केही सुधार हुँदा पनि आायत अपेक्षित बढेको छैन । तर, रेमिट्यान्स उच्च दरमा वृद्धि हुँदा विदेशी मुद्रा आप्रवाह उच्च दरमा बढेको कारण मुलुकमा रहेको विदेशी मुद्रा सञ्चिति निन्तर बढेको हो ।
२०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति भदौ मसान्तमा आउँदा ७.६ प्रतिशतले बढेर २८ खर्ब ८१ अर्ब ३५ करोड पुगेको छ ।कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ भदौ मसान्तमा ६.९ प्रतिशतले वृद्धि भई २५ खर्ब ८२ अर्ब ३८ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाहेक सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ भदौ मसान्तमा १३।७ प्रतिशतले वद्धि भई २ खर्ब ९८ अर्ब ९७ करोड कायम भएको छ । २०८२ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ ।
आयातमा केही वृद्धि भएपनि त्यसको तुलनामा रेमिट्यान्सको वृद्धि उच्च हुँदा विदेशी मुद्रा सञ्चिति लगातार बढेको छ । जसले गर्दा आर्थिक वर्ष २०८२र८३ को दोस्रो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९।७ महिनाको वस्तु आयात र १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त केन्द्रिय बैंक्ले जनाएको छ।
२०८२ भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४७.२ प्रतिशत, १३३.१ प्रतिशत र ३६.६ प्रतिशत रहेका छ ।
पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीले असोज २७ अर्थात हिजो सोमबार साँझ देखी ‘अपरेशन थ्री सिक्स्टी फाइभ’ सञ्चालन गरेको छ । मोटरसाईकलको स्वरुप परिवर्तन गराई ठुलो आवाज निकाली ध्वनी प्रदुषण गर्ने, समाजलाई आतंकित पार्ने, शान्ति सुव्यवस्था खलल पार्ने खालका गतिविधी बढेपछि प्रहरीले सो अपरेशन थालेको हो ।
प्रहरीले अब रातको समयमा होहल्ला गर्दै हिड्ने, मोटरसाईकलको स्वरुप परिवर्तन गरी चर्को आवाजमा ध्वनी प्रदुषण गर्दै हिड्ने, शान्ति सुव्यवस्थामा खलल पार्ने र नियन्त्रणमा लिने प्रयास गर्दा प्रहरी संग झै९झगडा गर्ने मोटरसाईकल चालक र सवारी साधन समेत नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाही प्रकृया अगाडी बढाउन थालेको जनाएको छ ।
अब यो अपरेशन निरन्तर रुपमा संचालन हुने प्रहरीले बताएको छ ।सवारी साधन धनिले आफ्नो सवारी साधन मोडिफाई नगरी पुर्ववत असली स्वरुपमा सवारी साधन चलाउन प्रहरीले आग्रह गरेको छ । र मोडिफाई गर्ने कार्यमा संलग्न ग्यारेज, वर्कसप, रिकन्डिसन हाउस सञ्चालकहरूले समेत उक्त कार्य नगर्न नगराउन अनुरोध गरेको छ । सवारी साधनको मोडिफाई गरी सवारी साधन चलाएको पाएमा सवारी साधन धनि र उक्त कार्यमा संलग्न व्यक्तिहरुलाई कानून बमोजिम कारवाही हुने प्रहरीले चेतावनी दिएको छ ।
पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १२ शितलादेवीमा नक्कली पेस्तोल देखाई लुटपाट गर्ने एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्वत मोदी गाउँपालिका वडा नम्बर १ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर २० भलाम बस्ने २४ वर्षका सुजन वि।क रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।सुजनले सोमबार साँझ ८ बजेर ५० मिनेटको समयमा शितलादेवी बस्ने देविकला अधिकारीलाई नक्कली पेस्तोल देखाई लुटपाट गरेको वडा प्रहरी कार्यालय रामबजारले बताएको छ । उनको साथबाट लुटपाटका लागि प्रयोग गरेको एउटा नक्कली पेस्तोल र ग १३ प ९८३२ नम्बरको मोटरसाइकल बरामद भएको छ । उनी माथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
विराटनगर ।
कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२र०८३ को बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ । पुनर्निर्माणमा खर्च प्राथमिकता दिँदै तत्काल कार्यान्वयन नहुने योजनाहरूको रकम रोक्का गर्ने निर्णय सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो ।प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीका अनुसार बजेट कटौती भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका आगजनी र तोडफोडका साथै असोज १८ गतेपछि आएको बाढी–पहिरोबाट क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि गरिएको हो ।
‘अचानकका विपद्ले प्रदेशका संरचनामा ठूलो क्षति पुर्याएको छ। अब बजेटको प्राथमिकता पुनर्निर्माणतर्फ मोडिएको छ,’ मन्त्री भण्डारीले भने । उनका अनुसार मन्त्रालयहरूले दैनिक प्रशासनिक खर्च र अनिवार्य योजना बाहेकका नयाँ प्रतिबद्धता जनाउने छैनन्। कोशी सरकारले चालु वर्षका लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको थियो । सो रकमको एक चौथाइ कटौती गरी पुनर्निर्माण प्रयोजनमा केन्द्रित गर्न लागिएको हो । प्रदेशसभा भवन, मुख्यमन्त्री कार्यालय, मन्त्रालयहरू र विभिन्न सरकारी निकायहरू जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट ठूलो क्षति भएको क्षेत्रहरू हुन् । अहिले मुख्यमन्त्री कार्यालय पुरानो भवनको उत्तरपट्टि नयाँ बनेको हलबाट सञ्चालन भइरहेको छ भने मुख्यमन्त्री हिक्मत कार्की प्रहरी अतिथि गृहमा बसिरहेका छन् ।
प्रदेशसभा सचिवालय मिडिया सेन्टरको एउटा कोठाबाट सञ्चालन भइरहेको छ भने प्रदेशभरका धेरै कार्यालयहरू सीमित सेवा मात्र प्रदान गर्न सक्ने अवस्थामा छन् । कोशी प्रदेशमा हालै आएको बाढीपहिरोले पनि ठूलो क्षति पुर्याएको छ। विशेषगरी इलाममा बाढीपहिरोका कारण ३९ जनाको मृत्यु भएको छ । मेची राजमार्गको मुख्यखण्ड राजदुवाली क्षेत्रमा सडक अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाको यातायात झापासँग विच्छेद भएको छ । साना सवारीका लागि वैकल्पिक मार्ग फिक्कल हुँदै खोलिएको छ । प्रदेश सरकारले विपद्पछिको पुनर्निर्माण कार्यलाई तीव्रता दिन रकमान्तरको व्यवस्था खुला गर्ने तयारी गरेको छ । प्राथमिकता निर्धारण गरेर क्षतिग्रस्त सडक, पुल, कार्यालय भवन र सामुदायिक संरचनाको पुनर्निर्माणमा खर्च केन्द्रित गरिने बताइएको छ ।





