
पोखरा, २१ भदौ ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले अपांगता भएका व्यक्तिहरुलाई सक्षम बनाउन जरुरी रहेको बताउनुभएको छ । उनीहरुलाई रोजगारी प्रदान गरी सहज जीवनयापनका लागि सक्षम बनाउनु आजको मुख्य दायित्व रहेको उहाँको भनाई छ ।
नेपाल दृष्टिविहीन कल्याण संघको पोखरामा शनिबार भएको ३८ औं केन्द्रीय वार्षिक साधारणसभाको उद्घाटन गर्नुहुँदै प्रदेश प्रमुख भट्टले अपाङ्गता भएका व्यक्तिहरू समाजका अभिसाप नभई समतामूलक समाजको हिस्सेदार रहेको उल्लेख गर्नुभयो ।
‘समाजमा अपांगता भएका व्यक्तिहरुप्रति गरिने व्यवहार अझै सम्मानजनक नभएको तीतो यथार्थ हामीसामु छ । मुलुकमा दशकौँदेखि व्याप्त रुढीवादी, अन्धविश्वास र भेदभावलगायतका कारण दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूले न्यूनतम मानवअधिकारको उपभोग गर्न पाइरहेका छैनन् ।’ उहाँले भन्नुभयो ।
रोजगारीको व्यवस्थापन, सीप विकासका साथै अपाङ्गता भएका व्यक्तिको हित प्रवद्र्धन गर्न जरुरी रहेकोमा उहाँले जोड दिनुभयो । ‘अपाङ्गतामैत्री संरचना र सेवा अपरिहार्य आवश्यकता हो । अपाङ्गता भएकाहरुको समानुपातिक समावेशी सहभागिता अनिवार्य छ ।’ उहाँले भन्नुभयो ‘उनीहरूको सहजताका लागि आवश्यक ऐन, कानुन निर्माणमा राज्यसहित सबै क्षेत्र जिम्मेवार तथा जबाफदेही बन्नैपर्ने हुन्छ ।’
अपाङ्गता भएका व्यक्तिभित्रको विविधताको सम्मान गर्दै नीति तथा योजना निर्माणमा उनीहरुको सार्थक सहभागिताको सुनिश्चितता गर्न आवश्यक रहेकोमा भट्टले जोड दिनुभयो । संघको साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्दै उहाँले दृष्टिविहीन समुदायको कल्याण र उनीहरुको हक अधिकार स्थापित गर्न उल्लेखनीय कार्य गर्ने मार्गचित्र छलफलबाट तयार हुनेमा आशावादी रहेको उल्लेख गर्नुभयो ।
२०३८ सालमा नेपाल अन्धा कल्याण केन्द्र स्थापना भएकोमा नाम परिवर्तनसँगै २०४२ सालदेखि दृष्टिविहीन कल्याण संघ गैरनाफामुखी संस्थाका रुपमा अघि बढेको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, नेपाल नेत्रहीन संघ, दृष्टिविहीन अभिभावक संघ नेपाल जस्ता एकै उद्देश्यका साथ स्थापित संस्थाहरू एक आपसमा सहकार्य गरी अघि बढ्न पनि प्रदेश प्रमुख भट्टले सुझाव दिनुभयो ।
संघले कास्कीसँगै विभिन्न जिल्लामा शाखा स्थापना गरेको जनाएको छ । नेत्र परीक्षण, आँखा शल्यक्रिया, वृक्षारोपण, सरसफाई, छात्रवृत्ति तथा शैक्षिक सामाग्री प्रदान, ब्रेललिपी तालिम, सदस्यहरुलाई लघुवित्त व्यावसायिक योजना सम्बन्धी क्षमता अभिवृद्धि एवं सीपमूलक तालिमको आयोजना, ब्रेललिपी पाठ्यपुस्तक उत्पादन तथा वितरण, दृष्टिविहीन विद्यार्थीको प्रतिभा प्रस्फुटन, पुरस्कार स्थापना र वितरण लगायतका कार्यक्रमहरु संस्थाले गर्दै आएको संघ कास्कीका अध्यक्ष टेकमान प्रधानाङ्गले जानकारी दिनुभयो ।
पोखरा, २१ भदौं ।
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरको २२ औं वार्षिक सधारण सभा शनिबार सम्पन्न भएको छ । वार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरिक्षक तुल बहादुर कार्कीले कम भन्दा कम खर्च गरेर उत्कृष्ट काम सामुदायिक केन्द्रहरुले गरेको उल्लेख गरे ।
‘समाजमा हुने हरेक अपराधिक घटना नियन्त्रण गर्नमा यहाँहरुको भूमिका अतुलनिय रहेको छ’ कार्कीले भने, ‘प्रहरी साझेदारी कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै नेपाल प्रहरी तपाईहरुसँग हातेमालो गरेर अगाडि बढ्ने छ ।’ उनले पछिल्लो समय लागू औषध दुरव्यसयनी धेरै न्यूनिकरण हुदै गएकोले अझै सचेतना मूलक कार्यक्रम प्रभावकारी बनाउँदै लैजानु पर्ने उल्लेख गरे ।
माछापुच्छ««े गाउँपालिका अध्यक्ष सिता अधिकारीले माछापुच्छ«े गाउँपालकिा आत्म हत्याका घटना बढि हुने गरेको बताउँदै आत्माहत्या सँगै अन्य अपराधिक घटना न्यूनिकरण गर्नका लागि सामुदायिक सेवा केन्द्रसँग समन्वय गरेर अगाडि बढेको उल्लेख गरिन् ।
पोखरा महानगर पालिका वडा नं. १ का वडा अध्यक्ष साहारा प्रधानले सामुदायिक सेवा केन्द्र बगरले गरेका हरेक गतिविधि उत्कृष्ट रहेको बताए । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका संस्थापक अध्यक्ष सिता गुरुङले लागु औषध नियन्त्रणमा अझै वढि सक्रिय भएर लाग्नु पर्ने बताईन् ।
सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका महासचिव घनश्याम तिम्सिनाले समाजमा हुने विकृति विसंगति न्यूनिकरण गर्न कास्कीका सामुदायिकले उल्लेखनिय भूमिका खेलेको बताए ।
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका पूर्व अध्यक्ष वर्तमान सल्लाहकार पुरुषोत्तम श्रेष्ठले नागरिक र प्रहरी वीचको सम्बन्ध जोड्ने काम गर्ने सामुदायिक सेवा केन्द्रमा पछिल्लो समय दरवन्दी घटाउदा काम गर्न असहज भएको उल्लेख गरे ।
कार्यक्रममा संस्थाका ज्येष्ठ सदस्य तथा वर्तमान सल्लाहकार विश्वमोहन गौचन र जिल्ला प्रहरी कार्यालय कास्कीका महिला वालवालिका तथा ज्येष्ठ नागरिक सेलका प्रमुख प्रहरी निरीक्षक सरला ढकाललाई दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरिएको थियो । त्यसैगरी कार्यक्रममा दश जोड दुईमा उत्कृष्ट अंक ल्याउने यस संस्थाका आजिवन सदस्य वावुराम भण्डारी तथा साधारण सदस्य सिता भण्डारीकी छोरी शुष्मा भण्डारी, साधारण सदस्य भानुभक्त अधिकारीका छोरा सुशांक अधिकारी र आजिवन सदस्य प्रकाशचन्द्र सापकोटाकी छोरी प्रविना सापकोटालाई नगद सहित सम्मान गरिएको थियो । त्यस्तै हालै निर्वाचित सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पृथ्वीचोकका पदाधिकारी तथा सदस्यहरुलाई स्वागत तथा वधाई ज्ञापन गरिएको थियो ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका सचिव कृष्ण बहादुर तमा·ले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष कमल प्रसाद बास्तोलाले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पृथ्वीचोकका अध्यक्ष कुमारी मुना बास्तोला, कन्या क्याम्पसका नदिपुरका क्याम्पस प्रमुख सुरेश कुमार मानन्धर, इन्द्रेणी एकिकृति विकास केन्द्रका अध्यक्ष भानुभक्त अधिकारी, सिद्धार्थ आमा समूहकी अध्यक्ष रिता लामिछानेले बोलेका थिए ।
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा निर्वतमान अध्यक्ष रामभूषण पराजुलीले स्वागत र सचिव कृष्ण बहादुर तमा·ले कार्यक्रम सञ्चालन गरेका थिए ।
४८ युनिट रगत संकलन
पोखरा, २१ भदौँ ।
खौलालाँकुरी पोखरा सम्पर्क समाजले शनिवार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ४८ युनिट रगत संकलन भएको छ । समाजले गत वर्षदेखि रक्तदान कार्यक्रम सुरु गरेको छ । सोही कार्यक्रमलाई निरन्तरता दिदै यसवर्ष पनि रक्तदानको आयोजना गरेको हो । समाज पर्वतको कुश्मा नगरपालिका–१३ खौलालाँकुरीमा जन्मेर पोखरा आई बसेकाहरुको एउटा साझा संस्था हो ।
रक्तदान कार्यक्रमको पोखरा महानगरपालिका–८ का वडाध्यक्ष रुद्रनाथ बरालले पहिलो रक्तदाता समाजका संस्थापक सहसचिव प्रकाश सुवेदीलाई ब्लड बैंक हस्तान्तरण गरी सुभारम्भ गर्दै समाजले सामाजिक क्षेत्रमा गर्दै आएको कामको प्रशंसा गरे । साथै सामाजिक कामलाई निरन्तरता दिनुपर्नेमाम जोड पनि उनले दिए । ‘रक्तदान जस्तो जीवन दानको अभियान सञ्चालन गर्नु ठूलो पुण्यको काम हो’, वडाध्यक्ष बरालले भने, ‘यस्ता सामाजिक कामहरुलाई समाजले निरन्तरता दिइरहोस् । मेरो सधै साथसहयोग रहनेछ ।’
समाजका अध्यक्ष पिताम्बर पौडेलले सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे । मन, वचन र कर्मले सहयोग गरेमा सामाजिक कामले सार्थकता पाउने भन्दै उनले समाज निरन्तर रुपमा सामाजिक गतिवविधिमा सक्रिय भएको र समाजका सदस्यहरुको सहयोगले सबै कार्यक्रमहरु सफल हुँदै गएको बताए ।
समाजका वरिष्ठ उपाध्यक्ष एवं रक्तदान कार्यक्रमका संयोजक लालप्रसाद शर्माले स्वागत गर्दै संस्थाको परिचय दिएका थिए । उनले समाजले आगामी वर्षहरुमा पनि रक्तदान कार्यक्रमलाई निरन्तरता दिइने बताए । समाजका संस्थापक अध्यक्ष टंकबहादुर कार्की क्षेत्रीले समाज स्थापना भएको छोटो अवधिमै विभिन्न सामाजिक काम गर्दै अगाडि बढ्न सकेकोमा खुशी व्यक्त गरे । सल्लाहकार दुर्गाराज सुवेदीले समाजले सराहनीय कार्यहरु गर्दै आएको भन्दै सबै साथसहयोगले नै यो संभव भएको बताए ।
कार्यक्रममा स्केटीङका राष्ट्रिय खेलाडी आशिष श्रेष्ठलगायतले रक्तदान गरेका थिए । कार्यक्रमको सञ्चालन समाजका सचिव प्रेम सुवेदीले गरेका थिए ।
पोखरा, २१ भदौँ ।
नागढुङ्गा आमा समूहको अध्यक्षमा कमला श्रेष्ठ निर्विरोध चयन हुनुभएको छ। समूहको शनिबार सम्पन्न २२औँ वार्षिक साधारण सभा तथा सातौं अधिवेशनले आगामी तीन वर्षका लागि उहाँको अध्यक्षतामा १३ सदस्य कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा सीमा लामिछाने, सचिवमा पुष्पा गिरी, सहसचिवमा पार्वती अधिकारी कोषाध्यक्षमा मैयादेवी श्रेष्ठ तथा सहकोषाध्यक्षमा बबिता राजभण्डारी चयन हुनुभयो । समितिको सदस्यहरूमा मथुरा गिरी, कमला काप्री, अम्बिका लामिछाने, सुमिना तुलाचन, आशा जिसी, तारा क्षेत्री र सृजना काफ्ले चयन हुनुभयो ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले नागढुङ्गा आमा समूहको संस्थागत विकासमा आफ्नो बलबुताले भ्याएसम्म कोशिस गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । समाजका गतिविधीमा समुहलाई समेटेर अघि बढ्ने उहाँको भनाई थियो । समूहका सल्लाहकार दुर्गाराज गिरी संयोजक तथा पवित्र गिरी र विनोद लामिछाने सदस्य रहेको निर्वाचन समितिले अधिवेशन सम्पन्न गरेको हो ।
यसअघि पोखरा महानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सनीले एक समारोहका विच अधिवेशनको उद्घघाटन गर्नुभएको थियो । सो अवसरमा उहाँले टोल विकासका लागि जनप्रतिनिधि तथा स्थानिय विच सकारात्मक सहकार्यको खाँचो रहने औल्याउनु भयो । ‘आपसी सहयोगले नै टोल, समाज, वडा, बन्ने हो’– उहाँले भन्नुभयो । सोही समारोहमा उहाँले आमा समुह र नागढुंगा टोल विकास संस्थालाई संयुक्त रुपमा साउण्ड सिस्टम हस्तान्तरण गर्नुभयो ।
उद्घघाटन समारोहमा पोखरा महानगरपालिका कार्यपालिका सदस्य गोविन्द तुलाचन, वडा सदस्यहरू लक्ष्मी पहारी, गीता चर्मकार, समुहका निवर्तमान अध्यक्ष लक्ष्मी गिरी, नागढुङ्गा टोल विकास संस्थाका अध्यक्ष विष्णु प्रसाद सुवेदी,कृषी सञ्जाल वडा नम्बर ९ का अध्यक्ष बिमला रानाभाट लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
समारोहमा नागढुंगा आमा समूहको भौतिक एवं आर्थिक विकासमा सहयोग गर्ने सहयोगीहरू सुकमाया राजभण्डारी, शान्ति श्रेष्ठ, शिवप्रसाद सुवेदी, लक्ष्मी गिरी, पर्वती क्षत्री, पूर्णबहादुर परियार लगायतलाई सम्मान गरिएको थियो । अम्बिका लामिछानेलाई समुहले सक्रिय सदस्यका रुपमा सम्मान ग¥यो ।
समूहका निवर्तमान अध्यक्ष कमला केसीको अध्यक्षतामा भएको उद्घघाटन समारोहमा उपाध्यक्ष कमला श्रेष्ठले स्वागत तथा सचिव सिमा लामिछानेले सञ्चालनसँगै कार्यप्रतिवेदन एवं कोषाध्यक्ष पुष्पा गिरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अधिवेशनसँगै निवर्तमान बन्नुभएका कमला केसीले आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने सम्पूर्ण सहयोगीलाई धन्यवाद ज्ञापन गर्दै कार्यसमितिका पदाधिकारीहरुलाई सम्मान समेत गर्नुभयो ।
पोखरा, भदौ २१ गते ।
दैनिक उपभोग्य बस्तुको रुपमा रहेको एलपी ग्याँसको कारोबार व्यवस्थित हुन नसकेको व्यवसायीहरुले बताएका छन् । एलपी ग्याँस वित्र्रmेता संघ कास्कीको २१ औँ वार्षिक साधारणसभा शनिबार पोखरामा सम्पन्न साधारणसभामा बोल्ने बक्ताहरुले घरायसी प्रयोजनदेखि व्यवसायसम्म र शहरदेखि गाँउसम्म एलपी ग्याँसको अपत दैनिक रुपमा घट्दो क्रममा रहेका कारण व्यवसायी समस्यामा रहेको समेत बताएका छन् ।
नेपालमा एलपी ग्याँसको कारोबार वि.सं.२०२८ सालदेखि भएपनि घट्दो जनघनत्व र विद्युतीय उपकरणको कारण प्रयोग गरेको दावी व्यवसायीले गरेका हुन् ।कास्कीक् जिल्लामा हाल १८ वटा कम्पनीको ग्याँस आपूर्ति हुने गरेको एलपी ग्याँस विक्रेता संघ कास्कीका सचिव हरिकृष्ण अधिकारीले बताए ।
साधारण सभाको उद्घाटन ग्याँस वित्र्रmेता महासंघका केन्द्रीय अध्यक्ष ज्ञानेश्वर अर्यालले गरेका थिए । उनले व्यवसायीहरु आर्थिक रुपमा स्वच्छ र पारदर्शी हुनुपर्नेमा जोड दिए । उनले विक्रेता संघहरुमा सदस्यहरुसंग पैशा उठाउने तर त्यसको हिसाव सार्वजनकी नगर्ने अवस्था रहेको बताउदै आर्थिक रुपमा भष्ट्रीकरण बढेको बताए । हामी राजनीतिक दलका नेताहरुलाई भष्टाचार गरे भनेर गाली गछौँ तर व्यवसायीहरु पनि भष्टिकरण हुदै गएको आभाष भएको छ उनले भने । उनले ग्याँस विक्रेता व्यवसायीहरु वीचको एकतालाई बलियो बनाउदै सर्वशुलभ रुपमा उपभोक्तासम्म ग्याँस पु¥याउनुपर्नेमा जोड दिए ।
नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जिवबहादुर कोइरालाले नेपाल सरकारले बनाएको नीति नियममा रहेर ग्याँस व्यवसायीले व्यापार गर्नुपर्नेमा जोड दिए । ग्याँस डिपो संचालन मापदण्ड अनुसार गर्नुृपर्नेमा जोड दिदै उनले ग्याँस कम्पनिले तोकेको अधिकतम मुल्यमा व्यवसाय गर्दा समस्या भएको बताए । उनले अधिकतम मुल्य पसलबाट ग्राहकले आफै लैजाने हो तर घरघरमा पु¥याए वापत थप सेवा शुल्क लगाउने व्यवस्थाका लागि नेपाल सरकार र आयल निगमसंग समन्वय गरेर जानुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका उद्योग तर्फबा उपाध्यक्ष बलराम आचार्य, ग्याँस विक्रेता महासंघका उपाध्यक्ष नारायणप्रसाद पौडेल, एलपी ग्याँस विक्रेता संघका केन्द्रीय कोषाध्यक्ष रविन कार्की, गृहलक्ष्मी ग्याँस कम्पनीका प्रवन्धक भीमराज लामिछाने, शक्ति ग्याँस कम्पनिका प्रवन्धक मेघराज पौडेल, याँस विक्रेता महासंघ कास्कीका संस्थापक अध्यक्ष बालकृष्ण कोइराला, संघ कास्कीका उपाध्यक्ष शिवकुमार श्रेष्ठ, लगायतले बोलेका थिए । साधारण्सभाले सचिव हरिकृष्ण अधिकारीको प्रतिवेदन र कोषााध्यक्ष सुरजमान गुरुङको आर्थिक प्रतिवेदन साधारणसभाले सर्वसम्मत पारित गरेको छ । साधारण सभा एलपी ग्याँस विक्रेता संघ कास्कीका अध्क्ष नारायणदत्त दाहालको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको संचालन सुविना दाहालले गरेकी थिइन् ।
तस्विर पनि छ ।
पोखरा, २० भदौ
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले जीवन व्यवहारमा नैतिक मूल्यहरूको स्थापना र सदाचारलाई प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको छ । समाजले नैतिक मूल्यमान्यता र सदाचारको खोजी गरेको उहाँको भनाई छ ।
पोखरामा शुक्रबार मानव मिलन संस्थाको ३१ औं अन्तर्राष्ट्रिय सम्मेलनको समुद्घाटन गर्नुहुँदै प्रदेश प्रमुख भट्टले यस्तो बताउनुभएको हो । ‘समाज असामाजिक क्रियाकलापले आक्रान्त छ । मानव खुसी र समृद्ध बनाउन हाम्रो व्यवहार परिवर्तन प्रमुख कुरा हो ।’ उहाँले भन्नुभयो ।
समानता र सहअस्तित्वमा आधारित मानवताको सम्वर्द्धन र मानव कल्याणको लागि शिक्षा, स्वास्थ्य जस्ता आधारभूत मानवीय सेवाका क्षेत्रमा समर्पित हुने गरी मणिभद्र मुनिजी महाराजबाट ३१ वर्ष अघि यो संस्थाको परिकल्पना र स्थापना गरिएकोमा उहाँले आभार व्यक्त गर्नुभयो ।
‘मानिसको धर्म नै मानवता हो । सबै धर्मको मूल लक्ष्य भनेको मानव जातिको कल्याण नै हो । हाम्रोजस्तो विभिन्न जातजाति, भाषाभाषी, धर्म र संस्कृति भएको देशमा सबै नेपालीहरूबीच रहेको धार्मिक सहिष्णुता, मेलमिलाप र सद्भाव नेपालीको विशिष्ट पहिचान हो ।’ उहाँले भन्नुभयो – ‘विश्वमा अहिंसा तथा शान्तिको वातावरण सिर्जनामा हामीले भूमिका खेल्न सक्नु पर्दछ । मानव सेवाको पक्षमा सञ्चालित अभियानहरूमा सरकारसहित सबैले सहयोग र सहकार्य गर्नुपर्ने हुन्छ ।’
हरेक मानिसमा परोपकारको भावना हुनुपर्नेमा जोड दिनुहुँदै उहाँले गरिब, असहाय, दीनदुःखीको सेवा हामी सबैको चित्तमा रहनुपर्ने बताउनुभयो । मानव मिलन संस्थाले विगत लामो समयदेखि शिक्षा र स्वास्थ्य जस्ता आधारभूत मानवीय सेवाका क्षेत्रमा आफूलाई समर्पण गरिरहेकोमा उहाँले खुशी प्रकट गर्नुभयो ।
तीन ‘स’ समानता, सहिष्णुता र सहअस्तित्व नै वर्तमान समयको माग हो भन्ने विषय आत्मसात् गर्दै वर्गीय, क्षेत्रीय सीमालाई अतिक्रमण गरी मानवता र मानवीयताको पहिचान दिन र दिलाउन संस्था अनवरत क्रियाशील रहेको पाएको उहाँको भनाई छ ।
‘मानव मिलन संस्थाले जाती, धर्म, सम्प्रदाय, रंग र लिंगभेद जस्ता संकीर्णताहरु भन्दा माथि उठेर शिक्षा, स्वास्थ्य र सेवाको माध्यमबाट आपसमा सहयोग, सद्भाव, ज्ञान, ध्यान, अहिंसा एवं मानवको सुखशान्तिमा समर्पित रही आदर्श समाज स्थापनामा सहयोग पुगेको विश्वास लिएको छु ।’ उहाँले भन्नुभयो ।
विद्यार्थी र अभिभावकको उत्साहजनक सहभागिता
पोखरा, २० भदौ ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाको आयोजनामा शुक्रबारदेखि पोखरामा ‘आठौं इक्यान एजुकेसन फेयर’ सुरु भएको छ । टाइम्स एजुकेसनल कन्सल्टेन्सीको मुख्य प्रायोजनमा पोखराको न्यूरोडस्थित सिटी स्क्वायर बैंक्वेटमो बृहत् शैक्षिक मेला सुरु भएको हो ।
मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले इक्यानले विद्यार्थीलाई विश्वका प्रतिष्ठित शैक्षिक संस्थाहरूसँग जोड्ने महत्त्वपूर्ण कार्य गरेको बताए । उनले भने, ‘मेलाले हजारौं विद्यार्थी तथा अभिभावकलाई सही जानकारी, अवसर र सम्भावनासँग प्रत्यक्ष परिचित गराउनेछ ।’
उनले नेपालको शिक्षा क्षेत्र राष्ट्रिय विकासको मेरुदण्ड भएको बताउँदै विश्वव्यापी रूपमा बदलिँदै गएको ज्ञान र सीपसँग कदम मिलाउन गुणस्तरीय शिक्षा अपरिहार्य रहेकोमा जोड दिए । प्रदेश सरकारको नीतिबारे प्रकाश पार्दै उनले भने, ‘सरकारको प्राथमिकता देशमै उच्चस्तरीय शैक्षिक अवसर विस्तार गर्नु, प्रविधि र सीपमूलक शिक्षालाई प्रोत्साहन गर्नु र विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई सहज, पारदर्शी र सुरक्षित वातावरण सुनिश्चित गर्नु हो ।’ उनले शैक्षिक परामर्शसम्बन्धी कार्यविधि कार्यान्वयनमा ल्याइएको र यसले दर्ता, नवीकरण र खारेजीसम्बन्धी प्रक्रियालाई व्यवस्थित गरेको पनि जानकारी दिए । उनले विद्यार्थीलाई भाषा र व्यावसायिक सीप मजबुत बनाएर विदेश जान पनि सुझाव दिए ।
इक्यान कास्कीका अध्यक्ष ओमप्रकाश गैह्रेले कोभिड महामारीका कारण केही वर्षदेखि स्थगित भएको मेलालाई निरन्तरता दिन सफल भएकोमा खुसी व्यक्त गरे । उनले इक्यानका सदस्य संस्था र केन्द्रको सहयोगप्रति आभार व्यक्त गर्दै भने, ‘हाम्रो चाहना नेपाली विद्यार्थीले स्वदेशमै उच्च शिक्षा अध्ययन गरोस् भन्ने नै हो । तर, धेरै विद्यार्थीहरू विदेशमा गएर आफ्नो भविष्य सुरक्षित गर्ने सोचमा छन् ।’ उनले विदेश जाने विद्यार्थीलाई सत्य, तथ्य परामर्श र अभिभावकीय भूमिका आवश्यक रहेकोमा जोड दिए । उनले थपे, ‘विदेश जानुअघि त्यहाँको नीति नियम, भिसा प्रक्रिया र कलेजबारे पूर्ण जानकारी हुनुपर्छ । हामी यही आवश्यकता पूरा गर्न लागिपरेका छौं ।’
नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बरालले हिजोका दिनमा काठमाडौँमा मात्र सुरु भएका यस्ता गतिविधिहरू अहिले विभिन्न प्रदेश र जिल्लाहरूमा पनि भइरहेको बताए । गण्डकी प्रदेश सरकारले बनाएको निर्देशिकाका सम्बन्धमा बोल्दै उनले नीतिनियम बनाउने क्रममा सरोकारवालालाई राखेर छलफल गराए मात्रै कानुन बलियो हुने धारणा राखे ।
इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराईले काठमाडौंमा २९औं स्थापना दिवस मनाइरहँदा इक्यानले विद्यार्थीलाई विदेशका उत्कृष्ट कलेजमा भर्ना प्रक्रियामा मात्रै नभई, उनीहरूलाई नेपालको विकासक्रममा फर्काउने प्रयास पनि गरेको बताए । उनले शैक्षिक परामर्श क्षेत्रका लागि छुट्टै ऐन बनाउनुपर्ने र नीति निर्माण गर्दा सरोकारवालासँग छलफल गर्नुपर्ने सुझाव दिए । उनले पोखरालाई शिक्षाको ‘हब’ बनाउन निजी क्षेत्र र परामर्श केन्द्रले सहयोग गर्न सक्ने पनि बताए ।
इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले करियर काउन्सिलिङ, भर्ना र भिसा प्रक्रियाबारे सम्पूर्ण जानकारी दिने एउटा प्रमुख गन्तव्यका रूपमा पोखराको इक्यान मेला स्थापित भएको उल्लेख गरे । उनले भने, ‘फरक–फरक परामर्श केन्द्रमा धाउनुपर्ने परिस्थितिलाई दुई दिनको मेलाले सहयोग पु¥याउँछ ।’ व्यवसायीलाई प्रोत्साहन र गल्ती गर्नेलाई कारबाहीको व्यवस्था निर्देशिकामा समेटिनुपर्ने उनको भनाइ थियो । इक्यानका पूर्व केन्द्रीय अध्यक्ष दीपक गुरुङले इक्यानका सदस्य रहेका परामर्श केन्द्रबाट मात्र आवेदन दिन विद्यार्थीलाई आग्रह गर्दै कुनै समस्या परे इक्यान सहयोगी बन्ने बताए ।
इक्यानका केन्द्रीय उपाध्यक्ष भुवनबहादुर क्षेत्रीले नेपालभर हाल ७ सय २० परामर्श केन्द्र शिक्षा मन्त्रालयमा सूचीकृत भएको जानकारी दिँदै ती संस्थाबाट विश्वसनीय सेवा लिन सकिने बताए । ‘इक्यानका सदस्यले विद्यार्थीलाई विदेश पठाउने मात्र नभई अध्ययनपछि नेपाल फर्काउने अभियान पनि सञ्चालन गरिरहेका छन्,’ उनले भने, ‘अवसरको खोजी गर्ने मानवीय स्वभाव नै हो, यद्यपि इक्यानले नेपाल फर्काउने अभियान पनि चलाइरहेको छ ।’
टाइम्स एजुकेसनल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक प्रेम सुवेदीले मेलालाई भव्य बनाउन सदैव साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । उनले उत्कृष्ट परामर्शदाताको उपस्थितिमा हुन लागेको मेलाबाट लाभ लिन विद्यार्थी, अभिभावक एवं अन्य सरोकारवालालाई आग्रह गरे ।
इक्यानले नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाबाट अनुमति लिएर मेला आयोजना गरेको हो । यो गण्डकी प्रदेशकै सबैभन्दा ठूलो शैक्षिक मेला भएको आयोजकको भनाइ छ । मेला शनिबारसम्म चल्नेछ ।
मेलामा अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायत लगायतका कलेज एवं विश्वविद्यालयका प्रतिनिधि, इक्यानका सदस्य संस्था र ब्रिटिस काउन्सिलसहित ६५ वटा स्टल छन् । मेलामा सहभागी विद्यार्थीलाई लक्की ड्र मार्फत ल्यापटप, ट्याब, मोबाइल, मुभी टिकट लगायत आकर्षक उपहार प्रदान गरिनेछ ।
मेलामा ब्रिटिस काउन्सिल नेपालको सहकार्य रहेको छ । मेलाको ‘पावर्ड बाइ’ मा बेलायतस्थित युनिभर्सिटी अफ वर्केस्टर र योर्क सेन्ट जोन युनिभर्सिटी रहेका छन् । यसको प्लाटिनम प्रायोजकमा ग्रेस इन्टरनेसनल, गोल्ड प्रायोजकमा चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेसन÷आईआईई र बैंकिङ पार्टनरमा एनएमबी बैंक रहेका छन् । उद्घाटन समारोहमा मेलाका संयोजक तथा इक्यान कास्कीका उपाध्यक्ष सन्तोष शाहीले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन इक्यान कास्कीका सचिव सुरेन्द्र बरालले गरेका थिए ।
पोखरा, २० भदौ ।
पोखरा यातायात प्रालिको ७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । एक कार्यक्रम बीच नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका संयोजक केदार पौडेलले सभाको उद्घाटन गरेका हुन ।
उनले यातायात व्यवसायीले नभई यातायात कम्पनीले व्यवसायीलाई सिन्डिकेट लगाएर भएपनि सेवा दिइरहेकाे बताए । पौडेलले पाेखरा यातायात प्रालिले दूरदराजमा सेवा दिइरहेकाे धारणा राखे । उनले पोखरा यातायात प्रालिले दुर्गम क्षेत्रमा समेत यातायात सुविधा दिइरहेको उल्लेख गरे ।
पोखरा महानगरपालिका १६ का वडाध्यक्ष तथा पोखरा यातायात प्रालिका सल्लाहाकार अमृत शर्मा तिमिल्सिनाले पोखरामा २ सयदेखि २५० यात्रुबहाक बस पर्याप्त हुने भएपनि ८ सयभन्दा बढी बस सञ्चालित रहेको बताए । उनले केही निकायको सहकार्यमा पोखराको यातायात व्यवस्थापन सुव्यवस्थित गर्ने तयारी भइरहेको सुनाए ।
त्यस्तै पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले यातायात क्षेत्रलाई सरकारले प्राथमिकतामा नपार्दा व्यवसायीहरु समस्या परेको बताए । उनले यातायात व्यवसायीको पेशागत सुरक्षामा तत्काल ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा सल्लाहकार वसन्त प्रधान र बमबहादुर गुरुङ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ जिल्ला समन्वय समिति कास्कीका संयोजक कृष्ण पौडेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, पत्रकार कमल पौडेल अथक तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी अध्यक्ष देवीराज थिङ लगायतले पनि व्यवसायीलाई यात्रु मैत्री सेवा प्रदान गर्नुपर्ने धारणा राखेका थिए ।
सोही अवसरमा चालक जुनबहादुर गुरुङ, सहचालक रोशनकुमार गुरुङ, निरन्तर बस सञ्चालक सूर्यबहादुर गुरुङ, उत्कृष्ट कर्मचारी अर्चना थापा, साथै उत्कृष्ट अंक ल्याउने बस सञ्चालकका छोराछोरीमध्ये सुमना थापा मगर र क्रिसल पौडेललाई सम्मान गरिएको थियो ।
यस्तै, विभिन्न सहयोगदाताहरूलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रबन्ध निर्देशक देवीप्रसाद कुइकेल र सञ्चालन कम्पनी सचिव जीवन पौडेलले गरेका थिए ।
सडक यातायता व्यवसायी पत्रकातिरा पुरस्कारबाट एकराज गिरी सम्मानित
साधारण सभाको अवसरमा प्रालिले पत्रकार एकराज गिरीलाई सम्मान गरेको । उनलाई पोखरा यातायात प्रालिले स्थापना गरेको सडक यातायात व्यवसायी पत्रकारिता पुरस्कार २०८२ बाट सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी संयोजक केदार पौडेल, पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रंसाद गुरुङ, नेपाल पत्रकार पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल लगायतले. सम्मान गरेका हुन् । पुरस्कारको राशि सम्मापत्र, दोसल्ला र नगद २५ हजार रहेको छ ।
पोखरा महानगरपालिका वडा नम्बर २४ कास्कीकोटमा जन्मेका गिरीले २०६० सालदेखि पत्रकार सुरु गरेका हुन् । पोखरा हट्लाइन दैनिक, गोरखापत्र दैनिक, रेडियो गोर्खाली, पोखरा एफएम लगायत आधा दर्जन सञ्चार माध्यममा काम गरिसकेका गिरी हाल सफल न्युज डटकमको कार्यकारी सम्पादक र सफल न्युज सम्ताहिकको प्रकाशक सम्पादकको रुपमा कार्यरत छन ।
प्रेस क्लब गण्डकीका अध्यक्षसमेत रहेका गिरी खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्वअध्यक्ष, प्रेस चौतारी कास्कीको पूर्वकोषाध्यक्ष, नेपाल पत्रकार महासंघ कास्कीको पूर्वसदस्य हुन् । कार्यक्रममा बोल्दै सम्मानित पत्रकार गिरीले पुरस्कारले आफूलाई उर्जा र हौसला थप्नुका साथै पेशाप्रति थप जिम्मेवार बनाएको बताए ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल संयोजक, पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरुङ र प्रबन्ध सञ्चालक देवीप्रसाद कुँइकेल सदस्य रहेको प्रतिभा छनोट समितिले गिरीलाई पुरस्कृत गर्न सिफारिस गरेको थियो ।
पोखरा, १९ भदौँ ।
पोखरा छोरेपाटनमा रहेको पाताले छाँगो निजी कम्पनीलाई ठेक्कामा दिने विषय विवादित बनेको छ । पोखरा महानगरपालिकाले सीसाको पुललगायत संरचना निर्माणका लागि सेती क्यानोनिङ प्रालिसँग ४० वर्षको सम्झौता गरेपछि यसलाई लिएर स्थानीय, विद्यार्थी संगठन र महानगरबीच विवाद चुलिएको छ ।
सीसाको पुललगायत संरचना निर्माण गर्न जिम्मा पाएको कम्पनीले बिहीबार बिहान राखेको सार्वजनिक सुनुवाइ विभिन्न पार्टीका विद्यार्थी नेता, स्थानीयको विरोधले बिथोलिएको थियो । यो विषय लम्बिँदै जाँदा नेपाल विद्यार्थी संघका नेता निर्दोष विक्रम पौडेललगायतमाथि खुकुरी प्रहार भएको छ । वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी काअनुसार खुकुरी प्रहार गर्ने बंशसिंह खवास प्रक्राउ परेका छन् भने पौडेललाई उपचारका लागि अस्पताल लगिएको थियो ।
हप्तादिन अगाडि पनि सार्वजनिक सुनुवाई बिथोलिएको थियो । बिहीबार ठेकेदार तथा महानगरका पक्ष र निर्माण गर्न दिन नहुने दुबै पक्षबाट ठूलो संख्यामा युवाहरू उपस्थित भएका थिए । कार्यक्रममा खुकुरीसहित युवाहरू उपस्थित भएको खुलेको छ । प्रहरीले खवासलाई खुकुरीसहित पक्राउ गरेको हो ।
कार्यक्रम सुरू भएलगत्तै विभिन्न विद्यार्थी संगठनका नेता र स्थानीले सीसाको पुल निर्माणको विपक्षमा नाराबाजी गरेका थिए भने कुनै पनि हालतमा योजना अगाडि बढाउन नदिने चेतावनी दिएका थिए । विवाद बढ्दै गएपछि मेयर धनराज आचार्य कार्यक्रमस्थलबाट हिँडेका थिए । मेयरले जवाफ नदिइ भागेको भन्दै नाराबाजी र विरोध गरेका थिए ।
ठेक्का पाएका सेती क्यानोनिङका सञ्चालक कर्केन गुरूङले आफूले लगानी गर्न लागेको, अदालतले पनि आफ्नो पक्षमा फैसला गरेको र स्थानीयको माग पनि सम्बोधन गर्ने बताउँदै कार्यक्रम समापन गरे पनि विवाद कायमै थियो । कार्यक्रम सकिइसकेपछि विरोध गर्ने विद्यार्थीमाथि खुकुरी प्रहार भएको हो ।
निवर्तमान मेयर मानबहादुर जिसी नेतृत्वको कार्यपालिका बैठकको कार्यकालको अन्तिममा पातले छाँगो, मोरेखहरे घाट सहित सेती खोंच, रामघाट ३५ देखि ४० वर्षसम्मका लागि ‘सार्वजनिक निजी साझेदारी’ अन्तर्गत ‘सेती क्यानोनिङ प्रालि’ नामक निजी कम्पनीलाई दिने निर्णय गरेको थियो । ठेक्का पाएको कम्पनीले बिहीबार बिहान सार्वजनिक सुनुवाइ कार्यक्रम राखेको हो ।
वर्तमान मेयर धनराज आचार्य नेतृत्वको १७औं कार्यपालिका बैठकले पुरानै निर्णय सदर गरेको थियो । १७औं कार्यपालिका बैठक ३ वैशाखमा बसेको थियो, तर महानगरले पुरानो निर्णयलाई सदर गरेर ठेक्का दिने निश्कर्ष निकालेको थियो । पाताले छाँगो एउटा कम्पनीलाई ४० वर्षका लागि सुम्पिन नहुने, महानगरले घाटा खाएर ठेक्का दिन लागेको भन्दै लामो समयदेखि विवाद हुँदै आएको छ ।
कार्यपालिकाको निर्णय अनुसार महानगरले सेती क्यानोनिङसँग १४ साउन २०७८ मा सम्झौता समेत गरेको थियो । सम्झौतापत्रमा तत्कालीन महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बराल र सेती क्यानोनिङका अध्यक्ष कर्केनकुमार गुरुङ छन् । गुरूङले ६५ करोड लगानी गर्ने सम्झौतामा छ ।
अहिलेसम्म पातले छाँगोको सम्पूर्ण आम्दानी छोरेपाटन माविले संकलन गर्दै आएको थियो । महननगरले गत सालदेखि आफैंले शुल्क उठाउँदै आएको छ र विद्यालयलाई ३ करोड महानगरले दिने बताएको छ । तर, स्वार्थ समूहसँग मिलेर घाटा खाएर पाताले छाँगो तथा पोखराकै सम्पदा ब्यापारीलाई सुम्पिन लागेको भन्दै विरोध हुँदै आएको छ ।
काठमाण्डौँ, १९ भदौँ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सन्जाललाई सरकारले आजैबाट बन्द गर्ने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले सो निर्णय गरेको हो ।
२०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो । त्यसलाई बेवास्ता गरेपछि सरकारले सामाजिक सन्जाल निष्कृय बनाउने निर्णय गरेको हो ।





