
पोखरा, ३१ भदौ ।
काठमाण्डौंका वाङचु तामाङले दोस्रो संस्करणको नेपाल खुला स्नूकर प्रतियोगिता–२०८२ को उपाधि जितेका छन् । खेलकुदको शहर पोखरामा आज (मंगलबार) सम्पन्न भएको फाइनल खेलमा तामाङले काठमाण्डौंकै फुर्वा दोर्जे शेर्पालाई ६–४ को सेटमा पराजित गर्दै उपाधि हात पार्न सफल भएका हुन् ।
वेष्ट अफ इलाभेनको आधारमा भएको फाइनल खेलमा जित हासिल गर्दै तामाङले नगद २ लाख २ हजार २ सय २ रुपैया साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता भएका शेर्पाले भने ८० हजार प्राप्त गरे । प्रतियोगितामा तामाङ र शेर्पाले समान ८१ ब्रेक गरी हाइएस्ट ब्रेकरको उपाधि बाडे । उनीहरुले नगद १०÷१० हजार पुरस्कार प्राप्त गरे ।
विजयी खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङ, कास्की बिलियार्ड स्नूकर तथा पुल संघका संस्थापक अध्यक्ष वसन्त गौचन, संघका बरिष्ठ उपाध्यक्ष राजु गुरुङ, उपाध्यक्ष खलि थापा, संघका महासचिव सविन जिसी, कोषाध्यक्ष धिर बहादुर लामा, खेलाडी होम नेपाली, प्रतियोगिताका संयोजक सोम बि.क. लगायतले पुरस्कार वितरण गरेका थिए । ड्यामसाइड क्लवका अध्यक्ष रमेश बराल सहितका अतिथिको कार्यक्रममा सहभागिता रहेको थियो ।
पोखरा ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोट्र्स बार प्रा.लि.को आयोजनामा र कास्की बिलियार्ड स्नूकर तथा पुल संघको विशेष सहयोगमा पुनः दोश्रो पटक उक्त प्रतियोगिता पोखरामा भदौं १७ गते देखि सुरु भएको थियो । पोखरा महानगरको प्रबद्र्धनमा संचालन भएको प्रतियोगितामा देशभरबाट १ सय ३६ जना खेलाडीको सहभागि भएको प्रा.लि.का संचालक प्रताप गुरुङले बताए ।
देशको विसम परिस्थिमा पनि उक्त प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्नुहुने प्रति उनले धन्यवाद समेत व्यक्त गरे । पोखरा–१७ ड्यामसाइडस्थित फाइनल स्कोर स्पोट्र्स बारमा भएको उक्त प्रतियोगिताले पोखराको खेल पर्यटन प्रबद्र्धनमा टेवा पुगेकोे संयोजक बि.क.ले बताए । जेनजी आन्दोलनका कारण प्रतियोगिता केही दिन स्थगित हुँदा भदौं २८ गते सकिने प्रतियोगिता ३ दिन लम्बिदै भदौं ३१ गते समापन भएको हो ।
पोखरा, ३१ भदौ ।
पोखरा उद्योग वाणिज्य संघले मुलुकको दिगो शान्तिको कामना एवं व्यावसायिक सुरक्षाको प्रत्याभूतिका निम्ति पोखरामा बृहत शान्ति ¥यालीको आयोजना गरेको छ ।
संघका अध्यक्ष गोकर्ण कार्कीको नेतृत्व तथा संघसँग आवद्ध विभिन् बस्तुगत संघ÷संस्थाका अध्यक्ष एवं प्रतिनिधि,उद्योी÷व्यवसायीहरुको मौन शान्ति ¥याली बिहान संघको सचिवालय गैह्रापाटनबाट सुरु भएको थियो ।
मुखमा सेतो पट्टी बाँधेर निस्केको व्यवसायीहरुको ¥यालीले पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुल,चिप्लेढुंगा,न्यूरोड हुँदै पृथ्वीचोकमा गएर समापन भएको थियो । ¥याली जेनजी आन्दोलनको क्रममा दिवंगत भएका आत्माको चीरशान्तिको कामना,देशमा भएको अशान्तिको समूल नष्ट एवं व्यावसायिक वातावरण निर्माणका निम्ति भएको संघका अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए ।
पोखरा, ३१ भदौँ ।
नियात्रा समाज नेपालको केन्द्रीय सदस्यमा नियात्राकार तिलक प्रसाद पुन ‘पुर्जा’ चयन भएका छन् । समाजको रिक्त केन्द्रीय सदस्य पदमा पोखराका नियात्राकार पुर्जालाई चयन गरिएको हो ।
भदौ तेस्रो साता काठमाण्डौंमा बसेको संस्थाको केन्द्रीय समिति बैठकले उनलाई मनोनित गरेको जनाइएको छ । उनका पाँचवटा पुस्तकहरु प्रकाशित छन । जसमध्ये वस्तिभित्र र साइनो नामका पुस्तकहरु नियात्रा संग्रहहरु हुन् भने लोकलहरी (संयुक्त सम्पादन), लोक संस्कृतिका सुसेलीहरु तथा नेपाली सुरकर्मी र सिर्जना उनका प्रकाशित पुस्तक हुन् ।
उनी तीन दशकदेखि पोखरामा रहेर रिपोर्टिग र स्तम्भलेखन मार्फत पत्रकारितामा पनि सक्रिय छन् । कलासंस्कृति, साहित्य, इतिहास, समाजशास्त्र, पर्यटन, जैविक विविधता, वातावरण, भ्रमण, फोटोग्राफी र समाजसेवामा रुचि राख्ने उनका सिर्जनामा ग्रामिण जनजीवनको चित्रण पाइने गरेको छ ।
उनले पछिल्लो समय नियात्रा विधा साहित्यको लोकप्रिय विधाका रुपमा स्थापित हुँदै गएको बताए । नेपालीहरुमा घुम्ने संस्कृति विकसित हुँदै गएको भन्दै घुमेर आएपछि आफूले अनुभूत गरेको कुरालाई अभिव्यक्त गर्न पनि नियात्रा साहित्य महत्वपूर्ण माध्यम बनिरहेको उनको भनाइ छ ।
नेपालका लोकप्रिय साहित्यकारहरुले विस २०७२ सालमा नियात्रा समाज नेपालको स्थापना गरेका हुन् ।
काठमाडौं, ३१ भदौ ।
जेन जी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा मंगलबार गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका हुन् ।
मृतकका परिवारका सदस्य र आफन्तहरूले शवयात्रासहित शव आर्यघाट पुर्याएका थिए । भने सुरक्षा निकायले सलामीसहित सम्मान पनि गरेको छ ।
सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र राष्ट्रिय शोक स्वरुप असोज १ गते सार्वजनिक बिदा दिने लगायतका निर्णय गरेको थियो ।
पोखरा, ३१ भदौ ।
जेन जी आन्दोलन पछि प्रधानमन्त्री बन्ने चाहना व्यक्त गर्दै काठमाडौं आएका धरान महानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री बन्न नाएपछि निरास हुँदै धरान फक्रिए । उनी धरान फक्रिए तर काठमाडौंका मेयर बालेन साहलाई लगातार तारो बनाइरहेका छन् ।
जेन जी आन्दोलनपछि बाहिर नदेखिएको भन्दै धरानमा मेयर हर्कले निरन्तर फेसबुकमार्फत बालेनलक्षित स्टाटस पोस्ट गरिरहेका थिए ।
त्यसैको जवाफमा बालेनले आफूलाई जति गाली गरे पनि मेयर हर्कलाई माया गर्न नछाड्ने उल्लेख गरेका छ्न ।
‘डियर हर्क साम्पाङ’ सम्वोधन गर्दै बालेनले लेखेका छन्, ‘तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।’
‘म तिमीलाई एकतर्फी माया गर्न छाड्दिनँ’ भन्दै बालेनले अगाडि लेखेका छन्, ‘यू आर माइ ट्रु लभ’ ।
बालेनको स्टेटस जस्ताको तस्तै : डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।
You are my true love.
काठमाडौंबाट धरान फिरेपछि आज भएको पत्रकार भेटघाटमा पनि उनको अभिव्यक्ति बालेन लक्षित थियो । उनले अपुष्ट आरोप लगाउँदै बोलेका थिए, ‘यो सरकार गठनमा एकजना गेमर छ । त्यही गेमरले जेनजी आन्दोलनमा भएको सम्पूर्ण क्षति र हत्याको जिम्मा लिनुपर्छ ।’
हर्कले स्टेटसमा लेखेका छन् – ‘लुकेर बस्ने र लुकेर खेल्नेलाई गेमर भनिन्छ ! लिडर भनिदैन !’
हिजो मात्रै हर्कले एउटा स्टाटस लेखे, ‘चानचुने नठान्, सक्छस् भने प्रत्यक्ष कार्यकारी प्रमुखको चुनाव गरा । हारेँ भने तेरो घरमा एक वर्ष नोकर बस्छु । तँ हारिस् भने मेरो घरमा सिर्फ एक महिना हली बस् । सक्छस् ?’
पोखरा, ३१ भदौ ।
बैंक तथा वित्तीय संस्थाले असोज महिनाका लागि नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन् । विवरण अनुसार २० वाणिज्य बैंकहरूमध्ये साधारण मुद्दती निक्षेपमा बैंकहरूले न्यूनतम २.७५ प्रतिशतदेखि अधिकतम २.८० प्रतिशतसम्म ब्याजदर तोकेका छन् ।
संस्थागत मुद्दतीका लागि एक वर्षभन्दा माथिको अवधिका लागि भने बैंकहरूले धेरै ब्याजदर अफर गरेका छन् ।
समिक्षा श्रेष्ठ
भदौ ३१ ,पोखरा।
पोखरा महानगरपालिका वडा न ५ धर्मस्थली (ख ) टोलमा गोबिन्द केसीको नेतृत्वमा धर्मस्थली सुरक्षा सचेतना समिति गठन भयको छ। अध्यक्ष गोबिन्द केसी ,सचिव इन्दिरा भट्टराई सहितको १७ सदस्यीय सुरक्षा सचेतना समिति गठन गरियको हो ।
चाडवाड नजिकिदै गर्दा टोलमा उत्पन्न हुने सुरक्षा खतरालाई मध्यनजर गर्दै उक्त समिति गठन गरियको हो। टोल भित्र हुने जुन सुकै आपराधिक गतिबिधि चोरी ,डकैति लगायतका साना ठुला अपराध कसरि न्यूनीकरण गर्ने र आफु र आफ्नो घरलाई कसरि सुरक्षित राख्ने भन्ने सम्बन्धमा बिबिध सचेतनामुलक जानकारीहरु टोलवासिलाई प्रवाह गरिने समितिका अध्यक्ष गोबिन्द केसीले जानकारी दिए।देशमा भयको आन्दोलनले देशैभरका कारागार बाट कैदीहरु भागेका र प्रहरी चौकी र सुरक्षा निकाय समेत ध्वस्त भइ बिस्तारै आफ्नो लयमा आउने क्रममा भयपनी अहिलेको परिवेशमा प्रहरी प्रशासनले हरेक ठाउमा सुरक्षा दिन सक्ने अवस्था नरहेकाले टोल वासी आफै जागरुक हुनुपर्नेमा उनले जोड दिए। टोल भित्र स -साना गल्लीहरु रहेको र कतिपय ठाउका सडक बत्तिहरु मर्मत गर्नुपर्ने अवस्था रहेकाले उक्त बत्तिहरुलाई मर्मत सम्भार गर्ने र अध्यारो छेत्रलाई पनि उज्यालो बनाउन यो समितिले स्थानीय वासिन्दा सँग सहकार्य गर्दै उज्यालो टोल निर्माण गर्ने केसीले बताए।
त्यसै गरि चाडवाड लक्षित गरि टोल सरसफाइ अभियान पनि संचालन गरिने समितिका सदस्य पत्रकार दिपक पौडेलले जानकारी दिए। टोल भित्र रहेका पानि जम्ने खाल्डाखुल्डी ,झाडी ,ढल,सडक वरपर र आआफ्नो घरआगन वरपर सरसफाइ कार्यक्रम पनि यो समितिले संचालन गर्ने पौडेलले बताए। वडा न ५ डेंगु संक्रमणको उच्च जोखिममा समेत रहेकाले चाडवाडमा कोहि पनि बिरामी नहुन र स्वच्छ तरिकाले ढुक्क भयर चाडवाड मनाउने बातावरण सिर्जना गर्न यो समितिले उल्लेखनीय कार्य गरिनेमा पत्रकार पौडेलले बिस्वास ब्यक्त गरे।





