
पोखरा, २९ भदौ ।
जेनजीको प्रदर्शनका क्रममा प्रमुख प्रशासकीय भवन जलेर नष्ट भएपछि पोखरा महानगरले अन्यत्रैबाट सेवा दिने भएको छ ।
महानगरले असोज १ गतेदेखि कार्यालय सञ्चालनको घोषणा यसअघि नै गरिसकेको छ भने अन्यत्रैबाट सेवा दिने भएको छ ।
कुन सेवा कहाँबाट हुँदैछ :

पोखरा, २९ भदौ ।
पोखरा उद्योग वाणिज्य संघले मुलुकको दिगो शान्तिको कामना एवं व्यावसायिक सुरक्षाको प्रत्याभूतिका निम्ति पोखरामा बृहत शान्ति ¥यालीको आयोजना गर्ने भएको छ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण काकीको अध्यक्षतामा आइतबार बसेको बस्तुगत संघ÷संस्थाका अध्यक्ष एवं प्रतिनिधिसहितको बैठकले यही भदौ ३१ गते मंगलबार बिहान मौन शान्ति ¥यालीको आयोजना गर्न लागेको हो ।
बिहान ७ः३० बजे संघको सचिवालय गैह्रापाटनबाट सुरु हुने मौन ¥याली जेनजी आन्दोलनको क्रममा दिवंगत भएका आत्माको चीरशान्तिको कामना,देशमा भएको अशान्तिको समूल नष्ट एवं व्यावसायिक वातावरण निर्माणका निम्ति भएको संघका अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए । अध्यक्ष कार्कीका अनुसार शान्ति ¥याली मौन प्रकृतिको हुने छ ।
‘ आन्दोलनको क्रममा ठूलो जनधनको क्षति भएको छ । व्यावसायिक प्रतिष्ठानहरुमाथि भएको आक्रमणबाट अरबौं क्षति पुगेको छ । हामी पुनः उठ्नु छ तर शान्ति बिना व्यावसायिक वातावरण निर्माण हुन सक्दैन, आत्मबल बढ्दैन,शान्ति ¥याली यी दुवै कामका निम्ति हो,’अध्यक्ष कार्कीले भने ।
सुरक्षाप्रति सचेत हुन आग्रह
यसका साथै संघले उद्योग र व्यावसायिक प्रतिष्ठानमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै विषम परिस्थितिमा धैर्य नगुमाउन र संयमित हुन उद्योगी÷व्यवसायीहरुमा आग्रह पनि गरेको छ । संघका महासचिव शोभा गौतमद्वारा आइतबार जारी अपिलमा आन्दोलनका नाममा भएको तोडफोड,आगजनी र लुटपाटका घटनामा संलग्नहरुको एवं कारवाहीको माग गरिएको छ भने पोखरामा भएको क्षतिको विवरण संघलाई उपलब्ध गराइदिन आग्रह पनि गरिएको छ । उद्योगी÷व्यवसायीबाट प्राप्त हुने विवरण दोषीलाई कारवाहीको दायरामा ल्याउन तथा क्षतिपूर्तिका लागि आवश्यक कानूनी प्रक्रिया अपनाउँदा उपयोग गरिने महासचिव गौतमले बताइन् ।
अपिलमा प्रधानमन्त्री सुशीला कार्कीबाट शान्ति–सुरक्षा बहालीप्रति व्यक्त चासोको सह्राना गर्दै अगाडि भनिएको छ,‘ सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीबाट व्यावसायिक प्रतिष्ठानमा भएको आक्रमणप्रति दुःख व्यक्त भएको छ । उठ्नै नसक्ने अवस्थामा पुगेका र लुटिएका व्यवसायीहरुलई माथि उठाउन सहयोग प्रदान गर्ने सम्माननीय प्रधानमन्त्रीज्यूबाट भएको घोषणाको हामी स्वागत गर्दछौँ ।’
पोखरा उद्योग वाणिज्य संघले कारागारबाट ठूलो संख्यामा अपराधीहरु भागेको तथ्यलाई मनन गर्दै हामी आफ्नो र व्यावसायिक प्रतिष्ठानको सुरक्षाप्रति संवेदनशील एवं सर्तक बन्न आग्रह गर्दै स्थानीय प्रशासन,टोल विकास संस्था,युवा क्लब र आमा समूहसँगको सहकार्य व्यक्ति, समुदाय र व्यवसायको सुरक्षाका निम्ति प्रभावकारी हुने स्मरण पनि गराएको छ ।
उपभोग्य सामग्रीको सहज आपूर्तिको आग्रह
संघले आम उपभोक्तालाई सहज र सुपथ मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउन व्यवसायीहरुसँग आग्रह गर्दै देखिने गरी मूल्य सूची टाँस्नुपर्ने कानूनी व्यवस्थाको स्मरण पनि गराएको छ । यस्तै जेनजी आन्दोलनको क्रममा युवाहरुको ज्यान जाँदा, व्यावसायिक प्रतिष्ठानमाथि भएको तोडफोड,लुटपाट र आगजनीबाट अरबौंको क्षतिप्रति दुःख व्यक्त गर्दै संघले यसअघि नै तय गरिएको दशैंको शुभकामना आदान– प्रदान कार्यक्रम आयोजना नगर्ने निर्णय गरेको पनि महासचिव गौतमको भनाइ छ ।
पोखरा, २९ भदौ ।
प्राज्ञ नगेन सिंहले २१ वर्ष अघि बनाएको ‘नेपालमा नारीको शासन’ नामको कलाकृतिले यतिखेर चासो र चर्चा कमाएको छ । २०६१ सालमा काठमाडौंको ललितकला क्याम्पसमा बिएफए कम्पोजिसन कक्षामा पानी रङमा बनाइएको यो चित्रले बर्तमानको राजनीतिक परिवेशलाई जीवन्त चित्रण गरेको हो ।यस चित्रलाई तत्कालीन समयमा ठूलो क्यान्भासमा बनाउन प्राज्ञ सिंहलाई गुरु गोविन्दलाल डंगोलले भनेसँगै उहाँले तयार गर्नुभएको हो ।
“राजाको सक्रिय शासनकाल तत्कालीन समयमा दिनदिनै जस्तो आन्दोलनहरू भईराख्थ्यो”, उहाँले भन्नुुभयो, “रत्नपार्कमा त्यो आन्दोलनहरूको क्षणहरू हेर्दा कताकता मेरो मनमा यदी पुरुषहरु शान्त भएर सुत्ने र नारीको नेतृत्वमा शासन भयो भने यो सुन्दर शान्त नेपाल हुन्छ भन्ने मनमा लाग्यो र यो कलाकृति तयार बनाए । ”जम्मा २ फिट ४ इन्च बाइ ५ फिट १० इन्चमा ऐकलेरिक रंगले आँफूले कलाकृति बनाएको बताउँदै उहाँले यसलाई आफ्नो चौथो एकल प्रदर्शनी “माई रिजेक्टेड आर्ट” मा प्रदर्शन गरिएको जानकारी दिनुुभयो ।
तत्कालीन समयमा नेपालमा पहिलो पटक टिकट सिस्टममा रु ५ को टिकेट किनेपछि मात्रै हेर्न पाइने त्यस प्रदर्शनीको स्मरण गर्दै उहाँले ‘नेपालमा नारीको शासन’ शीर्षकमा यो कलाकृतिलाई प्रदर्शनमा राखिएको अनुभव सुनाउनुभयो । त्यस समयमा चित्र हेर्ने साथीभाइ, पत्रकार, कलाकार एवम् दर्शकहरुले यो सम्भव होला र भन्दै आँफूँलाई के हाइपोथेटिक काम गरेको भनेर भनेको आजै जस्तो लागिरहेको बताउँदै उहाँले २०६१ सालमा बनाएको यो कलाकृति २०८२ सालमा आएर सार्थक बनेकोमा आफैं दंग परेको अनुभव सुनाउनुुभयो ।
“भनिन्छ नि कलाकार अघोषित सांसद हो भनेर, हामी कलाकारको दृष्टि पनि साँच्चै नै हुने रहेछ भन्ने यो ज्वलन्त उदाहरण हो.”, उहाँले थप्नुुभयो, “ भएको दृष्यहरू मात्र होइन भविष्यमा हुने दृष्यहरूको पनि क्यानभासमा उतार्न सकिँदो रहेछ र त्यसैले अन्ततः पूर्णता पनि पाउँदो रहेछ भन्ने कुरा यो कलाकृतिले छर्लङ्ग पारेको छ, मैले यसबाट आफूँप्रति पनि गौरव महसुस गरेको छु ।”
‘जय कला क्रान्ति !!! विश्वमा छाओस् शान्ति !!!’ भन्ने आदर्श वाक्यका साथ विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महा अभियानमा ‘नेपाल यात्रा पुस्तक’ प्रकाशन गरी २०८७ सालमा देशमा एक करोड विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ सिंह निरन्तर लागिरहनुभएको छ ।उहाँको यो ‘नेपालमा नारीको शासन’ शीर्षकको कलाकृति हाल विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महा अभियानको सम्पर्क कार्यलय पोखरा महानगरपालिका वडा नं ८ न्यूरोड मा अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको छ





