२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

स्याङ्जा को अर्जुनचौपारी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न पोखरामा घुम्ती शिविर गरेको छ । पालिकाभित्रका नागरिकहरु जहाँ बसोबास गरेपनि सेवा पाउनुपर्छ भन्ने उद्देश्यले गत मंगलबारदेखि चार दिन पोखरा पृथ्वीचोकमा सामाजिक सुरक्षा भत्ता नवीकरण घुम्ती शिविर गरिएको हो ।

ज्येष्ठ नागरिकको सहजताका लागि पोखरामा गरिएको घुम्ती शिविरबाट २०४ जनाले लाभ पाएको गाउँपालिकाले जनाएको छ । शिविरबाट पोखरा बस्दै आएका अर्जुनचौपारी गाउँपालिका वडा नं.१ का १०, वडा नं.२ का २९, वडा नं.३ का २६, वडा नं ४ का ३३, वडानं.५ का २९ र वडा नं. का ७७ जना लाभान्वित भएका हुन् ।

पालिका अध्यक्ष प्रकाश तिवारीले वडा कार्यालयसम्म पुग्न कठिनाइ हुने अशक्त, अपाङ्ग र वृद्धवृद्धालाई लक्षित गरी पोखरा सेरोफेरोमा बस्दै आएका सामाजिक सुरक्षा भत्ताका लाभग्राहीलाई गाउँपालिकाले पोखरामै पुगेर सेवा दिने व्यवस्था मिलाएको बताए । गाउँपालिकाबाट वडा अध्यक्षसहित पञ्जिकरण शाखाका कर्मचारी खटाएर पोखरामै पुगेर नवीकरणको काम गरेको तिवारीले बताए ।

तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सवलाई बीवाईडीको साथ बीवाईडीले महोत्सवलाई सम्पन्न गर्न मुख्य प्रायोजन गर्ने
पोखरा ३१ साउन नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा आयोजना हुने तीज महोत्सवलाई विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीले साथ दिने दिने भएको छ ।

टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजनामा आउदो ६ देखि १५ भाद्रसम्म संचालन हुने तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ लाई बीवाईडीले मुख्य प्रायोजन गरि साथ दिने भएको हो । मुख्य प्रायोजनका गर्ने सम्झौता पत्रमा आयोजक केन्द्रकातर्फबाट अध्यक्ष भानुभक्त अधिकारी र बीवाईडीका तर्फबाट पोखरा शाखा प्रमुख निराजन खनालले हस्ताक्षर गरेका थिए ।

सम्झौता पछि प्रमुख खनालले बीवाईडीले पर्यटकीय नगरि पोखरा महानगरपालिका वडा नम्बर १० स्थित बुद्ध चोकमा थ्रीएस (सेल्स, सर्भिस र स्पेयर) सुविधा सहितको आफनो नयाँ सोरुम शुक्रबारदेखि संचालनमा ल्याएको जानकारी दिए । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा. लि. ले पोखरामा आफनो २० औ सोरुम संचालनमा ल्याएको उनले बताए । नयाँ सोरुम स्थापना सगै नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजकाको अवसमा आयोजना हुने महोत्सवमा जोडिन पाउदा खुसी लागेको उनले बताए ।

आयोजक केन्द्रका अध्यक्ष अधिकारीले महोत्सव सम्पन्न गर्न बीवाईडी जस्तै व्यवसायिक संस्थाको साथ आवश्यक रहेको बताएका थिए । महोत्सव सम्पन्न गर्न साथ दिएकोमा बीवाईडीलाई केन्द्रको तर्फबाट उनले धन्यवाद समेत दिए । ऐतिहासिक टँुडिखेलको संरक्षण, परम्परागत नेपाली कला संस्कृतीको संरक्षण, महिला दिदी–बहिनीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी, नृत्य र संगीत मार्फत महिला सशक्तिकरणमा टेवा पुर्याउने, तीजलाई भड्किला नभई मौलिक तीजको रुपमा विकास गर्ने, लोपउन्मुख संस्कृतिको जगेर्ना, अन्तरनिहित प्रतिभाको लागि स्थान र वातावरण उपलब्ध गराउने, सस्कृतिक, खेलकुद तथा ज्ञानवद्र्धक एवम् मनोरञ्जनात्मक कार्यक्रम संचालन, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धना टेवा पुर्याउने, इन्द्रेणी एकेडेमीमा रहेका बालबालिकाहरुको समग्र स्तर उन्नति गर्ने, निर्माण सम्पन्न इन्द्रेणी आवाशिय क्रियाकर्म भवनलाईलाई सुविधासम्पन्न बनाउने, शव यात्रा वाहन सञ्चालन गर्ने लगायतका उदेश्य सहित महोत्सव आयोजना गर्न लागिएको बताए ।

१० दिने महोत्सवमा मौलिक तीजगीत प्रतियोगिता (आमा समूहगत), खुल्ला एकm नृत्य प्रतियोगिता, परम्परागत सिप ढिँकी जातो प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता समेत संचालन हुनेछन् । यसै गरि मेलामा दैनिक उपभोग्य सामान, कृर्षि, हस्तकला, बैक तथा वित्तिय सस्था, लत्ता कपडा, रेष्टुरेन्ट लगायत विभिन्न स्टलहरु सगै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती सगै वाल उद्यान रहनेछन् । महोत्सव स्थलमा व्यापारिक स्टल, रेष्टुरेन्ट, वाल उद्यान निमार्णको काम धमाधम भै रहेको छ । महोत्सवमा एक सय ५० व्यापारिक र १२ रेष्टुरेन्टका स्टल रहने छन् । व्यापारिक र रेष्टुरेन्टका सम्पुर्ण स्टलहरु बुकिङ भै सकेको अध्यक्ष अधिकारीले जानकारी दिए ।

आयोजक केन्द्रका उपाध्यक्ष एंव अर्थ संकलन उपसमितिका संयोजक निरज विक्रम राणाका अनुसार महोत्सव संचालनका लागि ६९ लाख आम्दानी, ६४ लाख ५० हजार खर्च, चार लाख ५० हजार बचत हुने अनुमान रहेको र बचत रकम विभिन्न सामाजिक काममा खर्च गरिने जानकारी दिए ।

र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा कर्णालीको चर्चा चलाएको छ । माधव चौलागाईँको कृति ‘सपादलक्ष कर्णाली’ को सापेक्षमा कर्णालीका जीवनशैली, संस्कृति, भाषा, भूगोल र अर्थराजनीतिको चर्चामा सहभागीहरू जुटेका थिए ।

सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा कृतिको चर्चा गर्दै परिचर्चाकार भावना पोखरेलले कर्णाली विकासका दृष्टिले कमजोर देखिए पनि बहसका सवालमा दरिलो भएको धारणा राखिन् । “भौगोलिक दुर्गमता र राज्यको दीर्घकालीन उपेक्षाका कारण विकासको गति सुस्त देखिए पनि कर्णालीप्रतिको जनआकर्षण बढ्दो छ” पोखरेलले भनिन्, “विशेष गरी पहाडे खसभाषीहरूको भाषिक र सांस्कृतिक जरोकिलो जोडिएको खस सभ्यताको मुहान सिँजा उपत्यका रहेको कर्णाली क्षेत्र हरेक नेपालीका लागि पितृभूमि र सांस्कृतिक अवचेतनको आधारशिला हो ।”

बुद्धिजीवी र लेखकहरूको नयाँ पुस्ताले कर्णालीलाई अन्धकारबाट उज्यालोतर्फ ल्याउने कार्यमा आफ्नो सिर्जनशीलता अर्पण गरिरहेको उनको भनाइ थियो । जुम्लामा जन्मेका लेखक माधव चौलागाईँको ‘सपादलक्ष कर्णाली’ लाई इतिहास, स्मृति र सम्भावनाको सशक्त दस्तावेज रूपमा पोखरेलले चित्रण गरिन् । तीन खण्डमा विभाजित कृतिलाई उनले ‘अग्र्यानिक स्वाद’ को कृतिका रूपमा व्याख्या गरिन् । कर्णालीप्रति चासो राख्ने पाठकहरूका लागि यो उपयुक्त कृतिका रूपमा सिफारिस गर्दै उनले यो कृति आम जनता, नेता र राज्यलाई समाजप्रति उत्तरदायी बनाउने दस्तावेज भएको विचार राखिन् ।

लेखक माधव चौलागाईँले हरेक क्षेत्रको दुर्गम ठाउँलाई ‘कर्णाली’ भनिदिने चलनप्रति विमति राख्दै कर्णालीको विम्ब फेरिनुपर्ने जिकिर गरे । उनले कर्णाली सम्भावनाहरूको खानी भएको धारणा राखे । कर्णाली भनेको साविकको कर्णाली अञ्चल वा अहिलेको कर्णाली प्रदेश मात्र नभई समग्र कर्णाली सभ्यता भएको बताए । वर्तमान सङ्घीय संरचनामा पनि कर्णालीका नाममा विनियोजित बजेटको दुई तिहाइ हिस्सा कुनै निश्चित जिल्लामा मात्र सीमित हुनु सङ्घीयताको मर्मविपरीत हुने तर्क राख्दै त्यसप्रति सबै सचेत हुनुपर्नेमा जोड दिए । कर्णालीका संस्कृति, भूगोल र भाषासम्बन्धी आफ्ना विचारहरू राख्ने क्रममा कृति जन्मिएको उनको भनाइ थियो ।

कार्यक्रममा साहित्यकार सरुभक्तले आफू कर्णाली जाँदको अनुभव सुनाउँदै कर्णाली हिजो जस्तो आज नभएको र आजभन्दा भोलिका दिनमा थप विकसित हुँदै जाने अपेक्षा राखे । उनले कर्णालीका विषयमा लेखिएका कृतिहरूको लामो फेहरिस्त तयार पार्न सकिने भए पनि लेख्न सकिने विषय प्रशस्त भएको बताए । ‘सापदलक्ष कर्णाली’ ले कर्णालीबारे महŒवपूर्ण जानकारी दिने प्रतिक्रियासमेत दिए ।

मेघनाथ कुँवर, सुरेश रानाभाट, विद्याविमल बराल, डिल्लीप्रसाद ढुङ्गाना, रेशम गिरी, रोशन तलिगोठ्याल, खिम लामिछाने, डा. रामचन्द्र बराल, भानुभक्त पोखरेललगायतले टिप्पणी गरेका कार्यक्रमको सञ्चालन सचिव नेपालप्रकाश अधिकारीले गरेका थिए । सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै कृति वा विषयमाथि बौद्धिक बहस गर्दै आएको छ ।

काठमाण्डौ – कारागार व्यवस्थापन विभागले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला कारागारबाट नक्खु कारागारमा स्थानान्तरण गरेको छ । हिजोको निर्णय अनुसार लामछिानेलाई केहीबेरअघि काठमाण्डौ ल्याएको विभागले जनाएको छ ।

रुपन्देहीको कारागारमा लामिछानेलाई नाजुक अवस्थामा राखेको भन्दै विरोध भएपछि विभागले स्थानान्तरण गरेको हो । लामिछानेले तीन महिनाअघि नै आफूलाई नख्खुमा स्थानान्तरण गर्न अनुरोध गर्नुभएको थियो । पछिल्लो हप्ता सञ्चार माध्ययमहरुमा रवि लामछिानेलाई सामान्य सुविधा पनि नदिएको, समाचार पढ्न र भेटघाट गर्न रोकेको जस्ता विषय सार्वजनिक भए पनि राष्ट्रिय मानव अधिकार आयोगको टोलीले अनुगमन गरेको थियो ।

आयोगले लामिछानेले जेलमा आधारभूत मानव अधिकार उपभोग गर्न नपाएको बताएपछि सरकारलाई दबाब परेको हो । यस्तै रुपन्देहीमा उपचुनावको प्रचारप्रसार समेत शुरु भएकोले पनि सरकारले लामिछानेलाई स्थानान्तरण गरेको हुनसक्ने राश्वपाले जनाएको छ ।

कारागार प्रशासनले रुपन्देहीमा जेलको पूर्वाधार, सुरक्षा चुनौती र कैदीबन्दीको चापका कारण लामिछानेलाई उचित सुविधा दिन नसकिएको दाबी गरेको थियो । तर नक्खु कारागारमा पनि क्षमताभन्दा धेरै कैदीबन्दी छन् । नख्खुमा सुविधा केही फरक हुन सक्ने कारागार व्यवस्था विभागका महानिर्देशक लीलाप्रसाद शर्माले बताउनुभएको छ ।

रुपन्देहीको सूप्रीम बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलनमा लामिछानेविरुद्धको मुद्दा रुपन्देही जिल्ला अदालतमा विचाराधीन छ । त्यही मुद्धामा लामिछाने पूर्पक्षका लागि थुनामा रहनुभएको हो ।

तीनवटै तहका अदालतमा पुनरावेदनको ढोका बन्द भएपछि लामिछानेले मुलुकी अपराध कार्यविधि संहिताको अर्को व्यवस्थाअन्तर्गत आफूलाई थुनामुक्त गर्न एक हप्ताअघि निवेदन दिनुभएको थियो । रुपन्देही जिल्ला अदालतले गएको हप्ता उहाँको पछिल्लो निवेदन अनुसार थुनामुक्त गर्न अस्वीकार गरेको छ । लामिछानेको दल रास्वपाले राज्यले प्रतिशोध साँधेर मुद्दा चलाएको दाबी गर्दै आएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।