२०८३ मंसिर १ सोमबार
२०८३ मंसिर १ सोमबार

पोखरा, ३१ भदौँ ।

नियात्रा समाज नेपालको केन्द्रीय सदस्यमा नियात्राकार तिलक प्रसाद पुन ‘पुर्जा’ चयन भएका छन् । समाजको रिक्त केन्द्रीय सदस्य पदमा पोखराका नियात्राकार पुर्जालाई चयन गरिएको हो ।

भदौ तेस्रो साता काठमाण्डौंमा बसेको संस्थाको केन्द्रीय समिति बैठकले उनलाई मनोनित गरेको जनाइएको छ । उनका पाँचवटा पुस्तकहरु प्रकाशित छन । जसमध्ये वस्तिभित्र र साइनो नामका पुस्तकहरु नियात्रा संग्रहहरु हुन् भने लोकलहरी (संयुक्त सम्पादन), लोक संस्कृतिका सुसेलीहरु तथा नेपाली सुरकर्मी र सिर्जना उनका प्रकाशित पुस्तक हुन् ।

उनी तीन दशकदेखि पोखरामा रहेर रिपोर्टिग र स्तम्भलेखन मार्फत पत्रकारितामा पनि सक्रिय छन् । कलासंस्कृति, साहित्य, इतिहास, समाजशास्त्र, पर्यटन, जैविक विविधता, वातावरण, भ्रमण, फोटोग्राफी र समाजसेवामा रुचि राख्ने उनका सिर्जनामा ग्रामिण जनजीवनको चित्रण पाइने गरेको छ ।

उनले पछिल्लो समय नियात्रा विधा साहित्यको लोकप्रिय विधाका रुपमा स्थापित हुँदै गएको बताए । नेपालीहरुमा घुम्ने संस्कृति विकसित हुँदै गएको भन्दै घुमेर आएपछि आफूले अनुभूत गरेको कुरालाई अभिव्यक्त गर्न पनि नियात्रा साहित्य महत्वपूर्ण माध्यम बनिरहेको उनको भनाइ छ ।

नेपालका लोकप्रिय साहित्यकारहरुले विस २०७२ सालमा नियात्रा समाज नेपालको स्थापना गरेका हुन् ।

 

काठमाडौं, ३१ भदौ ।

जेन जी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा मंगलबार गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका हुन् ।

मृतकका परिवारका सदस्य र आफन्तहरूले शवयात्रासहित शव आर्यघाट पुर्‍याएका थिए । भने सुरक्षा निकायले सलामीसहित सम्मान पनि गरेको छ ।

सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र राष्ट्रिय शोक स्वरुप असोज १ गते सार्वजनिक बिदा दिने लगायतका निर्णय गरेको थियो ।

पोखरा, ३१ भदौ ।

जेन जी आन्दोलन पछि प्रधानमन्त्री बन्ने चाहना व्यक्त गर्दै काठमाडौं आएका धरान महानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री बन्न नाएपछि निरास हुँदै धरान फक्रिए । उनी धरान फक्रिए तर काठमाडौंका मेयर बालेन साहलाई लगातार तारो बनाइरहेका छन् ।

जेन जी आन्दोलनपछि बाहिर नदेखिएको भन्दै धरानमा मेयर हर्कले निरन्तर फेसबुकमार्फत बालेनलक्षित स्टाटस पोस्ट गरिरहेका थिए । 

त्यसैको जवाफमा बालेनले आफूलाई जति गाली गरे पनि मेयर हर्कलाई माया गर्न नछाड्ने उल्लेख गरेका छ्न ।

‘डियर हर्क साम्पाङ’ सम्वोधन गर्दै बालेनले लेखेका छन्, ‘तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।’

‘म तिमीलाई एकतर्फी माया गर्न छाड्दिनँ’ भन्दै बालेनले अगाडि लेखेका छन्, ‘यू आर माइ ट्रु लभ’ ।

बालेनको स्टेटस जस्ताको तस्तै : डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।
You are my true love. ❤️

काठमाडौंबाट धरान फिरेपछि आज भएको पत्रकार भेटघाटमा पनि उनको अभिव्यक्ति बालेन लक्षित थियो । उनले अपुष्ट आरोप लगाउँदै बोलेका थिए, ‘यो सरकार गठनमा एकजना गेमर छ । त्यही गेमरले जेनजी आन्दोलनमा भएको सम्पूर्ण क्षति र हत्याको जिम्मा लिनुपर्छ ।’

हर्कले स्टेटसमा लेखेका छन् – ‘लुकेर बस्ने र लुकेर खेल्नेलाई गेमर भनिन्छ ! लिडर भनिदैन !’

हिजो मात्रै हर्कले एउटा स्टाटस लेखे, ‘चानचुने नठान्, सक्छस् भने प्रत्यक्ष कार्यकारी प्रमुखको चुनाव गरा । हारेँ भने तेरो घरमा एक वर्ष नोकर बस्छु । तँ हारिस् भने मेरो घरमा सिर्फ एक महिना हली बस् । सक्छस् ?’

पोखरा, ३१ भदौ ।

बैंक तथा वित्तीय संस्थाले असोज महिनाका लागि नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन् । विवरण अनुसार २० वाणिज्य बैंकहरूमध्ये साधारण मुद्दती निक्षेपमा बैंकहरूले न्यूनतम २.७५ प्रतिशतदेखि अधिकतम २.८० प्रतिशतसम्म ब्याजदर तोकेका छन् ।

संस्थागत मुद्दतीका लागि एक वर्षभन्दा माथिको अवधिका लागि भने बैंकहरूले धेरै ब्याजदर अफर गरेका छन् ।

समिक्षा श्रेष्ठ 

भदौ ३१ ,पोखरा।

पोखरा महानगरपालिका वडा न ५  धर्मस्थली (ख ) टोलमा गोबिन्द केसीको नेतृत्वमा धर्मस्थली सुरक्षा सचेतना समिति गठन भयको छ। अध्यक्ष गोबिन्द केसी ,सचिव इन्दिरा भट्टराई सहितको १७ सदस्यीय सुरक्षा सचेतना समिति गठन गरियको हो । 

चाडवाड नजिकिदै गर्दा टोलमा उत्पन्न हुने सुरक्षा खतरालाई मध्यनजर गर्दै उक्त समिति गठन गरियको हो। टोल भित्र हुने जुन सुकै आपराधिक गतिबिधि चोरी ,डकैति लगायतका साना ठुला अपराध कसरि न्यूनीकरण गर्ने र आफु र आफ्नो घरलाई कसरि सुरक्षित राख्ने भन्ने सम्बन्धमा बिबिध सचेतनामुलक जानकारीहरु टोलवासिलाई प्रवाह गरिने समितिका अध्यक्ष गोबिन्द केसीले जानकारी दिए।देशमा भयको आन्दोलनले देशैभरका कारागार बाट कैदीहरु भागेका र प्रहरी चौकी र सुरक्षा निकाय समेत ध्वस्त भइ बिस्तारै आफ्नो लयमा आउने क्रममा भयपनी अहिलेको परिवेशमा प्रहरी प्रशासनले हरेक ठाउमा सुरक्षा दिन सक्ने अवस्था नरहेकाले टोल वासी आफै जागरुक हुनुपर्नेमा उनले जोड दिए।  टोल भित्र स -साना गल्लीहरु रहेको र कतिपय ठाउका सडक बत्तिहरु मर्मत गर्नुपर्ने अवस्था रहेकाले उक्त बत्तिहरुलाई मर्मत सम्भार गर्ने र अध्यारो छेत्रलाई पनि उज्यालो बनाउन यो समितिले  स्थानीय वासिन्दा सँग सहकार्य  गर्दै उज्यालो टोल निर्माण गर्ने केसीले बताए। 

त्यसै गरि चाडवाड लक्षित गरि टोल सरसफाइ अभियान पनि संचालन गरिने समितिका सदस्य पत्रकार दिपक पौडेलले जानकारी दिए। टोल भित्र रहेका पानि जम्ने खाल्डाखुल्डी ,झाडी ,ढल,सडक वरपर र आआफ्नो घरआगन वरपर सरसफाइ कार्यक्रम पनि यो समितिले संचालन गर्ने पौडेलले बताए। वडा न ५ डेंगु संक्रमणको उच्च जोखिममा समेत रहेकाले चाडवाडमा कोहि पनि बिरामी नहुन र स्वच्छ तरिकाले ढुक्क भयर चाडवाड मनाउने बातावरण सिर्जना गर्न यो समितिले उल्लेखनीय कार्य गरिनेमा पत्रकार पौडेलले बिस्वास ब्यक्त गरे। 

पोखरा ३० भदौ ।

खेलकुदको शहर पोखरामा जारी दोस्रो संस्करणको नेपाल खुला स्नूकर प्रतियोगिता–२०८२ को उपाधिको लागि काठमाण्डौंका फुर्वा दोर्जे शेर्पा र वाङचु तामाङ भिड्ने भएका छन् । पोखरा–१७ ड्यामसाइडस्थित फाइनल स्कोर स्पोट्र्स बारमा सोमबार भएको पहिलो सेमिफाइनल खेलमा काठमाण्डौंका शेर्पाले हेटौडाका नितेश खण्डवाललाई ५–१ को सेटमा पराजित गर्दै फाइनलमा यात्रा तय गरे ।

अर्को खेलमा काठमाण्डौंकै तामाङले पोखरेली खेलाडी विकास मर्हजनलाई ५–२ को सेटमा पराजित गर्दै फाइनलमा यात्रा सुनिश्चित गरे । फाइनल खेल भोलि (मंगलबार) बिहान १०ः०० बजे पछि हुने भएको प्रतियोगिताका संयोजक सोम बि.क.ले बताए ।

पोखरा ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोट्र्स बार प्रा.लि.को आयोजनामा र कास्की बिलियार्ड स्नूकर तथा पुल संघको विशेष सहयोगमा पुनः दोश्रो पटक उक्त प्रतियोगिता पोखरामा भदौं १७ गते देखि सुरु भएको हो । पोखरा महानगरको प्रबद्र्धनमा संचालन भएको प्रतियोगितामा देशभरबाट १ सय ३६ जना खेलाडीको सहभागि भएको प्रा.लि.का संचालक प्रताप गुरुङले बताए ।

प्रतियोगिताको विजेताले नगद २ लाख २ हजार २ सय २ रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको छ भने उपविजेता हुनेलाई ८० हजार प्रदान गरिने भएको छ । सेमिफाइनलमा प्रवेश गर्ने दुई खेलाडीलाई भने जनही २५ हजार प्रदान गरिने भएको छ । प्रतियोगितामा हाइएस्ट ब्रेकरलाई २० हजार र प्रत्येक खेलमा सेन्चुरी ब्रेक गर्ने खेलाडीलाई ७ हजार ५ सय रुपैया प्रदान गरिने भएको छ ।

 

काठमाडौं, ३० भदौ ।

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। जस अनुसार रामेश्वर खनाल अर्थ मन्त्रालय, कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिंचाइ; भौतिक पूर्वाधार तथा यातायात; सहरी विकास र ओमप्रकाश अर्याल गृह; कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी पाएका हुन्।

नवनियुक्त तीन मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आज आयोजित विशेष समारोहका बीच शपथ गराएका छन्।

यसैबीच मन्त्रीहरुले सपथ ग्रहण लगत्तै सिंहदरबार पुगेर पदभार ग्रहण समेत गरेका छन । उनीहरुको नियुक्ति पनि आजै भएको थियो ।

अर्थमन्त्री खनाल पूर्वअर्थसचिव हुन्। यसैगरी ऊर्जा मन्त्री घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हुन् भने गृहमन्त्री अर्याल कानुनविद् हुन्। 

काठमाडौं, ३० भदौ ।

सुदन गुरुङ नेतृत्वको एक जेन जी समूहले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको छ । मन्त्री छनोटमा असन्तुष्टि जनाउँदै गएराति यो समूहले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रदर्शन गर्दै प्रधानमन्त्रीको राजीनामा मागेको हो ।

हिजो आइतबार साँझ मन्त्री नियुक्तिको खबर सार्वजनिक भएको थियो । कार्कीले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रीमा कुलमान घिसिङ, ओमप्रकाश अर्याललाई गृह र रामेश्वर खनाललाई अर्थ मन्त्रीमा नियुक्त गरेकी छन् । 

सुदन गुरुङ नेतृत्वको समूहले गृह मन्त्रालयमा भएको अर्यालको नियुक्तिमा आपत्ति जनाएको छ ।

गुरुङले आफूहले नेतृत्वमा पुर्‍याएकाले  चित्त नबुझे थुतेर बाहिर ल्याउने चेतावनी दिएका छन् । उनले अहिलेको सरकार आफूहरूले बनाएको भन्दै जेन जीलाई कसैले पनि रोक्न नसक्ने बताए ।  

पोखरा, २९ भदौ ।

जेनजीको प्रदर्शनका क्रममा प्रमुख प्रशासकीय भवन जलेर नष्ट भएपछि पोखरा महानगरले अन्यत्रैबाट सेवा दिने भएको छ ।

महानगरले असोज १ गतेदेखि कार्यालय सञ्चालनको घोषणा यसअघि नै गरिसकेको छ भने अन्यत्रैबाट सेवा दिने भएको छ ।

कुन सेवा कहाँबाट हुँदैछ :

पोखरा, २९ भदौ ।

पोखरा उद्योग वाणिज्य संघले मुलुकको दिगो शान्तिको कामना एवं व्यावसायिक सुरक्षाको प्रत्याभूतिका निम्ति पोखरामा बृहत शान्ति ¥यालीको आयोजना गर्ने भएको छ ।  पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण काकीको अध्यक्षतामा आइतबार बसेको बस्तुगत संघ÷संस्थाका अध्यक्ष एवं प्रतिनिधिसहितको बैठकले  यही भदौ ३१ गते मंगलबार बिहान मौन शान्ति ¥यालीको आयोजना गर्न लागेको हो ।

बिहान ७ः३० बजे संघको सचिवालय गैह्रापाटनबाट सुरु हुने मौन ¥याली जेनजी आन्दोलनको क्रममा दिवंगत भएका आत्माको चीरशान्तिको कामना,देशमा भएको अशान्तिको समूल नष्ट एवं व्यावसायिक वातावरण निर्माणका निम्ति भएको संघका अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए । अध्यक्ष कार्कीका अनुसार शान्ति ¥याली मौन प्रकृतिको हुने छ ।

‘ आन्दोलनको क्रममा ठूलो जनधनको क्षति भएको छ । व्यावसायिक प्रतिष्ठानहरुमाथि भएको आक्रमणबाट अरबौं क्षति पुगेको छ । हामी पुनः उठ्नु छ तर शान्ति बिना व्यावसायिक वातावरण निर्माण हुन सक्दैन, आत्मबल बढ्दैन,शान्ति ¥याली यी दुवै कामका निम्ति हो,’अध्यक्ष कार्कीले भने ।

सुरक्षाप्रति सचेत हुन आग्रह

यसका साथै संघले उद्योग र व्यावसायिक प्रतिष्ठानमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै विषम परिस्थितिमा धैर्य नगुमाउन र  संयमित हुन उद्योगी÷व्यवसायीहरुमा आग्रह पनि गरेको छ । संघका महासचिव शोभा गौतमद्वारा आइतबार जारी अपिलमा आन्दोलनका नाममा भएको तोडफोड,आगजनी र लुटपाटका घटनामा संलग्नहरुको एवं कारवाहीको माग गरिएको छ भने पोखरामा भएको क्षतिको विवरण संघलाई उपलब्ध गराइदिन आग्रह पनि गरिएको छ । उद्योगी÷व्यवसायीबाट प्राप्त हुने विवरण दोषीलाई कारवाहीको दायरामा ल्याउन तथा क्षतिपूर्तिका लागि आवश्यक कानूनी प्रक्रिया अपनाउँदा उपयोग गरिने महासचिव गौतमले बताइन् ।

अपिलमा प्रधानमन्त्री सुशीला कार्कीबाट शान्ति–सुरक्षा बहालीप्रति व्यक्त चासोको सह्राना गर्दै अगाडि भनिएको छ,‘ सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीबाट व्यावसायिक प्रतिष्ठानमा भएको आक्रमणप्रति दुःख व्यक्त भएको छ । उठ्नै नसक्ने अवस्थामा पुगेका र लुटिएका व्यवसायीहरुलई माथि उठाउन सहयोग प्रदान गर्ने सम्माननीय प्रधानमन्त्रीज्यूबाट भएको घोषणाको हामी स्वागत गर्दछौँ ।’

पोखरा उद्योग वाणिज्य संघले  कारागारबाट ठूलो संख्यामा अपराधीहरु भागेको तथ्यलाई मनन गर्दै  हामी आफ्नो र व्यावसायिक प्रतिष्ठानको सुरक्षाप्रति संवेदनशील एवं सर्तक बन्न आग्रह गर्दै स्थानीय प्रशासन,टोल विकास संस्था,युवा क्लब र आमा समूहसँगको सहकार्य व्यक्ति, समुदाय र व्यवसायको सुरक्षाका निम्ति प्रभावकारी हुने स्मरण पनि गराएको छ ।

उपभोग्य सामग्रीको सहज आपूर्तिको आग्रह
 संघले आम उपभोक्तालाई सहज र सुपथ मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउन व्यवसायीहरुसँग आग्रह गर्दै देखिने गरी मूल्य सूची टाँस्नुपर्ने कानूनी व्यवस्थाको स्मरण पनि गराएको छ । यस्तै जेनजी आन्दोलनको क्रममा युवाहरुको ज्यान जाँदा, व्यावसायिक प्रतिष्ठानमाथि भएको तोडफोड,लुटपाट र आगजनीबाट अरबौंको क्षतिप्रति दुःख व्यक्त गर्दै संघले यसअघि नै तय गरिएको दशैंको शुभकामना आदान– प्रदान कार्यक्रम आयोजना नगर्ने निर्णय गरेको पनि महासचिव गौतमको भनाइ छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।