२०८२ फाल्गुन ३० शनिबार
२०८२ फाल्गुन ३० शनिबार

पोखरा, ४ भदौँ ।

लालीगुराँस एशोसियसन एल.जि. युकेको सहयोगमा सहारा एकेडेमीका बालकहरुलाई ट्रयाक सुट प्रदान गरिएको छ ।

एल. जि. एशोसियशन नेपालका संस्थापक एवम् एल. जि. फेष्ट कार्यक्रम युकेका संयोजक राजेन्द्र गुरुङ (कान्छा)को पहलमा युकेमा आयोजित एल.जि. फेष्टमा संकलित रकमबाट सामाजिक कार्य अन्तर्गत एल.जि. एशोसियशन नेपालका अध्यक्ष डम्मर जंग गुरुङको सहकार्यमा पोखरा १७ दोबिल्लामा रहेको सुर्यबहादुर केसी स्मृति सहारा आवसिय फुटबल एकेडेमीमा रहेका ३० जना बालकहरुलाई ट्रयाक सुट प्रदान गरिएको हो ।

सो अवसरमा वोल्दै एल. जि. एशोसियशन नेपालका अध्यक्ष डम्मर जंग गुरुङले एल.जि. एशोसियसनले एलजी फेष्टको आयोजना गरि सामाजिक कामहरु गर्दै आइरहेको सन्दर्भमा हालै युकेमा सम्पन्न एलजी फेष्टमा संकलित रकमबाट पोखराको सहारा एकेडेमी रहेको बालकहरुलाई ट्रयाक सुट वितरण गरिएको बताए ।

त्यस्तै एलजि एशोसियसनका वरिष्ठ सल्लाहकार सुनिल गुरुङले एल जि एशोसियनले स्वदेश तथा विदेशमा समेत संगठित भइ एलजि फेष्टको आयोजना गरि नेपालमा सामाजिक कामलाई निरन्तरता दिएकोमा धन्यवाद ब्यक्त गर्दै एलजिको सामाजिक काममा सधै साथ र सहयोग रहने प्रतिवद्धता ब्यक्त गरे । सो अवसरमा सहारा क्लवका अध्यक्ष केशवराज बरालले एल. जि. एशोसियशन पोखराका संस्थापक राजेन्द्र गुरुङ (कान्छा) लगायत सम्पूर्ण एल. जि. एशोसियशन परिवार प्रति धन्यवाद प्रकट गरे ।

सो अवसरमा एलजि एशोसियसनका सल्लहाकार चन्द्रमान गुरुङ, सन्तोष कार्की र सदस्य नसिव गुरुङ, संगम क्लब पोखराका पूर्व अध्यक्ष राजु गुरुङको उपस्थिति रहेको थियो भने क्लबको तर्फबाट अध्यक्ष केशबराज बराल, वरिष्ठ उपाध्यक्ष एवम् एकेडेमी संयोजक पूर्ण गुरुङ, पूर्व अध्यक्षहरु विक्रम थकाली, केशबबहादुर थापा, हरिराम गुरुङ, उपाध्यक्ष चित्रबहादुर पुन, कोषाध्यक्ष बिनु राना, कार्य समिति सदस्य अमर राजभण्डारी, एकेडेमी व्यवस्थापन समितिको सह संयोजक विश्वराज बराल, सदस्य लिलबहादुर थापाको उपस्थिति रहेको थियो ।

 

पोखरा, ४ असोज ।

पोखराको धार्मिक तीर्थस्थल विन्ध्यवासिनी मन्दिरमा नवदुुर्गा महोत्सव हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा यही असोज ६ गते घटस्थापनादेखि १५ गते महानवमीसम्म नवदुुर्गा महोत्सव सञ्चालन हुने समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा श्रीमद्देवी भागवत ज्ञान महायज्ञ सञ्चालन गरिने छ । यस अवधिमा प्रत्येक दिन बिहान ९ः०० देखि मध्याह्न १२ः ०० बजेसम्म महायज्ञ सञ्चालन हुनेछ । त्यस्तै सतचण्डी महानुष्ठान बिहान ६ः ०० देखि ९ः ००  बजेसम्म हुनेछ भने भजनकीर्तन अपराह्न २ः ०० देखि ४ः ०० बजेसम्म गरिने समितिले जनाएको छ ।

विजया दशमीको अवधिभर मन्दिरमा नित्य पूजा बिहान ४ः ०० देखि प्रारम्भ भई भक्तजनहरूको दर्शनका लागि मन्दिर ५ः ०० बजेदेखि खुला गरिनेछ । साथै प्रत्येक साँझ ६ः ०० बजे आरती गरिनेछ । महायज्ञका वाचकका रूपमा श्रीकृष्णनुरागी पण्डित पशुपति पौडेल रहने समितिले जनाएको छ ।

विजयादशमीको पावन अवसरमा २०६४ सालदेखि विध्यवासिनी नवदुर्गा महोत्सवको आयोजना गर्दै आइएको छ ।

मन्दिरमा २०५१ सालमा स्थापित विन्ध्यवासिनी गुरुकुल विद्याश्रममा कक्षा ६ देखि १० सम्म निःशुल्क आवासीय रूपमा अध्यापन हुँदै आएको छ ।

यसैगरी मन्दिरमा आउने ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति तथा गर्भवती महिला समेतको सुविधालाई ध्यानमा राखेर मन्दिरमा सहज पहुँचको व्यवस्थाका लागि लिफ्टको स्थापना गरिएको छ ।

पोखरा, ४ असोज ।

1दसैँ नजिकिएसँगै पोखरामा च्याङ्ग्रा भित्रिन थालेका छन् । चाडपर्व लक्षित गरी हिमाली जिल्लाहरूबाट व्यापारीहरूले च्याङ्ग्रा पोखरा ल्याएका हुन् ।

पोखरामा हरेक वर्ष दसैँलाई लक्षित गरेर मनाङ, मुस्ताङ तथा म्याग्दीका व्यापारीले भेडा च्याङ्ग्रा ल्याउने गरेका छन् । यस पटक ४६ हजार रुपैयाँमा छानेर च्याङ्ग्रा लिन पाइन्छ ।

खसी, बोका, राँगाको तुलनामा महँगो भए पनि चाडपर्वको समयमा च्याङ्ग्रा पोखरेलीको रोजाइमा पर्दै आएको छ । हिमाली जडीबुटी खाएर हुर्केका भेडा च्याङ्ग्रा वर्षमा एकपटक खानु पर्छ भन्ने पोखरेलीमाझ परम्परा जस्तै बनेको छ ।

हिमाली क्षेत्रको जडिबुटि खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदाजनक हुने भन्दै प्रायः उपभोक्ताहरुले भेडाच्याङ्ग्रा रोज्छन्। पोखरा ल्याइएका प्रति गोटा च्याङ्ग्रालाई व्यापारीले हाल ४५ देखि ५० हजारसम्म मूल्य बताएका छन्। व्यापारीहरुले पोखरा महानगरपालिका–१ स्थित पुरानो टुँडिखेलसँगै १ र २५ मा पर्ने पोखरा–बाग्लुङ राजमार्गको सडक किनारमा राखेर बिक्री वितरण गर्छन्।

यस वर्ष सबैतिरबाट गरी पोखरामा करिव १५ हजार बढी भेडा च्याङ्ग्रा आउने व्यापारीहरुको अनुमान छ। यस वर्ष १२ हजार हराहारीमा भेडा च्याङ्ग्राहरु पोखरा ल्याइने अनुमान गरिएको छ ।

हिमाली भेडा च्याङ्ग्रा खरिदका लागि पोखरासँगै काठमाडौं र बुटबलका व्यापारीहरु पनि मुस्ताङ पुग्ने गर्दछन् । भने पोखरामा ल्याइएका च्याङ्ग्रा कास्कीसँगै तनहुँ, स्याङ्जा, चितवन, काठमाडौं, धादिङ, बुटबल, धरान, पाल्पालगायत देशका विभिन्न जिल्लाहरुमा समेत लैजाने गरिन्छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।